Sunday 4 Kartik, 2075 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

सेक्सी कि भद्दा?

सेक्सी कि भद्दा?

सेलिब्रिटीलाई सार्वजनिक कार्यक्रममा अरूभन्दा फरक देखिने रहरमात्रै होइन, बाध्यता पनि पर्छ। फिल्मका हिरोइन दर्शक बटुल्नका लागि सेक्सी देखिन खोज्छन्। अभिनेत्री बेनिशा हमाल हालै आयोजित एक कार्यक्रममा रातो वानपिस पहिरिएर पुगिन्। 

'बोल्नकै लागि जन्मेको म'

अच्युत घिमिरे मीठो बोल्छन्। भेट्नेहरूलाई मात्रै थाहा होला, आवाज मात्रै मीठो होइन, उनको स्वभाव पनि उस्तै मिलनसार छ। उनी व्यापक सुनिन्छन् तर हतपति भेटिँदैनन्। भीडमा, अपरिचित समूहका बीच आफूलाई चिनाउन...

उद्दण्ड पारस, निर्धा पारस

उद्दण्ड पारस, निर्धा पारस

सिकुटे ज्यान, शुष्क मुहार, जिङ्ग्रिङ्ग कपाल, हातमा हतकडी अनि ओठमा शिथिल मुस्कान! लागुऔषधसहित पक्राउ परेको भन्दै थाइल्यान्डको खाई न्युज डट कमले सार्वजनिक गरेको तस्बिर नेपालका पूर्वयुवराज पारस शाहकै हो त?

'डीआईडी' डान्सर नेपाल आउने

'डीआईडी' डान्सर नेपाल आउने

विदेशी मञ्चमा अब्बल ठहरिएका धेरै विदेशी गायक/गायिका नेपाली स्टेजमा प्रस्तुत भइसकेका छन्। पहिलोपल्ट नेपाली स्टेजमा विदेशका प्लेटफर्ममा आफूलाई अब्बल ठहर्यायएका नेपालभाषी डान्सर देखिने भएका छन्। 

ज्ञान न्यौपाने

ज्ञान न्यौपाने

नागरिक दैनिकका संवाददाता ज्ञान न्याैपाने सामाजिक, संस्कृति र पुरातत्व मामिलामा रिपोर्टिङमा दक्खल राख्छन्।  

फेसबुक: www.facebook.com/bharlajhale?fref=ts

ट्विटर: www.twitter.com/gyaneupane

 

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

नवीकरणीय ऊर्जामा ३० करोड लगानी गर्दै महानगर

  • समाज
काठमाडौं-देशको वर्तमान ऊर्जा संकटबाट पाठ सिक्दै काठमाडौं महानगरपालिकाले करिब ३० करोड रुपैयाँ नवीकरणीय ऊर्जा सम्बन्धित कार्यक्रममा लगानी गर्ने भएको छ । महानगरपालिकाले मंगलबार २७ औं नगर परिषद्को अवसरमा आर्थिक वर्ष २०७३/७४ का लागि यस्तो कार्यक्रमको घोषणा गरेको हो ।


पुनःनिर्माणको गृहकार्य नै छैन

  • समाज
काठमाडौं- भूकम्पको आठ महिनापछि सरकारले पूर्व तयारीबिना भत्केका भौतिक संरचनाको पुनर्निमार्ण सुरु गर्न लागेको छ। काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरबाट पुनर्निमार्ण थाल्ने तयारी गरे पनि सरकारले त्यसको लागतसमेत टुंगो लगाएको छैन।

धरहरा कहिले बन्छ?

  • देश
काठमाडौं- भूकम्पले ढलाएको धरहरा पुनर्निर्माण कहिले हुने अहिलेसम्म टुंगो लाग्न सकेको छैन। व्यवस्थापनको जिम्मा सार्वजनिक निजी साझेदारीअनुसार गरिरहेको एक निजी कम्पनीले बनाउने दायित्व हुँदासमेत पुनर्निर्माणको तयारी हुन नसकेको हो।

धरहरा ढल्दा मृत्यु भएकालाई बेवास्ता

  • देश
काठमाडौं- वैशाख १२ गतेको भूकम्पलाई थेग्न नसकेर ढलेको धरहराले ज्यान लिएकाको क्षतिपूर्ति दिने व्यवस्था सम्झौतामा नभएको भन्दै काठमाडौं महानगरपालिका मौन बसेपछि ज्यान गुमाउनेका पीडित परिवार मर्कामा परेका छन्। सार्वजनिक–निजी साझेदारीअनुसार साइडवाकर्स ट्रेडर्स प्रालिले व्यवस्थापन गरिरहेको धरहरा ढल्दा ५० भन्दा बढीको मृत्यु भए पनि क्षतिपूर्ति दिने विषयमा दुवै निकाय मौन बसेका छन्।

ठूलाले तिरेनन् १ अर्ब २ करोड

  • देश
काठमाडौं- सरकारले भर्खरै ठूला करदातालाई पोस्नेगरी घरजग्गा करको दररेट परिवर्तन गरे पनि त्यस्ता करदाताले करिब १ अर्ब २ करोड १० लाख रुपैयाँ कर तिरेका छैनन्। काठमाडौंका तारे होटल, व्यापारिक मल, सार्वजनिक संस्थानलगायतले यति धेरै रकम तिर्न चासो नदिएका हुन्।

काठमाडौंमा इनार खन्ने क्रममा दुईको मृत्यु

  • समाज
काठमाडौं-काठमाडौंको गल्फुटारस्थित न्यूरो अस्पताल नजिकैको एक घरमा इनार खन्दै गर्दा आइतबार दुई जनाको मृत्यु भएको छ। घटनास्थलमा अहिले प्रहरी र काठमाडौं जुद्ध वारुण यन्त्र कार्यलयले उद्धारको काम गरिरहेका छन्।

ठूलालाई स्वाट्टै घट्यो, सानालाई बढ्यो

काठमाडौं- स्थानीय निकायहरुले उठाउने घरजग्गा करमा सानालाई भार बढ्ने र ठूलालाई स्वाट्टै घट्ने गरी दर परिवर्तन भएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले 'स्थानीय स्वायत्त शासन (सातौं संशोधन) नियमावली २०७०' मा साबिकको भन्दा सानालाई मर्का पर्ने र ठूलालाई फाइदा हुने गरी फेरबदल गरेको स्थानीय निकायहरुले बताएका हुन्।

मास्कले छेक्दैन काठमाडौंको धुलो

  • देश
काठमाडौं- धुलोबाट जोगिन नाक र मुखमा मास्क लगाएर हिँड्नेहरु काठमाडौंका सडकमा धेरै भेटिन्छन्। स्वास्थ्यप्रति सजग हुँदै मास्क प्रयोग गरे पनि त्यस्ता मास्क काठमाडौंको धुलो फोक्सोमा जान नदिन सक्षम छैनन्। अनुसन्धानकर्ताका अनुसार काठमाडौंको वायुमा अत्यन्तै साना २ दशमलव ५ माइक्रोमिटर (पिएम २.५) भन्दा कम आकारका धुलोका कण छन्, जसलाई बजारमा पाइने सामान्य कपडाका मास्कले भित्र छिर्न रोक्न सक्दैन।

आफैं बस्न घर खोज्दै महानगर

  • समाज
काठमाडौं-भूकम्पले क्षति भएको बागदरबार छाडेर राष्ट्रिय सभागृह पुगेको काठमाडौं महानगरपालिकाले फेरि अर्को घर खोज्नुपर्ने भएको छ । सरकारले करिब १८ करोड खर्चेर एक वर्षअघि सार्क सम्मेलनलाई सिँगारेको सभागृहमा बस्दै आएको महानगरपालिकालाई अख्तियारले एक महिनाभित्र घर खोजेर सर्न निर्देशन दिएपछि उसले घर खोज्न लागेको हो ।


सुरु भयाे एक महिने संविधान प्रचार अभियान

काठमाडौं— नयाँ संविधान समावेशी नभएको भन्ने मधेसवादी दलहरुको जिकिर गरिरहँदा सरकारले संविधानमा भएका व्यवस्था प्रचार गर्न आजदेखि एक महिने संविधान अभियान थालेको छ। संविधानबारे भ्रम चिर्न भन्दै सरकारले यस्तो अभियान ल्याएको हो।


Subscribe to this RSS feed