9 Mangshir, 2074 |
Menu

republica-headerdiscount-subscribe1

istl

फेरियो प्रणाली, फेरिएन उपलब्धि

(0 votes)
फेरियो प्रणाली, फेरिएन उपलब्धि
काठमाडौं- दस कक्षामा एसएलसी परीक्षा गराउने प्रणालीलाई बिट मार्दै सरकारले यसको अन्तिम संस्करणको नतिजा बिहीबार सार्वजनिक गरेको छ। कक्षा १२ सम्मलाई विद्यालयतह निर्क्योल गरेको दुई साता नबित्दै सरकारले एसएलसी परीक्षा–२०७२ को नतिजा पहिलोपटक अक्षरांक (ग्रेडिङ) प्रणालीमा सार्वजनिक गरेको हो।
चैत १८ देखि २६ गतेसम्म सञ्चालित एसएलसी परीक्षाको नतिजा बिहीबार परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले सार्वजनिक गरे। प्रणाली फेरिए पनि विद्यार्थीको सिकाइ उपलब्धिका हिसाबले भने नतिजा विगतभन्दा खास सुधारिएको पाइँदैन।

यसपालि नियमित र एक्जाम्टेड गरी ५ लाख ८८ हजार १ सय ५२ परीक्षार्थी सहभागी थिए। नियमिततर्फ ४ लाख ३७ हजार ३ सय २६ विद्यार्थी सहभागी रहेकोमा ग्रेड प्वाइन्ट एभरेज (जिपिए) अन्तर्गत १.६ देखि २.० (४० देखि ५० प्रतिशतबीचको प्राप्तांक) ल्याउने विद्यार्थी नै सबैभन्दा धेरै छन्। यो भनेको 'सी' ग्रेड हो। 'एक्सेप्टेबल' भनिने यो समूहमा १ लाख ४ हजार २ सय ७८ विद्यार्थी परेका छन्।

यसै गरी जिपिए ३.६ देखि ४.० 'आउटस्ट्यान्डिङ' प्राप्त गर्ने विद्यार्थीको संख्या १६ हजार ४ सय ५४ रहेको छ। यो समूहमा ९० देखि १ सय प्रतिशतभित्रका विद्यार्थी पर्छन्। यसको ग्रेड 'ए' प्लस हो।

जिपिए ३.२ देखि ३.६ 'एक्सिलेन्ट' मा परेका विद्यार्थीको संख्या ४१ हजार ५ सय ७७ छ। यस समूहमा ८० देखि ९० प्रतिशतमुनिका विद्यार्थी पर्छन्। यो 'ए' गे्रड हो।

जिपिए २.८ देखि ३.२ भित्र ४८ हजार ६ सय ११ विद्यार्थी परेका छन्। यो समूहका विद्यार्थीले ग्रेडिङमा 'बी' प्लस अर्थात् 'भेरिगुड' पाएका छन्। यी विद्यार्थीले ७० देखि ८० प्रतिशतबीचको अंक प्राप्त गरेका छन्।

यसै गरी ६३ हजार १ सय ८१ विद्यार्थीले जिपिए २.४ देखि २.८ ल्याएका छन्। 'बी' ग्रेड अर्थात् गुड पाएका यी विद्यार्थी ६० देखि ७० प्रतिशतबीच अंक प्राप्त गरेका छन्। जिपिए २.० देखि देखि २.४ ल्याएका विद्यार्थी ९४ हजार ७ सय १६ छन्। 'सी' प्लस र 'सेटिस्फाई' प्राप्त गरेका विद्यार्थी ५० देखि ६० प्रतिशतभित्र छन्।

जिपिए १.२ देखि १.६ 'डी' प्लस ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या ५६ हजार ७ सय ६३ छ। 'पार्सिएल्ली एक्सेप्टेबल' भित्रका विद्यार्थीले ३० देखि ४० प्रतिशत अंक प्राप्त गरेका हुन्। जिपिए ०.८ देखि १.२ अर्थात् 'डी' ग्रेड प्राप्त गर्ने विद्यार्थी संख्या यस वर्ष ८ हजार छ। यो समूहका विद्यार्थी २० देखि ३० प्रतिशत अंक प्राप्त गरेका छन्। यस समूहलाई 'इन्सफिसियन्ट' भनिन्छ। सबैभन्दा कम जिपिए ०.० देखि ०.८ प्राप्त गर्ने विद्यार्थी ११ छन्। यी विद्यार्थी 'ई' ग्रेड अर्थात् 'भेरी इन्सफिसियन्ट' मा परेका छन्।

शिक्षासचिव विश्वप्रकाश पण्डितका अनुसार यस वर्ष 'पास–फेल' प्रणाली हटाएर समग्रमा विद्यार्थी स्तर मापन गर्न अक्षरांकन प्रणालीबाट नतिजा प्रकाशन गरिएको हो। उनले विद्यार्थीको निरन्तर मूल्यांकनमा आधारित भएरै ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशन गरिएको बताए। 'ग्रेडिङ प्रणालीले विद्यार्थीको सिकाइ उपलब्धिमा विस्तारै सुधार ल्याउँछ,' उनले भने, 'सबैले मास्टर र विद्यावारिधि गर्दैन, जुनसुकै ग्रेड प्राप्त गर्नेलाई केही न केही विषय अध्ययनको बाटो खोल्न यस्तो प्रणाली ल्याएका हौं।'

सबैलाई पास गराउने उद्देश्यले नतिजा प्रकाशित गरे पनि विषयगत रूपमा 'डी' र 'ई' ग्रेड ल्याउनेकै बाहुल्य छ। यसले एसएलसी परीक्षाको नतिजा–प्रणाली फेरिए पनि परिणाम उपलब्धिमूलक नरहेको देखाउँछ।

विगतको नतिजा प्रणालीमा अनिवार्य विषयमध्ये अंग्रेजी, नेपाली र विज्ञानमा कम अंक ल्याउने विद्यार्थी धेरै हुन्थे। ग्रेडिङ प्रणालीमा पनि यही कायम देखिन्छ।

यस वर्ष गणितमा ४ लाख ५९ हजार ३ सय ५६ ले परीक्षा दिएकोमा 'ए' प्लस ल्याउने २३ हजार ३ सय ३४ जना छन्। यो भनेको ९० देखि १ सय प्रतिशतभित्र ल्याउने विद्यार्थी हुन्। अनिवार्य विषयमध्ये सबैभन्दा बढी 'ए' प्लस गणितमै भए पनि 'ई' ग्रेड ल्याउने पनि यसैमा बढी छन्। गणितमा 'ई' ग्रेड पाउने १ लाख ४६ हजार ९ सय ३५ जना छन्।

सबैभन्दा कम 'ए' प्लस भने नेपाली विषयमा ल्याएका छन्। नेपालीमा ६३ जनाले मात्र 'ए' प्लस ल्याएका छन् भने 'ई' ग्रेड ल्याउने २३ हजार ४६ छन्। 'डी' ल्याउने ४३ हजार ६ सय ३३ जना छन्। नेपालीमा ४ लाख ३७ हजार १ सय ३३ परीक्षार्थी सहभागी थिए।

अंग्रेजी विषयमा ४ लाख ३६ हजार ९ सय ८३ परीक्षार्थी सहभागी रहेकोमा एप्लस ल्याउने १२ हजार ५ सय ५२ जना छन् भने ८६ हजार ६० ले 'डी र ७१ हजार १ सय २४ ले 'ई' ग्रेड ल्याएका छन्।

विज्ञान विषयमा ४ लाख ३७ हजार १९ विद्यार्थी सहभागी रहेकोमा 'ए' प्लस ल्याउनेहरू ६ हजार ८ सय २७ मात्र छन्। ६७ हजार ८१ ले 'डी' र १ लाख १० हजार २ सय ७४ जनाले 'ई' ग्रेड ल्याएका छन्।

सामाजिक शिक्षामा कुल ४ लाख ३७ हजार १ सय ७६ विद्यार्थी सहभागी रहेकोमा यो विषयमा पनि 'ए' प्लस ल्याउने थोरै छन्। २ सय १७ ले 'ए' प्लस ल्याएका छन् भने 'डी' ल्याउने ६५ हजार १ सय ८ र 'ई' ल्याउनेहरू ४६ हजार ९ सय २८ जना छन्।

स्वास्थ्य, जनसंख्या र वातावरण विषयमा ४ लाख ३६ हजार ४ सय ३६ परीक्षार्थी सहभागी रहेकामा 'ए' प्लस ल्याउने ४ हजार ३ सय ४१ ले जना छन्। त्यसै गरी 'डी' प्राप्त गर्ने २८ हजार ६ सय ६ र 'ई' प्राप्त गर्ने १४ हजार ७ सय २ जना छन्।

शिक्षासचिव पण्डितले अब कक्षा १० र १२ मा भिन्नाभिन्नै परीक्षा हुने भएकाले प्रमाणपत्र छुट्टाछुट्टै दिइने बताए। 'डी र 'ई' ग्रेड प्राप्त विद्यार्थीले पनि कुनै न कुनै विषय अध्ययन गर्ने व्यवस्था ग्रेडिङ प्रणालीमा मिलाइएको छ,' उनले भने, 'दुई विषयमा डी र ई प्राप्त गर्नेले मौका परीक्षा दिएर ग्रेड वृद्धि गर्न अवसर पाउनेछन्।'

यसै गरी एक्जाम्टेडतर्फ १ लाख ५० हजार ८ सय २६ परीक्षार्थी सहभागी रहेकोमा जिपिए ३.६ देखि ४.० ल्याउने ४ जना, जिपिए ३.२ देखि ३.६ ल्याउने ८ र २.८ देखि ३.२ ल्याउने ९४ जना छन्। त्यसै गरी २.४ देखि २.८ ल्याउने २ हजार ९ सय ४३ , जिपिए २.० देखि २.४ ल्याउने २९ हजार ७ सय ८० र जिपिए १.६ देखि २.० ल्याउने ७५ हजार ३ सय ४० जना छन्।

जिपिए १.२ देखि १.६ ल्याउनेहरू ३७ हजार ९ सय ३९, जिपिए ०.८ देखि १.२ ल्याउने २ हजार ४ सय ५२ र जिपिए ०.० देखि ०.८ ल्याउने दुई जना छन्।

परीक्षा नियन्त्रक काप्रीले बढीमा दुई विषयमा 'डी' र 'ई' ल्याउनेलाई पूरक परीक्षा व्यवस्था गरिने बताए। यस वर्ष नियमित र एक्जाम्टेड गरी १ लाख ४७ हजार ५ सय ८३ विद्यार्थी 'डी' र 'ई' ग्रेडमा परेका छन्। उनीहरूका लागि साउन १४ देखि साउन २१ गतेसम्म मौका परीक्षा सञ्चालन हुनेछ।

प्रतिक्रिया

ग्यास सिलिन्डर चुहिएपछि...

ग्यास सिलिन्डर चुहिएपछि...

काठमाडौं– मंगलबार बिहान ९ बजे टेकु सुगम ग्यासका कामदार सुरेन्द्र बलामी सिलिण्डर बोकेर कालीमाटी स्थित चटपटे टहरामा ग्यास जोड्न खोज्दै थिए। त्यही ग्यासबाट एक्कासी आगोको मुस्लो निस्कियो र फैलियो। फैलिएको...

फेरियो प्रणाली, फेरिएन उपलब्धि

फेरियो प्रणाली, फेरिएन उपलब्धि

काठमाडौं- दस कक्षामा एसएलसी परीक्षा गराउने प्रणालीलाई बिट मार्दै सरकारले यसको अन्तिम संस्करणको नतिजा बिहीबार सार्वजनिक गरेको छ। कक्षा १२ सम्मलाई विद्यालयतह निर्क्योल गरेको दुई साता नबित्दै सरकारले एसएलसी परीक्षा–२०७२...

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

काठमाडौं- ग्यास बिस्फोटमा परी तीन जनाको मृत्यु भएपछि सरकारले एचपी ग्यासको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। जेठ ७ गते ललितपुर मंगलबजारमा 'एचपी ब्राण्ड'को ग्यास बिस्फोटमा परी धनजनको क्षती भएपछि सरकारले...

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

काठमाडौं-सधैं भिडभाड भइरहने मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूसहित अकस्मात पुग्दा कर्मचारीदेखि सुरक्षा अधिकारीसम्म अकमक्क परे।

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

काठमाडाैं-नेपालका अति धनी क्रिश्चियन परिवारको एक विवाह समारोहमा सहभागी हुन तात्कालिन पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो नेपाल आउँदा आफ्नो कोठामा भुट्टोले रात बिताएको मीन सिं खड्कको दावी छ।

जाजरकोटवासीलाई चामल छैन

जाजरकोटवासीलाई चामल छैन

जाजरकोट- चामल सकिँदा जाजरकोटवासी छाक टार्ने समस्याले पिरोलिएका छन् तर खाद्य संस्थानको सदरमुकामस्थित गोदाम भने भरिभराउ छ। जाजरकोटका दुर्गम गाउँका लागि सरकारले छुट्ट्याएको नियमित कोटाको चामल ठेकेदार लापरवाहीले समयमा ढुवानी...

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

काठमाडौं–काठमाडौंस्थित एक कलेजको ल्याण्डलाईन नम्बरमा अमेरिकी राष्ट्रपति बाराक अाेबामा पत्नी मिसेल आफैँले फोन गरेर सोध्छिन्, 'इज मीना देअर ?' (मीनाजी त्यहाँ हुनुहुन्छ...?) पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो प्रधानमन्त्रीकै हैसियतमा नेपाल आउँदा उनै...

नयाँ शक्तिको 'समृद्धि सपना'

नयाँ शक्तिको 'समृद्धि सपना'

काठमाडौं- काभ्रे बनेपाका संदीप घोरसाइने पेशाले सवारी चालक हुन्। राजनीतिमा खासै चासो नराख्ने उनी आइतबार दशरथ रंगशालामा नयाँ शक्ति नेपाल पार्टीको घोषणा कार्यक्रममा चर्को घाम सहेर बसे। पार्टी संयोजक डा.बाबुराम...