×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Monday 32 Ashad, 2075 |
Menu

republica-headerdiscount-subscribe1

istl

६ लेन सडकले परिवारमै अँध्यारो

  • सोमबार ३१ भाद्र, २०७०
  • उपेन्द्र लामिछाने
  • Be the first to comment!
(0 votes)
शुक्रबारको सडक दुर्घटनामा जीवन गुमाएका सलिम र केशरीमायाको केही वर्ष अघिको तस्बिर। शुक्रबारको सडक दुर्घटनामा जीवन गुमाएका सलिम र केशरीमायाको केही वर्ष अघिको तस्बिर।
भक्तपुर - बूढामावलीमा भोज खाएर शुक्रबार साँझ १२ वर्षे सलिम प्रजापति हजुरआमा, आमा र काकीसँग फर्कंदै थिए। शंखधरचोकमा उनले आमा र काकीलाई घर जाने बस चढाए। साढे ७ बजिसकेकाले आफू भने हजुरआमालाई डोर्‍याउँदै बाटो काट्न लागे। बाटो छिचोल्न तीन पाइला मात्र बाँकी थियो। तीव्र गतिमा आएको मोटरसाइकलले दुवैलाई ठक्कर दियो।
सलिमले हजुरआमालाई घरसम्म पुर्‍याउनै पाएनन्।
nepali-patro-june
तीनकुने–सूर्यविनायक ६ लेन सडकमा शुक्रबार साँझ ६२ वर्षीया हजुरआमा केशरीमायासँगै सलिमले जेब्रा क्रसिङमै ज्यान गुमाए। उनी स्थानीय प्यारागन एकडेमीमा कक्षा ६ मा पढ्थे।
थिमिस्थित बूढामावलीमा भोज खाएर आमा, काकी र हजुरआमासँगै सलिम साँझ ७ बजेतिर निस्किएका थिए। रात परेकाले हजुरआमाको साथी बनेर उनी आमासँग छुट्टिएका थिए। 'आमा र काकीलाई शंखधरचोकबाट च्याम्हसिंहको बस चढाएर हजुरआमासँग नयाँ थिमि जाँदै थियो,' बुबा सिद्धान्तले भने, 'हजुरआमालाई साथी छैन, म लिएर जान्छु। भोलि बिहान फर्कन्छु भन्दै थियो रे। कहिल्यै नफर्केने गरी गयो।'
उनका अनुसार एकैचोटि आमा र छोरा गुमाएकी सूर्यकेशरी छिनमा होस आउने र छिनमा अर्धचेत हुने गरेकी छन्।
सडक ६ लेन भएसँगै तीनकुने–सूर्यविनायक खण्डमा दुर्घटना संख्या बढेको छ। सवारी तीव्र गतिमा गुड्छन्। बत्ती नभएकाले सडकमा पैदल यात्रु भए–नभए ठम्याउन उनीहरूलाई मुस्किल पर्छ। सडक व्यवस्थापनको जिम्मा पाएको ट्राफिक प्रहरीसँग सवारीको गति नाप्ने यन्त्रसम्म छैन।
'सलिम र उनकी हजुरआमा जेब्रा क्रसिङबाट सडक पार गर्दै थिए,' सल्लाघारीका ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र पोखरेलले भने, 'तीव्र गतिमा आएको मोटरसाइकलले दुवैलाई ठक्कर दियो।' 
घटनास्थल निरीक्षण गरेर फर्केका उनका अनुसार दुवैले बाटो काट्न तीन पाइला मात्र बाँकी थियो। मोटरसाइकलको ठक्करले दुवैलाई उछिट्यायो। सडक ६ लेनको भएकाले चालकहरूले तीव्र गतिमा हाँक्ने गरेको उनले बताए। गति नियन्त्रण गर्न असमर्थ रहेको लाचारी पनि उनको थियो। 
'राडर गन (गति जाँच्ने मेसिन) बिग्रेको एक महिना भयो,' उनले भने, 'राडर गन नहँुदा पनि दुर्घटना बढेको छ।' यस क्षेत्रमा महिनामा २० भन्दा बढी दुर्घटना हुने गरेको उनले सुनाए।
एसएच कलेजचोक नजिक भएको शुक्रबारको दुर्घटनामा मोटरसाइकल चालक सप्तरीका राहुलकुमार साह घाइते छन्। भक्तपुरस्थित इन्जिनियरिङ कलेजमा पढ्ने उनको राजधानीस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ।
घाइते राहुलले सडकमा केही नदेखेकाले दुर्घटना भएको बताएका छन्। 'मैले सडकमा केही देखिन भन्दै चालक कराउँदै थिए,' ट्राफिक प्रहरी निरीक्षक पोखरेलले भने, 'मापसे चेक गर्दा उसले रक्सी सेवन गरेको पनि देखिएन। रातको समयमा सडक बत्ती नभएकाले दुर्घटना भएको हुन सक्छ।'
रातको समयमा सडक पार गर्न समस्या परेको भन्दै स्थानीय सडकबत्तीको माग गरेको निकै भयो। सरोकारवाला निकायले बेवास्ता गर्दै आएको छ। 
'हामीले धेरैपटक बत्तीको माग गर्‍यौं, तर पूरा भएन,' नयाँ थिमिका जीवन श्रेष्ठले भने, 'बालबालिका र वृद्धवृद्धालाई बाटो काट्न निकै समस्या छ।' सडकबत्तीको माग गर्दै स्थानीयले शनिबार राजमार्ग बन्दसमेत गराएका थिए।
काठमाडौं–भक्तपुर सडक विस्तार आयोजनाले भने रकम अभावले बत्ती हाल्न नसकेको बताउँदै आएको छ। 'हामीले लागत रिपोर्ट तयार गरेर दुई वर्षअघि नै सम्बन्धित निकायमा फाइल पठाएका हौं,' आयोजनाका इन्जिनियर किरण कार्कीले भने, 'अहिले सम्म कतैबाट बजेट आएको छैन।' 
उनका अनुसार सडकबत्तीका लागि करिब १० करोड खर्च लाग्छ। जापानले दुई अर्बभन्दा बढी खर्चेर सडक बनाइदिए पनि नेपाल सरकारले बत्तीको व्यवस्था गर्न सकेको छैन। 


प्रतिक्रिया

ग्यास सिलिन्डर चुहिएपछि...

ग्यास सिलिन्डर चुहिएपछि...

काठमाडौं– मंगलबार बिहान ९ बजे टेकु सुगम ग्यासका कामदार सुरेन्द्र बलामी सिलिण्डर बोकेर कालीमाटी स्थित चटपटे टहरामा ग्यास जोड्न खोज्दै थिए। त्यही ग्यासबाट एक्कासी आगोको मुस्लो निस्कियो र फैलियो। फैलिएको...

फेरियो प्रणाली, फेरिएन उपलब्धि

फेरियो प्रणाली, फेरिएन उपलब्धि

काठमाडौं- दस कक्षामा एसएलसी परीक्षा गराउने प्रणालीलाई बिट मार्दै सरकारले यसको अन्तिम संस्करणको नतिजा बिहीबार सार्वजनिक गरेको छ। कक्षा १२ सम्मलाई विद्यालयतह निर्क्योल गरेको दुई साता नबित्दै सरकारले एसएलसी परीक्षा–२०७२...

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

काठमाडौं- ग्यास बिस्फोटमा परी तीन जनाको मृत्यु भएपछि सरकारले एचपी ग्यासको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। जेठ ७ गते ललितपुर मंगलबजारमा 'एचपी ब्राण्ड'को ग्यास बिस्फोटमा परी धनजनको क्षती भएपछि सरकारले...

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

काठमाडौं-सधैं भिडभाड भइरहने मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूसहित अकस्मात पुग्दा कर्मचारीदेखि सुरक्षा अधिकारीसम्म अकमक्क परे।

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

काठमाडाैं-नेपालका अति धनी क्रिश्चियन परिवारको एक विवाह समारोहमा सहभागी हुन तात्कालिन पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो नेपाल आउँदा आफ्नो कोठामा भुट्टोले रात बिताएको मीन सिं खड्कको दावी छ।

जाजरकोटवासीलाई चामल छैन

जाजरकोटवासीलाई चामल छैन

जाजरकोट- चामल सकिँदा जाजरकोटवासी छाक टार्ने समस्याले पिरोलिएका छन् तर खाद्य संस्थानको सदरमुकामस्थित गोदाम भने भरिभराउ छ। जाजरकोटका दुर्गम गाउँका लागि सरकारले छुट्ट्याएको नियमित कोटाको चामल ठेकेदार लापरवाहीले समयमा ढुवानी...

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

काठमाडौं–काठमाडौंस्थित एक कलेजको ल्याण्डलाईन नम्बरमा अमेरिकी राष्ट्रपति बाराक अाेबामा पत्नी मिसेल आफैँले फोन गरेर सोध्छिन्, 'इज मीना देअर ?' (मीनाजी त्यहाँ हुनुहुन्छ...?) पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो प्रधानमन्त्रीकै हैसियतमा नेपाल आउँदा उनै...

नयाँ शक्तिको 'समृद्धि सपना'

नयाँ शक्तिको 'समृद्धि सपना'

काठमाडौं- काभ्रे बनेपाका संदीप घोरसाइने पेशाले सवारी चालक हुन्। राजनीतिमा खासै चासो नराख्ने उनी आइतबार दशरथ रंगशालामा नयाँ शक्ति नेपाल पार्टीको घोषणा कार्यक्रममा चर्को घाम सहेर बसे। पार्टी संयोजक डा.बाबुराम...