×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Thursday 2 Kartik, 2074 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

'मभित्र एउटा रुन्चे मान्छे छ'

(1 Vote)
'मभित्र एउटा रुन्चे मान्छे छ'
हरिवंश आचार्य अब्बल कलाकारमात्रै होइनन्, असल मानिस पनि हुन्। नेपालमा हास्यव्यंग्यलाई सम्मानित पेशा बनाउन उनी र मदनकृष्ण श्रेष्ठले गरेको मेहनतको जति प्रशंसा गरे पनि कम हुन्छ। कडा व्यंग्य गरेर कसैलाई रन्थनाउन र दुनियाँलाई हँसाउन सक्ने हरिवंशले, उनकै शब्दमा, जिन्दगीमा आँशुको समुद्र नै बगाएका छन्। उनीसँग किशोर नेपालको अन्तरंग कुराकानी।  


nepali-patro-june
कुनै बेला म असाध्यै आक्रोशित थिएँ। त्यतिबेला मेरा आँखाबाट आँशु होइन, रगत बग्थे। निडर र साहसी थिएँ। तर, मान्छे सधैं एकैनासको हुन सक्दैन।
हामी आफ्नै कुराबाट विषय प्रवेश गरौँ क्यारे। हाम्रो भेट भएको कति भयो होला भाइ?
दाइलाई मैले भेटेको २५ वर्षभन्दा बढी भइसक्यो। काठमाडौँको नक्सालमा पहिलो पटक भेट भा'थ्यो हाम्रो। 

नक्सालको सम्झना कत्तिको छ?
धेरै छ। नक्सालमा मैले १७ वर्ष बिताएँ। जिन्दगीको बेहद दुःखद र असाध्यै खुशीका क्षण मैले त्यहाँ रहँदाताका बिताएको थिएँ। 

चिना पनि त्यहीँ हराएको हो?
होइन। चिना चाहिँ गैरीधारामा हराएको थियो। मेरो जन्म गैरीधारामा भएको हो। पछि हामीले त्यो ठाउँ छाड्यौँ। ठाउँ सर्ने क्रममा कसैले मेरो चिना लगेको वा कतै गायब भएको थियो। 

अरू मान्छेलाई तिम्रो चिनाको के काम परेर लगे होलान् र?
कुरा मेरो चिनाको होइन। चिनाभित्र एक टुक्रा सुन पनि थियो। सुनको प्रतिमालाई चिनाभित्र बेरेर राख्यो भने देवताले आशीर्वाद दिन्छन् भन्ने मान्यता छ। अहिले पनि मान्छेहरू त्यसो गर्छन्। पाँचवटी दिदीपछि बडो मुश्किलले म जन्मिएको थिएँ रे। मलाई केही नहोस्दैवले रक्षा गरून् भनेर बाआमाले मेरो चिनोभित्र सुन बेर्नुभएको रहेछ। बस्त्यही कारणले मेरो चिनो गायब भएको 'किंवदन्तीछ। 

परिवारको एउटै छोरो है तिमी?
मेरी आमापट्टिको एउटा र कान्छो छोरो हुँ। अर्की (जेठी) आमाको पनि छोरा मतलब मेरो दाइ हुनुहुन्थ्यो रे। तरम जन्मनुभन्दा धेरैअघि उहाँ बित्नुभएको थियो। 

तिम्रो किताबबारे कुरा गरौँ। समाजप्रति कटु व्यंग्य गर्न सक्नेसमाजलाई लतारेर हिँड्न सक्ने र रोएकालाई हँसाउन सक्ने हरिवंश पुस्तकमा साह्रै भावुक र रुन्चे छ। 
श्रीमतीको वियोगपछि म असाध्यै रोएँदाइ। त्योभन्दा अघि म रोएको थिइनँ। हरेक परिस्थितिमा संघर्ष गरेको थिएँ। कुनै बेला त म असाध्यै आक्रोशित पनि थिएँ। त्यतिबेला मेरा आँखाबाट आँशु होइनरगत बग्थे। निडर र साहसी थिएँ। तरमान्छे सधैं एकैनासको हुन सक्दैन। मिराले छोडेपछि मेरा आँखाबाट आँशुको समुद्र बग्यो। मन टुट्यो। रुनुको विकल्प भेटिनँ। मभित्र एउटा रुन्चे मान्छे छ। haribansa aacharya-2

तिमीहरूले प्रेम विवाह गरेका थियौ?
एकोहोरो प्रेम विवाह थियो। म उसलाई वान साइडेड लभ गर्थें।

त्यतिबेलाको प्रेम वान साइडेड नै हुन्थ्यो। कुनैकुनै प्रेममात्र विवाहमा परिणत हुन्थे हगि?
मेरो पनि झन्डैझन्डै विवाह नहुने अवस्था आएको थियो। एक वर्षपछि फेरि कुरो चल्यो। यसले छोरी पाल्न सक्छ कि सक्दैन भनेर सुझबुझ गरिएछ। मिरालाई पनि यो केटोले मलाई माया गर्छ भन्ने लागेछ क्यारे। त्यसपछि नाइँनास्ती भएन।

हरिवंश जिन्दगीमा एकचोटि मात्रै रोएको हो?
होइन। डाक्टरले मिराको हार्टमा पेस मेकर राख्नुपर्छ भन्दा पनि म रोएको थिएँ। त्यो नेपालमा राखिन्थेन। त्यसका लागि विदेश जानुपर्थ्यो। त्यो कुराले मलाई निकै अत्याएको थियो। अर्को चोटि चाहिँ मिरा दुई जिउकी हुँदा रोएको थिएँ। पाँच महिनाको प्रेग्नेन्सीमा उनलाई जन्डिस र टाइफाइड एकैचोटि भएको थियो। त्यस्तो बेला डाक्टरले आमा र बच्चा दुवैको ज्यान जान सक्छबच्चा निकालेको खण्डमा आमालाई जोगाउन सकिन्छ तर त्यसको पनि ग्यारेन्टी हुँदैन भनेका थिए। कस्तो मेन्टल टर्चर भएको थियो भने अहिले सम्झिँदा पनि अत्यास लाग्छ। 

जिन्दगीको टाइमलाइनलाई हेर्दा तिमीले सबैभन्दा बढी संघर्ष गरेको समय कहिले थियो?
आर्ट फिल्डमा मैले खासै ठूलो संघर्ष गरिनँ। म ठूलो एक्स्पेक्टेसन लिएर यो क्षेत्रमा आएको थिइनँ। साथीभाइका अगाडि नाटकनक्कलअभिनय आदि गर्थें। मेरो चर्तिकला देखेर उनीहरू हाँस्थे। पछि त्यही कुरा रंगमञ्चमा देखाएँ। रंगमञ्चमा देखाउँदा स्याबासी पाएँ। त्यसपछि प्रज्ञा भवनमा देखाएँ। त्यहाँ गोल्ड मेडल पाएँ। यो क्रम बढ्दै गयो। पेशाको मामिलामा मैले संघर्ष होइनमेहनत गरेँ। 

यो आर्टलाई पेशाको रुपमा लिनुअघि पनि त तिमी कुनै पेशामा थियौ होला?
थिएँ। म रत्न राज्य स्कुलमा फिस बुझ्ने अर्थात् मुखियाको काम गर्थें। त्यो जागिरसँगै मैले आर्ट फिल्डलाई पनि प्यारलल्ली लगेको थिएँ। एकचोटि भैरवबहादुर थापालगायत कलाकारसँग दुई महिनाको लागि टुर जानुपर्ने भयो। अस्थायी जागिरे भएकाले स्कुलमा छुट्टी माग्यो भने दिँदैनथे। त्यसकारण स्कुलमा खबरै नगरी हिँडेको थिएँ। दुई महिनापछि फर्केर आउँदा जागिर चट् भइसकेछ। त्यसपछि राष्ट्रिय नाचघरमा काम गर्न थालेँ। त्यहाँ जितेन्द्र महतसँग भेट भयो। उहाँकै सहयोगमा मैले रेडियो नेपाल र स्टेजका नाटकहरूमा भाग लिन थालेँ। 

मदनकृष्ण श्रेष्ठसँग जोडिएपछि नेपालको समाज र राजनीतिलाई तिखो व्यंग्य प्रहार गर्न सक्ने जोडीका रूपमा 'महजोडी स्थापित भयो। त्यसले केही समय नेपालमा शासनै गर्‍यो भन्दा पनि हुन्छ। तरत्यो सक्रियता बिस्तारै कम हुँदै गयो। रअहिले आएर सेलाएकै छ। के भन्छौ? 
हामीले काम सुरु गर्दा यो फिल्डमा मान्छे कम थिए। मह र सन्तोष पन्तबाहेक अरू नाम सम्झिन गाह्रो पर्छ। हामी तीन जनाले जे गरे पनि त्यो सर्वत्र फैलिन्थ्यो। हाम्रो काम देखिन्थ्यो। हामीलाई जे विषयमा जस्तो व्यंग्य गर्न पनि छुट थियो। तरजब नेपालमा इलेक्ट्रोनिक मिडियाको विस्तार भयोमान्छेको ध्यान रंगमञ्चबाट टेलिभिजनतिर मोडियो। हामी पनि टिभीतिरै लोभियौँ। टेलिफिल्म बनायौँखेल्यौँ। तरत्यतिबेलाको टेलिभिजन सरकारी थियो। सरकारलाई मार पर्ने एउटै शब्द फुस्काउन पाउँदैन थियौँ हामीले। त्यसकारण त्यो बेला बनिएका सिरियल– 'दसैँ', 'लालपुर्जा', '१५ गते', 'चिरञ्जीवीआदि सामाजिक विषयवस्तुमा केन्द्रित छन्। तिनमा पोलिटिकलभन्दा पनि सोसियल सटायर छ। 

तरतिमीले जुन सिरियलमा सोसियल सटायर छ भनिरहेका छौ,  तिनमा राजनीतिक व्यंग्य पनि त निहित छ। 'दसैँकै कुरा गरौँ न।
हो। गरिबलाई दसैँ मान्न कत्तिको गाह्रो छ भनेर देखाउँदा त्यसमा समग्र व्यवस्थाको कुरा आएको छ। तरत्यस्ता खाले काम गर्दा बडो चलाखी अपनाउनुपर्थ्यो। सधैंभरि बठ्याइँ गर्न सम्भव हुन्थेन। त्यसकारण हामी सामाजिक विषयमा बढी केन्द्रित भयौँ। 

एउटा क्रिटिकल प्रश्न गर्छु। पछिल्लो समय तिमीहरू अलि बढी नै कमर्सियलाइज्ड भएका छौ। जे भेट्योत्यही गर्छौ। किन?
कमर्सियलाज्ड चाहिँ भएका छौँत्यो हुन जरुरी पनि छ। तरजे भेट्योत्यही चाहिँ गर्दैनौँ। हामीले एड खेल्यौँ– कुनै प्रोडक्ट वा बैंकको एड। यसलाई जे भेट्योत्यही भन्नुहुन्छ भने बैंकलाई पनि गैरकानुनी भन्दिनुस्। रडको विज्ञापनमा खेलेका छौँ। त्यो ल्याबमा परीक्षण गरिएको रड हो। त्यसको रिपोर्ट हेरेर मात्रै विज्ञापन गर्दिएका हौँ। भारतका अमिताभ बच्चनजस्ता कलाकार पनि त विज्ञापनमा नाचिरहेका हुन्छन्। हाम्रो सामान र चिजबिजको विज्ञापनमा विदेशीभन्दा स्वदेशी मुहार देख्न पाइयोस्। त्यो राम्रो कुरा हुनेछ। त्यसका लागि नेपालीहरू कमर्सियलाइज्ड हुन आवश्यक छ। 

अमिताभले केके गर्छन् भन्ने कुरासँग हामीलाई कुनै सरोकार छैन। हामीले त महको सिर्जनशीलताका विषयमा प्रश्न उठाएका हौँ। पछिल्लो समय 'महको एउटै सिरियल हेर्न पाइएको छैन। फिल्म खैअभिनय खै?
हामी गरिरहेका छौँ। सुटिङ खाली भएको हप्तै हुँदैन। कुरा कस्तो भएछ भने पहिलेपहिले टिभीका नाउँमा नेपाल टेलिभिजन र दूरदर्शनबाहेक केही थिएनन्। हामीले जे गरे पनि नेपाल टेलिभिजनमा प्रसारण हुन्थ्यो। सबैले हेर्थेथाहा पाउँथे र हिट पनि भइन्थ्यो। तर अहिले अनगिन्ती टिभी च्यानल छन्। कुनले कति बेला के दिँदैछपत्तो पनि हुँदैन। त्यही भीडमा हाम्रा कार्यक्रम पनि आइरहेका हुन्छन्धेरैलाई याद नभएको होला। 'आमा', 'बोसे आन्द्रे भुँडी', 'हरिबहादुर मदनबहादुरआदि प्रसारण भएको धेरै भएको छैन। 

होइनयी सिरियल त केही समयअघिकै हुन्। 
'अभिनन्दनर 'रिमोट कन्ट्रोलभन्ने स्टेज प्रोग्रामका सिडी बजारमा पाइन्छन्। ती हालसालै देखाइएका प्रहसन हुन्। हाम्रो विडम्बना कस्तो छ भने एउटा नाटक तयार पार्न हामीलाई कम्तीमा एक महिना लाग्छ। एक महिना लगाएर बनाएको नाटक स्टेजमा देखाउनासाथ हलभरिका मान्छे मोबाइल र क्यामरा उज्याउन थाल्छन्। त्यसलाई युट्युबमा हाल्दिएपछि अमेरिकामा देखाएको नाटक अस्ट्रेलियायुरोपएसिया जताततै पुग्छ। दुईचार दिनपछि अफ्रिका गएर देखाउन खोज्यो, 'यो त युट्युबमा हेरिसकेकोअर्को देखाऊभन्न थाल्छन्। प्रविधिको व्यापकताले हामीलाई कामै नगर्ने र अल्छीजस्तो बनाइदिएको छ। 

कमर्सियलाइज्ड हुने निहुँमा अहिले तिमीहरू बढी नै एनजिओ/आइएनजिओमुखी भएका छौ भन्ने आरोप पनि छ। विज्ञापन बढीक्रिएसन कम भएको हो? 
संविधान सभाको चुनावबारे जनतालाई बुझाइदिनुपर्‍यो भनेर निर्वाचन आयोगले हामीलाई अह्राएको थियो। हामीले 'आमाभन्ने टेलिसिरियल बनाइदियौँ। त्यसका लागि आयोगलाई कुनै अमेरिकन युनियनले ग्य्रान्ट (चन्दा) दिएको रहेछ। त्यो ग्य्रान्ट हामीले पाएका होइनौँ। आयोगले पाएको हो। हामीले त काम गरेबापत नेपाली रकम पायौँ नि। कहिलेकाहीँ झुटा आरोप पनि लाग्छन्। 

ल। त्यो कुरा त हामीले मान्यौँ रे। तरमहको मौलिक सिर्जनामा आधारित हालसालै तयार पारिएको प्रोडक्टको नाम बताइदेऊ न त हामीलाई।
'अभिनन्दन', 'बोसे आन्द्रे भुँडी', 'रिमोट कन्ट्रोलआदि।

यी सामग्री खासै नयाँ होइनन्। महको क्रिएसन कम भएको हो भनी स्विकार्नैपर्छ तिमीले। 
कम भएको हैन। हामी पहिलेभन्दा ज्यादा काम गरिरहेका छौँ आजकल। तरदेख्नेलाई कम लागिरहेको छ। किन यस्तो भयो भनेर मैले अघि नै पनि भनिसकेको छु। टिभी च्यानल र युट्युबको व्यापकताले हामीलाई मारमा पारेको छ। पहिलेपहिलेको जस्तो हान्यो कि लाग्ने जमाना अहिले छैन। अहिले त हान्यो भने पनि मिस खाने सम्भावना हुन्छ किनभने अहिले मान्छेसँग अप्सन छ।  

सबै चिजको अप्सन आए पनि नेपालमा हरिवंश र मदनकृष्णको अप्सन आएको छैन। उनीहरू जहिले पनि उत्तिकै फ्रेस छन्। तरअहिले हराए भनेर गुनासो गरिन्छ। 
हराएका छैनौँ। हाम्रो काम भइ नै रहेको छ। तरदाइले भनेझैँ हामीले एनजिओमुखी प्रोग्राम चाहिँ अलि बढी गरेका छौँ कि जस्तो लाग्छ।

महको ध्यान नोटमा बढी गयो। 
अँ....होला। रत्यो हुनु पनि पर्छ।  

तरकारी खेतीफलफूल खेतीबंगुर खेतीअनेक पो गर्छौहैन?
बंगुर खेतीचाहिँ होइन। इजराइलमा कार्यरत नेपाली मजदुरहरूले 'स्वेदश फर्केपछि हामी के गर्नेसरकारले हामीलाई वास्ता गर्दैनइजराइल पनि आउन मिल्दैनतपाईंहरूले सहयोग गर्दिनुपर्‍योभन्नुभएको थियो। काभ्रेमा मदन दाइको जग्गा रहेछ अलिकति। त्यसमै केही गर्नुस् भनेर जमिनसहित पाँचपाँच लाख रुपैयाँ दिएका थियौँ। उहाँहरूले तरकारी खेती थाल्नुभयो।

लगानी उठाइयो त?
के उठ्थ्योहेक्टरका हेक्टर जग्गामा मेसिनले काम गरेर ट्रकका ट्रक सागसब्जी बेच्न पाए पो नाफा हुन्छ। जाबो १८ रोपनी बारीमा १२ जना कृषकलाई काम दिँदासिँचाइ गर्दावर्दा आम्दानीजति सबै सकिन्छ। 

अर्ग्यानिक खेती हो?
होइन। सेमीअर्ग्यानिक। ग्रिनहाउसभित्र खेती गरिन्छ। त्यहाँ किराको आक्रमण एकदमै कम हुँदो रहेछ। त्यसकारण किटनाशक औषधी छर्किनुपर्दैन। तररासायनिक मल हालिने भएकाले सेमीअर्ग्यानिक भनिएको हो। 

तिमी त व्यंग्यकारभन्दा कृषक पो हुन थालेछौ?
होइन। हामीले त्यो जग्गाजमिन सबै कृषककै जिम्मा लगाएका छौँ। त्यहाँ हामी गइरहन पनि भ्याउँदैनौँ। हामीले गर्ने भनेको मोरल सपोर्टमात्रै हो। 

हरिवंशमदनकृष्णले पैसा कमाए भन्नुपनि गफै रै'छ त्यसो भए?
नकमाएको होइन। गाह्रोअप्ठ्यारो पर्दा दुनियाँसँग हात पसार्नुपरेको छैन। आफ्नै बलबुँताले कमाएको पैसाले गर्जो टारिरहेका छौँ। एउटा गाडी किन्न सकिएको छ। बस्नलाई एउटा घर जोडिएको छ। बैंकमा केही लाख बचत पनि छ। यहाँभन्दा कति कमाउनु

अब त झन् किताबको पनि पैसो आउँछ। 
हो नि। सबैले किताब लेखे। मैले पनि उहिल्यैदेखि लेख्न थालको हुँ। लेख्दालेख्दा माझी औँलाको नङमुन्तिर खाल्डै परिसक्यो। कम्प्युटरमा लेख्न सक्दिनँ। हातैले दन्काउने हो! दुःख गरेर लेखेको छु। मेहनतको फल पैसामा पाउँछु भने त्यो पैसा किन नलिनु

सधैंभरि हँसाइरहने हरिवंश किताब लेखेर मान्छे रुवाउन थालेछ। महिला त्यसमा पनि गृहिणी पाठक त डाँकै छोडेर रुन्छन् भन्ने हल्ला छ।
किनभने गृहिणीहरूमा जति संवेदनशीलता अरू कसैसँग हुँदैन। उहाँहरूले मेरो लेखाइको मर्म बुझ्नुभयो होला। तरअरू रोऊन्नरोऊन्त्यसको खाका तयार पार्दा मचाहिँ थुप्रै पटक रोएको थिएँ। 

लेख्नु पनि व्यापार हो नि। 
लेखेपछि पैसा आउँछ। पैसा आएपछि व्यापार भइहाल्यो। तरव्यापारसँगै त्यो गौरवको कुरा पनि हो। 

'चिना हराएको मान्छेलेख्यौ। कदाचित् त्यो चिना फेला पर्‍यो भने के गर्छौ?
मसँग अहिले पनि पाँच वटा चिना छन्। ज्योतिषहरूले 'तपाईंको त चिना हराएको छ रेम बनाइदिन्छुभन्दै भकाभक चिना बनाइदिनुभयो। मलाई नक्षत्रराशि र जन्ममिति थाहा थियो। त्यही अनुसार बनाइदिनुभएको हो। चिनाका धेरै कुरा मेल खाए। तरकुनै चिनाले पनि श्रीमती वियोगबारे बताएका थिएनन्। 

सोध्न मिल्ने हो कि होइनतर एउटा कुरा मेरो मनमा खट्किएको छ। मिरा स्वर्गीय भइन्। अहिले रमिला तिम्रो साथमा छिन्। यस्तो बेला मान्छेले भावनाको ब्यालेन्स कसरी गर्छ? 
मिरा अब देवता भइसकिन्। उनलाई जति खोजे पनि म भेटाउँदिनँ। मान्छेले देवतालाई गर्न सक्ने भनेको एउटै कुरा छ– आस्था। म मिराप्रति आस्था राख्छुउनलाई पुज्छु। तररमिला अहिले मेरी श्रीमती हुन्मेरो वर्तमान हुन्। श्रीमतीलाई दिनुपर्ने माया म उनलाई दिन्छु। यसरी नै ब्ल्यालेन्स्ड गरिरहेको छु भनौँ न। 

तिमी त गीत पनि राम्रो गाउँछौ है?
राम्रो होइनठीकै गाउँछु। मेरा गीत गायकीले होइनमेरो स्टाइलले चलेका हुन्। शब्दहरू पनि क्याची भएकाले ती चर्चित भए। मेरो स्वर न सुमधुर छन कर्कश। 

तिमीलाई खाने कुरामा के मन पर्छ भन्देऊ न।
खसीको मासु असाध्यै मन पर्छ। भात खाने बेला एकदुई टुक्रा भए पनि खान पाए हुन्थ्यो भन्ने लाग्छ। श्रीमतीले धेरै खान दिन्नन्। सुपको साग र दही मुखैमा हाल्न सक्दिनँ। वाक्क आउँछ। धेरै दही देख्यो भने जिउ नै चिलाउँछ। यी दुईबाहेक अरू सबै चिज मिठो मानेर खान्छु।

रक्सी पिउँदैनौ?
किन नपिउनु त्यस्तो मिठो चिज! तरधेरै पिउँदिनँ। हप्तामा दुई दिन जति पिउँछु। बढीमा तीन पेग। सबैभन्दा स्वादिष्ट ब्ल्याक लेबल लाग्छ। तरत्यो महँगो हुने भएकाले आफैँ किनेर खादिनँ र अरूलाई पनि ख्वाऊ भन्दिनँ। 

सहयोगीः सजना बराल 

Leave a comment

सेतो पर्दा : नामै अशुद्ध !

सेतो पर्दा : नामै अशुद्ध !

फिल्मको बारेमा दर्शकलाई पहिलो प्रभाव पार्ने नामले हो। विडम्बना, धेरैजसो नेपाली फिल्मकर्मी आफ्नो फिल्मको नामसमेत शुद्ध लेख्दैनन्। नाममै गल्ती गर्नेले फिल्म गतिलो बनाउलान् भन्ने कसरी विश्वास गर्ने ?

'छाडा गाउने र सुन्ने दुवै दोषी'

'छाडा गाउने र सुन्ने दुवै दोषी'

लोकगायिका पूर्णकला बीसी छोटो समयमा उदाएकी प्रतिभा हुन्। गायनलाई 'करिअर बनाउँछु' भनेर होमिएको छ वर्षमै उनी चर्चित लोकदोहोरी गायिकाको पंक्तिमा उभिइसकेकी छिन्। विशेषगरी पछिल्लो तीन वर्षयता उनको व्यस्तता बढेको छ।...

रिमा–रोबर्ट विवाह:  फेसबुक गफ हुँदै प्रणयसम्म

रिमा–रोबर्ट विवाह: फेसबुक गफ हुँदै प्रणयसम्म

अभिनेत्री रीमा विश्वकर्मा असोज १० गते विवाह गर्दै छिन् । धेरै अभिनेत्रीको प्रेमदेखि विवाहका कुरा पहिल्यै बाहिरिने भए पनि उनी आफ्नो प्रेम सम्बन्ध गुपचुप राख्न सफल भइन् । हुनेवाला जीवनसाथीसँग...

केही गर्छन् है विमलले!

केही गर्छन् है विमलले!

तीन वर्षअघि बुटवल एकेडेमीबाट काठमाडौँ आएका विमल अहिले युरोपियन क्लबमा आफ्नो स्थान बनाउन संघर्ष गरिरहेका छन्। फुटबल विवादमा तानिइरहेका बेला विमलले युरोप गएर नेपाली खेलकुदलाई नै सुखद अनुभूति दिलाइरहेका छन्।...

शहीद (कविता)

शहीद (कविता)

यो देश श्वेतभैरवको मुखबाट निस्कनेलुँ हिटी छोप्न चलिरहेको एउटा प्रतिस्पर्धाआँशु र अट्टहासको एउटा लाखे नाच जहाँ म जन्मनु नैक्रूरताहरूविरुद्ध एउटा प्रतिकार थियो।

श्रीजुको ग्ल्यामर भोक

श्रीजुको ग्ल्यामर भोक

पाटन, सुन्धाराकी श्रीजु नापित सफल मोडल बन्ने धुनमा छिन्। उनका घरपरिवार तथा टोलछिमेकमा कोही पनि यो पेशामा छैनन्। घरका अभिभावकले कति पटक उनलाई यतातिर नलाग्न सुझाव दिइसकेका छन्। तर, उनी...

नेपाली फिल्मको कथा गतिलो हुनुपर्‍यो : रामकुमारी झाँक्री

नेपाली फिल्मको कथा गतिलो हुनुपर्‍यो : रामकुमारी झाँक्री

के पाउनुभयो राजनीतिमा लागेर? समाजलाई चिनेँ। सम्बन्धहरू बनाएँ। धेरै चिजहरू बदल्ने अभियानमा सरिक हुन पाएँ।   कति भयो राजनीतिमा लाग्नुभएको? भयो २३ वर्ष जति।

अंग्रेजी भक्तिमार्ग

अंग्रेजी भक्तिमार्ग

इटहरीमा एक वर्षअघि भएको छलफलमा अंग्रेजीमा जस्तो साहित्य नेपालीमा लेखिएन भनेर एउटा कार्यपत्रले गनगन गर्योम। उक्त कार्यपत्रले 'नेपालीले टीएस इलियटबाट सिक्नैपर्छ' भन्ने भावमा 'नेपाली साहित्य' उत्थानका लागि केही टिप्ससमेत सुझायो।...