Tuesday 11 Ashwin, 2073 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

बद्री सर, बद्रीजी र ओई बद्री

(1 Vote)
बद्री सर, बद्रीजी र ओई बद्री
बद्री पंगेनी टाठाबाठा लोकगायक मानिन्छन्। लोकगीत लेखन र गायनमा उत्तिकै क्षमता भएका उनले लेखेका/गाएका 'ससुरालीमा', 'पिएन क्याम्पस', 'ढल्के पीपल पलायो' लगायत लोकदोहोरी गीत चर्चित छन्। उनका 'अझै लोकतन्त्र आको छैन है' 'लाऊ चेली सिन्दुर लाऊ' जस्ता चेतनामूलक गीत पनि 'हिट' छन्। लाइभ दोहोरीमा झन् धेरै जम्न सक्ने पंगेनीसँग धनबहादुर खड्काले गरेको अन्तरंग कुराकानीः



nepali-patro-june

तपाईंको त गीतबाटै लभ पर्‍या रे नि?
हो। म आठ कक्षामा पढ्थेँ। त्यतिबेला एउटा सांस्कृतिक कार्यक्रमको तयारी हुँदै थियो।  म गीत गाउँथेँ। उनी नाच्थिन्। चिनजान थिएन। उनलाई मैले गीत गाएको र म पनि मन परेछु। एकदिन राधा भन्ने साथीले 'ए बद्री कल्पुले तँलाई यो पठाइछेभन्दै चिठी दिइन्। चिठीमा उनले लेखेको सुरुको लाइन याद छ, 'श्री प्राणभन्दा प्यारो बद्रीनदीभन्दा लामोसागरभन्दा गहिरो चिनीभन्दा गुलियो...प्यार'। स्कुलमा उनलाई देखँे। उनी पनि त्यही स्कुलमा पाँच कक्षामा पढ्दी रहिछन्। मलाई पनि उनी मन पर्न थाल्यो। उनको पे्रेमपत्रको जवाफ फर्काएँ।  

तपाईंको चर्चित गीत 'ससुरालीमाचाहिँ साँच्चै साली मन परेर बनाउनुभएको हो?

साली मन परेर होइननभएको झोँकमा पो बनाएको हो कि! घरकै कान्छी छोरी बिहे गरियो । त्यसकारण मलाई अरूकै कान्छी साली चाहिँ मन परेर बिहे गरेँ! 

कसरी लेखियो त?

मलाई भगवान भण्डारी दाइले 'अहिले सालैमापर्‍यौ नि पातली माया जालैमाभनेर गीत दिनुभाथ्यो। त्यही गुनागुनाउँदै हिँडिरहेको थिएँ। अरूले भन्ने गरेको 'ससुरालीसेन्ट्रेल जेलनेर आइपुग्दा एक्कासि यो लाइन फुर्‍यो। त्यसपछि 'ससुरालीमागीत बनाएँ।

लोकदोहोरी गीत गाउन र बनाउन रोदीमा सिक्नुभएको हो?

हाम्रा पालामा रोदी हराइसकेको थियो। मेरो गाउँ पाल्पाको गैटार हो। त्यहाँ एकजना मुस्लिम दाइ पनि बस्नुहुन्थ्यो। उहाँसँग मादल थियो। हामी फुर्सद भयो कि त्यहाँ गएर मादल बजाएर गीत गाइहाल्थ्यौँ। त्यहाँ गाउन नजिकै पर्ने स्याङ्जाका गाउँबाट पनि आउँथे। बिस्तारै त्यो 'रोदी'कै रूपमा जम्न थाल्यो। तन्नेरी र तरुनी जम्मा भएपछि गीतमै ख्यालठट्टा हुने नै भयो। म सानै थिएँतरुनीभन्दा बढी गीतमा चासो थियो। त्यसले पनि मलाई गायक बनाएको हो।

दोहोरी साँझमा कति समय गाउनुभयो?

दोहोरी साँझमा सबैभन्दा लामो समय गाउने गायक मै हुँला किनभने २०५४ सालमा काठमाडौँ छिरेदेखि अहिलेसम्म दोहोरीमै गाइरहेको छु। ठूलाबडाका शब्दमा अझै म होटलमा काम गर्ने कलाकार हुँ। 

तपाईंले अहिले पनि दोहोरीमा गाउनु बाध्यता चाहिँ होइन होला

दोहोरीमा गाउनु सबैको वशको कुरा होइन। अरूको रोजाइअनुसार गाउन  र सन्तुष्ट पारेर फर्काउन कलाकार भएर मात्रै पुग्दैन। मसँग अरूलाई रिझाउने त्यो कला भएकोमा गर्व ठानेर गाउँछु। धेरैजना मैले गाउने गरेको दोहोरी साँझमा आउँछन्  र भन्छन्, 'बद्रीजीम तपाईंको ठूलो फ्यान हुँतर तपाईंले यहाँ गाएको सुहाएन। भोलि नै छाडिदिनोस्।हामीकहाँ अझै श्रमलाई सम्मान गर्ने प्रचलन छैन। त्यसो भन्नेहरूमा त्यो चेतना छैन जस्तो लाग्छ।

दोहोरीमा काम गर्ने कलाकार त हो भनेर हेप्दा पनि हुन्?

हो नि। सुरुमा 'ओहो बद्री सर नमस्कारम तपाईंको ठूलो फ्यानभन्दै उस्तै परे खुट्टैमा ढोगुँलाझँै गर्छन्। त्यसपछि आएर बस्छन्। रक्सी खान थाल्छन्। 'सरभन्नेहरू 'जी'मा झर्छन्। 'बद्रीजी आउनुहोस् बसौँभन्छन्। मन राख्न गएर बस्यो। 'जीपनि हट्छ। 'ओई बद्री खाऊभनेर रक्सी दिन्छन्। म त कहिल्यै खान्नँभयो सर भन्छु। 'तँ गाइनेठूलो हुन्छस्?' भन्छन्। बिस्तारै अहिलेका नेपाली फिल्मका जस्ता छाडा संवाद बोल्न थाल्छन्। कतिलाई त हातपातै गर्नुपर्छ। 

दोहोरीमा गाउन थालेको १५ वर्षमा कस्ताकस्ता समस्या भोगियो?

प्रहरी र डनले निकै दुःख दिन्छन्। ठूलठूला डन दोहोरीमा आउँछन्। उनीहरूले भनेको समयसम्म गाइदिनुपर्छ। अहिले अलि कम भएको छ। त्योभन्दा ठूलो समस्या प्रहरीबाट भोगियो। हामी सबै स्टाफ बोकेको गाडी रोकेर चेकिङ गर्थे। 'दोहोरीमा गाउने मान्छे हौँभन्दा सबैलाई गाडीबाट झारेर सडकमै गीत गाउन लगाउँथे। प्रशासनले ११ बजे बन्द गर् भन्दा साहूले १२ बजेसम्म खोलिदिन्छ। साहूलाई प्रहरीले केही गर्दैनहामी कलाकारलाई जेल हाल्छ। कति चोटि म पनि जेल परेको छु।

एल्बम बिक्री हुने समयमा कति वटासम्म बेचिएका छन्?

'ससुरालीमादुई लाख ६५ हजार कपी बिक्री भएको थियो। प्रतिएल्बम पाँच रुपैयाँ रोयल्टी दिइन्थ्यो। त्यही एल्बमको बिक्री नै अहिलेसम्म बाँच्ने आधार पनि बनेको हो। 

काठमाडौँ आउनुको पहिलो उद्देश्य गायक बन्नु थियो वा अरू नै?

गायकै बन्छु भनेर दुई रोपनी जग्गा बेचेर काठमाडौँ आएको हुँ । त्यतिबेला एल्बम निकाल्न त्यस्तै २५/३० हजार रुपैयाँ ल्याएको थिएँ। 'तानसेन खस्यौलीभन्ने एल्बम निकालेँ। त्यसपछि पुकार दोहोरी साँझमा गाउन थालेँ। 'पिएन क्याम्पसभन्ने गीतबाट चाहिँ म गायकका रूपमा स्थापित भएँ।

तपाईँको एउटा गीत छ, 'लाऊ चेली सिन्दुर लाऊ।यसमा तपाईंले छोरीबहिनी र श्रीमतीलगायतका प्रसंग राख्नुभएको छ। तरस्टेजमा गीत गाउँदा 'यदि म मरेँ भने अर्काे बिहे गर सानुभन्ने बेला अँगालो मारेर दर्शकलाई देखाउन स्थानीय युवती बोलाउनुहुन्छकिन

मैले एकपटक राष्ट्रिय सभागृहमा 'महिला मर्दा पुरुषले अर्काे बिहे गर्ने अरेपुरुष मर्दा महिलाले चाहिँ सेतै लाउनु पर्ने अरेलाऊ चेली सिन्दुर लाऊभनेर सेतै पहिरनमा एकजना बहिनीलाई उतारेको थिएँ। त्यो चेतनाका लागि थियो। तरधेरैले मेरै बहिनी ठानेर भकाभक नगद सहयोग गर्न थाले। मलाई झुक्याएर पैसा असुलेको आरोप लाग्ने डर लाग्यो। त्यस्तै धनगढीमा सबै दर्शकसहित सुरक्षाकर्मी पनि रोएर हैरान भयो। त्यसैले चेतनासँगै माहोल पनि रमाइलो गर्न 'चेलीछाडेर 'श्रीमती'को ठाउँमा मोडलिङ गराउन थालेको हुँ। 

तपाईंले स्टेजमा निकै दोहोर्‍याउने अर्काे प्रसंग छ।  'मेरी राम्री छोरी छिन् तर श्रीमतीले छोरै चाहियो भन्छिन्भन्ने। कति सत्य हो?

सत्य नै हो। तरछोरी पनि छोरा सरहकै सन्तान हो भन्ने सबैलाई बुझाउन मैले त्यसलाई रमाइलो तरिकाले प्रस्तुत गर्ने गरेको छु। 

लोकतन्त्र भर्खर आएको उत्साह भएका बेला तपाईंले गीत निकाल्नुभयो, 'अझै नि लोकतन्त्र आको छैन है।अहिलेको राजनीतिक अवस्थामाथि तपाईंको टिप्पणी के हो

मैले त्यो गीतमा भनेको 'अझै नि लोकतन्त्र आको छैन हैजनताले भनेझैँ भाको छैन हैनै यतिबेलाका लागि काफी छ। वास्तविक गणतन्त्रलोकतन्त्र र जनताको शासनका लागि अझै लड्नुपर्ने देखिएको छ। अझै एउटा क्रान्ति जरुरी छ। 

तपाईं कम्युनिस्ट हो?

कम्युनिस्ट विचारधारालाई मन पराउने मान्छे हुँ। कसैको कार्यकर्ता होइन। रम कम्युनिस्ट पनि होइन। पहिलापहिला केही मान्छे कम्युनिस्ट थिए तर अहिले नेपालमा कोही पनि कम्युनिस्ट रहेनन्। कम्युनिस्टमा हुनुपर्ने आदर्शत्याग  र निष्ठा ममा पनि छैन।  अब  यो नसोध्नुहोस्, 'भोट कसलाई हाल्नुहुन्छ?' त्यो त म श्रीमतीलाई पनि भन्दिनँ।

राजनीति गर्ने रहर छ?

छैनकिनभने नेतामा हुनुपर्ने गुण ममा छैन। चलेको कलाकार नेता हुनु भनेको पौडी खेलाडीले फुटबल खेल्न गएजत्तिकै हो। 

फुटबलको प्रसंग ल्याइहाल्नुभयो। गीतभन्दा बढी मोह फुटबलप्रति छ रे हो?

त्यो त हो। मलाई खेल निकै मन पर्छ। कसैले 'दुई सय मान्छेका अघि फुटबल खेल्छस् कि दश हजार मान्छेका अघि गीत गाउँछस्भनेर विकल्प दियो भने अघिल्लो छान्छु। नेपालमै हुने अन्तर्राष्ट्रिय खेलका लागि राम्रो आम्दानी हुने कार्यक्रम भए पनि गीत गाउन छाडेर फुटबल हेर्न जान्छु। भदौमा नेपाललगायत आठ देशको नेपालमै एउटा प्रतियोगिता हुँदै छ। मैले त्यतिबेलाका कार्यक्रमका अफर क्यान्सिल गर्न थालिसकेँ। 

फुटबल खेलाडीमध्ये तपाईंलाई कोको मन पर्छन्?

नेपाली खेलाडीमा पहिले वसन्त थापाहरि खड्कावसन्त गौचन मन पर्थे। अहिले अनील गुरुङसागर थापा र जगजीत श्रेष्ठ मन पर्छन्। विदेशी खेलाडीमा म्याराडोना मन पर्छन्।  

अहिले नेपाली संगीतमा लोकगीतलाई हेयभावले हेरिनुको कारण के होला?

लोकगीत हामीले गायौँ। पाखाकुनाकन्दराका ढिँडो खाएर हुर्केकाहरूले गायौँ। अरू गीत शहरका धनीमानीले गाए। तिनै सम्भ्रान्त वर्गका धनीमानीले गरिबलाई हेपेजस्तै गरिबले गाउने गीतलाई पनि हेपे। तरमलाई अहिले खुसी लाग्छ। करोडौँका गाडीमा सिसा लगाएर दोहोरी सुन्नेहरू प्रशस्तै बढेका छन्। यहाँ लोकगीत भनेर हेप्नेहरूले विदेशमा पुगेपछि त्यही गीतमा कम्मर मर्काउन खोज्छन्। हामीलाई कार्यक्रमका लागि बोलाउँछन्। 

तपाईंले 'पिएन क्याम्पस','ब्युटी नम्बर वानजस्ता गीतमा अंग्रेजी शब्दको प्रयोग गर्नुभयो। पछिल्लो समय त झन् लोकदोहोरी विकृत हुँदै गएको आरोप छ नि
सर्वसाधारणले बुझ्ने आगन्तुक शब्दको प्रयोग गरेर मैले ती गीत बनाएको हुँ। अंग्रेजी शब्दको प्रयोग त्यसअघि नै 'घुम्तीनेर लेट भयो', 'झमझम स्टकोट' जस्ता गीतमा पनि भइसकेको थियो नि। त्यसैले मलाई यो समयसापेक्ष परिवर्तन होजस्तो लाग्छ।सर्वसाधारणले बुझ्ने आगन्तुक शब्दको प्रयोग गरेर मैले ती गीत बनाएको हुँ। अंग्रेजी शब्दको प्रयोग त्यसअघि नै 'घुम्तीनेर लेट भयो', 'झमझम स्टकोट' जस्ता गीतमा पनि भइसकेको थियो नि। त्यसैले मलाई यो समयसापेक्ष परिवर्तन होजस्तो लाग्छ।

Leave a comment

जहाँ जिन्दगी ठप्प छ

जहाँ जिन्दगी ठप्प छ

बच्चा बोकेर मोटरसाइकलमा स्कुल पुर्‍याउन हिँडेका विराटनगर–६ का अनिश खतिवडालाई पेट्रोलले तनाव दिइरहेको छ। बन्दले स्कुल बस नचल्दा बच्चालाई एकाबिहानै मोटरसाइकलमा पुर्यारउनु उनको दैनिकी भएको छ।

'स्टेजकै कारण जिउँदा हामी'

'स्टेजकै कारण जिउँदा हामी'

चर्चित गायक राजु लामा अमेरिका बस्छन्। आफूलाई मंगोलियन हार्टसँग जोडेर मात्र चिनाउँछन्। युवापुस्तालाई उनका धेरै गीत कण्ठ छन्। गाउन भनेपछि जतिसुकै सानो कार्यक्रममा पनि पुगिदिन्छन् उनी। एल्बम बिक्री शून्य भएका...

जायजेथा बाँदरका नाममा

जायजेथा बाँदरका नाममा

छोराछोरीले दुःख नपाऊन् भनेर मान्छेले उनीहरूका नाममा सम्पत्ति राखिदिने गर्छ। कसैले करोडौँको सम्पत्ति बाँदरको नाममा गरिदिन्छ भन्ने सुन्दा पत्याउन गाह्रो पर्छ। तर, यो दुनियाँ हो, जो विचित्र छ र यहाँ...

जेलको चिसो छिँडी रुङ्नेहरू

जेलको चिसो छिँडी रुङ्नेहरू

राप्कोट, स्याङ्जाका राजकुमार काफ्ले महिलासँग अनैतिक सम्बन्ध राखेको अभियोगमा अहिले साउदीको अरेबियाको मलाजस्थी जेलमा छन्। वैदेशिक रोजगारीका लागि साउदी पुगेका उनलाई महिलाहरूसँग अनैतिक सम्बन्ध राखेको अभियोगमा साउदी प्रहरील पक्राउ गरेको...

सेतो पर्दा : कलाकारले लगानी गर्न किन नपाउने ?

पैसा लगानी गरेर फिल्म खेल्ने प्रवृत्तिलाई नेपालमा सकारात्मक मानिँदैन। 'फलानो त पैसा हालेर हिरो बन्यो' भन्ने खालका टिप्पणी गरिन्छन्। त्यसरी फिल्म खेल्नेहरूले कलाकारको दर्जा नै नपाउने खतरा हुन्छ।

दशैँ : एक पर्व र प्रकोप

दशैँ : एक पर्व र प्रकोप

दशैँको सुरुवातकृषि युगलाई भव्यतापूर्वक भोगेर अगाडि बढेको दुनियाँका सबै समाज र जातिका परम्परागत चाडपर्वमध्ये बाली लगाउने र बाली भित्याउने समयका चाडपर्व विशेष महत्वका रहिआएका छन्।

धरापमा घरबार

केही समयअघि रुपन्देही, रुद्रपुरका दिलबहादुर इलाका प्रहरी कार्यालय बुटवल पुगे। 'उसकै लागि भनेर ज्यान हत्केलामा राखेर अर्काको देशमा पसिना बगाएको थिएँ,' दिलबहादुरको भनाइ उद्धृत गर्दै इप्रका बुटवल, महिला सेलकी प्रहरी...

भविष्य भएको होटल व्यवस्थापन

भविष्य भएको होटल व्यवस्थापन

प्लस टूपछि कुन विषय पढ्ने ? अन्योलमा थिए, पाल्पाका इमानसिंह गुरुङ। १२ कक्षाको परीक्षा सकेपछि दुई महिना यही प्रश्नको समाधान खोज्दै भौँतारिए। यसै क्रममा मामाले उनलाई ब्याचलर अफ होटल म्यानेजमेन्ट...