Tuesday 17 Falgun, 2073 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

'मैले स्तन किन फालेँ?'

(1 Vote)
'मैले स्तन किन फालेँ?' एन्जेलिना जोली
क्यान्सरसँग एक दशक लड्दालड्दै बितिन् मेरी आमा, छपन्न वर्षको उमेरमा। नातिनातिनाका मुख हेर्ने र तिनलाई काखमा खेलाउने ठूलो धोको थियो उनको। मेरा पछिल्ला सन्तानले उनलाई देख्न पाएनन्। उनी कति मायालु र दयालु थिइन्, उनीहरूले अनुभव गर्न पाएनन्।  



nepali-patro-june
घरमा हामी 'ममीकी ममीबारे कुरा गर्छौं। रम आफ्ना केटाकेटीलाई उनीहरूको हजुरआमालाई टिपेर लैजाने रोगको बेलीविस्तार लगाइरहेकी हुन्छु। उनीहरू आत्तिने गरेका छन्, 'कतै तपाईंलाई पनि त्यस्तै रोग लाग्यो भने?' भन्नलाई म उनीहरूलाई 'चिन्ता नगरमलाई त्यस्तो केही हुँदैनभन्छु। तरसत्य के हो भने मैले 'बिआरसिए वन्नामक दोषपूर्ण जिन बोकेकी छु। यसले स्तन र पाठेघरको क्यान्सर हुने जोखिमलाई अत्यधिक बढाउँछ।

डाक्टरहरूले मलाई स्तन क्यान्सर हुने जोखिम ८७ प्रतिशत र पाठेघरको क्यान्सर हुने जोखिम ५० प्रतिशत भएको आँकलन गरेका थिए। यद्यपिहरेक महिलामा जोखिमको मात्रा फरकफरक हुन्छ। 

वंशाणुगत जिन परिवर्तनका कारण हुने स्तन क्यान्सरको संख्या सानो छ। बिआरसिए वन जिन भएकालाई औसतमा यो क्यान्सर हुने जोखिम ६५ प्रतिशत हुन्छ।  

आफ्नो वास्तविकता थाहा पाएपछि मैले समय छँदै सतर्क हुने र सकेजति जोखिम घटाउने निर्णय गरे। मैले सुरक्षात्मक दोहोरो म्यास्टेक्टोमी गर्ने निधो गरेँ। रमैले स्तनबाट उपचार सुरु गरेँ किनभने मलाई पाठेघरको भन्दा स्तन क्यान्सरको जोखिम उच्च थियो। रयसको शल्यक्रिया बढी जटिल थियो। 

अप्रिल २७ मा म्यास्टेक्टोमीसम्बन्धी तीनमहिने मेडिकल प्रक्रिया पूरा गरेँ। त्यस बेलासम्म मैले यसलाई गोप्य राखेकी थिएँ। अहिले म यसबारे लेखिरहेको छु,  मेरो अनुभवले अरू महिलालाई फाइदा पुर्‍याउनेछ भन्ने आशामा। क्यान्सर अहिले पनि मान्छेको मुटु हल्लाउने भयानक शब्द हो। यसले मान्छेलाई निरीहताको गहिरो बोध गराउँछ। तरअचेल रगत परीक्षणबाट तपाईं स्तन र पाठेघरको क्यान्सरको उच्च जोखिममा हुनुहुन्छ कि हुनुहुँदैन भने पत्ता लगाउन सम्भव भएको छ। रतपाईं त्यही अनुसार उपचार गराउन सक्नुहुन्छ। 

मेरो उपचार प्रक्रिया फेबु्रअरी २ मा सुरु भएको थियो। यसलाई 'निप्पल डिलेभन्छन्। यसले स्तनको मुन्टापछाडिका धमनीहरूमा रोग लाग्न दिँदैन र त्यहाँ अतिरिक्त रक्त बहाव सिर्जना गर्छ। यस प्रक्रियामा अलिअलि पीडा हुन्छ र थुप्रै नीलडाम देखिन्छन्। तरयसले 'निप्पलजोगिने सम्भावना बढाउँछ। 

त्यसको दुई हप्तापछि मुख्य शल्यक्रिया भयो। स्तनका तन्तुहरू हटाइए र तिनका ठाउँमा अस्थायी 'फिलरराखिए। शल्यक्रिया आठ घण्टासम्म चल्न सक्छ। तपाईं जब ब्युँझनुहुन्छस्तनभित्र 'ड्रेन ट्युबर 'एक्स्प्यान्डर'हरू भरिएको पाउनुहुनेछ। यो दृश्य 'साइन्स फिक्सन फिल्मको जस्तो लाग्नेछ। तरकेही दिनपछि तपाईं सामान्य जीवनमा फर्कनुहुनेछ।

नौ हप्तापछि स्तन पुनःसंरचनाको अन्तिम शल्यक्रिया हुन्छ। स्तन प्रत्यारोपण हुन्छ। अघिल्ला केही वर्षमा यस प्रक्रियामा धेरै विकास भइसकेको छ र तिनका परिणाम सुन्दर हुन सक्छन्। 

म्यास्टेक्टोमीको निर्णय गर्नु मेरा निम्ति सजिलो थिएन। तरयो गरेपछि म खुसी छु। मलाई स्तन क्यान्सर हुने सम्भावना ८७ बाट झरेर पाँच प्रतिशतमा पुगेको छ। अब म आफ्ना सन्तानलाई भन्नसक्छु कि स्तन क्यान्सरका कारण उनीहरूले आफ्नी आमालाई गुमाउनु पर्नेछैन। 

उनीहरूले मलाई देखेर असहज हुनुपर्दैन। सानातिना दागबाहेक मेरो शरीरमा अरू केही छैन। उनीहरूकी ममी पहिलेजस्ती थिईअहिले पनि उस्तै छ। उनीहरू जान्दछन् कि म उनीहरूलाई माया गर्छु र उनीहरूसँग जिउन जे पनि गर्न तयार छु। व्यक्तिगत तवरमा पनि मैले आफूलाई पूर्ण नारी नै पाएकी छु। खासमा म झन् शक्तिशाली भएको छु। मैले बलियो विकल्प रोजेँ। रयसले मेरो नारीत्वमा अलिकति पनि ह्रास पुर्‍याएको छैन। 

ब्राड पिटजस्ता मायालु र सहयोगी जीवनसाथी पाउनु मेरो सौभाग्य हो। तपाईंकी पत्नी या प्रेमिका यो प्रक्रियाबाट गुजि्ररहेकी छिन् भने तपाईं यस अवस्थाको अहम् हिस्सा हुनुहुन्छ। ब्राड मैले उपचार गरेको पिंक लोटस ब्रेस्ट सेन्टरमा मसँग थिए। हरेक शल्यक्रियाको एकएक मिनेटमा उनी मेरो साथमा थिए। हामी हँसीमजाक गर्न केही पल निकाल्थ्यौँ। हामीलाई थाहा थियो– हामीले सही निर्णय गरेका थियौँ र यसले हामीलाई झन् नजिक ल्याउनेछ। रल्यायो। 

आशा छ– मेरो यो लेख पढ्ने महिलाले आफूसँग विकल्प भएको थाहा पाउनेछन्। स्तन या पाठेघरको क्यान्सरको पारिवारिक इतिहास भएका हरेक महिलालाई म यससम्बन्धी जानकारी र विज्ञ चिकित्सकहरू खोज्न प्रोत्साहन गर्न चाहन्छु। आफूलाई जानकारी भएको विकल्प खोज्नुहोस्।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष स्तन क्यान्सरले ४ लाख ५८ हजार मानिसलाई मृत्युको मुखमा पुर्‍याउँछ। यसबाट ज्यान गुमाउनेहरू मुख्यतः गरिब देशका महिला छन्। जहाँका नागरिक भए पनिजेजस्ता पृष्ठभूमिका भए पनिजिन जाँच र सुरक्षात्मक उपचार उनीहरूको पहुँचमा हुनुपर्छ। बिआरसिए वन र बिआरसिए टूको परीक्षणमा लाग्ने तीन हजार अमेरिकी डलर धेरै महिलाका लागि अवरोध बनेको छ। 

मैले आफ्नो कथालाई निजी मामलामा सीमित राख्न चाहिनँ किनभने संसारमा धेरै महिला छन्जो आफू क्यान्सरको छायामा बाँचिरहेको हुनसक्नेबारे बेखबर छन्। म आशा गर्छु– उनीहरू पनि जिन परीक्षण गर्न समर्थ हुनेछन् र उच्च जोखिम भएकाले आफूसँग बलिया विकल्प भएको बुझ्नेछन्। 

जीवनमा असंख्य चुनौती छन्। सामना र नियन्त्रण गर्न सकिने चुनौतीहरूसँग डराउनुहुँदैन।

Leave a comment

बुटवलमा 'नव डन' भेला

एमालेको भातृ संगठन युवा संघ नेपालको महाधिवेशनमा सहभागी हुन बुटवलमा आएका युवाहरूलाई देखेर बुटवल केही दिन आतंकित बन्न पुग्यो। जगल्टे र कुन्डलेमुन्डले बजार भरिएको देखेर अविभावकले छोरी-बुहारीलाई घरबाहिर निस्कन दिएनन्।...

बाफरे, हिप!

बाफरे, हिप!

मिकेल, डेनिस, मार्लेना र क्लाउडिया। यी चार महिला आफ्ना विशाल हिपका कारण संसारभर चर्चित छन्। उनीहरूका असामान्य रूपले चौडा नितम्बहरूको संयुक्त नाप हुन्छ– २७ फिट!

अर्जुनको मीठो धुन

झापा, बाहुनडाँगीका अर्जुन कार्की पूर्वी नेपालको पर्यटन प्रवर्द्धनका लागि भारत, भुटान र नेपालका विभिन्न ठाउँमा पुग्छन्। जहाँ पुगे पनि उनको साथ हुन्छ बाँसुरी।

धरापमा घरबार

केही समयअघि रुपन्देही, रुद्रपुरका दिलबहादुर इलाका प्रहरी कार्यालय बुटवल पुगे। 'उसकै लागि भनेर ज्यान हत्केलामा राखेर अर्काको देशमा पसिना बगाएको थिएँ,' दिलबहादुरको भनाइ उद्धृत गर्दै इप्रका बुटवल, महिला सेलकी प्रहरी...

दुःख बाँडौँ, दुःख साटौँ

महाभूकम्पले ल्याएको भयावह विपत्तिले जनजीवन ठप्प छ। सरकारले दिएको आधिकारिक तथ्यांकअनुसार बुधवार बेलुकासम्म पाँच हजारभन्दा बढी व्यक्तिले महाभूकम्पमा ज्यान गुमाएका छन् भने हजारौँ घाइते छन्।

र्‍यान्डममा पहिचानको बहस

र्‍यान्डममा पहिचानको बहस

र्‍यान्डम रिडर्स सोसाइटी अफ नेपालले हरेक महिना अन्तिम शनिवार गर्ने बहसमा यसपटक पहिचानको मुद्दालाई समेटेको छ। भारतीय लेखक उदय प्रकाशको उपन्यास 'मोहन दास'माथि साहित्यकार अभय श्रेष्ठले बहस चलाए।

पोखरेली अनुको मस्ती

पोखरेली अनुको मस्ती

यो हप्ता पोखरेली मोडल अनु गुरुङको तस्बिर शुक्रवार ब्लोअपमा प्रकाशित भएको छ। भुपाल गुरुङको तस्बिरमा यमु गुरुङले शृङ्गार गरेकी छन्।

गर्भसँग खेलाँची

गर्भसँग खेलाँची

जोसमा होस नपुर्यारएपछि बित्यास पर्छ नै। एकछिनको देहसुखले प्रेमिका गर्भवती हुन पुग्छिन्। समाज, लोकलाज र नैतिकताको भयले उनी गर्भपतन गराउन पुग्छिन्। नेपालमा गर्भपतनले कानुनी मान्यता पाएको ११ वर्ष भयो। शहरी...