Tuesday 5 Ashad, 2075 |
Menu

भूकम्प सचेतनाले बनाउँछ सुरक्षित

(0 votes)
२०४५ साल भदौ ५ गते बिहान ५ बजे आसपासमा भएको ६.८ रेक्टर स्केलको भूकम्पबाट धरानका मात्र १ सय ३८ जनाको ज्यान गएको थियो भने २ हजार १ सय १७ घाइते भएका थिए।

उदयपुर केन्द्रविन्दु भएको त्यो भूकम्पले २५ सय जति घर भत्काएको थियो। यसपटक २०७२ साल वैशाख १२ गते दिउँसो १२ बजेको आसपासमा भएको ७.६ रेक्टर स्केलको भूकम्पबाट भने धरानमा त्यस्तो क्षति भएन। यसको प्रमुख कारण भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाक भएकाले टाढाको धरानमा खासै असर परेन तर त्यो भन्दा महत्वपूर्ण चाहिँ धरानवासीमा बढेको भूकम्पसम्बन्धी सचेतनाले पनि क्षति हुनबाट जोगियो। भूकम्पप्रतिरोधी भवन निर्माणमा सक्रिय धरान उपमहानगरपालिकाका इन्जिनियर सुरज श्रेष्ठ भन्छन्, 'सचेतना नभएको भए आत्तिएर घरबाट हाम फाल्दा र भागदौड गर्दा धेरै घाइते हुन सक्थे तर संयम अपनाएर सुरक्षित ठाउँमा बसेकाले पनि मानवीय क्षति नभएको हो।'

सरकारले अहिलेसम्म १९९० सालको महाभूकम्पलाई आधार मान्दै हरेक वर्ष माघ २ गतेलाई भूकम्प दिवसका रूपमा मनाउने गरेको थियो। तर धरानले माघ २ सँगै भदौ ५ गतेलाई पनि भूकम्प सुरक्षा दिवसका रूपमा मनाउने गरेको छ। २०४५ सालको भूकम्पको चोटले त्रसित धरानमा हरेक वर्ष भदौ ५ गते चेतनामूलक र्याली, अन्तरक्रिया र सचेतनाका कार्यक्रम आयोजना गर्दै भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ। भूकम्पबाट सुरक्षित रहनका लागि २०६४ सालबाट धरानमा भवन निर्माण संहिता लागू गरियो। त्यसपछि धरानमा घर बनाउँदा अनिवार्यतः मापदण्ड पूरा गरेर मात्र बनाउन नगरपालिकाले नियम लागू गर्यो। अहिले धरान क्षेत्रमा घर बनाउँदा उपमहानगरबाट नक्सा पास गरेर, भवन निर्माण संहिताको मापदण्ड पूरा गरेपछि मात्र बनाउन पाइन्छ। निवेदन दिएपछि उपमहानगरका कर्मचारीले फिल्डमा गएर जाँच गर्छन्, घरधनीलाई भूकम्प सुरक्षाका विषयमा प्रशिक्षण दिइन्छ। त्यसपछि मात्र घर बनाउन पाइन्छ। त्यसका लागि धरानमा घर बनाउने करिब दुई सय ठेकेदार, सात सय मिस्त्री, इन्जिनियर, ओभरसियर, विभिन्न कन्सल्टेन्सी लगायतलाई भूकम्प प्रतिरोधी भवन निर्माणको प्रशिक्षण दिइएको छ। धरानले स्थानीयवासीमा गराएको सचेतनाको सिको गर्दै पूर्वका दमक, धनकुटा, इलाममा समेत भवन निर्माण संहिता लागू भएका छन्। तर, प्रभावकारी रूपमा कार्यान्वयन भएको धरानलाई मानिन्छ।

धरान क्षेत्रमा घर बनाउनेहरूले नक्सा दर्ताका लागि नगरपालिका जा"दा ठेकेदारलाई पनि साथमा लिएर जानुपर्छ। नगरपालिकाका प्राविधिकहरूले ठेकेदार र घरधनीलाई भूकम्पप्रतिरोधी घर बनाउने प्रतिबद्धता गराउ"छन्। त्यतिमात्र होइन घरको जग उठाउ"दाको अवस्था उपमहानगरपालिकाकै प्राविधिकले अनुगमन गर्छन् र मापदण्डअनुसार भएमात्र निर्माण कार्य अघि बढ्छ। त्यसपछि पर्खाल लगाउ"दा र घर तयार हु"दासम्म उपमहानगरपालिकाले अनुगमन गरिरहन्छ। बीचमा गडबडी भए पहिला प्रतिबद्धता जनाउने ठेकेदार र घरधनीले स्पष्टीकरण दिनुपर्छ। ऐनअनुसार घर मात्र होइन, तबेला बनाउनसमेत नगरपालिकाको अनुमति चाहिन्छ तर उपमहानगरपालिकाले हालसम्म पक्की भवन बनाउ"दा मात्र यो नियम लागू गरेको छ।

उपमहानगरपालिकाले यसरी कडाइका साथ भवन निर्माण आचार संहिता लगाएपछि नगरवासी भूकम्पप्रतिरोधी घर बनाउन सचेत भएको नगरपालिकाको घर नक्सा पास इकाईका हरिबहादुर कार्की बताउ"छन्। कार्कीका अनुसार अहिले नगरपालिकाका सरदर मासिक ३० वटा भूकम्पप्रतिरोधी घरका नक्सा पास हुने गरेका छन्। भन्छन्, 'पहिलाको भूकम्पको चोटले पनि होला, नगरवासीले संहितालाई आफ्नै लागि हो भनेर पालन गर्ने क्रम बढेको छ। अधिकांश सचेत भइसकेका छन्।'

विद्यालय र सरकारी भवन खतरामै

उपमहानगर क्षेत्रमा सर्वसाधारणले घर बनाउँदा कडाइका साथ भूकम्पप्रतिरोधी भवन बनाउन अनिवार्य गरिए पनि धरानमा बनिरहेका विद्यालयका भवन र सरकारी कार्यालयका भवनले भने संहिताको पालना गरेका छैनन्। धरानका अधिकांश निजी तथा सरकारी स्कुलका ठूला भवन पनि भूकम्पप्रतिरोधी छैनन्। त्यसैले ती भूकम्पका दृष्टिले उच्च जोखिममा छन्।

गत वर्ष केन्द्रीय प्रविधि क्याम्पस, हात्तीसारले धमाधम नया" भवन निर्माण गर्न थालेपछि धरान नगरपालिकाले 'नक्सा पास गरेर मात्र निर्माण गर्न' पत्र काट्नुपर्यो। तर, पत्रको कुनै अर्थ भएन। त्यहा" मात्र होइन, अधिकांश सरकारी भवन यसरी नै आफूखुशी निर्माण भइरहेका छन्। ठूला भवन भएका महेन्द्र बहुमुखी क्याम्पस, आन्तरिक राजस्व कार्यालय लगायतका सरकारी निकायका ठूला भवन निर्माण गर्दा पनि सर्वसाधारणलाई अनिवार्य गरिएको संहिता लागू भएको छैन। अरू त अरू, आफैँ इन्जिनियर उत्पादन गर्ने पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका भवन पनि उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा अनिवार्य गरेको भवन निर्माण संहिता अनुसार छैनन्।

स्थानीय विकास मन्त्रालयअन्तर्गत लागू भएको स्थानीय स्वायत्त शासन ऐनले समेत भवन निर्माण संहिता लागू गर्ने व्यवस्था गरेको छ तर अन्य मन्त्रालय अन्तगर्तका सरकारी कार्यालयहरू त्यो नियम पालना गर्दैनन्। उपमहानगरपालिकाको तथ्यांकअनुसार धरानमा जम्मा ३३ हजार घर छन्, त्यसमध्ये ५ हजार ५ सय घर मात्र भवन निर्माण संहिता लागू भएपछि बनेका हुन्। बाँकी पहिलेका घरहरू छन्। पहिले बनेका भवनहरूलाई पनि अनुगमन गरी भूकम्पप्रतिरोधी बनाउन काम गरिरहेको उपमहानगरले जनाएको छ। धरान नगरपालिकाका इन्जिनियर सुरज श्रेष्ठ धरानमा नया" भवन बनाउने सरकारी कार्यालयलाई पत्र पठाए पनि बेवास्ता गर्ने गरेको बताउ"छन्। भन्छन्, 'सरकारी भवन निर्माण गर्दा हाम्रो ऐन अर्कै छ भनेर लागू गर्न मान्दैनन्। उनीहरूलाई भवन संहिता लगाउन हाम्रो हैसियतले पुगेन। अब सरकारले नै संयोजन गर्नुपर्छ।'

सचेतनाले जनधन बचाउँछ
सुरज श्रेष्ठ, इन्जिनियर, धरान उपमहानगरपालिका

२०४५ सालमा ठूलो धनजनको क्षति भएपछि धरानमा हामीले भूकम्पसम्बन्धी सचेतनालाई पहिलो प्राथमिकता दिँदै आएका छौँ। भूकम्प आफैँले मान्छे मार्ने होइन, भत्किएका संरचनाले मार्ने हुन्। मान्छेको असावधानीले गर्दा ज्यान जाने खतरा बढी हुन्छ। भूकम्पका बेला आत्तिएर दौडिँदा कतिको मृत्यु हुन्छ। त्यसैले उनीहरूलाई भूकम्पका बेला नअतालिन र संयमित भएर सुरक्षित स्थानमा बस्न विभिन्न कार्यक्रम गरेर सचेत गराएका छौँ। त्यस्तै, घर बनाउन चाहने, ठेकेदार, मिस्त्री, इन्जिनियरलाई तालिम दिएका छौँ। सचेतनाले धेरै हदसम्म जनधनको क्षति हुनबाट बचाउन सकिन्छ।


पूर्वमा भौतिक संरचनामा बढी क्षति, ५१ जनाको मृत्यु

सरकारी तथ्यांकअनुसार यसपटकको भूकम्पबाट पूर्वमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ। गृह मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पूर्वाञ्चलका १६ मध्ये छ जिल्ला भूकम्पबाट प्रभावित छन्।

सबैभन्दा बढी सोलुखुम्बु, ओखलढुंगा र सुनसरीमा क्षति पुगेको छ। यी क्षेत्रमा २ हजार ३ सय घर ध्वस्त भएका छन्। सोलुखुम्बुस्थित सगरमाथा आधारशिविरमा हिमपहिरो र घर भत्किएर २२ जनाको मृत्यु भएको छ भने ओखलढुंगामा भत्किएको घर र पहिरोले किच्दा १७ जनाको मृत्यु भएको छ। सुनसरीमा ७ , भोजपुरमा २, मोरङमा २ र ताप्लेजुङमा १ जनाको मृत्यु भएको छ।

भूकम्पबाट पूर्वमा भौतिक संरचनामा धेरै क्षति पुगेको छ। पूर्वका धेरैतिर भवनहरू चर्किएका छन् भने कतिपय ठाउँमा भवन ध्वस्त भएका छन्। भवनमा असर परेपछि तीन दिनसम्म पूर्वका अधिकांश जिल्लाका बासिन्दाले घरबाहिर खुला चौरमा रात बिताए। भौतिक क्षतिमा भोजपुरमा जिल्ला कारागार, टेलिकम, प्रहरी चौकी, विद्यालय, स्वास्थ्य संस्थाका करिब एक हजार भवन ध्वस्त भएका छन् भने एक हजारभन्दा बढी निजी घर, दुई सयभन्दा बढी अन्य घर भत्किएका छन्। तेह्रथुम, धनकुटा, खोटाङ, इलामलगायत पहाडी जिल्लामा पनि विद्यालय, स्वास्थ्यचौकीका भवनमा क्षति पुगेको स्थानीयले बताएका छन्।

पूर्वमा भूकम्प पीडितका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशी अञ्चल अस्पतालमा उपचारको व्यवस्था मिलाइएको छ। धरान, विराटनगर, इटहरी, झापा आदि क्षेत्रमा उद्योग वाणिज्य संघलगायत संघसंस्थाले राहत संकलन गरिरहेका छन्।

राजधानीमा थुप्रै पूर्वेलीको मृत्यु

तेह्रथुमकी कौशिला तिगेला काठमाडौँमा नर्सिङ अध्ययनरत थिइन्। सिंगापुरबाट छुट्टीमा आएका उनका काका, काकीसहित शनिवार उनी धरहरा घुम्न गएकी थिइन्। भोलिपल्ट सिंगापुर फर्किनुपर्ने काका, काकी र अन्य आफन्तसहित धरहरा चढेकी कौशिलासहित उनीहरू सबैको मृत्यु भयो।

धरान पुरानो बजारका व्यापारी घनश्याम अग्रवाल भूकम्पको झट्कालगत्तै काठमाडौँस्थित घरबाट बाहिर निस्किए तर अर्को घर ढलेर उनको मृत्यु भयो। धरान १२ चतरालाइनकी कुमारी भुजेलको पनि अर्को घरले थिचेर मृत्यु भयो।

काठमाडौँ बस्दै आएका धेरै पूर्वेलीको मृत्यु भएको छ। झापा, मोरङ, उदयपुरलगायत पूर्वका जिल्लाबाट काठमाडौँमा अध्ययन, रोजगारी र घुमफिरका लागि गएकाहरूको मृत्यु भएको छ। तर, कति पूर्वेलीको मृत्यु भयो, यकिन तथ्यांक छैन।

Leave a comment

माया उत्सव

माया उत्सव

भन्थे कबीर- ढाई अक्षर प्रेमको जसले पढ्यो, उही विद्वान हुन्छ। युद्ध, हिंसा, अशान्ति र बेथितिमा नराम्रोसँग जेलिएको यो संसारमा आज केहीको सबैभन्दा तीव्र आवश्यकता छ भने प्रेमकै छ। भ्यालेन्टाइन्स डेे...

सेक्सले आत्मीयता बढाउँदैन : सुरबिना कार्की, अभिनेत्री

सेक्सले आत्मीयता बढाउँदैन : सुरबिना कार्की, अभिनेत्री

सेक्स के हो? प्रकृतिको नियम, जसलाई सबैले पालन गर्नुपर्छ।   सेक्सले प्रेमी–प्रेमिकाबीच आत्मीयता बढाउँछ भन्छन् नि? म यसमा सहमत छैन। सेक्सले आत्मीयता बढाउँदैन। आत्मीयता भनेको त भावनात्मक कुरा हो, शारीरिक होइन।   तपाईंलाई सेक्सी देखिन मन...

व्यङ्ग्य : हर्ष न बिस्मात्

कामरेड विप्लप प्रश्नहरूको घेरामा हुनुहुन्थ्यो। यो स्वाभाविक पनि थियो। 'कामरेड अबको बाटो कता?' पहिलो प्रश्न थियो। 'क्रान्तितर्फ। साँच्चै भन्नुपर्दा निरन्तर क्रान्तितर्फ।'

अंगदानः सार्थक बन्छ जीवन

अंगदानः सार्थक बन्छ जीवन

कल्पना गर्नुस्, तपाईंको मृत्युपछि तपाईंका आँखामार्फत कसैले यो संसार हेरिरहेको हुनेछ । तपाईंले मरणोपरान्त गर्ने आँखादानले कसैको जीवनले उज्यालो पाउनेछ। आँखामात्र होइन, नेपालमा छाला र मिर्गौला पनि दान गर्न सकिन्छ।...

नयनाको सन्न्यास

नयनाको सन्न्यास

नेपाली पौडी र बास्केटलमा चर्चित नाम हो नयना शाक्य। पौडीकी कीर्तिमानी नयनाले बास्केटबलमा आफ्नो सशक्त उपस्थिति जनाउँदै राष्ट्रिय महिला टोलीको कप्तानको जिम्मेवारी सम्हालेकी थिइन्। तिनै चर्चित नयनाले शुक्रवार बास्केटबल करिअर...

एयर होस्टेसको माग बढ्दो

एयर होस्टेसको माग बढ्दो

एयर होस्टेस करिअरमा आकर्षण कस्तो छ? आकर्षण चुलिँदोछ। प्लस टू सकेपछि प्राथमिकतामै पर्ने करिअर हो यो। ग्ल्यामरस पेशा बन्न सफल छ एयर होस्टेस।

हल्लामा अल्झियो भने कहीँ पुगिँदैन

हल्लामा अल्झियो भने कहीँ पुगिँदैन

नेपाली फिल्म क्षेत्रमा जमिरहेकी नम्रता श्रेष्ठलाई एसएलसी दिउञ्जेलसम्म अभिनेत्री हुने कुनै रहर थिएन। तर, यतिबेला उनी अभिनय बाहेक केही नसोच्ने भएकी छिन्। त्यसैगरी उनलाई आफू सुन्दर छु जस्तो कहिल्यै लाग्दैन,...

म त पूर्ण प्याकेज रे! : मञ्जु पौडेल

म त पूर्ण प्याकेज रे! : मञ्जु पौडेल

मञ्जु पौडेल स्टेज कार्यक्रम सञ्चालनका लागि चर्चित छिन्। विशेषगरी उपत्यकाबाहिर हुने मेला–महोत्सवका कार्यक्रममा उनको व्यस्तता रहने गरेको छ। नेपालबाहिर अस्ट्रेलिया, हङकङलगायत दर्जन जति देशमा पुगेर पनि उनले उद्घोषण कला देखाइसकेकी...