Monday 7 Magh, 2075 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

'सेल्फिस सेल्फी'

(0 votes)
'सेल्फिस सेल्फी'
सेल्फी लिनु धेरैको सोख बन्न पुगेको छ। तर, ठाउँकुठाउँ सेल्फी लिनेहरूले भने ठूलो आलोचना खेप्नुपर्दो रहेछ। गतसाता आपत्ग्रस्त ठाउँमा सेल्फी लिएर सन्तुष्टि लिने थुप्रै भेटिए।
nepali-patro-june
केही साताअघि अस्ट्रेलियाको एउटा रेस्टुरेन्टलाई आतंकवादीहरूले नियन्त्रणमा लिएर रेस्टुरेन्टभित्रका मानिसलाई बन्धक बनाएपछि घटनास्थलमा पुगेर सेल्फी लिनेहरूको ठूलो आलोचना भएको थियो।सेल्फिस (स्वार्थी) भएर यसरी सेल्फी लिनेहरूमध्ये यो सेल्फीको सबैभन्दा बढी आलोचना भयो। अमेरिकी युवकको यो सेल्फी गत वर्ष सामाजिक सञ्जालमा भाइरल भएको थियो। आगो लागेको घरमा उद्धार गर्दै गरेका उद्धारकर्मी र आगलागीको अवस्था आउनेगरी यी युवकले सेल्फी लिएका थिए। फोटोमा उनी मुस्कानसहित ज्यादै उत्साहित भावभंगीमा देखापरेका थिए। उद्धारकर्तालाई सहयोग गर्नुपर्नेमा रमिते भएर उल्टो हाँस्दै सेल्फी खिचेको भन्दै उनको सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो। सेल्फी लिने व्यक्ति को हुन् भन्ने चाहिँ खुलेको छैन।

Leave a comment

खोइ लाठी बुढेसकालमा?

खोइ लाठी बुढेसकालमा?

'आगो ताप्नु मुढाको, कुरा सुन्नु बूढाको' भन्थे उहिले। यो हिटरको आगो ताप्ने जमाना हो। व्यस्त जीवनशैली अँगालिरहेको नेपाली समाजलाई बूढाबूढीका कुरा सुन्ने फुर्सद छैन। राज्य, समाज र परिवारबाट ज्येष्ठ नागरिकहरूले...

'म अक्षरको खेती गर्ने सानो कदको व्यक्ति'

'म अक्षरको खेती गर्ने सानो कदको व्यक्ति'

थारु भाषामा निरन्तर लेखिरहने साहित्यकार हुन्, कृष्णराज सर्वहारी। उनका थारु तथा नेपाली भाषामा थुप्रै किताब प्रकाशित छन्। उनीसँग शुक्रवारका लागि मदन चौधरीले गरेको कुराकानीः

साहित्यकार बन्ने हो भने

‘स्वदेशे पूज्यते राजा विद्वान् सर्वत्र पूज्यते।' अर्थात् राजनीतिकर्मी अथवा राजा आफ्नो देशमा मात्रै पूज्य हुन सक्छ भने विद्वान् सबैतिर पूज्य हुन्छ। साहित्यकार विद्वान्को पनि विद्वान् हो। हितले सहित हुँदा ‘सहित'...

प्रेम होइन, सजिलो त पाखण्ड हुन्छ

मैले कलेजमा आफूसँगै पढ्ने साथीसँग लामो समय प्रेम सम्बन्ध राखेपछि नै विवाह गरेको हुँ। तर, प्रेम सम्बन्धकै बारेमा धेरै दिमाग लगाएर घोत्लिएको भने छैन। एकताका ओशो पढ्दा उनले नित्सेका बारेमा...

'अल्टर' आलोक

'अल्टर' आलोक

मान्छेका आ–आफ्नै जिउने कला हुन्छन्, ढंग हुन्छन्। निर्देशक आलोक नेम्वाङ पनि आफ्नै तरिकाले बाँच्छन्। एक्लै बस्छन्। सडकमा भेटिएका फोहोरी, लुते कुकुर र बिराला उठाएर घरमा लैजान्छन्। तिनको स्याहार गर्छन्। उनलाई...

हिरोइन भनेको मन पर्दैन : ऋचा शर्मा

हिरोइन भनेको मन पर्दैन : ऋचा शर्मा

अभिनेत्री ऋचा शर्माले अघिल्लो साता चलचित्र विकास बोर्डले प्रदान गर्ने राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन्। उनीसँग धनबहादुर खड्का र अनिल यादवले अन्तरंग कुराकानी गरेका छन्।

सुजन र दीपा निम्स आइडल

सुजन र दीपा निम्स आइडल

नेपाल इन्स्टिच्युट अफ म्यानेजमेन्ट एन्ड साइन्स (निम्स) कलेजको आयोजनामा भएको मिस्टर निम्स आइडल सुजन आचार्य र मिस निम्स आइडल दीपा कठेत भएका छन्।

ब्लु फिल्मको भकारी

ब्लु फिल्मको भकारी

यौनका मामिलामा नेपाली समाजलाई खुल्ला र उदार भन्न नसकिए पनि बन्द र अनुदार भन्न सकिने अवस्था अब रहेन। प्रविधिको उपलब्धता र सर्वसुलभताले यौनजन्य आनन्दका थुप्रै विकल्प उपस्थित छन्। तीमध्ये एक...