Friday 2 Bhadra, 2074 |
Menu

republica-headerdiscount-subscribe1

istl

समय नपुग्दै चिरिन्छन् कोख

  • सोमबार २९ चैत्र, २०७२
  • सिर्जना श्रेष्ठ
  • Be the first to comment!
(0 votes)
समय नपुग्दै चिरिन्छन् कोख
काठमाडौं- सर्वोच्च अदालतले सरोगेसी सेवामा रोक लगाएपछि सरकारले गर्भमा रहेका र जन्मिसकेका शिशुको भविष्यबारे निर्णय गरिसकेको छ तर अस्पतालले समय नपुग्दै शल्यक्रियाको जोखिम उठाइरहेका छन्। अस्पतालले बच्चा जन्मिने परिपक्व समय नपुग्दै शल्यक्रिया गरेर सरोगेट दम्पतीलाई शिशु बुझाउन थालेका छन्। उनीहरूले गर्भाधान भएको सात महिना नपुग्दै सम्बन्धित सरोगेट आमाको गर्भबाट शिशु निकालेर हस्तान्तरण गर्न लागेका हुन्।
nepali-patro-june
एक अस्ट्रेलियन दम्पतीले एक भारतीय महिलामा २०७२ साउन ३ गते भ्रूण प्रत्यारोपण गरेको थियो। काठमाडौंमा प्रमुख सरोगेसी सेवाप्रदायक अस्पताल ग्रान्डी सिटी क्लिनिकले २०७२ माघ १४ मा शल्यक्रिया गरेर जुम्ल्याहा शिशु जन्माएको छ जुन गर्भ रहेको ६ महिना ७ दिन मात्र हो।

अर्को एक अस्ट्रेलियन जोडीले २०७२ साउन १७ गते भारतीय आमासँग कोख भाडामा लिएकोमा त्यही अस्पतालबाट सातौं महिनामा शल्यक्रियाबाट शिशु जन्माइएको थियो। गर्भाधानको छैटौं, सातौं र आठौं महिनामा शल्यक्रियामार्फत शिशु दिइएका धेरै घटना सार्वजनिक भएका छन्।

सर्वोच्च अदालते २०७२ भदौ ८ गते यो व्यवसायमाथि भएको कानुनी बहसपछि सबै किसिमका व्यवसायमा रोक लगाएको थियो। पहिल्यै जन्मेका र आदेशअघि गर्भाधान भएकाहरूका बारेमा भने अदालतले कुनै निर्णय गरेको थिएन।

गृह मन्त्रालय र अध्यागमन विभागले २०७२ कात्तिक १२ मा जन्मिसकेका र सर्वोच्चले आदेश दिनुअघि गर्भवती भइसकेका सरोगेट आमाबाट भविष्यमा जन्मने शिशुलाई विदेशी दम्पतीले घर लैजान पाउने निर्णय गरे। अदालतको निर्णयअघि गर्भाधान भएका आमाहरूको हकमा ९ महिनासम्म पर्खिने निर्णयसमेत भयो।

अध्यागमन विभागका अनुसार सात महिना वा त्यसभन्दा कम समयावधिको गर्भ शल्यक्रिया गरेको बारे कुनै उजुरी परे पनि यसको कार्यक्षेत्रअन्तर्गत पर्दैन। 'हाम्रो जिम्मेवारी सर्वोच्च अदालतको आदेशअघि गर्भवती भएका र जन्मिसकेका शिशुबारे निर्णय गर्ने हो। हामीसँग अस्पतालको सरोगेसी गतिविधिबारे सोधपुछ गर्ने अधिकार छैन,' अध्यागमन महानिर्देशक केदार न्यौपानेले भने।

यो सेवालाई सरकारले अवैध घोषित गरिसकेपछि पनि अस्पतालले भारतबाट गर्भाधान गराएर आमा ल्याउने गरेको गुनासो आउन थालेपछि यसको अभिलेख राख्न थालिएको उनले जानकारी दिए।

ग्रान्डी सिटी क्लिनिक जमलस्थित एक स्रोतका अनुसार सात महिना वा त्यसभन्दा पहिले शल्यक्रिया गरेर बच्चा जन्माउनु जोखिमयुक्त काम हो। 'यो सेवा चाहने वा अन्य आपत्कालीन अवस्था भएका धेरै गर्भवतीको हामीले शल्यक्रिया गरेका छौं,' स्रोतले भन्यो।

विभागले अहिलेसम्म २ सय ३५ सरोगेट शिशु लैजाने स्वीकृति दिइसकेको छ। अध्यागमन विभागले यहाँ जन्माएका सरोगेट शिशुको संख्या जानकारी दिन काठमाडौंस्थित विभिन्न राजदूतावासको कन्सुलर शाखासँग सूचना मागे पनि इजरायली राजदूतावासले मात्र यससम्बन्धी सूचना दिएको थियो।

स्त्रीरोग विशेषज्ञ डा. विमला मल्लले छ वा सात महिनामा हुने जायजन्मलाई समयपूर्वको जन्मका रूपमा लिइने र त्यसले शिशुको जीवन खतरामा पार्न सक्ने बताइन्। 'अत्यन्तै आपतकालीन स्थिति बेगर शल्यक्रियाबाट शिशु जन्माउनु हुँदैन, नेपालमा छैटौं र सातौं महिनामा जन्मेका शिशुलाई उपयुक्त पूर्वाधार अभावमा जोगाउन एकदमै गाह्रो छ,' उनले भनिन्।

नेपालमा जनवरी २०१४ मा पहिलो सरोगेट शिशुको जन्म भएको थियो। थाइल्यान्डमा सरोगेसी सेवा बन्द भएपछि र भारतमा कानुनी झन्झट सुरु भएपछि नेपाल व्यापारिक सरोगेसीको थलोका रूपमा विकास भएको थियो। नेपाल विशेष गरी इजरायली, अस्ट्रेलियन, अमेरिकी, स्प्यानिस र ब्राजिलियन नागरिकका निम्ति सरोगेसी गर्ने गन्तव्य बनेको थियो।

प्रतिक्रिया

ग्यास सिलिन्डर चुहिएपछि...

ग्यास सिलिन्डर चुहिएपछि...

काठमाडौं– मंगलबार बिहान ९ बजे टेकु सुगम ग्यासका कामदार सुरेन्द्र बलामी सिलिण्डर बोकेर कालीमाटी स्थित चटपटे टहरामा ग्यास जोड्न खोज्दै थिए। त्यही ग्यासबाट एक्कासी आगोको मुस्लो निस्कियो र फैलियो। फैलिएको...

फेरियो प्रणाली, फेरिएन उपलब्धि

फेरियो प्रणाली, फेरिएन उपलब्धि

काठमाडौं- दस कक्षामा एसएलसी परीक्षा गराउने प्रणालीलाई बिट मार्दै सरकारले यसको अन्तिम संस्करणको नतिजा बिहीबार सार्वजनिक गरेको छ। कक्षा १२ सम्मलाई विद्यालयतह निर्क्योल गरेको दुई साता नबित्दै सरकारले एसएलसी परीक्षा–२०७२...

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

काठमाडौं- ग्यास बिस्फोटमा परी तीन जनाको मृत्यु भएपछि सरकारले एचपी ग्यासको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। जेठ ७ गते ललितपुर मंगलबजारमा 'एचपी ब्राण्ड'को ग्यास बिस्फोटमा परी धनजनको क्षती भएपछि सरकारले...

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

काठमाडौं-सधैं भिडभाड भइरहने मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूसहित अकस्मात पुग्दा कर्मचारीदेखि सुरक्षा अधिकारीसम्म अकमक्क परे।

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

काठमाडाैं-नेपालका अति धनी क्रिश्चियन परिवारको एक विवाह समारोहमा सहभागी हुन तात्कालिन पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो नेपाल आउँदा आफ्नो कोठामा भुट्टोले रात बिताएको मीन सिं खड्कको दावी छ।

जाजरकोटवासीलाई चामल छैन

जाजरकोटवासीलाई चामल छैन

जाजरकोट- चामल सकिँदा जाजरकोटवासी छाक टार्ने समस्याले पिरोलिएका छन् तर खाद्य संस्थानको सदरमुकामस्थित गोदाम भने भरिभराउ छ। जाजरकोटका दुर्गम गाउँका लागि सरकारले छुट्ट्याएको नियमित कोटाको चामल ठेकेदार लापरवाहीले समयमा ढुवानी...

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

काठमाडौं–काठमाडौंस्थित एक कलेजको ल्याण्डलाईन नम्बरमा अमेरिकी राष्ट्रपति बाराक अाेबामा पत्नी मिसेल आफैँले फोन गरेर सोध्छिन्, 'इज मीना देअर ?' (मीनाजी त्यहाँ हुनुहुन्छ...?) पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो प्रधानमन्त्रीकै हैसियतमा नेपाल आउँदा उनै...

नयाँ शक्तिको 'समृद्धि सपना'

नयाँ शक्तिको 'समृद्धि सपना'

काठमाडौं- काभ्रे बनेपाका संदीप घोरसाइने पेशाले सवारी चालक हुन्। राजनीतिमा खासै चासो नराख्ने उनी आइतबार दशरथ रंगशालामा नयाँ शक्ति नेपाल पार्टीको घोषणा कार्यक्रममा चर्को घाम सहेर बसे। पार्टी संयोजक डा.बाबुराम...