Tuesday 11 Ashwin, 2073 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

स्वर्ग खोज्दै नर्क पुग्नेहरू

(2 votes)
स्वर्ग खोज्दै नर्क पुग्नेहरू
धरान- धरानकी मञ्जिला लिम्बू रमाइलो गर्न भनेपछि ज्यानै फाल्न तयार हुन्थिन्। बाबु हङकङ लाहुरे भएकाले उनलाई पैसाको समस्या थिएन। उनको संगत आफूभन्दा जेठा दाइदिदीसँग थियो। उनीहरूले बुङ्बुङ्ती चुरोटको धुवाँ उडाएको देखेपछि मञ्जिलालाई पनि चुरोट खान मन लाग्यो। एक्स्पेरिमेन्ट गरौँ भनेर उनले चुरोट पिउन थालिन्। बिस्तारै गोटी र सिरिञ्ज हान्न पुगिन्। पढाइ त उतिबेलै बिग्रिएको थियो। यतिबेला चाहिँ उनलाई जीवनै बिग्रियो भन्ने लागेको छ। भन्छिन्, 'त्यतिबेला स्वर्ग यही हो जस्तो लाग्थ्यो। रमाइलो गर्दागर्दै एचआइभी पोजिटिभ भइसकिएछ। अहिले जीवन नर्कमा भासिए जस्तो लाग्छ।'


nepali-patro-june
लिजाको ब्वाईफ्रेन्ड ह्यान्डसम थियो। उनीहरू दैनिक भेट्थे। उसैसँग जीवन बिताउने सपना थियो लिजाको । एकदिन उनले ब्वाइफ्रेन्ड कुलतमा फसेको थाहा पाइन्। उसलाई कुलतबाट छुटाउन निकै सम्झाइबुझाइ गरिन्। धेरै चोटि उसको गोजी छामेर गोटी फाल्ने र लुकाइदिने गरिन्। उसलाई ड्रग्स छाड्न कर गरिन्। तरड्रग्स खाएपछि 'हेभेन फिल हुन्छभन्दै पाखुरामा सुई हानेर ऊ मस्त हुन्थ्यो। ब्वाईफ्रेन्डको व्यवहारले उनलाई टेन्सन हुन थाल्यो। 'हेभन फिल हुन्छभन्थ्यो कस्तो हुँदो रहेछभनेर उनले पनि एकदिन टेस्ट गरिन्। त्यसपछिदुवै जना मिलिजुली झ्याप हुन थाले। अहिले दुई वर्ष भयोउनीहरू दुवै एउटै खाल्डोमा परेका छन्।  बिहे गरेर जीवन बिताउने सपना भताभुंग भइसकेको छ। 'जति कोसिस गरे पनि अब त  सुई नहानी बस्नै  सक्दिनँ,' उनले भनिन्। 

नेपाली समाजमा अचेल यस्ता कथा र पात्र प्रशस्त भेटिन्छन्। कोही ब्वाईफ्रेन्डले धोका दिएको पिर मेटाउन नशाको लतमा चुर्लुम्म डुबेका छन् त कसैलाई साथीभाइको संगतले कुलतमा जाकेको छ। धेरैले फेशनका रूपमा कुलत अँगालेका छन्। पूर्वका धरानइटहरीदमकउर्लाबारीपथरीलगायत स्थानमा कुलतमा फस्ने युवतीको संख्या बढ्दो छ। एक तथ्यांकअनुसार पूर्वमा अहिले पाँच सयदेखि सात सयसम्म महिला लागुऔषध प्रयोगकर्ता छन्। त्यसमध्ये धरानमा सबैभन्दा बढी दुई सय ९८ जना भेटिएका छन्। तरधेरै महिला लागुऔषध प्रयोगकर्ता तथ्यांकमा नअटाएका हुने जानकारहरूको भनाइ छ। लागुऔषध प्रयोगकर्ता र एचआइभी संक्रमित महिलाको हकहितका लागि काम गरिरहेको संस्था दृष्टि नेपालकी कार्यक्रम निर्देशक वन्दना थापा भन्छिन्, 'छोरा कुलतमा फसे अभिभावकले सुधारका लागि अरूसँग सल्लाह लिने र सुधारगृह पठाउँछन्। तरछोरी कुलतमा लागेको थाहा पाए विवाह हुँदैन भनेर सकेसम्म लुकाउने गर्छन्।

युवतीहरूलाई 'सेक्सी देखिन्छ', 'डन्डीफोर जान्छवा 'स्लिम बनिन्छ भनेर ड्रग्स प्रयोग गर्न उक्साउनेहरू प्रशस्तै हुन्छन्। कतिपयले युवतीसँग मोज गर्न र ड्रग्स भिडाउन पनि यस्तो हावादारी गफ दिएका हुन्छन्। युवतीहरू भने तिनको कुरामा विश्वास गरेर कुलतमा फस्छन्। टिनएजका केटीहरू उमेरजन्य स्वाभावका कारण रमाइलो गर्ननाच्नहाँस्नउफ्रिन चाहन्छन्। उनीहरू छिट्टै साथीभाइको सर्कलमा भिज्छन्। नशाको लतमा फस्ने कारणमध्ये यी प्रवृत्ति पनि दोषी हुन्छन्। 'किरात याक्थुङ चुम्लुङ पुनर्जीवन केन्द्र'का निर्देशक कमल तिगेलाको भनाइ छ, 'अभिभावकको ध्यान कम हुनु र खराब संगत हुनु नै युवतीहरू कुलतमा फस्नुको मुख्य कारण हो।'

कुलतमा फसेका युवतीलाई समाज र परिवारमा पुनःस्थापना हुन गाह्रो हुन्छ। कुलत छाडे पनि महिलालाई परिवार र समाजले अपनाइहाल्न चाहँदैन। फलतः उनीहरू पुनः दुर्व्यसनमै फर्किने सम्भावना हुन्छ। परिवारमा भइरहने झैझगडाआमाबाबुबीचको बेमेलजस्ता कारणले सन्तान दुर्व्यसनमा चाँडो फस्छन्। विश्व स्वास्थ्य संगठनले कुलतमा फस्नुलाई एक प्रकारको मानसिक रोग भनेको छ। मानसिक विचलनका कारण मान्छेमा कुलत सुरु हुन्छ। मनमा अत्यधिक निराशा छाउँदा पनि युवतीहरू नशामा डुब्छन् भने बढी खुशी हुँदा पनि एक्साइटेड भएर कुलतमा लाग्ने सम्भावना बढी हुन्छ। मानसिक रोग भएकाले यो जतिबेला पनि बल्भि्कन सक्छ। अर्थात्नशाको कुलतमा फसेर सुधि्रएको मान्छे पुनः कुलतमा फर्किन सक्छ। 

Leave a comment

‘नाटक जीवनजस्तो, जीवन नाटकजस्तो'

‘नाटक जीवनजस्तो, जीवन नाटकजस्तो'

नेपाली नाटक क्षेत्रमा सुनिल पोखरेल सुपरिचित नाम हो। उनलाई रंगमञ्चको गुरु मानिन्छ। ‘आरोहण गुरुकुल'को स्थापना गरी उनले धेरैलाई रंगमञ्चको औपचारिक ज्ञान दिए। उनका कतिपय चेलाचेलीले अहिले रंगमञ्च र फिल्मबाट राम्रो...

'जलकुम्भी' जालमा प्रेम

मनोज घर्तीमगर- प्राकृति सुन्दरताले भरिपूर्ण पोखरा प्रेमीप्रेमिकाका लागि रोमान्टिक शहर हो। जोडीहरू यहाँ बेपर्वाह फेवाताल, बेगनास ताल, शान्ति स्तुपा, सराङकोट, लभ्ली डाँडा, पावर हाउस, फेवा पार्कलगायत ठाउँमा रमाइरहेका हुन्छन्। तर,...

'मेरा कमजोरी नै मेरा हतियार'

'मेरा कमजोरी नै मेरा हतियार'

अनु शाहले १८ वटा फिल्म र सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकिन्। व्यस्त हिरोइनमा पर्छिन् उनी। तर, कामअनुसार उनको नाम चर्चामा छैन। धेरैले चियोचर्चाे गरिरहने फिल्म क्षेत्रमा उनका बारे 'गसिप'...

विदेशिने र ठगिइने अनन्त क्रम

विदेशिने र ठगिइने अनन्त क्रम

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कामको खोजीमा १ लाख २९ हजार कामदार विदेशिएका छन्। गत आव सोही अवधिमा ९७ हजार १ सय ८० कामदार विदेशिएका थिए। यो ३३ प्रतिशतले...

'म योद्धा हुँ, योद्धा'

'म योद्धा हुँ, योद्धा'

क्यान्सरसँग लड्न सक्षम भएँ म। त्यसैले अहिले नयाँ जीवन बाँचिरहेकी छु। मलाई पाठेघरको क्यान्सर भएको थियो। अस्पतालको बेडमा मैले लामो समय बिताएँ। त्यतिबेला मैले जीवन र मृत्युलाई धेरै नजिकबाट नियाल्ने...

बजेटपछि बिरामी

जेठको धूप थेगिसाध्य थिएन। शीतल ताप्नेहरूले चौतारी खचाखच थियो। खेतमा डढेका मकै, सुक्दै गएका पानीका मुहान, सम्भावित अनिकाल लगायतका विषय चौतारीमा छलफल भइरहेका थिए। आखिर चौतारी न हो, देश विदेशको...

राहदानी लाइभ

राहदानी लाइभ

पुस २६ गते। बिहान ६ बजे। राहदानी विभागको मुख्य गेटबाहिर सर्वसाधारणको घुइँचो थेग्न प्रहरीलाई हम्मे परिरहेको छ। अधिकांशका हातमा राहदानी फारम छन्। उनीहरू लाइनमा कोचाकोच गर्दैछन्। पुसको कठ्यांग्रिने जाडोमा शीतले अनुहारै चिन्न...

‘मेरी प्यारी पुनमकली'

‘मेरी प्यारी पुनमकली'

मेरो घर नवलपरासीमा छ। एक्काइस वर्षको भएँ। दश कक्षा पढ्दापढ्दै माउतेको तालिम लिएँ। त्यसपछि पढाइ नै छाडेर माउतेको काम गर्न थालेँ। चितवन राष्ट्रिय निकुञ्जभित्र हात्ती सफारी गराउने एक स्थानीय साहुले...