Friday 6 Ashwin, 2074 |
Menu

republica-headerdiscount-subscribe1

istl

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

(0 votes)
प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा
काठमाडौं-सधैं भिडभाड भइरहने मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूसहित अकस्मात पुग्दा कर्मचारीदेखि सुरक्षा अधिकारीसम्म अकमक्क परे।


nepali-patro-june
औपचारिक वा अनौपचारिक रूपमा मंगलबार प्रधानमन्त्रीको विदेश यात्रा पनि थिएन । त्यसो हुँदो हो त यसबारे विमानस्थल र सुरक्षा निकायलाई पूर्वजानकारी गराइन्थ्यो। एक्कासि प्रधानमन्त्री ओली विमानस्थल पुगेर अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थान कक्ष प्रवेश गरेपछि मात्र विमानस्थलका उच्च अधिकारी र विमानस्थल सुरक्षा निकायका अधिकारीले थाहा पाए।

'प्रधानमन्त्रीज्यू विमानस्थल आउने पूर्वजानकारी हामीलाई थिएन,' त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवक्ता तथा निमित्त महाप्रबन्धक भोला गुरागाईंले मंगलबार नागरिकसँग भने, 'उहाँ विमानस्थलको काम–कारबाही निरीक्षण गर्न अकस्मात आउनुभएको रहेछ । प्रधानमन्त्रीज्यू आउनुभएको छ भन्ने थाहा पाउनासाथ हामी हतारहतार उहाँलाई विमानस्थलका काम–कारबाहीबारे जानकारी दियौं ।'

प्रधानमन्त्री ओली अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल र पर्यटन राज्यमन्त्री बलबहादुर महतलाई लिएर त्रिभुवन विमानस्थल पुगेका थिए ।

मंगलबार दिउँसो २ः१७ बजे विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवन पुगेका प्रधानमन्त्री ओली प्रस्थान कक्षबाट भित्र छिरेर एकैचोटि एक घन्टा १३ मिनेटपछि ३ः३० बजे बाहिर निस्किएका थिए ।

प्रस्थान कक्षबाट उनी सिधै टर्मिनल भवनभित्र रहेको शौचालय पसेर निरीक्षण गरेका थिए । त्यहाँ केहीबरे निरीक्षण गरेर उनी अध्यागमन डेस्क पुगेका थिए । त्यताबाट स्टेराइल हल हुँदै टर्माक क्षेत्रबाट निस्किएर यात्रु आउने आगमन कक्ष छिरेका थिए । आगमन कक्षमा रहेको अध्यागमन डेस्कमा भइरहेको काम निरीक्षण गर्दै प्रधानमन्त्री वायुसेवा कम्पनीहरूको टिकट काउन्टर पुगेका थिए । उनले त्यसपछि यात्रुका सामान आइपुग्ने ब्यागेज बेल्ट निरीक्षण गरेका थिए ।

अन्तिममा अतिविशिष्ट (भिआइपी) कक्ष पुगेर उनले केहीबेर आराम गरेका थिए । भिआइपी कक्षमा एक गिलास तातोपानी र केही बेरपछि एक कप चिया पिएका थिए । 'उहाँ विमानस्थलभित्र जताजता जानुभयो, हामी सँगसँगै गएर सम्पूर्ण जानकारी गरायौं,' निमित्त महाप्रबन्धक गुरागाईंले भने, 'समग्रमा उहाँले विमानस्थलका काम–कारबाही र भइरहेका सुधारका कामप्रति बेखुसी हुनुभएन ।'

सबै क्षेत्र निरीक्षणपछि प्रधानमन्त्री ओलीले शौचालय र ब्यागेज बेल्टमा सुधार गर्न निर्देशन दिएका थिए । त्यस्तै, सुरक्षाका लागि आवश्यक संयन्त्र परिचालन गरी निगरानी बढाउन, क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामेरा नभएका ठाउँमा थप जडान गर्न र अन्तर्राष्ट्रिय विमानस्थलको मापदण्डअनुसार आवश्यक सम्पूर्ण आधुनिक प्रणाली जडान गर्न र अध्यागमन कक्षमा द्रुत गतिमा काम गर्न पनि निर्देशन दिएका थिए ।

प्रधानमन्त्री टोलीसहित विमानस्थल निरीक्षण गर्न पुगेको खबर पाउनासाथ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम विमानस्थल पुगेका थिए । त्यस्तै विमानस्थल सुरक्षा प्रमुख डिआइजी गोविन्दप्रसाद निरौला, अध्यागमन कार्यालय प्रमुख उद्धवप्रसाद तिमिल्सिना र भन्सार कार्यालय प्रमुख योगेन्द्र गौतमले आ–आफ्नो क्षेत्रबारे जानकारी गराएका थिए । उड्डयन प्राधिकरण त्रिभुवन विमानस्थलको प्रमुख सञ्चालक निकाय हो ।

'यो घटनाले विमानस्थलका कर्मचारी उच्च सतर्कताका साथ तोकिएको जिम्मेवारीअनुसार काम गरिरहनुपर्छ भन्ने देखाएको छ,' निमित्त महाप्रबन्धक गुरागाईंले भने, 'यो ऐतिहासिक घटना नै भयो । यसअघि सरकारप्रमुख वा राष्ट्रप्रमुख विमानस्थल आउँदा पूर्वजानकारी प्राप्त हुन्थ्यो ।'

विगतमा विमानस्थलको तालुक मन्त्रालय पर्यटनमन्त्रीले बेलाबेला निरीक्षण गर्ने गरेका थिए । पर्यटनमन्त्री पोखरेलले पनि यसअघि पूर्वजानकारी दिएरै पटक–पटक विमानस्थल निरीक्षण गरेका थिए ।

विमानस्थलमा रहेका शौचालय र ब्यागेज बेल्टबारे यात्रुबाट व्यापक गुनासो आएपछि प्रधानमन्त्री ओली आफैं छड्के जाँच गर्न विमानस्थल पुगेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक अधिकारीले बताए ।

'सर्वसाधारणको गुनासो सुन्न सरकारले व्यवस्था गरेको 'हेल्लो सरकार' मार्फत त्रिभुवन विमानस्थलमा यात्रुले पाएका दुःख, त्यहाँको शौचालयको अवस्थादेखि अध्यागमन कक्षका बेथिति र ब्यागेज बेल्टमा सामान पाउन घन्टौं कुर्नुपर्नेजस्ता समस्या प्राप्त भएपछि प्रधानमन्त्री विमानस्थल जानुभएको हो,' ती अधिकारीले भने, 'उहाँले सकेसम्म सबै क्षेत्रको मिहीन तरिकाले निरीक्षण गर्नुभयो ।'

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल १४ देशबाट २८ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज आइरहेका छन् । तिनले अहिले दैनिक ७० वटासम्म उडान–अवतरण गरिरहेका छन् । विमानस्थल सामान्य दिनमा बिहान ६ बजे खुल्ने गर्छ भने राति साढे १२ बजे बन्द हुने गर्छ । यहाँ सामान्य दिनमा दैनिक २ सय ५० देखि ३ सयसम्म आन्तरिक उडान–अवतरण हुने गर्छ।

प्रतिक्रिया

ग्यास सिलिन्डर चुहिएपछि...

ग्यास सिलिन्डर चुहिएपछि...

काठमाडौं– मंगलबार बिहान ९ बजे टेकु सुगम ग्यासका कामदार सुरेन्द्र बलामी सिलिण्डर बोकेर कालीमाटी स्थित चटपटे टहरामा ग्यास जोड्न खोज्दै थिए। त्यही ग्यासबाट एक्कासी आगोको मुस्लो निस्कियो र फैलियो। फैलिएको...

फेरियो प्रणाली, फेरिएन उपलब्धि

फेरियो प्रणाली, फेरिएन उपलब्धि

काठमाडौं- दस कक्षामा एसएलसी परीक्षा गराउने प्रणालीलाई बिट मार्दै सरकारले यसको अन्तिम संस्करणको नतिजा बिहीबार सार्वजनिक गरेको छ। कक्षा १२ सम्मलाई विद्यालयतह निर्क्योल गरेको दुई साता नबित्दै सरकारले एसएलसी परीक्षा–२०७२...

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

काठमाडौं- ग्यास बिस्फोटमा परी तीन जनाको मृत्यु भएपछि सरकारले एचपी ग्यासको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। जेठ ७ गते ललितपुर मंगलबजारमा 'एचपी ब्राण्ड'को ग्यास बिस्फोटमा परी धनजनको क्षती भएपछि सरकारले...

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

काठमाडौं-सधैं भिडभाड भइरहने मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूसहित अकस्मात पुग्दा कर्मचारीदेखि सुरक्षा अधिकारीसम्म अकमक्क परे।

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

काठमाडाैं-नेपालका अति धनी क्रिश्चियन परिवारको एक विवाह समारोहमा सहभागी हुन तात्कालिन पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो नेपाल आउँदा आफ्नो कोठामा भुट्टोले रात बिताएको मीन सिं खड्कको दावी छ।

जाजरकोटवासीलाई चामल छैन

जाजरकोटवासीलाई चामल छैन

जाजरकोट- चामल सकिँदा जाजरकोटवासी छाक टार्ने समस्याले पिरोलिएका छन् तर खाद्य संस्थानको सदरमुकामस्थित गोदाम भने भरिभराउ छ। जाजरकोटका दुर्गम गाउँका लागि सरकारले छुट्ट्याएको नियमित कोटाको चामल ठेकेदार लापरवाहीले समयमा ढुवानी...

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

काठमाडौं–काठमाडौंस्थित एक कलेजको ल्याण्डलाईन नम्बरमा अमेरिकी राष्ट्रपति बाराक अाेबामा पत्नी मिसेल आफैँले फोन गरेर सोध्छिन्, 'इज मीना देअर ?' (मीनाजी त्यहाँ हुनुहुन्छ...?) पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो प्रधानमन्त्रीकै हैसियतमा नेपाल आउँदा उनै...

नयाँ शक्तिको 'समृद्धि सपना'

नयाँ शक्तिको 'समृद्धि सपना'

काठमाडौं- काभ्रे बनेपाका संदीप घोरसाइने पेशाले सवारी चालक हुन्। राजनीतिमा खासै चासो नराख्ने उनी आइतबार दशरथ रंगशालामा नयाँ शक्ति नेपाल पार्टीको घोषणा कार्यक्रममा चर्को घाम सहेर बसे। पार्टी संयोजक डा.बाबुराम...