Wednesday 12 Ashwin, 2073 |
Menu

republica-headerdiscount-subscribe1

istl

छोरी खेलाउँदै, जहाज उडाउँदै

  • शुक्रबार ११ श्रावण, २०७०
  • सुशील भट्टराई
  • Be the first to comment!
(0 votes)
काठमाडौं - जहाजको ककपिटमा को–को हुन्छन्? पाइलट र इन्जिनियर। अनुमतिबिना एयरहोस्टेस पनि भित्र छिर्न पाउँदिनन्। छोरी (अनधिकृत व्यक्ति) लाई ककपिटमा राखेर जहाज उडाउँदा नेपाल वायुसेवा निगमका दुई पाइलट कारबाहीमा परेका छन्। निगमको अन्तर्राष्ट्रिय उडान गर्ने बोइङ ७५७–९एन एसिबीका ती दुई पाइलटलाई अनिश्चित समयसम्म उडान गर्न नपाउने गरी 'ग्राउन्डेड' गरिएको छ।
nepali-patro-june
उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको आग्रहपछि राष्ट्रिय ध्वजाबाहक निगमले क्याप्टेन सुधीर राई र सोनी राणालाई यस्तो कारबाही गरेको हो।
स्रोतका अनुसार करिब तीन साताअघि मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आउने क्रममा क्याप्टेन राई र राणाले आफैंले उडाएको उक्त जहाजको ककपिटमा राणाकी छोरी पनि थिइन्। घटनालाई निगम व्यवस्थापनले अहिलेसम्म 'गुपचुप' राख्न खोजेको थियो।
'उडान सुरक्षामा खेलाँची गरेका कारण निगम व्यवस्थापनले क्याप्टेन राई र राणालाई ग्राउन्डेड गरेको छ,' स्रोतले बिहीबार नागरिकसँग भन्यो, 'व्यवस्थापनले यसलाई गम्भीर रूपमा लिएको छ।'
घटनाबारे अनुसन्धान गर्न नायब महाप्रबन्धक गणेश ठाकुरको संयोजकत्वमा समिति पनि गठन गरिएको छ। उडान अवधिमा राणाकी करिब १४ वर्षीया छोरीले जहाजको ककपिटबाट कम्तीमा चारपटक भित्र–बाहिर गरेकी थिइन्। जहाजलाई क्याप्टेन राईले 'कमान्ड' गरेका थिए।
'यदि त्यो जहाजमा यात्रुमात्र थिए भने सायद ककपिटमा अनधिकृत व्यक्ति प्रवेश गराएको यो घटना सार्वजनिक नहुन पनि सक्थ्यो,' स्रोतले भन्यो, 'संयोगवश, त्यही जहाजमा नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारी पनि यात्रा गरिरहेका रहेछन्। उनले ककपिटमा अनधिकृत व्यक्ति आवतजावत गरेको घटनाबारे कार्यालयमा जानकारी गराएपछि दुवै क्याप्टेन कारबाहीमा परेका हुन्।'
ती अधिकारीबाट घटनाबारे जानकारी पाएपछि प्राधिकरणले 'उडान सुरक्षामा गम्भीर त्रुटि गरेकाले क्याप्टेन राई र राणालाई कुनै पनि उडान गर्न नदिनू' भन्दै वायुसेवा निगमलाई पत्र लेखेको थियो। त्यसपछि निगम व्यवस्थापनले दुवै क्याप्टेनलाई अनिश्चित समयसम्म उडान गर्न नपाउने गरी ग्राउन्डेड गरेको हो। 
ठाकुर समितिले प्रतिवेदन तयार गरी महाप्रबन्धक मदन खरेललाई बुझाएर त्यसको निष्कर्ष आएपछि मात्र क्याप्टेन राई र राणाले जहाज उडाउन पाउने स्रोतले जानकारी दियो। समितिलाई प्रतिवेदन बुझाउन ३० दिनको म्याद दिइए पनि अहिलेसम्म घटनाबारे अनुसन्धान सुरु भएको छैन। 'अब समितिले कहिले अनुसन्धान गर्ने हो, अनि कहिले प्रतिवेदन तयार गरेर निष्कर्ष निकाल्ने हो, ठेगान छैन,' स्रोतले भन्यो। 
स्रोतका अनुसार जहाज कमान्ड गरिरहेका क्याप्टेन राईले पनि ककपिटमा क्याप्टेन राणाकी छोरीलाई प्रवेश गर्न नरोकेपछि उनीसमेत कारबाहीमा परेका हुन्। 'ककपिटमा अनधिकृत व्यक्ति प्रवेश गरेर कुनै उपकरण चलाइदियो भने जहाज दुर्घटना पनि हुन सक्छ,' स्रोतले भन्यो, 'झन्डै दुई सय यात्रु बोकेको जहाजको उडान सुरक्षामा हेल्चेक्र्याइँ गर्नु त भएन नि!' 
निगम र अन्य अन्तर्राष्ट्रिय वायुसेवाको नियमअनुसार ककपिटभित्र पोसाक (युनिफर्म) लगाएका र परिचयपत्र झुन्डाएका चालकदल (पाइलट, एयर होस्टेस, इन्जिनियरलगायत) बाहेक अरू कोही पनि छिर्न पाउँदैन। 'यस्तो नियम राम्ररी बुझेका अनुभवी क्याप्टेन राई र राणाले बेवास्ता गर्दा कारबाहीको भागी भए,' स्रोतले भन्यो। 
निगमले आफ्ना दुइटै बोइङका ककपिटको ढोका प्रत्येकको ५० हजार अमेरिकी डलर खर्च गरी नयाँ जडान गरेको हो। 'बुलेट प्रुफ' ती ढोका भित्रबाट पाइलटले नखोलेसम्म बाहिरबाट खोल्न सकिँदैन। उडान सुरक्षाका लागि यस्तो व्यवस्था गरिएको निगमले जनाएको छ।
यो घटना ताजा उदाहरणमात्र हो। निगममा यस्ता घटना यसअघि पनि भएका थिए। पछिल्लोपटक तीन महिनाअघि यस्तै गरी ककपिटमा अनधिकृत व्यक्तिलाई राखेर ल्याएको प्रमाणित भएपछि निगमका क्याप्टेनद्वय शुक्रशमशेर राणा र ओमबहादुर गुरुङलाई दुई सातासम्म जहाज उडाउन नपाउने गरी ग्राउन्डेड गरिएको थियो।
स्रोतका अनुसार थाइल्यान्डको बैंककबाट काठमाडौं आउँदा क्याप्ेटन राणा र गुरुङले बेलायतका एक पर्यटकलाई ककपिटमा राखेर ल्याएका थिए। यो घटनामा अनौठो के भयो भने क्याप्टेन राई र राणाको जहाजमा नागरिक उड्डयन प्राधिकरणका जो उच्च अधिकारी थिए, त्यसबेला गुरुङ र राणाको जहाजमा पनि उनै सवार थिए।
करिब चार वर्षअघि लुक्लाबाट काठमाडौं आउँदै गरेको जहाजको ककपिटभित्र को–पाइलट बस्ने सिटमा एयर होस्टेस राखेर ल्याएको प्रमाणित भएपछि निगमका क्याप्टेन दीपेन्द्र प्रधानलाई एक वर्षसम्म जहाज उडान नपाउने गरी ग्राउन्डेड गरिएको थियो। एयर होस्टेसलाई पनि ६ महिना ग्राउन्डेड गरिएको थियो। तर, त्यसबेला एयर होस्टेसलाई आफ्नो सिट छोड्ने को–पाइलटलाई भने कुनै कारबाही भएको थिएन।

भारतमा पनि

छिमेकी भारतको ध्वजाबाहक एयर इन्डियामा पनि केही दिनअघि यस्तै घटना भएको थियो। बैंगलोरबाट हैदराबाद उडेको एयर इन्डियाको जहाजमा क्याप्टेनद्वयले एक अभिनेत्रीलाई ककपिटमा राखेर ल्याएका थिए। घटना प्रमाणित भएपछि भारतीय नागरिक उड्डयन महानिर्देशकको कार्यालयले ती दुवै पाइलटलाई जहाज उडानमात्र नपाउने होइन, निलम्बन नै गरेको थियो।

प्रतिक्रिया

ग्यास सिलिन्डर चुहिएपछि...

ग्यास सिलिन्डर चुहिएपछि...

काठमाडौं– मंगलबार बिहान ९ बजे टेकु सुगम ग्यासका कामदार सुरेन्द्र बलामी सिलिण्डर बोकेर कालीमाटी स्थित चटपटे टहरामा ग्यास जोड्न खोज्दै थिए। त्यही ग्यासबाट एक्कासी आगोको मुस्लो निस्कियो र फैलियो। फैलिएको...

फेरियो प्रणाली, फेरिएन उपलब्धि

फेरियो प्रणाली, फेरिएन उपलब्धि

काठमाडौं- दस कक्षामा एसएलसी परीक्षा गराउने प्रणालीलाई बिट मार्दै सरकारले यसको अन्तिम संस्करणको नतिजा बिहीबार सार्वजनिक गरेको छ। कक्षा १२ सम्मलाई विद्यालयतह निर्क्योल गरेको दुई साता नबित्दै सरकारले एसएलसी परीक्षा–२०७२...

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

काठमाडौं- ग्यास बिस्फोटमा परी तीन जनाको मृत्यु भएपछि सरकारले एचपी ग्यासको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। जेठ ७ गते ललितपुर मंगलबजारमा 'एचपी ब्राण्ड'को ग्यास बिस्फोटमा परी धनजनको क्षती भएपछि सरकारले...

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

काठमाडौं-सधैं भिडभाड भइरहने मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूसहित अकस्मात पुग्दा कर्मचारीदेखि सुरक्षा अधिकारीसम्म अकमक्क परे।

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

काठमाडाैं-नेपालका अति धनी क्रिश्चियन परिवारको एक विवाह समारोहमा सहभागी हुन तात्कालिन पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो नेपाल आउँदा आफ्नो कोठामा भुट्टोले रात बिताएको मीन सिं खड्कको दावी छ।

जाजरकोटवासीलाई चामल छैन

जाजरकोटवासीलाई चामल छैन

जाजरकोट- चामल सकिँदा जाजरकोटवासी छाक टार्ने समस्याले पिरोलिएका छन् तर खाद्य संस्थानको सदरमुकामस्थित गोदाम भने भरिभराउ छ। जाजरकोटका दुर्गम गाउँका लागि सरकारले छुट्ट्याएको नियमित कोटाको चामल ठेकेदार लापरवाहीले समयमा ढुवानी...

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

काठमाडौं–काठमाडौंस्थित एक कलेजको ल्याण्डलाईन नम्बरमा अमेरिकी राष्ट्रपति बाराक अाेबामा पत्नी मिसेल आफैँले फोन गरेर सोध्छिन्, 'इज मीना देअर ?' (मीनाजी त्यहाँ हुनुहुन्छ...?) पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो प्रधानमन्त्रीकै हैसियतमा नेपाल आउँदा उनै...

नयाँ शक्तिको 'समृद्धि सपना'

नयाँ शक्तिको 'समृद्धि सपना'

काठमाडौं- काभ्रे बनेपाका संदीप घोरसाइने पेशाले सवारी चालक हुन्। राजनीतिमा खासै चासो नराख्ने उनी आइतबार दशरथ रंगशालामा नयाँ शक्ति नेपाल पार्टीको घोषणा कार्यक्रममा चर्को घाम सहेर बसे। पार्टी संयोजक डा.बाबुराम...