Sunday 8 Ashwin, 2074 |
Menu

republica-headerdiscount-subscribe1

istl

जाजरकोटवासीलाई चामल छैन

(0 votes)
जाजरकोटवासीलाई चामल छैन
जाजरकोट- चामल सकिँदा जाजरकोटवासी छाक टार्ने समस्याले पिरोलिएका छन् तर खाद्य संस्थानको सदरमुकामस्थित गोदाम भने भरिभराउ छ। जाजरकोटका दुर्गम गाउँका लागि सरकारले छुट्ट्याएको नियमित कोटाको चामल ठेकेदार लापरवाहीले समयमा ढुवानी हुन नसक्दा स्थानीय अभाव झेल्न विवश छन्।
nepali-patro-june
खेतबारीमा अन्न उत्पादन स्वात्तै घटेपछि चरम खाद्य अभाव सामना गरिरहेका जिल्लाका पजारु, दसेरालगायत गाउँका स्थानीयलाई अहिले छाक केले टार्ने भन्ने समस्या छ। नेपाल खाद्य संस्थानले तीनपटक ताकेता गरी पत्र पठाउँदा पनि ठेकेदारले गाउँमा चामल नपुर्या्एको संस्थानका जाजरकोटस्थित कार्यालय प्रमुख धर्मबहादुर बस्नेत बताउँछन्।

'चालु वर्ष सरकारले जाजरकोटका लागि ८ हजार क्विन्टल नियमित र ५ हजार १ सय क्विन्टल चामल विशेेष अनुदानमा दिने गरी छुट्ट्याएको छ,' उनले भने, 'तर, ठेकेदारले ढुवानी नगरिदिँदा लक्षित व्यक्तिसम्म पुग्न सकेन।'

जिल्लाका सदरमुकामसहित चार ठाउँमा रहेका डिपो कतै पनि नियमित कोटाको चामल पुग्न सकेको छैन। सदरमुकामस्थित गोदाममा २ हजार २ सय क्विन्टल चामल मौज्दात रहे पनि पजारुका घोगी र दसेरा, नायकबाडाको घाट र रग्दाको चौखास्थित डिपो लगभग रित्तै छन्। घोगीमा नियमित कोटाको ४ हजार क्विन्टलमध्य अहिलेसम्म १५ क्विन्टल ३० किलो र दसेरामा २४ क्विन्टल ९० किलो मात्र पुगेको संस्थानका निमित्त प्रमुख शर्माको भनाइ छ।

घोगी र दसेराका लागि चामल पुर्याैउने ठेक्का विकेन्द्र कन्स्ट्रक्सन एन्ड विकेन्द्र सप्लायर्सका प्रकाशजंग शाहले लिएका छन्। बेलैमा चामल पुर्यााइसक्न भन्दै संस्थानले उनलाई तीनपटक पत्र काटे पनि बेवास्ता गरिरहेका छन्।

गत वर्ष माघ १४, चैत १८ र यस वर्ष जेठ ६ गते पत्र पठाइएकोमा ठेकेदार शाहले ढुवानी प्रक्रिया अघि नबढाएको संस्थानले जनाएको छ। डिपोमा चामल नपुगेका कारण संस्थानका नायब सुब्बा कमलसिंह राना सदरमुकाम खलंगा आएर बसेका छन्। चामल नपुगेकाले आफू गाउँमा बसिरहन नसकेको उनको भनाइ छ।

ठेकेदार शाहले भने गाउँमा लगिएको चामल बिक्री नभएकाले समस्या परेको बताए। थप २ सय क्विन्टल चामल तत्काल गाउँ पुर्यााउने तयारी भइरहेको जानकारी दिँदै उनले स्थानीयको बेवास्ताले चामल ढुवानी ढिलाइ भएको उल्लेख गरे।

शाहले त्यस्तो दाबी गरे पनि ती डिपोको अवस्था बु‰न गएका पत्रकार प्रतिनिधि नेपाल पत्रकार महासंघ, जाजरकोटका सचिव दीपेन्द्र शर्मा भने डिपोमा चामल नपाएर स्थानीय हैरानीमा रहेको जनाए। 'स्थानीयले चामल नकिनेको भन्ने ठेकेदारको भनाइ सरासर गलत हो,' उनले भने, 'ती डिपोमा चामल नै छैन।'

नियमित अनुदानको ४ हजार क्विन्टल चामल डिपोमा पुगेर सकिए पनि नायकबाडाको घाट र रग्दाको चौखा डिपोमा अनुदानबापत प्राप्त ३ हजार १ सय क्विन्टलमध्ये १ एक सय क्विन्टल मात्र चामल पुगेको संस्थानले जनाएको छ। घाटका लागि माओवादी नेता मनिराम दमाई र चौखाका लागि खलंगाका स्थानीय भीमबहादुर शाहले ढुवानी जिम्मा लिएका छन्।

घाटका लागि थप १ हजार ६ सय क्विन्टल र चौखाका लागि एक हजार ५ सय क्विन्टल चामल छुट्ट्याइएको छ। त्यसै गरी घोगी र दसेराका लागि एक–एक हजार क्विन्टल थप कोटा तोकिएको छ।

संस्थानले असारभित्र सबै चामल डिपोमा पुर्यााउनुपर्ने जनाए पनि ठेकेदारले निर्देशन नमान्दा स्थानीय चरम खाद्य संकट झेलिरहेका छन्। असारको सुरुमै चामल नपुगे स्थानीय भोकै पर्ने अवस्था आउने नायकबाडा–२ जिरीका गणेशबहादुर सिंहले बताए। गाउँका केहीले डोल्पाबाट मजदुरी गरेर ल्याएको पैसा जुटाए पनि धेरैजसोसँग चामल किनेर खाने पैसासमेत नरहेकोले अवस्था गम्भीर रहेको उनको भनाइ छ।

'यस वर्ष जौ–कोदोलगायत अन्न उत्पादनै भएन, त्यसमाथि भर्खर लगाउन लागेको मकैबाली पनि किराले नष्ट पार्योट,' सिंहले भने।

जिल्ला खाद्य सुरक्षा समितिले जाजरकोटलाई खाद्य संकटग्रस्त जिल्ला घोषणाका लागि गरिएको सिफारिस कार्यान्वयनमा माथिल्लो निकायले बेवास्ता गरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए। 'पहुँच गतिलो नभएकाले जिल्लाको माग सुनुवाइ हुन सकेन,' उनले भने।

प्रतिक्रिया

ग्यास सिलिन्डर चुहिएपछि...

ग्यास सिलिन्डर चुहिएपछि...

काठमाडौं– मंगलबार बिहान ९ बजे टेकु सुगम ग्यासका कामदार सुरेन्द्र बलामी सिलिण्डर बोकेर कालीमाटी स्थित चटपटे टहरामा ग्यास जोड्न खोज्दै थिए। त्यही ग्यासबाट एक्कासी आगोको मुस्लो निस्कियो र फैलियो। फैलिएको...

फेरियो प्रणाली, फेरिएन उपलब्धि

फेरियो प्रणाली, फेरिएन उपलब्धि

काठमाडौं- दस कक्षामा एसएलसी परीक्षा गराउने प्रणालीलाई बिट मार्दै सरकारले यसको अन्तिम संस्करणको नतिजा बिहीबार सार्वजनिक गरेको छ। कक्षा १२ सम्मलाई विद्यालयतह निर्क्योल गरेको दुई साता नबित्दै सरकारले एसएलसी परीक्षा–२०७२...

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

काठमाडौं- ग्यास बिस्फोटमा परी तीन जनाको मृत्यु भएपछि सरकारले एचपी ग्यासको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। जेठ ७ गते ललितपुर मंगलबजारमा 'एचपी ब्राण्ड'को ग्यास बिस्फोटमा परी धनजनको क्षती भएपछि सरकारले...

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

काठमाडौं-सधैं भिडभाड भइरहने मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूसहित अकस्मात पुग्दा कर्मचारीदेखि सुरक्षा अधिकारीसम्म अकमक्क परे।

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

काठमाडाैं-नेपालका अति धनी क्रिश्चियन परिवारको एक विवाह समारोहमा सहभागी हुन तात्कालिन पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो नेपाल आउँदा आफ्नो कोठामा भुट्टोले रात बिताएको मीन सिं खड्कको दावी छ।

जाजरकोटवासीलाई चामल छैन

जाजरकोटवासीलाई चामल छैन

जाजरकोट- चामल सकिँदा जाजरकोटवासी छाक टार्ने समस्याले पिरोलिएका छन् तर खाद्य संस्थानको सदरमुकामस्थित गोदाम भने भरिभराउ छ। जाजरकोटका दुर्गम गाउँका लागि सरकारले छुट्ट्याएको नियमित कोटाको चामल ठेकेदार लापरवाहीले समयमा ढुवानी...

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

काठमाडौं–काठमाडौंस्थित एक कलेजको ल्याण्डलाईन नम्बरमा अमेरिकी राष्ट्रपति बाराक अाेबामा पत्नी मिसेल आफैँले फोन गरेर सोध्छिन्, 'इज मीना देअर ?' (मीनाजी त्यहाँ हुनुहुन्छ...?) पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो प्रधानमन्त्रीकै हैसियतमा नेपाल आउँदा उनै...

नयाँ शक्तिको 'समृद्धि सपना'

नयाँ शक्तिको 'समृद्धि सपना'

काठमाडौं- काभ्रे बनेपाका संदीप घोरसाइने पेशाले सवारी चालक हुन्। राजनीतिमा खासै चासो नराख्ने उनी आइतबार दशरथ रंगशालामा नयाँ शक्ति नेपाल पार्टीको घोषणा कार्यक्रममा चर्को घाम सहेर बसे। पार्टी संयोजक डा.बाबुराम...