Sunday 5 Kartik, 2074 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

काली दमिनीदेखि रूपासम्म

  • बिहीबार २ जेष्ठ, २०७०
  • धनबहादुर खड्का
  • Be the first to comment!
(1 Vote)
काली दमिनीदेखि रूपासम्म
ललितपुरको झम्सिखेलस्थित मोक्ष रेस्टुरेन्टमा सोमवार दिया मास्के आँखामा कालो चस्मा, बुट्टेदार सर्ट्स र कालो पारदर्शी लेगिंग्समा प्रकट भइन्। 'म काली दमिनीलाई भेट्न आएको!' उनको गेटअप हेरेर ठट्यौलो शैलीमा मैले भनेँ। उनले मुसुक्क हाँस्दै उत्तर दिइन्, 'यो पर्वतको खौलागाउँ होइन, ललितपुरको झम्सिखेल हो। यहाँ त रूपामात्रै भेट्नुहुन्छ।' झन् कन्फ्युज्ड बनाइदिइन् उनले। 
nepali-patro-june
रेस्टुरेन्टमा एक्ली केटी मान्छे देखिन्छिन् उनी। सोध्नैपर्ने भयो, 'रूपा भनेको चाहिँ को नि?' पहिल्यै 'पात्र संवादगर्ने तय भएकाले उनी पात्रमा प्रवेश गरिसकिछिन्। 'उसलाई तपाईंले चिन्ने बेला भएको छैन र मलाई चिनाउने अधिकार पनि प्राप्त छैन। छोटोमा भन्दा यो शहरकी एउटा आधुनिक युवती होत्यो। फिल्म 'फिट्किरी'मा छे।'

'यो पहिरन रूपाको सिको होला?'

उनले अब्जेक्सन जनाइन्, 'होइनसी इज मोर द्यान मोडर्न। माथि क्लिभेज देखिने र तल छोटो स्कर्ट  लगाउने मोडर्न होइन। चालढंग मोडर्न भएकी युवती हो रूपा। उसलाई मोडर्न हुने बाध्यता छ। मसँग उमेरमात्रै मिल्छ।'

'टेलिफिल्म 'दलन'की काली दमिनी चाहिँ आमा उमेरकी होली!

तुरुन्तै जवाफ फर्काइन्, 'अहिले भइहोली ! मैले छाड्दा ४० वर्षकी थिई।पर्वतको खौलागाउँमा दिया युवती कालीदेखि ४० वर्षे कालीसम्म भइन्। चार महिनामा २५ वर्ष काट्नुउमेरको वृद्धिसँग हाउभाउ परिवर्तन गर्दै लैजानु र काठमाडौँको नेवार युवतीले पश्चिमी लबजमा बोल्नु कम्ता गाह्रो थिएन। पात्रसँग नजिकिन उनले त्यो गाउँमा अनेक थोक गरिन्। त्यहाँका महिलासँग सँगै हिँडिन्खाइन्बसिन् र अनुहारसमेत डढाएर कालै पारिन्। 'पात्रको हाउभाउ आएन भन्ने लाग्नेबित्तिकै पानी खाने निहँुले घरघर चहार्थें,' उनले स्मरण गरिन्। लामो कार्यशालाअभिनय गुरुसँगको अभिनय र पात्रमा ढाल्ने टि्रकले उनलाई काली हुन गाह्रो भएन। काली भएपछि गाह्रो भयो।  'सबैभन्दा गाह्रो?' उनले भनिन्, 'लभ गर्न।हल गोरुसँगै उकालो लागिरहेको श्रीमान्सँग भारी बोकेकै अवस्थामा आँखा जुधाउनुपर्ने दृश्य दिन गाह्रो परेछ उनलाई। 'पात्रमा डुब्दै श्रीमान्सँग आँखा जुधाउँ्क भनेको मैले त गुरु अनुप बराल पो देखेँलाज लाग्यो। आँखा जुधाउनै सकिनँ। कति बेला यो सिन सकिएला जस्तो भयो,' उनले भनिन्। 

भर्खर ब्याचलर लेभलको पढाइ सकेर फुर्सदलाई उपयोग गर्न काली दमिनी भएकी थिइन् उनी। त्योभन्दा अघि एउटा सिरियलमा काम गरेकी थिइन्, 'सुखदुःखका कथा।त्यो सिरियलले उनलाई यति दुःखी बनायो कि 'यो अभिनय भन्ने कुरा जिन्दगीमा गर्दिनँभनेर भागेकी थिइन्। तरकाली दमिनीले उनलाई छाडिन। डोटीमा पुग्दा त्यहाँका महिलाले आफ्नै दिदीबहिनी सम्झेर अँगालो हालेर रोए। उनलाई लाग्यो, 'अब अभिनयबाहेक केही गर्दिनँ।'

त्यो टेलिसिरियल सकिनेबित्तिकै फिल्म 'कागबेनी'मा तारा थकाली बन्ने अफर आयो। 'दलन'मा दलिएको अनुभव र एक्टर्स स्टुडियोमा अभिनय सिक्न थालिसकेकाले सहजै स्विकारिन्। मुस्ताङको मार्फामा गएर त्यहाँ ३० वर्षे युवती हेरिन्। तिनै युवतीभित्र आफूलाई समाहित गरिन्। 'रूपरङ र हाउभाउले थकाली युवती तारा त भएँ। नक्कली ताराले 'सक्कली जाडोधान्न सकिनँ। मकलमा अँगालो हालेर बस्ने गर्थें। आफ्नो पालो आएपछि मात्रै सेटमा जान्थेँ,' उनले भनिन्। फिल्ममा 'तारा'को भूमिकामा उनी चम्किइन्। 'कागबेनी'ले उनलाई चम्कायो। 'मलाई एउटै कुराको डर थियोकतै 'तारा'  र 'कालीमिले कि?'

 एक दिन ललितपुरकै सानेपामा एकजना दर्शकले साथीलाई देखाएर भनिदिए, 'ओई हेर तत्यो 'काली'जस्तै देखिने र 'तारा'जस्तै देखिने केटी त योङ रहिछ।उनी ढुक्क भइन्। 

केही समयअघि फेरि उनी समलिंगीको भूमिकामा देखिइन्। दिया नामकी समलिंगीमा पनि उनी दुरुस्तै भेटेपछि चर्चा चल्यो, 'दिया त समलिंगी नै हो जस्तो छ।पत्रकारले प्रश्नै गरे, 'स्वर पनि हस्की छनाम पनि दिया र अभिनय झन् दुरुस्त छ?' उनलाई स्पष्टीकरण दिँदै हैरान! 'भारतकी माधुरी र रेखाको पनि स्वर हस्की छ। म त्यो होइन कतिलाई भन्नु?'  उनलाई गर्व लाग्यो, 'जसले जेसुके भने पनि यहाँ पनि पास भइछु।

अहिले मान्छेले उनलाई शहरको मध्यमवर्गीय परिवारमा काम गर्ने केटी 'कमलादेखिरहेका छन्। फिल्म 'साँघुरो'मा त्यो भूमिकामा देखेपछि धेरैले उनलाई 'गजबको कामभनेका छन्। उनलाई नदेखेरै अरूले 'दिया त्यो पात्रमा कस्तो सुहाएकोभनेको पनि उनले लुकीलुकी सुनेकी छिन्। टोलकै एउटा दिदीको घरमा आउजाउ गर्नुले उनलाई कमला बन्न मद्दत गरेको हो। गाउँकी युवती शहरमा कसरी प्रस्तुत भइरहेकी छे भन्ने कुरा उनले त्यहाँ काम गर्नेबाटै जानिन्। 'फिल्ममा 'फिल्म हेर्न जाँदालगाएको कुर्ता पनि तिनै दिदीको हो,' उनले भनिन्, 'हाउभाउ मात्रै होइनलुगाको कलर छनोट पनि उनीबाटै सिकेकी हुँ।'

फरक स्वभावका पात्रमा समाहित भएकी दियालाई अब कस्तो पात्र भएर अभिनय गर्ने रहर छ त?

'फिल्मको सामान्य सूत्रअनुसार बन्ने फिल्ममा हिरोसँग हात जोडेर डाँडामा नाँच्ने रहर छ,' दियाले आफ्नो इच्छा प्रकट गरिन्। अभिनय विविधतामा प्रज्ज्वलित भइरहेकी दिया यस्ता फिल्ममा कस्ती देखिएलिन्?

Leave a comment

थेगोका कथा

थेगोका कथा

नेपाली बृहत् शब्दकोशका अनुसार थेगो भनेको 'कुरा गर्दा बारम्बार दोहोर्याकइने निरर्थक बोली, शब्द वा वाक्यांश' हो। तर, हास्यकलाकारका लागि यसले ठूलो 'अर्थ' राखेको पाइन्छ। थेगो लोकप्रिय भएकै कारण थुप्रै हास्यकलाकारले...

विश्वकप २०१४ : बेजोड र विस्मयकारी !

विश्वकप २०१४ : बेजोड र विस्मयकारी !

जर्मनीको जीतसँगै सोमबार बिहान रियो दी जेनेरियोको माराकाना रंगशालामा सम्पन्न एक महिना लामो फुटबल महोत्सव सुरु हुनुभन्दा धेरै अघिदेखि विश्लेषकहरूले यो प्रतियोगिताको ८४ वर्षे इतिहासमा सबैभन्दा भव्य र स्मरणीय हुने...

साइको हत्यारा

साइको हत्यारा

अनुहार सुन्दर। बोल्न सिपालु। हेर्दा एकदम भलाद्मी। कुनै पनि कोणबाट खतरनाक नदेखिने अभिषेकराज सिंह निर्दयी 'सिरियल किलर' हुन्। उनले छ जनाको ज्यान लिएको कबुल गरिसकेका छन्। प्रहरीले 'मास्टरमाइन्ड', 'डेन्जरस' र...

रंगमञ्च र समाज

मेरो नितान्त नजिकको सहकर्मी/रंगकर्मीको गुनासो रहने गरेको छ– 'मैले समाजको लागि गरेँ तर समाजले मलाई हेरेन। त्यसैले यो समाजसँग मेरो असहमति छ।'

'गाउँको त डनै थिएँ म'

'गाउँको त डनै थिएँ म'

हक्की स्वभावकी अभिनेत्री सिर्जना सुब्बा कसैसँग दब्दिनन्। चित्त नबुझेको कुरामा पड्किहाल्छिन्। उनलाई कतिले 'जिद्दी' र 'केटाको जस्तो स्वभाव भएकी' समेत भन्छन्। थिएटर र फिल्ममा जमिरहेकी सिर्जनासँग धनबहादुर खड्का र सजना...

मनोनयनमा मनपरी नहोस्

महाधिवेशनबाट विजय र पराजयको टुंगो लागेसँगै नेपाली कांग्रेसका शीर्ष नेताहरू एक आपसमा सद्भाव साटासाट गर्न व्यस्त देखिन थालेका छन्। पार्टी सभापतिमा निर्वाचित भएसँगै एक सातासम्म शुभकामना ग्रहण गरेर बूढानीलकण्ठस्थित निवासमा...

निर्लज्जताको हद

निर्लज्जताको हद

संस्कृतमा एउटा उखान छ– 'एकाम् लज्जाम् परित्यज्य सर्वत्र विजयी भवेत्।' अर्था्त, लाज एउटा त्यागेपछि जे गरे पनि भयो। यहाँ यही लाज पचाउनेका कुरा हुँदै छ। यी लज्जा पचाउने हुन्, संगीतकार...

राजनीतिक इमान र लोकतन्त्रको मर्यादा

वैशाख ११ नजिकिँदै जाँदा नागरिकमा बेग्लै प्रकारको उत्साहको सञ्चार हुन्छ। लोकतन्त्रमा निहित सौन्दर्यका कारण जनतामा उत्साह आउनु एउटा पक्ष हो। तर, यसबाट जनताले पाउनुपर्ने अधिकार र सुबिस्ता अर्को पाटो हो।...