Monday 7 Magh, 2075 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

जाडोले कत्तिको साह्रो पार्‍यो ?

(1 Vote)
जाडोले कत्तिको साह्रो पार्‍यो  ?
केही दिन साह्रै चिसो मौसम झेलेका उपत्यकावासी यसबाट उन्मुक्ति पाउने क्रममा छन्। उपत्यकाभित्र धेरै समय रहने/बस्ने कलाकारले भोगेको जाडो मौसमको अनुभव शुक्रवारसँग साटेका छन्।

nepali-patro-june
इन्दिरा जोशी, गायिका
यस वर्ष जाडोले निकै सतायो। जाडो महिनामै बढी महोत्सव हुने भएकाले यात्रा गरिरहनुपर्ने हुन्छ। तर, हुस्सुले गर्दा फ्लाइट कम हुने गर्छ। फ्लाइट नहुँदा कतिपय ठाउँमा गाडीमै यात्रा गर्नुपर्‍यो। गाडीमा यात्रा गर्नु एकदमै कठिन लाग्छ मलाई। काउले भन्ने ठाउँमा लुगा बाँड्न जाँदा चिसो लागेर साह्रो पारेको थियो।
 
ज्योति मगर, लोकगायिका
यो वर्ष बढी नै जाडो भयो। घरबाहिर निस्कन अल्छी लाग्यो। यात्रा गरिरहनुपर्ने भएकाले गर्मीमा एउटा ब्याग बोक्दा हुनेमा जाडोमा दुइटा बोक्नुपर्‍यो। मजस्ता फेशनपारखीका लागि त जाडो यातनादायी हुन्छ।
 
झरना थापा, अभिनेत्री
यो वर्ष मलाई जाडो त्यति अनुभव भएन। विगतका वर्षमा जाडो मौसममा रुखाखोकीले सताउँथ्यो, तर यसपालि त्यस्तो भएन। अझै माघको जाडो त खानु नै छ। मलाई गर्मी महिना मन पर्छ।
 
दीपकराज गिरी, कलाकार
चिसोले शारीरिक रूपमा त खासै असर परेको छैन। भगवान्‌का कृपाले हामी बाक्लो लुगा लगाउन सक्छौँ, तर देशका विभिन्न भागमा चिसोले कठ्यांग्रिएर मृत्यु भएको समाचार सुन्दा भने साह्रै मन दुखेको छ। चिसोले काममा केही दिनअघि असर गर्‍यो।
 
डिजराज पौडेल, गायक
बाइकमा हुइँकिनुपर्ने भएकाले चिसोले साह्रै सताएको छ। खोकी लागिरहेकै छ। रुघाखोकीले गर्दा ‘पापिनीले सुन्दै सुनिन' बोलको गीत रेकर्ड गर्न तीनपटक स्टुडियोमा पुगेर फर्किसकेँ।
 
देवी घर्तीमगर, लोकगायिका
मलाई त चिसो मन पर्दैन। पोहोरतिर पनि चिसोले साह्रै सताउँथ्यो। तर, यसपालि साह्रै सतायो। रुघाखोकीले ग्रस्त छु।
2
केकी अधिकारी, अभिनेत्री
यसपालिको आधा चिसो त मैले अस्ट्रेलियामै बिताएँ। त्यसैले मलाई त्यति धेरै चिसोले सताएन। पहिलेका वर्षहरूमा स्कुटीमा कलेज जानुपर्दा चिसोले गर्दा रुघाखोकीले सताउँथ्यो।
 
माल्भिका सुब्बा, पूर्व मिस नेपाल
म त सानैदेखि यही चिसो काठमाडौँमा हुर्किएकाले चिसोले खासै असर गर्दैन। केही दिनअघि सामान्य रुघाखोकी लागे पनि ठीक भइसकेँ। 'झिग्राना' फिल्मको प्रमोसनमा व्यस्त भएकाले चिसो महसुस गर्न पाएकी छैन।
 
नम्रता श्रेष्ठ, अभिनेत्री
'सोल सिस्टर' र 'सम्बोधन' फिल्मको प्रमोसनमा हिँडिरहेकी छु। दिउँसो त खासै चिसो छैन। बिहान बेलुकाको चिसो छल्न कोट लगाएर हिँड्छु। जाडो मौसम त मेरो 'फेभरेट' मौसम हो।
 
शंकर रिजाल, रंगकर्मी
नाटक 'कोही किन बर्बाद होस्' को चाप र चिसोले एकदमै छोयो। रुघाखोकी, ज्वरोले साह्रै सतायो। चिसोले समात्ने भए पनि यो मौसम मलाई मन पर्छ।
प्रस्तुतिः एमपी/समुन्द्र

Leave a comment

बदलिनुपर्‍यो घोचपेचको दैनिकी

संविधानका विवादित विषयमा सहमति जुटाउन नसकेका दलहरू संविधानसभाभित्र मुठभेड गर्ने र सडकमा आन्दोलन चर्काउने धम्की दिइरहेका छन्। संविधानसभाका अध्यक्ष सुवाचन्द्र नेम्वाङले संविधानको मस्यौदारूपी कालकुट विष एक्लै पिउन खोजेपछि त्यो विषमा...

व्यङ्ग्य : नाता

प्रजातन्त्र र समाजवादप्रति प्रतिबद्ध कार्यकर्ताहरू बोहोराटारको निवासमा पुगेका थिए। कार्यकर्ताहरूको अनुहारमा प्रशस्त निराशा थियो। अझै कसैकसैमा त आक्रोशको मात्रा पनि देखिन्थ्यो।

छन्दोवादी साहित्यकारका पक्षबाट

– गाउँले बलदेव नेपाल प्रज्ञा प्रतिष्ठान अचेल छन्दोवादी कवि र छन्दका कवितालाई फुटेका आँखाले पनि हेर्न नसक्ने भएको छ। त्यस प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालयका केही प्राध्यापकबाहेक अरूलाई चिन्दैन। नेपाली बृहत् शब्दकोश त्रिभुवन...

बोनसः पोर्नस्टारसँग एक रात!

बोनसः पोर्नस्टारसँग एक रात!

भर्खरैजसो चिनियाँहरूले नयाँ वर्ष मनाए। नयाँ वर्षमा कम्पनीहरूले कर्मचारीलाई उपहार र बोनस दिने गर्छन्। बोनसमा घर, कार, विदेश भ्रमणको अवसर आदि दिइने गर्छ। तर, एक इन्टरनेट सेक्युरिटी कम्पनीले भने नयाँ...

'व्यस्त भएरै बित्यो जवानी'

'व्यस्त भएरै बित्यो जवानी'

– भुवन चन्द, अभिनेत्री जवानीमा म न लज्जालु थिएँ, न फ्य्रांक थिएँ। अलि गम्किलो खाले बुझक्कडजस्ती थिएँ। धेरैसँग बोलचाल गरिहाल्न नखोज्ने। मेरो अनुहार हेर्दा धेरै बोल्न डराउँथे। बोलचाल भइसकेपछि भने उनीहरू...

व्यङ्ग्य : बग्गी

थापा काजीको बग्गीले सर्वत्र चर्चा पायो। व्यस्त सहरहरूमा दौडिएको बग्गी चर्चित हुनु पनि स्वाभाविक हो। बग्गी जस्तो होस् वा त्यो दौडनुको अभिप्राय जेसुकै होस्, यसको लेखाजोखा गर्न हामी 'राष्ट्रभक्त'हरूलाई फुर्सद...

खतरनाक पिरती

खतरनाक पिरती

कास्की, पुम्दीभुम्दीकी चाँदनी बराल र कलिम शेख प्रेममा थिए। डेढ वर्षसम्म चलेको उनीहरूको प्रेम शारीरिक सम्बन्धसम्म पुग्यो। बिस्तारै कलिमलाई चाँदनीप्रति वितृष्णा जाग्न थाल्यो। उनीसँगको सम्बन्धबारे अरूले थाहा पाउलान् भन्ने पिर...

सुनकली अर्थात् गोल्डेन गर्ल

सुनकली अर्थात् गोल्डेन गर्ल

मुगुका महिला फुटबल खेलाडीमाथि पत्रकार भोजराज भाटले बनाएको वृत्तचित्र ‘सुनकली’ विश्वकपताका खूब चर्चित भयो। यसपल्ट काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्वस (किम्फ)मा ओपनिङ फिल्मका रूपमा देखाइनुका साथै यसले नेपाल पानोरमा...