15 Ashwin, 2073 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

सुमिनाका पर्पल सपना

(1 Vote)
सुमिनाका पर्पल सपना
शनिवार सुमिना पुगेकी थिई, एनसेलको पर्पल मेलामा। कान्तिपुरको हब दरबारमार्गमा भएको त्यो सडक मेलामा उसकै उमेरका थुप्रै केटीहरू काखमा बच्चा च्यापेर आएका थिए। तिनीहरू भीडमा घुस्रिँदै र घस्रँदै स्टेजको छेउछाउमा पुग्न खोज्दै थिए। स्टेजमा कलाकारहरू गाउँदै थिए– 'दुःख पायो मंगले, आफ्नै ढंगले।' स्रोताको भीड कलाकारहरूसँग स्वरमा स्वर मिलाउँदै थियो। चिटचिट पसिना आउने गर्मीमा सरसर बहेको हावाले वातावरणलाई शीतल बनाएको थियो। 



किमिला र सनचरीसँग मेलामा भेट्ने प्रोग्राम थियो उसको। तर, सडक मेलाको कोलाहलमा मोबाइलमा कसैको पनि आवाज सुन्नु कठिन थियो। उसले सनचरीलाई मेसेज गरी, 'शेर्पा मलमा भेट्ने ५ बजे।' सुमिना एकातिर संगीतको आनन्द लिँदै थिई भने अर्कोतिर काखमा बच्चा च्यापेर सडक मेलामा आएका केटीहरूका बारेमा सोच्दै थिई। 
कति छिटै बच्चा जन्माएको होला? उसको मनमा प्रश्न उठिरहेको थियो। सुमिनालाई पनि उसकी मामु मेनकाले कच्चै उमेरमा जन्म दिएकी थिइन्। उसको र उसकी मामुको उमेरमा जम्माजम्मी १७ वर्षको फरक छ। उसकी मामुले स्कुलको पढाइ सकिनेबित्तिकै चिराकसँग प्रेम गर्न थालेकी थिइन्। बिहे नगर्दै उनको गर्भमा सुमिना बसेपछि दुवैको परिवारको राजीखुशीमा मन्दिरमा बिहे भएको थियो उनीहरूको। सुमिना पाँच वर्षकी हुँदा चिराक एक्सिडेन्टमा घाइते भयो नराम्रोसँग। ऊ थला पर्‍यो। त्यसपछि उसकी मामुले एक्लै हुर्काइन् सुमिनालाई। कुरा बुझ्ने उमेर भएपछि सुुमिनाले धेरै कुरा सुनी, आफ्नी मामुको बारेमा। सुरुमा उनले एउटा नर्सरी स्कुलमा पढाइन्। त्यसपछि ब्युटिपार्लरमा काम गरिन्। सुमिना १६ वर्षकी भएपछि उसलाई कान्तिपुरको होस्टेलमा राखेर उनी वैदेशिक रोजगारीमा कोरिया गइन्। चिराकको हेरविचार गर्न उनले आफ्नो काकाको छोरी निर्मायालाई घरमा राखिदिएकी थिइन्। निर्मायाको एउटा हात पोलियोग्रस्त थियो। 
कोरियामा मेनका जुन कम्पनीमा काम गर्थिन्, त्यसको म्यानेजर सान फुकसँग उनको प्रेम बस्यो। उनको यो दोस्रो प्रेम पनि पहिलोजस्तै अनौठोसँग एकै नजरमा परेको थियो। विदेशको ठाउ“मा सान फुकले देखाएको मायामा नाइँ भन्नै सकिनन् उनले। सान फुक कोरियन नभएर मले थियो। मेनकाले उसँग खुसुक्क बिहे गरिन् र उसँगै बस्न थालिन्। जतिसुकै खुसुक्क बिहे गरे पनि कोरियाको नेपाली समाजमा कसो–कसो हल्ला चलिहाल्यो। खासखुस हल्ला चलाउने त नेपालीको मौलिक चरित्र नै हो। हल्ला कान्तिपुरमा आएर चिराकको कानमा पनि ठोक्कियो। हल्ला सुने पनि एउटा अशक्त मानिसले गर्न सक्ने केही थिएन। उ अशक्त नभएको भए मेनका वैदेशिक रोजगारीमा जाने पनि थिइनन्। हल्ला सुनेकै दिन उसले सुमिनालाई बोलायो। तर, छोरीसँग केही भन्न सकेन। उसको मुख हेरेर ऊ धुरुधुरु रोइमात्रै रह्यो। मामुले बिहे गरेको हल्ला सुमिनाले पनि सुमेकी थिई। उसलाई बाबुको माया लाग्यो। माया लागे पनि उसले गर्न सक्ने केही थिएन। उसलाई आफनो करिअर बनाउनुथियो। उसको आफ्नै 'लाइफ' थियो। उसको मामुको पनि त आफ्नै 'लाइफ' छ। मामुले 'सपोर्ट' गरेकोले उसले पढ्न, लाउन, खान र मस्ती मार्न पाएकी छ।
चार वर्ष कोरियामा बिताएपछि सुमिनाकी मामु दुबई छिरेकी थिइन्। सान फुकसँग सम्बन्ध राखेको दुई वर्षमा नै उनको मन उच्चाटिइसकेको थियो। उनी सान फुकसँग अलग बस्न थालेकी थिइन्। काम पनि पाकिस्तानी इन्टेरियर डेकोरेटर इम्तियाजको फर्ममा गर्न थालेकी थिइन्। मेनका साँच्चै मेनका थिइन् स्वभावमा र रूपमा पनि। उनी इम्तियाजसँग इश्कमा फँसिन् कि इम्तियाज उनीसँग? यो त बालै भएन। उनले इम्तियाजसँग पाकिस्तानी शैलीमा निकाह गरिन्। इम्तियाजसँग बस्न थालेपछि पनि चिराक र सुमिनालाई सपोर्ट गर्ने काम कहिल्यै छोडिनन्।
पूरै १८ महिना चल्यो इम्तियाज र मेनकाको प्रेम–जीवन। त्यसपछि मेनका इम्तियाजसँग मात्रै होइन, कोरियासँगै उक्ताइन् र दुबईतिर लागिन्। इम्तियाज पनि मेनकासँग उक्ताएको थियो। पाकिस्तानबाट उसकी श्रीमती आउने भएपछि उ आत्तिएको पनि थियो। मेनकाका लागि ऊ आफ्नी श्रीमती छोड्न सक्दैनथ्यो। 
पर्पल मेला हेर्न आएकी सुमिना आफ्ना उमेरका केटीहरूले काखमा बच्चा च्यापेको देखेर बहकिएकी थिई। उसको मनमा पनि बच्चा पाउने र खेलाउने रहर जागेको थियो। तर, उसले त अहिलेसम्म कुनै मन मिल्ने ब्वाइफ्रेन्ड पाएकै थिइन। कसैसँग 'सेटल' हुने हिसाबले नै लभ गर्ने उसको इच्छा पनि थिएन। 
हल्लाको बीचमा उसले आफ्नो मोबाइलमा मेसेज टोन बजेको सुनी। सनचरी र किमिला उसलाई पर्खिरहेका थिए, शेर्पा मलमा। स्टेजअगाडि संगीतको आनन्द लिइरहेको भीड छिचोल्दै ऊ त्यतैतिर लागी। उसलाई देख्नेबित्तिकै किमिलाले रिमार्क हानिहाली, 'तँ पनि कस्तो झुर भएकी। यस्तो हल्लामा पनि कोही बस्छ र? के जात्रा हेर्न बोलाएकी? हिँड् बरु झमेलतिर। मोक्षमा लाइभ ब्यान्ड छ रे आज– पर्पल लाइभ!' 
सनचरी र सुमिना सडक मेलामा रमाउन चाहन्थे। पानीपुरी, मोमो र रम पन्चको स्वाद लिन चाहन्थे। दुवैले किमिलालाई भने, 'जानुछ भने तैं जा पर्पल लाइभमा। हामी त यतै रमाउने हो आज साँझ।'
किमिला ठस्किई। तर, साथीहरूलाई छोडेर एक्लै जान ऊ मनैले तयार थिइन।

Leave a comment

पालमुनि बास त्रासैत्रास!

पालमुनि बास त्रासैत्रास!

वैशाख १२ को ठूलो भूकम्पपछि असंख्य नेपालीको बास पालमुनि छ। पालमुनि असुविधामात्रै छैन, असुरक्षा पनि छ। बालिका र किशोरीहरू बढी जोखिममा छन्। चेलीबेटी बेचबिखनमा संलग्न गिरोह र दलाल विपद्मा चौका...

पराकम्पन र मुटुको धड्कन

पराकम्पन र मुटुको धड्कन

सामाखुसीका कृष्णगोपाल श्रेष्ठ वैशाख १२ गतेको भूकम्पअघि स्वस्थ थिए। तर, भूकम्प र त्यसपछिका लगातारका कम्पनले उनी अस्वस्थ भए। भूकम्पपछि मुटु चस्केजस्तो हुने, ढुकढुकी बढ्ने र चक्कर लाग्ने समस्या आएपछि उनी...

बजेटपछि बिरामी

जेठको धूप थेगिसाध्य थिएन। शीतल ताप्नेहरूले चौतारी खचाखच थियो। खेतमा डढेका मकै, सुक्दै गएका पानीका मुहान, सम्भावित अनिकाल लगायतका विषय चौतारीमा छलफल भइरहेका थिए। आखिर चौतारी न हो, देश विदेशको...

शुक्रबार सम्पादकीय : डरलाग्दो अतीतमोह

जनता आफूले विभिन्न कालखण्डमा गरेका संघर्ष तथा आन्दोलनका उपलब्धि संस्थागत भएको हेर्न चाहिरहेका छन्। तर, राजनीतिक नेतृत्व जनताको शक्तिबाट प्राप्त उपलब्धिलाई रक्षा गरेर अघि बढ्नुको सट्टा ‘नोस्टाल्जिक मुड'मा देखिन्छ। वर्तमानमा...

मासु र मिलन

मासु र मिलन

नेपालीहरूको ठूलो चाड दसैँ आयो। गरिबगुरुवादेखि सम्भ्रान्तसम्मले दसैँलाई खानपिन, मनोरञ्जन र भेटघाटले रमाइलो बनाउने गरेका छन्। खर्च गच्छेअनुसार गरिएलान्। हरेक सालझैँ यसपालिको दसैँ पनि महँगो भएको छ। रेमिट्यान्सका कारण दूरदराजका...

'एल्बम बिकेन भनेर के रुनु?'

'एल्बम बिकेन भनेर के रुनु?'

सेमी–क्लासिकल गायिकाका रूपमा चिनिन्छन्, रीमा गुरुङ होडा। तर, उनका 'लाहुरे दाइले' जस्तो डान्सिङ नम्बर, 'नजरको दोषी बनी' जस्तो लोक–आधुनिक गीत पनि चर्चित छन्। एकताका फिल्मका गीतमा लगालग स्वर दिने उनी...

वल्लोपल्लो, तल्लोमाथ्लो...सबै ध्वस्त!

वल्लोपल्लो, तल्लोमाथ्लो...सबै ध्वस्त!

वैशाख १२ गते गएको महाभूकम्पको ७२ घण्टा नबित्दै हामी सिन्धुपाल्चोक पुगेका थियौँ। भूकम्पले तेस्रो दिन पनि स–साना झट्का दिइरहेको थियो। डर र त्रासबीच हामीले धुलिखेल हुँदै चौतारासम्म पुग्ने योजना बनायौँ।...

प्रधानमन्त्रीलाई भैँचालो पीडितको पत्र

प्रधानमन्त्रीलाई भैँचालो पीडितको पत्र

काठमाडौं- वैशाख १२ गते आएको महाभुईँचालोले खण्डहर बनेको बस्तीबाट तपाईंलाई यो पत्र लेख्दै छु। भूकम्प पीडितका तर्फबाट तपाईंसमक्ष आफ्ना कुरा राख्ने मसँग यो पत्रबाहेक अरू के नै विकल्प छ र?...