Thursday 23 Mangshir, 2073 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

सबैको साझा, सबैको आफ्नो

  • शुक्रबार १४ असार, २०७०
  • दीपेन्द्र लामा
  • Be the first to comment!
(1 Vote)
रंगकर्मी दयाहाङ राईले २०६८ सालको सुपरहिट फिल्म 'लुट'पछि आधा दर्जनभन्दा बढी फिल्ममा 'हिरो' खेलिसकेका छन्। तैपनि उनलाई गाउँका ठूलाबडाले सोध्दा रहेछन्, 'तँ ठूलो पर्दामा चाहिँ कहिले हिरो हुन्छस्?'


nepali-patro-june
ठूलाबडाले कुनलाई 'ठूलो पर्दाठानेका हुन्दयाहाङलाई थाहा छैन। उनी अनुमानमात्र लगाउँछन्, 'सायद राजेश हमालले खेलेको फिल्मलाई ठूलो पर्दा भन्न खोजेको होला।'

पन्ध्र वर्षअघिको समयमा सेलुल्वाइड प्रविधिका फिल्मलाई ठूलो पर्दा र भिडियो प्रविधिलाई सानो पर्दा भन्ने चलन थियो। भिडियो फिल्म देखाउने भृकुटीमण्डप वा हाइभिजन हलहरूमा अलि सानै पर्दा टाँगिएको हुन्थ्यो। सेलुल्वाइड फिल्म चल्ने हलमा चाहिँ भित्ता नै ढाकिने ठूलो पर्दा हुन्थ्यो। त्यतिबेला राजेश हमाल सेलुल्वाइड फिल्ममात्र खेल्थे। 

तरअहिले समयले कोल्टो फेरिसकेको छ। राजेश र दयाहाङ दुवै डिजिटल फिल्ममा खेल्छन्। अब पर्दा सानो वा ठूलो भन्ने रहेन। सायद दयाहाङको गाउँका ठूलाबडाहरू पर्दाको यो परिवर्तनसँग परिचित छैनन्।

हलभित्र दर्शकको ध्यान नियन्त्रण गर्ने एकमात्र वस्तु यही पर्दा होसेतो पर्दा। फिल्म निर्देशकका लागि पर्दा एउटा क्यान्भास हो। उसले साढे दुई घन्टा यसमा रंगीचंगी दृश्य पस्किँदै दर्शकलाई मन्त्रमुग्ध बनाउने प्रयास गर्छ।

काठमाडौँका सबैजसो हलमा सानै उमेरदेखि फिल्म हेर्दै आएको अनुभवमा के भन्नसक्छु भने यो सेतो पर्दालाई दर्शकले पनि निकै सम्मान गर्छन्। पर्दाको संवेदनशीलतालाई सबैले बुझेको पाएको छु। कहिलेकाहीँ फिल्म रोक्किँदा रिसले कुर्सी तोडफोड गरे पनि हलको पर्दामा क्षति पुर्‍याएको मैले देखेको छैन। बरु कसैकसैले फिल्म चल्दै गर्दा हिरोइनका संवेदनशील अंगवरिपरि रातो लेजर बत्ती घुमाएका चाहिँ छन्। 

हलभित्रमात्र होइनस्कुलमा समेत यो सेतो पर्दा टाँगिदा हामी छुकछुके विद्यार्थीहरू संयमित हुन्थ्यौँ। लगनखेलको नमुना मच्छिन्द्र माविमा औद्योगिक शिक्षा पढाउने सरले कक्षा कोठाभित्र पर्दा टाँग्न सुरसार गर्नासाथ हामीमा अनुशासन पलाइहाल्थ्यो। १६ एमएमको प्रोजेक्टरबाट मिक्की माउसका कार्टुन फिल्महरू चल्न थालेपछि कक्षा कोठामा कि त हाँसो गुन्जिन्थ्यो कि मुर्दा शान्ति छाउँथ्यो।

फिल्म हेर्‍यो भने बच्चा बिग्रिन्छ भन्ने मानसिकता अहिले पनि धेरै नेपाली अभिभावकमा छ। तर२०४५ सालतिर हामीलाई घरबाट हरेक १५ दिनमा फिल्म हेर्न जनही दुई रुपैयाँ दिइन्थ्यो। स्वयम्भूदेखि पैदलैपैदल रञ्जनाविश्वज्योतिकुमारी र जयनेपाल हल धाउँथ्यौं। एक रुपैयाँको टिकट काटेर सबैभन्दा अगाडिको लहर थर्ड क्लासमा बसेर निधारभन्दा माथिको पर्दामा आँखा तन्काउँथ्यौँ। कलाकार जताजताहाम्रा आँखा उतैउतै दगुर्थे।

हलमा हिन्दी फिल्म हेर्दा लामो पर्दा पूरा ढाकिन्थ्यो तर नेपाली फिल्म देखाउँदा चाहिँ दायाँबायाँ दुईतिर केही भाग ढाकिँदैनथ्यो। पछि थाहा भयोसिनेमास्कोप प्रविधिका हिन्दी फिल्मको 'आस्पेक्ट रेसियोलाम्चो हुँदोरहेछ भने सामान्य प्रविधिमा खिचिने नेपाली फिल्म चाहिँ साँघुरो। पर्दा पूरै नढाकिँदाको खल्लोपन सधैँ हुन्थ्यो। पछि केही नेपाली फिल्म पनि सिनेमास्कोपमा बने। हिजोआज डिजिटल प्रविधिले यो अन्तर मेटाइसकेको छ।

हलभित्र विभिन्न 'क्लास'का दर्शकको उपस्थिति हुन्थ्यो। थर्डसेकेन्डफस्ट क्लास र स्पेसल अनि माथिल्लो तलामा बाल्कोनी र ड्रेस सर्कल। हैसियतअनुसार दर्शक विभाजित हुन्थे। महँगा टिकट काट्नेहरूलाई सिट पनि लचकदार मिल्थ्यो। तल्लो तलाभन्दा माथिल्लो तलाका ट्वाइलेट सफा हुन्थे। हिजोआज पनि नेपालका धेरै हलमा टिकटअनुसार सुविधा फरकफरक हुन्छन्। तरसुविधा फरकफरक भए पनि यो सेतो पर्दा चाहिँ सबै वर्गका दर्शकलाई एउटै हुन्छ। वास्तवमा हलभित्र सबैको साझा भनेको यही पर्दा हो। यसले दर्शकमा  सामूहिकता र समानताको भावना पैदा गरिरहेको हुन्छ। 

रुढीवादी मान्छेहरू यो सेतो पर्दालाई पनि अंशबन्डा गर्न पछि पर्दैनन्। आशुतोष गोवारिकरद्वारा निर्देशित सन् २००४ को हिन्दी फिल्म 'स्वदेश'मा यसको उत्कृष्ट चित्रण छ। सबै गाउँले खुला ठाउँमा फिल्म हेर्न भेला हुन्छन्। तथाकथित ठूला जातका गाउँलेहरू पर्दाको सुल्टोतिर बस्छन् भने साना जातका गाउँलेहरू उल्टोपट्टि बसेर फिल्म हेर्छन्अक्षरहरू उल्टो देखिनेगरी। नायक मोहन (शाहरूख खान)ले सबै गाउँलेलाई पर्दाको सुल्टोतिर बसेर फिल्म हेर्न लगाउँछ।

हलभित्रको पर्दा कति भयावह हुनसक्छ भन्ने त्रास जगाउन निर्देशक क्वेन्टिन टारान्टिनो फिल्म 'इन्ग्लोरियस बास्टर्ड्स'मा सफल भएका छन्। सन् २००९ को उक्त फिल्ममा हिटलरलाई हलभित्रै हत्या गरिएको काल्पनिक दृश्य छ। हिटलरले आफ्ना दलबलसहित फिल्म हेरिरहेको बेला पर्दामा आगो लगाइन्छ र गोली बर्साइन्छ। आफ्नो रवाफ प्रदर्शन गर्न पटकपटक फिल्मको सहारा लिएका हिटलर फिल्म हेर्दाहेर्दै मारिइन्छ।  

फिल्मले दर्शकलाई कथाभित्रका पात्रहरूको सुखमा रमाउन र दुःखमा सहानुभूति प्रकट गर्न सिकाउँछ। फिल्ममा दृश्य माध्यमबाट कथा भनिन्छ। कथा भन्नका लागि निर्देशकहरूले विभिन्न मौलिक र प्रयोगात्मक शैली अपनाउँछन्। यसले दर्शकको कल्पनाशीलता र रचनात्मकता फराकिलो बनाउनसक्छ।

अहिलेको युग भिजुयल मेडियमबाट लाभान्वित र संक्रमित छ। मान्छेलाई पाइलैपिच्छे 'चित्र वा सांकेतिक भाषा'ले घेरेर राखेको छ। दैनिक प्रयोगमा आउने हरेक 'डिभाइस'मा 'भिजुअल ल्यांग्वेजप्रयोग गरिएको हुन्छ। कुनै चित्रतस्बिरआकृति वा दृश्यलाई बुझ्न र परिवेशअनुसार प्रयोग गर्न 'भिजुअल लिटरेसीआवश्यक पर्छ। मान्छेलाई यो मामिलामा सक्षम बनाउन फिल्मले पनि सहयोग गर्छ। स्कुलकलेजका 'ब्ल्याक बोर्ड'मा नसिकेका ज्ञान मान्छेले फिल्म हलको 'सेतो पर्दा'मा हासिल गर्नसक्छ। 

Leave a comment

एपीएफको निरन्तर जीत

एपीएफको निरन्तर जीत

कान्छो विभागीय टोली एपीएफ नेपाली भलिबलमा स्थापित भइसकेको छ। भलिबलमा आफ्नो वर्चस्व बलियो बनाउने क्रममा एपीएफले मंगलवार दोस्रो सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय भलिबलको उपाधि रक्षा गर्‍यो।

कैँची चिकित्सक

कैँची चिकित्सक

बोर्डमा लेखिएको छ– 'कैँची अस्पताल'। काठमाडौँ, चाबहिलको व्यस्त सडक छेउमा रहेको एक पुरानो घरमा छ यो कैँची अस्पताल। 'कैँची अस्पतालको डाक्टर को हुनुहुन्छ?' शुक्रवारकर्मीले सोध्यो।

'पृथ्वीनारायण' यसराज

'पृथ्वीनारायण' यसराज

चकलेटी भूमिकामा निकै फिल्ममा अभिनय गरेका अभिनेता यसराज गराच पृथ्वीनारायण शाहको भूमिकामा देखिने भएका छन्। ऐतिहासिक विषयलाई लिएर बनाइएको फिल्म 'कीर्तिपुर'मा उनी पृथ्वीनारायण भएका हुन्।

'डाक्टर पढ्न फिलिपिन्समा सस्तो छ'

'डाक्टर पढ्न फिलिपिन्समा सस्तो छ'

नेपालमा मेडिकल कलेज खोल्ने स्पर्धा चर्को बन्दै गए पनि एमबीबीएस पढ्न विदेशिने विद्यार्थीको संख्या भने घट्न सकेको छैन। देशमा अहिले डेढ दर्जन मेडिकल कलेज सञ्चालनमा छन्। तर, एमबीबीएस पढ्न विदेश...

अरूका अंगसँग खेलबाड

इजरायलमा फोरेन्सिक अनुसन्धानका लागि मानव अंगको अभाव खड्किएपछि उसले प्यालेस्टिनीहरूको शरीरबाट त्यो अभाव पूर्ति गर्न थालेको समाचार हालसालै प्रकाशित भयो। स्विडेनको शीर्ष पत्रिकाले यो समाचार छापेपछि इजरायलले पत्रिकालाई 'यहुदीविरोधी'को बिल्ला...

के जाति गर्नेलाई भन्दा हेर्नेलाई लाज

के जाति गर्नेलाई भन्दा हेर्नेलाई लाज

नाम र कामको तारतम्य मिलाउने मान्छे कमै भेटिन्छन्। फिल्ममा त त झन्, नाम एक राखिएको हुन्छ काम अर्कै। तर, अहिले निर्देशक दीपक श्रेष्ठ र हिरोइन जिया केसी भने फिल्म क्षेत्रमा...

बलियो टोली

बलियो टोली

दक्षिण एसियामा नेपाली महिला फुटबललाई बलियो टोलीका रूपमा लिइन्छ। अट्याकिङ र सटिक पासमा राम्रो समन्वय देखिने महिला टोलीले साफ च्याम्पियनसिपको दुई संस्करणको फाइनलमा पुगेर आफ्नो क्षमता देखाइसकेका छन्।

निर्देशक महिला म : दीपा बस्नेत/ फिल्म निर्देशक

निर्देशक महिला म : दीपा बस्नेत/ फिल्म निर्देशक

नेपाली फिल्म निर्देशनमा फाट्टफुट्ट महिला देखिए पनि निरन्तरता दिन सकिरहेका छैनन्। तर, अघिल्लो वर्ष फिल्म 'अन्तराल'बाट निर्देशनमा देखिएकी दीपा बस्नेतले यो इतिहास बदल्ने संकेत गरेकी छिन्। किनभने, उनले निर्देशन गरेको...