×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Wednesday 12 Ashwin, 2073 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

कस्तो करामत?

(0 votes)
कस्तो करामत?
प्रदर्शनको पालो पर्खेको फिल्म 'करामत'ले हलमा लागेपछि करामत देखाउला/नदेखाउला, फिल्म रिलिज नभई त्यो भन्न सकिने कुरा होइन। तर, फिल्ममा केही न केही 'करामत' देखाइएकै छ भन्नेमा विश्वास गर्ने आधार देखिएका छन्।
nepali-patro-june
फिल्म 'एटिएम'मा करामतै देखाएकी सोनिया शर्मा र 'आँखा झिमिक्क, मालसामान गायब' भन्ने आइटम नाचेकी सम्झना प्याकुरेलको गठजोड नै फिल्मको नामलाई परिभाषित गर्न काफी छ। अभिनेता राही श्रेष्ठले निर्माण गरेको फिल्म 'एक्सन र लभस्टोरी जेन्रेको हो' भनेर प्रचार गरिएको छ। भदौको पहिलो हप्ता रिलिज गर्ने चाँजोपाँजो मिलाइएको फिल्ममा सुमन सिंह र राही श्रेष्ठको प्रमुख भूमिका छ। निर्देशक दिनेश पौडेलले दुई जना हट हिरोइनलाई एकै ठाउँ थुपारेर कस्तो करामत देखाउन खोजेका होलान्?

Leave a comment

नारीसँगै नारिएर तीज मनाउँछौँ हामी

नारीसँगै नारिएर तीज मनाउँछौँ हामी

''तीज आयो भन्छिन्, पत्नी पैसा गन्छिन् मै अभागी जोइटिङ्ग्रे कसको चोर्न जाऊँ?” तीज मनाउने पालो पर्खिरहेका एक हूल भट्टीभक्त पुरुषहरू ताली बजाउँदै यस्तै गाएर बसिरहेका थिए। बिसुरमा एउटाले भन्यो– 'उहिले–उहिले...

'शुक्रवारको प्राथमिकता युवा'

'शुक्रवारको प्राथमिकता युवा'

साप्ताहिक समाचारपत्रका विषयवस्तुका चर्चा गर्दा युरोपेली पुनर्जागरणका समयमा व्यापार, वाणिज्यका कुराहरू समाचारका प्रभावकारी खजाना हुने गरेका उदाहरण भेटिन्छन्। त्यसैगरी युद्ध र आर्थिक अवस्थाका विषयले पनि साप्ताहिक अखबारमा महत्वपूर्ण स्थान पाउने...

निखिलको सुटिङ अनुभव– अनगिन्ती चोट, असंख्य घाउ

निखिलको सुटिङ अनुभव– अनगिन्ती चोट, असंख्य घाउ

अहिलेसम्म डेढ सयवटा जति फिल्ममा अभिनय गरियो होला। तीमध्ये सुटिङका क्रममा चोट नलागेको फिल्म कमै छन्। फिल्म 'पिँजडा'मा सात तलाबाट हाम फाल्दा प्रेसरले नाकबाट रगत बगेको थियो।

पिलेग्रिनीको नजरमा सान्चेज उत्कृष्ट

इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक म्यानुअल पिलेग्रिनीले आर्सनलका खेलाडी एलेक्सिस सान्चेज इंग्लिस क्लबका उत्कृष्ट खेलाडी भएको दाबी गरेका छन्। पिलेग्रिनीले सिटीका सर्जियो अगुइरोभन्दा पनि सान्चेज उत्कृष्ट भएको बताए। अगुइरोले घाइते...

अलराउन्डर कंगना

अलराउन्डर कंगना

बलिउडका धेरै अभिनेत्री नकारात्मक भूमिका वा जँड्याहाको भूमिका गर्न रुचाउँदैनन्। यस्ता भूमिका गर्दा आफ्नो छवि बिग्रने कुरामा उनीहरू सचेत हुन्छन्। तर, यस्तै भूमिका गरेर अगाडि बढ्ने अभिनेत्री पनि बलिउडमा छन्।...

बद्री सर, बद्रीजी र ओई बद्री

बद्री सर, बद्रीजी र ओई बद्री

बद्री पंगेनी टाठाबाठा लोकगायक मानिन्छन्। लोकगीत लेखन र गायनमा उत्तिकै क्षमता भएका उनले लेखेका/गाएका 'ससुरालीमा', 'पिएन क्याम्पस', 'ढल्के पीपल पलायो' लगायत लोकदोहोरी गीत चर्चित छन्। उनका 'अझै लोकतन्त्र आको छैन...

'स्वामी र माँ'हरुको कर्मसाधना र ध्यान

'स्वामी र माँ'हरुको कर्मसाधना र ध्यान

काठमाडौं सतुंगल चोकदेखि करिब डेढ किलोमिटरभित्र पर्छ धौलागिरी आवास क्षेत्र। त्यही क्षेत्रमा अवस्थित छ पथिक फाउन्डेसन। फाउन्डेसनभित्र पथिक ध्यान केन्द्र, ज्ञाननिकेतन त्रिभुजीय शिक्षा स्कुल, सिद्धार्थ सभागार ध्यान केन्द्र र पथिक...

बोनसः पोर्नस्टारसँग एक रात!

बोनसः पोर्नस्टारसँग एक रात!

भर्खरैजसो चिनियाँहरूले नयाँ वर्ष मनाए। नयाँ वर्षमा कम्पनीहरूले कर्मचारीलाई उपहार र बोनस दिने गर्छन्। बोनसमा घर, कार, विदेश भ्रमणको अवसर आदि दिइने गर्छ। तर, एक इन्टरनेट सेक्युरिटी कम्पनीले भने नयाँ...