Wednesday 26 Mangshir, 2075 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

शुक्रबार सम्पादकीय : डरलाग्दो अतीतमोह

  • शुक्रबार २८ कार्तिक, २०७१
  • शुक्रबार
  • Be the first to comment!
(0 votes)
जनता आफूले विभिन्न कालखण्डमा गरेका संघर्ष तथा आन्दोलनका उपलब्धि संस्थागत भएको हेर्न चाहिरहेका छन्। तर, राजनीतिक नेतृत्व जनताको शक्तिबाट प्राप्त उपलब्धिलाई रक्षा गरेर अघि बढ्नुको सट्टा नोस्टाल्जिक मुड'मा देखिन्छ। वर्तमानमा गल्ती नहोस् भनेर विगतका सकारात्मक पक्षलाई स्मरण गर्दै इमोसनल' हुन सकिए पनि परिवर्तनको विरुद्ध हुनेगरी उभिने दुस्साहस कसैबाट पनि हुनु हुन्न।
nepali-patro-june

समाचार सार

  • एमाओवादी अध्यक्ष प्रचण्ड फेरि बंकरमा सुत्न जाने, कांग्रेस सभापति सुशील कोइराला राजालाई दाम चढाउन तयार हुने र माओवादी सचिव विप्लव अर्को सशस्त्र विद्रोहका लागि भूमिगत भेला गर्दै हिँड्ने हो भने जनताले शान्ति र सुविस्ता पाउन वर्षौंसम्म कुर्नुपर्ने अवस्था आउँछ।
सरकारको नेतृत्व गरिरहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका केही नेता दोस्रो जनआन्दोलनको मुख्य तीन उपलब्धि गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामध्ये पछिल्लो उपलब्धिविरुद्ध खडा भएका छन्। संविधान निर्माणमा समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने महत्त्वपूर्ण राजनीतिक दलका नेताहरू नै प्राप्त उपलब्धिविरुद्ध जाइलाग्नु राम्रो संकेत होइन। सर्वोच्च अदालतबाट भ्रष्टाचारी प्रमाणित भएर जेल सजाय भुक्तान गरेका कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले अगुवाइ गरेको धर्मनिरपेक्षताविरुद्धको अभियानमा अर्का भ्रष्टाचारी प्रमाणित भएका चिरञ्जीवी वाग्ले, पूर्वसभामुख तारानाथ रानाभाट, पूर्व केन्द्रीय सदस्य लक्ष्मणप्रसाद घिमिर पनि संलग्न छन्। राजनीतिक करिअरको अन्तिम बिन्दुमा पुगेका यी नेताहरू धर्मको आडमा आफूलाई पुनः राजनीतिमा कुनै न कुनै रूपमा टिकाउन सकिन्छ भन्ने उद्देश्यका साथ यो अभियानमा लागेको प्रस्ट छ। उनीहरू धर्मनिरपेक्षतासँगै राजतन्त्र पुनःस्थापना गर्नेसम्मका एजेन्डा लिएर मैदानमा उत्रिएका छन्। परिवर्तनका विरुद्ध आफ्नै पार्टीका नेताहरूद्वारा औपचारिक अभियान नै सुरु भइसक्दा पनि कांग्रेसले जुन मौनता साधिरहेको छ, यसबाट उसप्रति शंका उब्जिएको छ।
कांग्रेस दोस्रो जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि खडा हुन्छ कि केन्द्रीय सदस्य खड्काले सुरु गरेको अभियानजस्तै प्राप्त उपलब्धिलाई मास्नतिर लाग्छ भन्ने जानकारी सर्वसाधारण जनताले थाहा पाउन कांग्रेसले छिटोभन्दा छिटो मुख खोल्नुपर्छ। कांग्रेसका युवा पंक्तिका केही आश गरिएका अनुहार पनि खड्काको दौराको फेर समाउँदै हिँड्न थालेबाट कांग्रेसले परिवर्तनको बोझ उठाउन सक्दैन कि भन्ने अनुमान जनताले गर्न थालेका छन्। कांग्रेसका पुष्पा भुसाल, शंकर भण्डारी, लोकेश ढकालजस्ता नेता धर्मनिरपेक्षताविरुद्ध उभिनु दुःखद पक्ष हो।
यसैगरी एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्ड पनि सशस्त्र विद्रोहको उद्गमभूमि रोल्पा पुगेर निकै भावुक बनेको समाचारहरू आइरहेका छन्। भूमिगत राजनीतिमा रहँदा बसेका घर तथा बस्तीमा पुग्दा अध्यक्ष प्रचण्डलाई काठमाडौँको कोलाहलभन्दा निकै शान्त र आनन्द महसुस भए पनि उनी फेरि अब पुरानै तरिकाले ती बस्तीमा फर्कन सक्ने अवस्थामा छैनन्। मलाई फेरि बंकरमा सुत्न मन लाग्यो' भनेर प्रचण्ड नोस्टाल्जिक' हुन खोजे पनि वर्तमान अवस्थामा उनी अतीतप्रेमी भएर आराम गर्न सक्ने परिस्थितिमा छैनन्। कांग्रेसले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता छोड्न खोज्नु र प्रचण्ड फेरि युद्धकालमा खनिएका बंकरको निरीक्षण गर्दै हिँड्नु दुवै अतिवादी चिन्तन हुन्। संविधान निर्माणको काम फत्ते गर्नुपर्ने महŒवपूर्ण घडीमा जिम्मेवार दलबाट यस खालको व्यवहार प्रर्दशन हुनु जनताको अभिमतप्रतिको घोर अपमान हो। प्रचण्डको रोल्पा यात्रालाई लिएर राजधानीमा टाउको दुखाउनेहरूको ध्यान कांग्रेस भित्र सुरु भएको परिवर्तनविरोधी अभियानमा पनि जान जरुरी छ। कांग्रेसका धेरै नेता खड्काको नैतिक समर्थक रहेको बताइन थालेको छ। पर्ख र हेर' को सिद्धान्तमा रहेका थुप्रै कांग्रेस नेता तथा कार्यकर्ता धर्मनिरपेक्षता हुँदै परिवर्तनका अन्य बुँदामा पनि प्रवेश गर्ने खतरालाई नेतृत्वले बेलैमा रोक्न सक्नुपर्छ। अन्यथा, संविधान निर्माणको समग्र परिवश नै परिवर्तनविरोधी धुवाँको मुस्लोमा रङमङिने निश्चित छ।
एकीकृत नेकपा माओवादीबाट टुक्रिएर गठन भएको नेकपामाओवादी पनि नोस्टाल्जिक' हुन खोजेकै भरमा टुक्रिने अवस्थामा पुगेको छ। अध्यक्ष मोहन वैद्य किरण र सचिव नेत्रविक्रम चन्द विप्लवका बीचमा देखिएको वैचारिक अन्तरविरोधले यो पार्टी टुक्रिने पक्कापक्कीजस्तै भएको छ। दोस्रो संविधानसभालाई सक्रिय बहिष्कार गरेको नेकपामाओवादीका अध्यक्ष किरण १० वर्षे सशस्त्र विद्रोहको जगमा जनविद्रोहमार्फत राज्यसत्ता कब्जा गर्ने बताइरहेका छन् भने सचिव विप्लव सशस्त्र विद्रोहको धीत नमरेको भन्दै पुनः बन्दुक उठाएर क्रान्ति गर्नुपर्ने अडानमा देखिन्छन्। किरण र वैद्य दुवैले जुन विगतको सहारामा वर्तमानमा राजनीति गर्न खोजेका छन्, त्यो उनीहरूले सोचेजस्तो सहज छैन। सबै राजनीतिक दल आआफ्ना विगततिर लालायित हुनु भनेको उनीहरू वर्तमानसँग विरक्तिएको अर्थमा बुझ्नुपर्छ। दलहरूले जे गर्नुपर्ने हो, त्यो वर्तमानमा गर्नुपर्छ। उनीहरू विगतमा भएका सहमति र सम्झौताको अक्षरशः पालना गरेर अघि बढ्न प्रतिबद्ध हुनुपर्छ। अध्यक्ष प्रचण्ड फेरि बंकरमा सुत्न जाने, कांग्रेस सभापति सुशील कोइराला राजालाई दाम चढाउन तयार हुने र माओवादी सचिव विप्लव अर्को सशस्त्र विद्रोहका लागि भूमिगत भेला गर्दै हिँड्ने हो भने जनताले फेरि पनि शान्ति र सुविस्ता पाउनका लागि वर्षौंसम्म कुर्नुपर्ने अवस्था आउँछ। तत्कालीन विद्रोही माओवादीको १० वर्षे सशस्त्र विद्रोह र १९ दिने जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाबिना अगाडि बढ्ने कुनै पनि राजनीतिक कोर्स'ले जनताको हित गर्दैन। त्यसैले दलका नेताहरू नोस्टाल्जिक' भएर बसिरहने कि जनताले सुम्पेका काम फत्ते गर्नतिर लाग्ने? यसको निर्णय छिटोभन्दा छिटो गर्नुपर्ने भएको छ।

Leave a comment

साझा बस जीपीएसमा

तपाईं सार्वजनिक यातायातका साधन कुरेर वाक्क हुनुभएको छ? छ भने साझा बसले तपाईंका लागि नयाँ उपाय ल्याएको छ। साझा बसले आफ्नो दुइटा बसमा जीपीएस सुविधा हालेर परीक्षण गरिरहेको छ। घरमै...

सोनिया भइन् नर्स सुन्दरी

सोनिया भइन् नर्स सुन्दरी

'युनिक्याम्प मिस नर्स नेपाल २०७१'को उपाधि सोनिया आचार्यले जितेकी छन्। ४५ प्रतियोगीलाई पछि पार्दै उनले ताज जितेकी हुन्। उनी नेक्स्ट मोडल नेपालको एम्बेसडर भइन् भने विभिन्न गिफ्ट ह्याम्परका साथै विदेशमा...

'म नेपथ्यको बोस होइन'

'म नेपथ्यको बोस होइन'

बाइस वर्षदेखि नेपथ्य ब्यान्ड नेपाली संगीतमा अत्यन्त उर्बर र जीवन्त भएर टिकिराखेको छ। अमृत गुरुङ आफूलाई नेपथ्यको आमा मान्छन्। हावा तालमा संगीतमा लागेका अमृतका लागि कालान्तरमा संगीत नै जिन्दगी बन्यो।...

नयाँ फेशन नयाँ दुर्व्यसन

नयाँ फेशन नयाँ दुर्व्यसन

उहिले बूढापाकाको अम्मल थियो हुक्का। पाहुनाको सत्कारमा एक चिलिम तमाखु टक्य्राउने चलन पनि थियो। अहिले हुक्का फेशन भएको छ। शहरबजारका रेस्टुरेन्टहरूले तन्नेरीलाई विभिन्न सुगन्धका हुक्का उपलब्ध गराएका छन्।

राहदानी लाइभ

राहदानी लाइभ

पुस २६ गते। बिहान ६ बजे। राहदानी विभागको मुख्य गेटबाहिर सर्वसाधारणको घुइँचो थेग्न प्रहरीलाई हम्मे परिरहेको छ। अधिकांशका हातमा राहदानी फारम छन्। उनीहरू लाइनमा कोचाकोच गर्दैछन्। पुसको कठ्यांग्रिने जाडोमा शीतले अनुहारै चिन्न...

'स्वामी र माँ'हरुको कर्मसाधना र ध्यान

'स्वामी र माँ'हरुको कर्मसाधना र ध्यान

काठमाडौं सतुंगल चोकदेखि करिब डेढ किलोमिटरभित्र पर्छ धौलागिरी आवास क्षेत्र। त्यही क्षेत्रमा अवस्थित छ पथिक फाउन्डेसन। फाउन्डेसनभित्र पथिक ध्यान केन्द्र, ज्ञाननिकेतन त्रिभुजीय शिक्षा स्कुल, सिद्धार्थ सभागार ध्यान केन्द्र र पथिक...

चीनमा नेपाली वैज्ञानिक

चीनमा नेपाली वैज्ञानिक

केही वर्षयता नेपाली नागरिकको साझा गुनासो बन्ने गरेको छ कि चिकित्सकले स्वास्थ्य जाँचका क्रममा बिरामीलाई दुई मिनेट पनि समय दिन मान्दैनन् । चिकित्सक र बिरामीबीच हुनुपर्ने सौहार्द र भावनाको स्थान...

'भुइँचालोले मलाई फाइदा पुर्यायो'

'भुइँचालोले मलाई फाइदा पुर्यायो'

फिल्म 'प्रेमगीत'मा गरेको अभिनयका कारण अभिनेता प्रदीप खड्का चर्चाको तापमान वृद्धि गर्न सफल भइरहेका छन् । उनको अभिनयको तारिफ पनि भइरहेको छ । फिल्म 'ठूलो मान्छे'बाट निर्माताका रूपमा यस क्षेत्रमा...