Sunday 8 Ashwin, 2074 |
Menu

republica-headerdiscount-subscribe1

istl

नयाँ शक्तिको 'समृद्धि सपना'

(0 votes)
नयाँ शक्तिको 'समृद्धि सपना'
काठमाडौं- काभ्रे बनेपाका संदीप घोरसाइने पेशाले सवारी चालक हुन्। राजनीतिमा खासै चासो नराख्ने उनी आइतबार दशरथ रंगशालामा नयाँ शक्ति नेपाल पार्टीको घोषणा कार्यक्रममा चर्को घाम सहेर बसे। पार्टी संयोजक डा.बाबुराम भट्टराईले सारेको आर्थिक विकासका नाराले आफुलाई यहाँ सम्म तानेको उनले सुनाए।
nepali-patro-june
'चर्का राजनिती र क्रान्तीकारी कुरा धेरै सुनियो, यस पटक आर्थिक सम्बृद्धी र विकाशको कुरा उठेको छ,' उनले भने, 'यहि आशाले यहाँ सम्म डोराएको हो।' मुलुक समृद्धीको बाटोमा हिडे आफुहरुजस्ता यूवा विदेशिनु नपर्ने उनको बिश्वास छ। कामको खोजीमा अरबको तातो भुमी जानु पर्ने बाध्यताको अन्त भए नयाँ पार्टीको गठन साच्चीकै सार्थक हुने उनले सुनाए।

गोठाटारबाट आएका श्रीकृष्ण दाहाल २०५५ सालदेखिनै नेकपा माओवादीमा आवद्ध थिए। पार्टी सरकारमा आएर पनि केही गरेपनि निराश भएका उनी केही समय यतादेखि निस्कृय थिए। आइतबार उनी दशरथ रङगशालामा आयोजित कार्यक्रममा सक्रिय सहभागिता जनाए।

'अहिल्यै यो पार्टीमा लाग्ग्छु भन्ने छैन,' उनले भने, 'तर यो पार्टीका आर्थिक विकाश र समृद्धीका नाराले केही आशा भने जगाएको छ।' आर्थिक समृद्धीले मात्र मुलुक र जनताको भलो गर्ने भन्दै अव त्यहि बाटोमा हिड्नु पर्ने बेला आएको उनले सुनाए।

कार्यक्रममा एमाओवादी पार्टीमा आवद्ध रहेका र त्यो पार्टी छाडेका मात्र हैन, अन्य दलमा आवद्ध रहेका सर्वसाधरणको पनि उत्तीकै सहभागीता थियो। कसैले नयाँ शक्ति पार्टीको सदस्यता लिएका थिए भने कोही यसबारे जान्ने–बुझ्नो इच्छाले यहाँसम्म डोराएको बताउथे।

रामेछापबाट मेघनाथ थापामगरले आफु विगतममा एमाले पार्टीमा रहेको बताउै अहिले नयाँ शक्ति पार्टीमा सामेल भएको सुनाए।'अव विकाश गर्नु पर्ने बेला आएको छ,' उनले भने, 'त्यसैले अहिले यो पार्टीले विकाशको नाराले मलाई तानेको छ । आर्थिक विकाश नभए मुलुकमा यूवा नै नभेटिनीले बताउदै उनले पहिला यूवालाई यहि रोक्ने माहौल तयार गर्नु पर्ने उनको बुझाई छ। 'देशमा उद्योगधन्दा फस्टायो भने यूवा रोकिने अवस्था आउँछ,' उनले भने, 'यही आशामा यो नयाँ पार्टीलाई साथ दिन आएको हु।'

उनकै जस्तै आशा र विश्वास लिएर थुप्रै सर्वसाधरण आइतबारको कार्यक्रममा भाग लिन मुलुकका विभिन्न जिल्लाबाट रंगशालामा आइपुगे। फरक भेषभुषमा सजिएका तराई,पहाड र हिमाली जिल्ला सर्वसाधरणको जमघटले दशरथ रङगशालामा सिङगोनेपाल जस्तो देखिन्थ्यो।परम्परागत पोशाकमा सजिएका उनीहरुले नृत्य तथा झाँकी देखाएर सर्वसाधरणलाई मनोरन्जन दिलाए।

पार्टी संयोजक भट्राइसंगै नेपाली जनताको लोकतन्त्र, संघीयता, समृद्धि, विकास र सामाजिक न्यायको सपनालाई पूरा गर्ने सपथ खाने नयाँ शक्तिका सदस्यलाई मात्र हेन रङगशालामा छेउमा बसेर कार्यक्रम नियाल्न आएका स्वतन्त्र सर्वसाधरणपनि यो पार्टीसंग केही नजिकिएको भान हुन्थ्यो। पार्टीका संयोजक बाबुराम भट्राईंसंग असहमत हुनेपनि उनको नारासंग भने सहमत देखिए।

'नेकपा माओवादी पार्टीमा लामो समय रहदा केही नगरेका बाबुरामले नयाँ पार्टीमा केही गरीहाल्लान भन्ने विश्वास त लाग्दैन,'राजधानीमा अध्यरनत सिन्धुलीका सुमन पौडेलले भने, 'अवको निकाश आर्थिक विकाश भन्ने नाराले चाहि केही आशा जगाएको छ।' नाराले सार्थक रुप लिए विकाश धेरै टाढा नभएको उनले सुनाए।

तराईबासीको बाक्लो उपस्थिति

कार्यक्रममा आदीबासी, जनजातीसंगै मधेशी समुदायको बाक्लो उपसिथती थियो। सिराह, सर्लाही, धनुषा लगायतका तराइका जिल्लाबाट धोती चोलोमा सजिएर आएका मधेशी महिलाको झुण्डले रङगशालको एक भाग मधेश प्रदेश जस्तै कार्यक्रमको बिच स्टेजमा मधेशका गितसंगित गुन्जदा उनीहरु निक्कै हर्षित देखिन्थे। पार्टी घोषणासभामा सहभागी हुन देशका विभिन्न ठाउँमा रहेका समलिङ्गी तथा तेस्रोलिङ्गीपनि आएका छन्। तराई तथा पहाडबाट आएका उनीहरुको उपस्थितीले माहौलमा थप रौनकता थपेको थियो।

खेतीपाती छाडेर राजधानीको यात्रामा आएका मधेशबासीमा नयाँ शक्तिले नयाँ आशा दिलाउने विश्वास थियो। 'मैले तरार्इँ–मधेश सद्भावना पार्टी त्यागेर यस पार्टीमा आएको छु,' सर्लाहीबाट आएका सतिश कुमार साहले भने, 'नयाँ पार्टीले खेती किसानीमा सहयोग गर्ने आशा लिएको छु।'नयाँ शक्ति नेपालको आर्थिक विकासको नाराको समर्थन गर्दे उनले यसबाट देशले गति लिने सुनाए।

प्रतिक्रिया

ग्यास सिलिन्डर चुहिएपछि...

ग्यास सिलिन्डर चुहिएपछि...

काठमाडौं– मंगलबार बिहान ९ बजे टेकु सुगम ग्यासका कामदार सुरेन्द्र बलामी सिलिण्डर बोकेर कालीमाटी स्थित चटपटे टहरामा ग्यास जोड्न खोज्दै थिए। त्यही ग्यासबाट एक्कासी आगोको मुस्लो निस्कियो र फैलियो। फैलिएको...

फेरियो प्रणाली, फेरिएन उपलब्धि

फेरियो प्रणाली, फेरिएन उपलब्धि

काठमाडौं- दस कक्षामा एसएलसी परीक्षा गराउने प्रणालीलाई बिट मार्दै सरकारले यसको अन्तिम संस्करणको नतिजा बिहीबार सार्वजनिक गरेको छ। कक्षा १२ सम्मलाई विद्यालयतह निर्क्योल गरेको दुई साता नबित्दै सरकारले एसएलसी परीक्षा–२०७२...

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

काठमाडौं- ग्यास बिस्फोटमा परी तीन जनाको मृत्यु भएपछि सरकारले एचपी ग्यासको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। जेठ ७ गते ललितपुर मंगलबजारमा 'एचपी ब्राण्ड'को ग्यास बिस्फोटमा परी धनजनको क्षती भएपछि सरकारले...

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

काठमाडौं-सधैं भिडभाड भइरहने मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूसहित अकस्मात पुग्दा कर्मचारीदेखि सुरक्षा अधिकारीसम्म अकमक्क परे।

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

काठमाडाैं-नेपालका अति धनी क्रिश्चियन परिवारको एक विवाह समारोहमा सहभागी हुन तात्कालिन पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो नेपाल आउँदा आफ्नो कोठामा भुट्टोले रात बिताएको मीन सिं खड्कको दावी छ।

जाजरकोटवासीलाई चामल छैन

जाजरकोटवासीलाई चामल छैन

जाजरकोट- चामल सकिँदा जाजरकोटवासी छाक टार्ने समस्याले पिरोलिएका छन् तर खाद्य संस्थानको सदरमुकामस्थित गोदाम भने भरिभराउ छ। जाजरकोटका दुर्गम गाउँका लागि सरकारले छुट्ट्याएको नियमित कोटाको चामल ठेकेदार लापरवाहीले समयमा ढुवानी...

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

काठमाडौं–काठमाडौंस्थित एक कलेजको ल्याण्डलाईन नम्बरमा अमेरिकी राष्ट्रपति बाराक अाेबामा पत्नी मिसेल आफैँले फोन गरेर सोध्छिन्, 'इज मीना देअर ?' (मीनाजी त्यहाँ हुनुहुन्छ...?) पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो प्रधानमन्त्रीकै हैसियतमा नेपाल आउँदा उनै...

नयाँ शक्तिको 'समृद्धि सपना'

नयाँ शक्तिको 'समृद्धि सपना'

काठमाडौं- काभ्रे बनेपाका संदीप घोरसाइने पेशाले सवारी चालक हुन्। राजनीतिमा खासै चासो नराख्ने उनी आइतबार दशरथ रंगशालामा नयाँ शक्ति नेपाल पार्टीको घोषणा कार्यक्रममा चर्को घाम सहेर बसे। पार्टी संयोजक डा.बाबुराम...