2 Mangshir, 2074 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

लुटेराको बकितम्

  • मङ्गलबार २५ असार, २०७०
  • विनोदविक्रम केसी
  • Be the first to comment!
(1 Vote)
लुटेराको बकितम्
लुट्नु महानतम् कला हो। यसको जगेर्ना हुनुपर्छ। कलाको जगेर्ना नगर्ने देश असभ्य र जंगली हुन्छ। 

लुट्न पाउनु मानव अधिकार हो। यसको रक्षा हुनुपर्छ। मानव अधिकारको रक्षा नहुने देश बर्बर र आततायी हुन्छ। 

आजसम्मको मानव इतिहास के हो? लुटेराहरूको विजय गाथा र लुटिनेहरूको आर्तनाद! मानव समाजले पूजा गर्ने सिकन्दर र कोलम्बस को हुन्? महान् लुटेरा! बाइबल र वेद के हुन्? लुटशास्त्र!

(सबैभन्दा चलेको फिल्म कुन हो? 'लुट'। )


nepali-patro-june
त्यसैले भन्छु म– लुट्न पाउनुपर्छ। 

यसै पनि देश लुटेराहरूको भूस्वर्ग हो। यो जति लुट्न सजिलो देश अर्काे कुन छ

कसले लुटेको छैन यहाँरातारात उमि्रने आलिशान महलको जगमा के छलुट! नमस्कार र प्रतिष्ठाका जन्मजात हकदार को छन्लुटेरा! मानव जीवनको श्रेष्ठ पुरुषार्थ के होलुट्नु! 

हामीलाई लुट्नबाट रोक्ने कसलेराज्यलेराज्य स्वयम् लुटेराहरूको क्रीडास्थल हो। 

नेताहरूलेती स्वयम् पारंगत लुटेरा हुन्। एक लुटेराले अर्काे लुटेरालाई नलुट् भन्न सक्दैन। प्रश्न व्यावसायिक नैतिकता र मर्यादाको छ।  

कसले रोक्नेकसले छेक्ने हामीलाईपुलिसलेवकिललेन्यायाधीशलेशिक्षकलेपत्रकारलेकविलेलुटमा संलग्न को छैन यहाँ

नेपाली भन्ने जीव बिछट्टै गजबको हुन्छ। लुटिन र लुटाउन सदा तत्पर! हाडछाला टाक्सिएर लौरीपिञ्जर हुँदा पनिबाढीले जायजेथा बढारेर निरीहतम् हुँदा पनि उसँग लुटाउनका लागि सधैँ केही न केही अवश्य बाँकी हुन्छ। त्यसैले भनेको यो देश लुटेराहरूको भूस्वर्ग हो। 

यस देशका लुटेरा यति प्रवीण र छट्टु छन् कि कुनै दिन यस देशमा फूलको सुवास लुटिनेछजूनको शीतलता लुटिनेछपर्वतको उचाइ लुटिनेछनदीको प्रवाह लुटिनेछ। लुटेराहरूको तर्फबाट म ग्यारेन्टी दिनसक्छु। 

जनता भनेको कहिल्यै पूर्ण भोग गर्न नपाउने उपभोक्ता हो। नामै त उप! 

उपभोक्ता यहाँ लुटिइन्छठगिइन्छ। लुटिनु र ठगिनु त उसको नागरिक दायित्व हो। ऊ लुटिएको छर त देशको धुकधुकी चलेको छ। ऊ लुटिएन भने देश निष्प्राण हुन्छ। त्यसैले लुटेराका अधिकार हनन् हुनुहुन्नसीमित हुनुहुन्न। लुटिनेका हकअधिकारका कुरा गर्नु सर्वथा 'वेस्ट अफ टाइमहोसमयको सत्यानाश! संसारको नियमै यस्तो छ। ठूलो माछाले सानो माछा खान्छ। ठूलो माछाको मुखमा पर्नु नै सानो माछाको जीवनको एकमात्र औचित्य हो। त्यसैले त भनेको नि लुट्न पाउनुपर्छ। मत्स्यन्यायमा चल्ने यो संसारको नियमचलनसंस्कार र परम्परालाई कसैले चुनौती दिन्छ भने त्यो मूर्ख हो। त्यसको मूर्खताको औषधि यथाशीघ्र गर्नुपर्छ। विडम्बनायो संसारमा केही मूर्ख छन्। यो देशमा पनि छन्। तिनीहरू लुटिनेप्रति सहानुभूति राख्छन्। अरूलाई लुट्न अस्वीकार गर्छन्। लुटेराहरूको विरोध गर्छन्। इतिहासविरोधी कुरा गर्छन्। तिनलाई कानुनको कठघरामा उभ्याउनुपर्छ। रन्यूनतम सजाय तोक्नुपर्छ– फासी। 

 यस देशका सम्पूर्ण लुटेराहरूको तर्फबाट म फेरि पनि माग गर्छु– लुट्न पाउनुपर्छ। निर्बाधबेफिक्री लुट्न पाउनुपर्छ।  

एक छाक टन्न नखाईपेट मारीमारी एक छेस्को सुन जोड्न खोज्नेलाई लुट्न पाउनुपर्छ। सुनमा पित्तलको 'फ्युजनगर्न पाउनुपर्छ। अन्यथा सडकमा ओर्लिनेछौँ हामी र देशै ठप्प पार्दिनेछौँ। घरमा घुनयुक्त अन्न पनि नहुने गरिब नेपालीले किन लाउनुपर्‍यो शुद्ध सुन?   

हानिकारक जीवाणु भएको दूध बेच्न किन नपाउने हामीलेप्रदूषित पानी बेच्न किन नपाउनेउपभोक्तालाई हामीले जे दिन्छौँउसले हात थापेर लिनुपर्छ। उसले उपभोग गर्न पाइरहेको छत्यही ठूलो कुरो हो। चिजको मूल्य तिर्नुको अर्थ चिजको गुणस्तर/दोषस्तरमा प्रश्न गर्ने अधिकार पाउनु किमार्थ होइन। हामी लुटेराहरूको नियतमा प्रश्न गर्नु हाम्रो मानहानि हो। मानहानि गर्न पाइँदैन भनेर कानुनमा लेखिएकै छ। गर्नेलाई दण्डसजायको व्यवस्था छ। के उपभोक्ता कानुनभन्दा माथि छ

खबरदार! हामीले लुट्न पाएनौँ भनेहाम्रो लुट्ने अधिकारमा कसैले अंकुश लगाउन खोज्छ भने त्यसको मूल्य सिंगो देशले चुकाउनुपर्नेछ। लुटिनेहरूका आन्दोलनमात्र देखेको छ यो देशले। हामी लुटेराहरूको आन्दोलन देखेको छैन। हाम्रो 'सुपर चेतनशीलर विशाल जमातले चाह्यो भने यो इँटाकार देशका एकएक इँट बजाइदिनेछौँ। इतिहास साक्षी छ– यो देशले सदा लुटेराहरूको खिदमत गरेको छ। सदा उनीहरूको पक्षमा रहेको छ यो देश। 

लोकतन्त्र र गणतन्त्र लुटिनेहरूको मात्रै होइन। लुटेराहरूको पनि हो। लोकतन्त्र र गणतन्त्रको भोगचलन आआफ्ना नियत र औकातअनुसार गर्ने हो। अधिकांश नेपाली लुटाएर गर्छन्हामी लुटेर गर्छौं। हामीले के गल्ती गर्‍यौँ?

Leave a comment

निर्लज्जताको हद

निर्लज्जताको हद

संस्कृतमा एउटा उखान छ– 'एकाम् लज्जाम् परित्यज्य सर्वत्र विजयी भवेत्।' अर्था्त, लाज एउटा त्यागेपछि जे गरे पनि भयो। यहाँ यही लाज पचाउनेका कुरा हुँदै छ। यी लज्जा पचाउने हुन्, संगीतकार...

मोबाइलमै मग्न

मोबाइलमै मग्न

प्रविधिले मानव जीवनलाई सुविधासम्पन्न र सहज बनाएको छ। तर, केही जटिलता पनि उत्पन्न भएका छन्। प्रविधिका तरंगहरु फैलिरहँदा सम्बन्धका तारहरु चुँडिरहेका पनि छन्। भौतिक दूरी त घटेको छ तर मनको...

'दर्शकको दयाले फिल्म चल्दैन'

नेपाली फिल्मको इतिहासमा 'लुट' महत्वपूर्ण दस्तावेज हो। यस फिल्मका निर्देशक निश्चल बस्नेतको पाँच वर्षअघिसम्म फिल्म क्षेत्रसँग कुनै सरोकार थिएन। मनोरञ्जनका लागि विश्वभरिका फिल्म हेर्थे। बरु उनी फुटबलर, गायक बन्न चाहन्थे।...

उद्दण्ड पारस, निर्धा पारस

उद्दण्ड पारस, निर्धा पारस

सिकुटे ज्यान, शुष्क मुहार, जिङ्ग्रिङ्ग कपाल, हातमा हतकडी अनि ओठमा शिथिल मुस्कान! लागुऔषधसहित पक्राउ परेको भन्दै थाइल्यान्डको खाई न्युज डट कमले सार्वजनिक गरेको तस्बिर नेपालका पूर्वयुवराज पारस शाहकै हो त?

घरमा था'पत्तो नदिई गायिका भएँ : रमिला न्यौपाने, लोकगायिका

घरमा था'पत्तो नदिई गायिका भएँ : रमिला न्यौपाने, लोकगायिका

गायिका देविका केसीको साथ लागेर म स्कुलदेखि नै गायनमा अग्रसर हुन्थेँ। घरमा अवस्था कस्तोसम्म थियो भने एनटीभीबाट रामप्रसाद खनालले चलाउने दोहोरी कार्यक्रममा म सहभागी हुँदा छरछिमेकले देख्लान् भनेर आमा चिन्तित...

पोखरीमा पसेर ज्यान जोगाउनेहरू

पोखरीमा पसेर ज्यान जोगाउनेहरू

त्यो पोखरीमा गोमनलगायत विषालु सर्प हुन्छन् । दाँत तिखारेर बसेका भोका गोही र कसमाथि जाइलागूँ भनेर ढुकेझैँ गरी बसेका जलगैँडा पनि त्यहीँ हुन्छन् । यी सारा खतराको पर्वाह नगरी हजारौँ...

यसरी रोक्न सकिन्छ महामारी

ठूलो प्राकृतिक विपत्तिपछि सरुवा रोगको महामारी फैलिन सक्ने सम्भावना अधिक हुन्छ। भूकम्प तथा सुनामीजस्ता प्राकृतिक प्रकोप झेलेका धेरै देशमा यस्ता घटना देखिएका छन्। विशेषगरी प्राकृतिक विपत्तिका घटना व्यवस्थापन गर्न नसक्दा...

फेरि बेडसिनकै सहारा

फेरि बेडसिनकै सहारा

कथाको आवश्यकता भन्दै फिल्ममा 'बेडसिन' को प्रयोग गर्न माहिर छन्, निर्देशक राजु गिरी। फिल्म 'बिन्दास' र 'बिन्दास २' मा उनले यस्तै गरेका थिए। त्यतिबेला धेरैले उनको शैलीको विरोध पनि गरे।...