Tuesday 14 Bhadra, 2073 |
Menu

republica-headerdiscount-subscribe1

istl

राजधानीमा कुखुरा किनबेच बन्द

(0 votes)
राजधानीमा कुखुरा किनबेच बन्द
काठमाडौं — सरकारले उपत्यकामा बिहीबारदेखि सात दिन कुखरा र कुखुराजन्य पदार्थ किनबेचमा रोक लगाउने भएको छ। पन्ध्र दिनयता मात्र उपत्यकाका १६ ठाउँमा बर्डफ्लु संक्रमित कुखुरा भेटिएपछि नियन्त्रण अभियान चलाउन किनबेच रोक्न लागिएको हो।


nepali-patro-june

जिल्ला प्रशासन कार्यालय, काठमाडौं बबरमहलमा बिहान उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा पशु एवं सुरक्षा अधिकारी सम्मिलित बैठकले किनबेच रोक्ने निर्णय लिने जिल्ला पशुसेवा कार्यालयका प्रमुख बोलराज आचार्यले जानकारी दिए। पशु स्वास्थ्य ऐनअनुसार कुनै संक्रामक रोग फैलिएर महामारीको जोखिम देखिए जिल्ला पशुसेवा कार्यालयप्रमुखले मात्र यस्तो प्रतिबन्ध लगाउन सक्छ।

पशुसेवा विभागमा बुधबार भएको ह्याचरी एसोसियसन र नेपाल पोल्ट्री महासंघका प्रतिनिधि सहभागी बैठकले महामारी फैलिनसक्ने खतरा बढेकाले तत्काल किनबेच रोक्ने निर्णय गर्ने सहमति जुटाएको थियो। कुखुरामा दैनिकजसो संक्रमण देखिने र कृषकले रातारात बजार पठाउने घटना बढ्दै गएपछि व्यवसायीको समेत सहमतिमा संकट टार्न यस्तो निर्णय लिन लागिएको हो।

पाँच वर्षअघि २०६५ माघमा झापामा फैलिएको संक्रमण यस अवधिमा १ सय १० ठाउँमा भेटिएकोमा यही वर्षमात्र ८४ ठाउँमा भेटिएको छ । मंगलबार मात्र भक्तपुरमा तीन कृषकका पाँच पोल्ट्री फार्ममा बर्डफ्लु भेटिएको थियो।

बैठकले चल्ला उत्पादन, बिक्री र फर्ममा भएका कुखुरा बजार पठाउनसमेत रोक लगाउनेछ। त्यसलगत्तै किसानले उत्पादन भइसकेका चल्ला नष्ट गर्ने, अन्डा र ठूला कुखुरा एक सातासम्म फर्ममै राख्नुपर्नेछ। थप कुखुरा बजार नपठाएपछि कोल्ड स्टोरहरुसमेत खाली हुने हुनाले त्यसको सफाइ पनि गरिनेछ। व्यवसायीसहित पशु स्वास्थ्य अधिकारी र सुरक्षाकर्मीले कुखुरा किनबेच रोकिए–नरोकिएको निगरानी गर्ने सहमति बुधबार भएको छ।

एक साताभित्र ती फर्ममा बर्डफ्लु देखिए तत्कालै कुखुरा र कुखुराजन्य पदार्थ नष्ट गरी ती ठाउँलाई निर्मलीकरण गरी रोग नियन्त्रणपछि मात्र कारोबार गर्न आफूहरु सहमत भएको नेपाल पोल्ट्री महासंघका प्रथम उपाध्यक्ष नारायणहरि खत्रीले बताए। 'संक्रमित कुखुरा बजारमा भेटिइसकेको अवस्थामा पूरै उद्योग जोगाउन र मान्छेमा सर्न नदिन यो कदम चालिएको हो,' बुधबार बैठकमा सहभागी आचार्यले भने।

किनबेच रोक्ने निर्णय कार्यान्वयनमा सबै अंग परिचालित गरिने उनले बताए। आचार्यले व्यवसायीको सहयोगबिना संकट व्यवस्थापन गर्न नसकिने भएकाले सुरुमा उनीहरुको साथ लिएरै निर्णय गर्न बुधबार छलफल भएको उनले बताए। 'प्रशासन, प्राविधिक र व्यवसायी सबैको इमानदार प्रयासले मात्रै रोकथाम गर्न सकिन्छ,' आचार्यले भने, 'यो सातालाई अवसरको रुपमा लिएर चुनौतिविरुद्ध लडौं।'

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले काठमाडौं उपत्यकामा मात्रै दैनिक २ लाखदेखि २ लाख ५० हजार केजी कुखुराको मासु खपत हुने गरेको बताए। मुलुकभर दैनिक साढे ३ लाख किलो कुखुराको मासु बिक्री हुने गरेको उनले जानकारी दिए। 'तीन दिनयता समग्र व्यापारमा २० प्रतिशतले गिरावट आएको छ,' उनले भने, 'प्रमुख बजारमै यस्तो समस्या आएपछि अब झन् ठूलो असर पर्छ।' कुखुराको प्रमुख बजारमा बिक्री रोक्ने यो निर्णयले मासुको दैनिक कारोबारसँग सम्बन्धित सबै व्यवसाय प्रभावित हुनेछ। उपत्यकामा दैनिक ५ करोड ६० लाखदेखि ७ करोड रुपैयाँसम्म कुखुराको मासु बिक्री हुने गरेको छ।

केही व्यवसायीको गम्भीर त्रुटिले व्यवसाय नै जोखिममा परेपछि आफूहरुले घाटा सहेर पनि नियन्त्रणका लागि सरकारलाई सघाउन सहमति दिएको नेपाल पोल्ट्री महासंघका प्रथम उपाध्यक्ष खत्रीले बताए।

खत्रीले एक साताको प्रतिबन्धले प्रत्यक्ष रुपमा करिब ८ करोडको घाटा लाग्ने बताए। 'उपत्यकामा मात्रै एक सातामा झन्डै १७ लाख चल्ला उत्पादन हुन्छ,' उनले भने, 'तयार भएका चल्ला बजार पठाउन पाइन्न र डिस्पोज्ड गर्नुपर्छ, चल्ला उत्पादनका लागि मेसिनमा हालिसकेका अन्डा पनि डिस्पोज्ड गर्नुपर्छ।' उनका अनुसार ठूला भइसकेका कुखुरालाई भने फर्ममै राखेर हेर्नुपर्छ। उनले उद्योग नै धराशयी भएकाले आफूहरुले घाटा सहेर यो निर्णयलाई सकारेको बताए।

संघका अनुसार नेपालमा पोल्ट्री उद्योगमा ३५ अर्ब लगानी छ। वार्षिक कारोबार एक खर्बभन्दा बढीको छ। जिडिपीको ३ प्रतिशत हिस्सा यो उद्योगले ओगटेको भनाइ प्रथम उपाध्यक्ष खत्रीको छ। उद्योगमा डेढ लाखले प्रत्यक्ष र लाखौंले अप्रत्यक्ष रोजगारीको अवसर पाएको उनले जानकारी दिए।

जरिवाना र कारबाहीले मात्र बर्डफ्लु नियन्त्रण गर्न कठिन भएपछि व्यवसायीकै अग्रसरतामा यस्तो निर्णय लिइएको र यसको प्रभावकारी रुपमा पालना भएमा बर्डफ्लु नियन्त्रणमा लिन सकिने विश्वास व्यक्त अधिकारीहरुको छ।

स्वास्थ्य अधिकारीका अनुसार व्यवसायीको लापरबाहीले कुखुरा फर्मका कामदार र वरपरका बासिन्दा मात्र नभएर आम उपभोक्तासमेत रोग संक्रमणको जोखिममा रहेको निष्कर्ष स्वास्थ्य अधिकारीको छ। दुई सातायता यस्ता पक्षीको सम्पर्कमा आएको अवस्थामा घाँटी दुख्ने, ज्वरो आउने र रुघाखोकीका लक्षण देखिएमा तत्काल शंकास्पद मुद्दाको रुपमा राखेर प्रयोगशाला परीक्षण सुरु स्वास्थ्य अधिकारीले सुझाएका छन्।

बर्डफ्लु संक्रमित चरा वा चराजन्य पदार्थको सम्पर्कमा आएका मानिसमा सुरुमा ज्वरो आउने, टाउको दुख्ने, रुघा लागेजस्तो हुने तर नाकबाट सिँगान नबग्ने र सास फेर्न गाह्रो हुने लक्षण देखिन्छ।

यो पनि पढ्नुहोस्

राजधानीका कुखुरा चितवनमा

काभ्रे ल्याइएका कुखुरा नस्ट गरियो

प्रतिक्रिया

ग्यास सिलिन्डर चुहिएपछि...

ग्यास सिलिन्डर चुहिएपछि...

काठमाडौं– मंगलबार बिहान ९ बजे टेकु सुगम ग्यासका कामदार सुरेन्द्र बलामी सिलिण्डर बोकेर कालीमाटी स्थित चटपटे टहरामा ग्यास जोड्न खोज्दै थिए। त्यही ग्यासबाट एक्कासी आगोको मुस्लो निस्कियो र फैलियो। फैलिएको...

फेरियो प्रणाली, फेरिएन उपलब्धि

फेरियो प्रणाली, फेरिएन उपलब्धि

काठमाडौं- दस कक्षामा एसएलसी परीक्षा गराउने प्रणालीलाई बिट मार्दै सरकारले यसको अन्तिम संस्करणको नतिजा बिहीबार सार्वजनिक गरेको छ। कक्षा १२ सम्मलाई विद्यालयतह निर्क्योल गरेको दुई साता नबित्दै सरकारले एसएलसी परीक्षा–२०७२...

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

काठमाडौं- ग्यास बिस्फोटमा परी तीन जनाको मृत्यु भएपछि सरकारले एचपी ग्यासको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। जेठ ७ गते ललितपुर मंगलबजारमा 'एचपी ब्राण्ड'को ग्यास बिस्फोटमा परी धनजनको क्षती भएपछि सरकारले...

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

काठमाडौं-सधैं भिडभाड भइरहने मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूसहित अकस्मात पुग्दा कर्मचारीदेखि सुरक्षा अधिकारीसम्म अकमक्क परे।

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

काठमाडाैं-नेपालका अति धनी क्रिश्चियन परिवारको एक विवाह समारोहमा सहभागी हुन तात्कालिन पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो नेपाल आउँदा आफ्नो कोठामा भुट्टोले रात बिताएको मीन सिं खड्कको दावी छ।

जाजरकोटवासीलाई चामल छैन

जाजरकोटवासीलाई चामल छैन

जाजरकोट- चामल सकिँदा जाजरकोटवासी छाक टार्ने समस्याले पिरोलिएका छन् तर खाद्य संस्थानको सदरमुकामस्थित गोदाम भने भरिभराउ छ। जाजरकोटका दुर्गम गाउँका लागि सरकारले छुट्ट्याएको नियमित कोटाको चामल ठेकेदार लापरवाहीले समयमा ढुवानी...

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

काठमाडौं–काठमाडौंस्थित एक कलेजको ल्याण्डलाईन नम्बरमा अमेरिकी राष्ट्रपति बाराक अाेबामा पत्नी मिसेल आफैँले फोन गरेर सोध्छिन्, 'इज मीना देअर ?' (मीनाजी त्यहाँ हुनुहुन्छ...?) पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो प्रधानमन्त्रीकै हैसियतमा नेपाल आउँदा उनै...

नयाँ शक्तिको 'समृद्धि सपना'

नयाँ शक्तिको 'समृद्धि सपना'

काठमाडौं- काभ्रे बनेपाका संदीप घोरसाइने पेशाले सवारी चालक हुन्। राजनीतिमा खासै चासो नराख्ने उनी आइतबार दशरथ रंगशालामा नयाँ शक्ति नेपाल पार्टीको घोषणा कार्यक्रममा चर्को घाम सहेर बसे। पार्टी संयोजक डा.बाबुराम...