Thursday 7 Mangshir, 2074 |
Menu

republica-headerdiscount-subscribe1

istl

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

(0 votes)
सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध
काठमाडौं- ग्यास बिस्फोटमा परी तीन जनाको मृत्यु भएपछि सरकारले एचपी ग्यासको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। जेठ ७ गते ललितपुर मंगलबजारमा 'एचपी ब्राण्ड'को ग्यास बिस्फोटमा परी धनजनको क्षती भएपछि सरकारले यस्तो निर्णय गरेको हो।

एचपी ग्यासको गुणस्तरको विषयमा प्रश्न उठेपछि तत्कालको लागि बिक्रीबितरणमा बन्देज लगाउने निर्णय गरेको आपूर्ति मन्त्री गणेशमान पुनले बताए। 'ग्यास पड्केर मान्छेनै मरेकोले छानविन गरेर रिपोर्ट नआउँदासम्म बिक्री रोक्ने निर्णय गर्यौंर,' पुनले नागरिकसँग भने, 'उपभोक्ताको भान्सामा प्रयोग हुने सिलिन्डरको थप मापदण्ड बनाएर गुणस्तर जाँच्न निर्देशन दिएका छौं।'

उपभोक्ता हित संरक्षण परिषदका अध्यक्ष समेत रहेका मन्त्री पुनको अध्यक्षतामा बसेको बैठकले उक्त कम्पनीको ग्यासको पिडिओसमेत रोक्का गर्न नेपाल आयल निगमलाई निर्देशन दिएको छ। पिडिओ रोक्का गरेपछि उसले अर्को निर्णय नहुँदासम्म भारतबाट ग्यास आयात गर्न पाउने छैन। ग्यास सिलिन्डरको गुणस्तर कमसल भएको ठहर गर्दै थप अनुसन्धान गर्न निर्देशन दिएको छ।

जेठको पहिलो साता ललितपुरको घटनामा स्थानीय सुरेश ताम्राकार, धु्रव र रोजेश ताम्राकारको मृत्यु भएको थियो। दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा शनिवार मृत्यु भएको थियो।तामाका भाँडा बनाउने उद्योगमा ग्यास र अक्सिजन सिलिन्डर जोड्ने क्रममा एचपी ग्यास पड्किएको थियो। उक्त घटनापछि मृतकका आफन्त सहित स्थानीयले ग्यास उद्योगलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै ललितपुरमा प्रदर्शन गर्दै आएका छन्।

ललितपुरको घटना सेलाउन नपाउँदै मंगलवार कालिमाटीमा सुगम ग्यास जोड्ने क्रममा जलेर सात जना घाइते भएका छन्। गत वर्ष चितवनमा पनि ग्यास बिस्फोटमा परी एक जनाको मृत्यु भएको थियो।ललितपुर घटनाको अध्ययन गर्न आपूर्ति व्यवस्था विभागका निर्देशक लक्ष्मण क्षेत्रको संयोजकत्वमा समिति गठन गरेको भए पनि अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन। बिस्फोट भएको सिलिन्डरको विषयमा नाप तौल तथा गुणस्तर विभागले यथार्थ रिपोर्ट नदिँदा समस्या भएको उक्त समितिले जनाएको छ।

कालिमाटी घटनाको थप अनुसन्धान गर्न मन्त्रालयले विभागलाई निर्देशन दिएको छ। खाना पकाउने एलपी ग्यास सिलिन्डरको गुणस्तर तथा मापदण्ड के कस्तो हुनुपर्ने भन्ने सम्बन्धमा थप संवेदनशिल हुनुपर्ने आपूर्ति मन्त्रालयको ठहर छ। 'कालीमाटी घटनाको बास्तविकता पत्ता लगाउन भनेका छौं,' मन्त्री पुनले भने, 'उपभोक्तको सुरक्षामा सरकार सम्वेदनशिल छ।'

ग्यास सिलिन्डरको गुणस्तरको विषयमा पटक—पटक कुरा उठे पनि उद्योगी, नापतौल तथा गुणस्तर विभाग, नेपाल आयल निगम लगायतका निकायले दायित्व पूरा नगरेको आरोप लाग्दै आएको छ। ग्यास उद्योगले नियमानुसार हाइड्रोलिक टेस्ट नगरेको नाप तौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताउँदै आएका छन्।

समयमा हाइड्रोलिक टेष्ट, भल्ब, रेगुलेटर, सिलिन्डर कमसल भएको कारण दुर्घटना हुनेगरेको आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागका निर्देशक गोकुल धितालले बताए। 'गुणस्तर प्राविधिक विषय हो,' उनले भने, 'पटक—पटक घटना दोहोरिएकाले ग्यास सिलिन्डरमा कमजोरी अवस्य छ।'

नियमअनुसार ग्यास सिलिन्डर बनेको १० वर्षपछि पहिलोपटक हाइड्रोलिक टेस्ट गर्नुपर्छ। त्यसपछि प्रत्येक पाँच वर्षमा टेस्ट गर्नुपर्ने नियम छ। नेपाल गुणस्तर तथा नापतौल विभाग रोहवरमा टेस्ट गर्नुपर्छ। तर अधिकांश उद्योगले त्यसो गरेका छैनन्।

ग्यास उद्योगीको गैर जिम्मेवारीको कारण दुर्घटना भएको ग्यास बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बताए। 'कम गुणस्तरका सिलिन्डर बजारमा पठाउँदा दुर्घटनाका घटना बढेका छन्,' अर्यालले भने, 'सरकारले नियमन गरेर कारबाही नगर्दा यस्ता घटनाघटीरहेका छन्।' ग्यास उपभोक्ताको मृत्यू भएकोले गम्भिर अपराध भएको उनले बताए। ग्यास सिलिन्डरमा कमजोरी देखिएकोले सयौं ग्यासबिक्रेताले बिक्री नगरी फिर्ता गर्नेगरेको अर्यालको दाबी छ। प्राविधिक रुपमा ग्यास फुस्स भएर घैंटो जस्तै पड्किनु पर्ने भए पनि बिस्फोट हुने गरेकोले शंका सृजना भएको उनको भनाई छ। 'नेपालमा बन्ने सिलिन्डरमा गम्भिर प्रश्न उठेको छ,' उनले भने, 'नापतौल तथा गुणस्तर विभागले कडाई गर्न सकेन।'

ग्यास सिलिन्डरको टुटेफुटे, हाइड्रोलिक टेष्ट फेलभए सिलिन्डर नष्ट गरेर नेपाल आयल निगमका जानकारी गराउनु पर्छ। तर, नेपाल ग्यास लगायत केही सिमित उद्योगले बाहेक अधिकांश कम्पनीले डेढ वर्षदेखि ग्यास नष्ट गरेको जानकारी दिएका छैनन्। २०७१ फागुनसम्म २२ हजार ४ सय सिलिन्डर नष्ट गरेको तथ्यांकले देखाउँछ।नेपालमा ५५ ग्यास उद्योग छन्।

उद्योग विभागले ग्यास उद्योग सञ्चालनको लागि अनुमति दिए पनि अन्य पूर्वाधार र मापदण्डको विषयमा चासो नदिँदा समस्या सृजना भएको नेपाल आयल निगमले जनाएको छ। 'ग्यास उद्योगीले गल्ती गर्दा पनि निगमकै टाउकोमा दोष आउने,' निगमका एक उच्च अधिकारीले भने, 'ग्यास उद्योग सञ्चालनको अनुमति दिने उद्योग मन्त्रालयले अनुगमन गर्नुपर्नेकी नपर्ने?

बजारमा मिति सकिएका सिलिन्डर बग्रेल्ती भेटिन्छन्। रङ खुइलिएको र कुच्चिएको पुरानो सिलिन्डर बजारमा भेटिन्छन्। कुच्चिएको , चुहिने सिलिन्डर प्रयोगमा ल्याए जोखिम हुन्छ। सिलिन्डरबाट ग्यास चुहिनु बमभन्दा खतरनाक मानिन्छ। उपभोक्तालेसिलिण्डर चुहिएर, ग्याँस स्टोभको बिगे्रको,सिलिण्डरको वासर नभएको र स्वयं सिलिण्डर नै धेरै पुरानो भएको कारणले पनि दुर्घटना हुने गरेको छ।

बोटलिङ प्लान्टलेनै फुटेका जोखिमपूर्ण सिलिन्डर प्रयोग गर्ने गरको उपभोक्ताको आरोप छ। गुणस्तरीय रेगुलेट, पाइप प्रयोग गर्नुपर्ने र भान्सालाई कसरी सुरक्षित गर्ने भन्ने विषयमा उपभोक्तालाई जानकारी दिनुपर्ने उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए। 'सकारी र उपभोक्ताको गैर जिम्मेवारीले उपभोक्ता जोखिममा छन्,' उनले भने, 'सरकराले नियमन गर्नुपर्योउ।'

६२ लाख सिलिन्डर निगमले प्रमाणिकरण गरेको भए पनि ७५ लाख बढि सिलिन्डर बजारमा रहेको बिक्रेता बताउँछन्। छ/छ महिनामा ग्यास सिलिन्डरको भेरिफिकेसन गर्नुपर्ने भए पनि एक वर्षदेखि उक्त काम भएको छैन। नाकाबन्दी लगायतका बहना बनाएर उद्योगीले नगरेका हुन्। सिलिन्डरको प्रमाणिकरण नगर्नेलाई कारबाही भएको छैन।

ललितपुर र कालिमाटीका दुवै घटना उद्योगी, सिलिन्डर र व्यवसायीको कारण नभएको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले बताए। 'अहिले भएका दुइटै घटना उपभोक्ताको खेलाँचीले भएका हुन्,' उनले भने, 'धनजनको क्षती हुनु दुखःद हो। तर, सिलिन्डरको प्रयोग गर्न नजाँदा दुर्घटना भयो।' ग्यास प्रयोग गर्न नजाँदा र जबरजस्ती गर्दा यस्ता घटना घटेको उनको दाबी छ। दुवै घटनामा प्राविधिक विज्ञ सहितको उच्चस्तरीय समिति गठन गर्न उनले माग गरे। 'सत्यतथ्य पत्ता लगाउने काम राज्यको हो,' उनले भने, 'उद्योगीलाई मात्र दोष लगाएर भएन सरकारले पनि जनचेतना जगाउनु पर्योप।'

प्रतिक्रिया

ग्यास सिलिन्डर चुहिएपछि...

ग्यास सिलिन्डर चुहिएपछि...

काठमाडौं– मंगलबार बिहान ९ बजे टेकु सुगम ग्यासका कामदार सुरेन्द्र बलामी सिलिण्डर बोकेर कालीमाटी स्थित चटपटे टहरामा ग्यास जोड्न खोज्दै थिए। त्यही ग्यासबाट एक्कासी आगोको मुस्लो निस्कियो र फैलियो। फैलिएको...

फेरियो प्रणाली, फेरिएन उपलब्धि

फेरियो प्रणाली, फेरिएन उपलब्धि

काठमाडौं- दस कक्षामा एसएलसी परीक्षा गराउने प्रणालीलाई बिट मार्दै सरकारले यसको अन्तिम संस्करणको नतिजा बिहीबार सार्वजनिक गरेको छ। कक्षा १२ सम्मलाई विद्यालयतह निर्क्योल गरेको दुई साता नबित्दै सरकारले एसएलसी परीक्षा–२०७२...

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

काठमाडौं- ग्यास बिस्फोटमा परी तीन जनाको मृत्यु भएपछि सरकारले एचपी ग्यासको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। जेठ ७ गते ललितपुर मंगलबजारमा 'एचपी ब्राण्ड'को ग्यास बिस्फोटमा परी धनजनको क्षती भएपछि सरकारले...

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

काठमाडौं-सधैं भिडभाड भइरहने मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूसहित अकस्मात पुग्दा कर्मचारीदेखि सुरक्षा अधिकारीसम्म अकमक्क परे।

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

काठमाडाैं-नेपालका अति धनी क्रिश्चियन परिवारको एक विवाह समारोहमा सहभागी हुन तात्कालिन पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो नेपाल आउँदा आफ्नो कोठामा भुट्टोले रात बिताएको मीन सिं खड्कको दावी छ।

जाजरकोटवासीलाई चामल छैन

जाजरकोटवासीलाई चामल छैन

जाजरकोट- चामल सकिँदा जाजरकोटवासी छाक टार्ने समस्याले पिरोलिएका छन् तर खाद्य संस्थानको सदरमुकामस्थित गोदाम भने भरिभराउ छ। जाजरकोटका दुर्गम गाउँका लागि सरकारले छुट्ट्याएको नियमित कोटाको चामल ठेकेदार लापरवाहीले समयमा ढुवानी...

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

काठमाडौं–काठमाडौंस्थित एक कलेजको ल्याण्डलाईन नम्बरमा अमेरिकी राष्ट्रपति बाराक अाेबामा पत्नी मिसेल आफैँले फोन गरेर सोध्छिन्, 'इज मीना देअर ?' (मीनाजी त्यहाँ हुनुहुन्छ...?) पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो प्रधानमन्त्रीकै हैसियतमा नेपाल आउँदा उनै...

नयाँ शक्तिको 'समृद्धि सपना'

नयाँ शक्तिको 'समृद्धि सपना'

काठमाडौं- काभ्रे बनेपाका संदीप घोरसाइने पेशाले सवारी चालक हुन्। राजनीतिमा खासै चासो नराख्ने उनी आइतबार दशरथ रंगशालामा नयाँ शक्ति नेपाल पार्टीको घोषणा कार्यक्रममा चर्को घाम सहेर बसे। पार्टी संयोजक डा.बाबुराम...