Wednesday 12 Ashwin, 2073 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

'म पनि सेलिब्रिटी भइसकिछु!'

(3 votes)
नम्रता सापकोटा/अभिनेत्री नम्रता सापकोटा/अभिनेत्री
उपत्यकाबाहिरको यात्रा कस्तो रह्यो?
असाध्यै रमाइलो। धेरै नयाँ ठाउँमा घुमियो। फरक सोच भएका मान्छेहरूसँग भेटियो।
यसअघि काठमाडौँ बाहिर गइएको थिएन?
पश्चिममा त एकचोटि प्रोग्राम टुरमा गएकी थिएँ, साल्सा डान्स देखाउन। तर, पूर्वका धेरै ठाउँ गएको थिइनँ।

nepali-patro-june
तपाईंप्रति त्यहाँका दर्शकको दृष्टिकोण कस्तो पाउनुभयो?
वाह! हाम्रो कामको मूल्यांकन गर्ने दर्शक त उपत्यकाबाहिरै रहेछन्। म पनि सेलिब्रिटी भइसकेछु भन्ने महसुस बल्ल भएको छ। काम गर्ने ऊर्जा पनि थपिएको छ। 
म्युजिक भिडियोमा हेरेर मात्रै पनि त्यस्तो रेस्पोन्स पाउनुभएछ। फिल्म रिलिज भएपछि कस्तो होला?
त्यही त, ६० वटा म्युजिक भिडियो खेलिसकेँ। केही उपलब्धि छैन जस्तो लागेर मन खिन्न हुन्थ्यो। काठमाडौँमा प्रशंसकले धेरै प्रशंसा गरे भने 'राम्रो छ' भन्थे। तर, बाहिर त हामीसँग तस्बिर खिचाउन पाएकैमा गर्व गर्ने दर्शक पनि रहेछन्। फिल्म रिलिज भएपछि गएको भए अझै बढ्थे होलान्।
रिलिज हुन लागेको फिल्म 'अन्तराल'मा प्रशंसक बढ्ने खालको रोल छ कि छैन?
गज्जबले छ। आफ्नै खुट्टामा उभिएकी, हेल्पफुल र सकारात्मक सोच भएकी खुला विचारकी केटीको भूमिका छ। यस्तो मान्छेलाई सबैले मन पराउँछन्। 
फिल्मकी 'त्यो केटी' र तपाईंबीच कत्तिको समानता छ?
छन्, थुप्रै समानता छन्। एक्काइसौँ शताब्दीका प्रायः केटी खुला विचारका हुन्छन्, म पनि छु। मोडलिङ र अभिनयसँगै बुटिक पनि सञ्चालन गरिरहेकी छु।
बुटिकमा बस्न भ्याइन्छ?
अहिले त्यति भ्याएकी छैन। अब समय दिने कोसिस गर्दैछु। 
यो क्षेत्रमा गरिखान गाह्रो भएर व्यवसायतिर लागेको हो?
म मोडल/हिरोइनमात्रै होइन, त्योभन्दा राम्रो साल्सा परफर्मर हो। त्यसैले मलाई त्यस्तो गाह्रो छैन। तर, भविष्यका बारेमा पनि अहिल्यै सोचिराख्नुपर्छ भनेर व्यवसाय पनि थालेकी हुँ।
नेपालमा साल्सा परफर्मरको डिमान्ड राम्रै छ त?
परफर्मरको कमी भएकाले डिमान्ड हाई छ। विशेष गरेर ठूला व्यावसायिक कम्पनीले आफ्नो उत्पादनको प्रवर्द्धनका लागि साल्सा परफर्मरलाई प्रयोग गर्न थालेका छन्। 
फिल्म र म्युजिक भिडियोमा तपाईंको त्यो कला देखिएको खोइ?
त्यो अवसर पाएकै छैन। फिल्ममा पनि साल्सा नाच्ने रोल पाएँ भने अझै बेटर गर्न सक्छु। भिडियोमा पनि आफूलाई जमाउन सक्छु जस्तो लाग्छ। 
अहिलेसम्म एउटा मात्रै फिल्ममा अफर आएको हो?
दुइटा फिल्म गरिसकेँ। यसअघि 'सिग्नेचर' भन्ने फिल्म गरेकी थिएँ। तर, दर्शमाझ आउने चाहिँ 'अन्तराल' पहिलो हो। अरू धेरै फिल्मका अफर आइसके, तर हिरोसँग लभ गर्ने, अघिपछि लाग्ने खालका रोलमात्रै छन्। त्यो त सबैले गरेकै कुरा भयो नि। त्यसैले अलि फरक, अझ नेगेटिभ क्यारेक्टरमा अभिनय गर्न मन छ। अहिलेसम्म मेरो अनुहारमात्रै देखिएको छ, त्यस्तो रोल पाए क्षमता देखाउने अवसर पनि मिल्थ्यो। 
लभ फिल्मबाहिरै गरेको राम्रो भनेर फिल्ममा गर्न मन नपरेको हो?
अहिलेको युगमा लभ गर्नु नर्मल कुरा हो।

Leave a comment

माछाले छोपेको लाज

माछाले छोपेको लाज

अभिनेत्री शुभेच्छा थापाले अभिनय गर्न थालेको डेढ दशक भइसक्यो। आफैँले निर्माण गरेका र अरूका थुप्रै फिल्ममा अभिनय गरे पनि उनले चर्चा र सफलता दुवै पाइनन्। हिरोइन बन्ने उमेर पुगिसकेकी शुभेच्छाको...

'कसैको गर्लफ्रेन्ड भएर स्टार बन्नु छैन'

'कसैको गर्लफ्रेन्ड भएर स्टार बन्नु छैन'

हर्षिका श्रेष्ठको परिवारलाई उनी फिल्म क्षेत्रमा जाने कुरा स्वीकार्य थिएन। परिवारले पढाइमा जोड दियो। हर्षिकालाई पनि परिवारको सल्लाहबमोजिम चल्नुथियो। पढाइ गर्दै एउटा निजी कम्पनीमा जागिर खान थालिन्। तर, त्यहाँ फिल्म...

शिक्षकलाई सरकारी निर्देशन

अब सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले विभागीय स्वीकृतिबिना विद्यालय समयभित्र अन्य काम गर्न नपाउने भएका छन्। विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्ने उद्देश्यले शिक्षा विभागले शिक्षकहरूलाई स्वीकृतिबिना पढाउनेसहितका अन्य काम गर्न रोक...

सीमा नटेकी बलिउडमा

सीमा नटेकी बलिउडमा

केही दिनअघिमात्रै नेपालबाटै बलिउड फिल्मको घोषणा भएको थियो। उचाइ र अनुहारले बलिउड हिरोइनकै नापनक्सासँग मिल्ने एउटी युवती त्यो फिल्मकी हिरोइनका रूपमा चिनाइएको थियो। बलिउड सपना पालेर नेपाली फिल्ममा लागिरहेका एकसे...

गाढा प्रचार फिक्का फिल्म

फिल्म रिलिज हुनुअघि दर्शकलाई मास्क, रुमाल र क्यालेन्डर जस्ता उपहार बाँड्न मरिहत्ते गर्छन्, निर्माता/निर्देशक। आफ्नो फिल्मप्रति दर्शकको ध्यान तान्न खोज्नु ठीकै हो। पछिल्लो प्रवृत्ति हेर्दा फिल्म बनाउनभन्दा फिल्मको प्रवर्द्धनमा धेरै...

'दुबई नआउनुस्!'

बालबच्चाको भविष्य उज्ज्वल बनाउने सपना बोकी दुबई पुगेका केही युवा बिचल्लीमा परेका छन्। दुबईको अन्सार ग्रुप अफ कम्पनिजको अन्सार मलमा पुगेका युवा यतिखेर कसरी पैसा कमाउने भन्दा पनि नेपालबाट आउने...

प्रकाशकीय

प्रकाशकीय

नेपाल रिपब्लिक मिडियाको साप्ताहिक प्रकाशन शुक्रवार पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको छ। शुक्रवारको वार्षिकोत्सव तथा नयाँ वर्ष २०७३ को उपलक्ष्यमा सम्पूर्ण पाठक, लेखक, स्तम्भकार, विज्ञापनदाता, वितरक, विक्रेता...

धरापमा घरबार

केही समयअघि रुपन्देही, रुद्रपुरका दिलबहादुर इलाका प्रहरी कार्यालय बुटवल पुगे। 'उसकै लागि भनेर ज्यान हत्केलामा राखेर अर्काको देशमा पसिना बगाएको थिएँ,' दिलबहादुरको भनाइ उद्धृत गर्दै इप्रका बुटवल, महिला सेलकी प्रहरी...