×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

Sunday 4 Kartik, 2075 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

भारतको अशोभनीय रवैया

  • शुक्रबार ८ असोज, २०७२
  • शुक्रवार सम्पादकीय
  • Be the first to comment!
(16 votes)
संसारकै ठूलो लोकतन्त्रका रूपमा चिनिने निकट छिमेकी भारतले नेपालको संविधान निर्माणका क्रममा अपनाइएको लोकतान्त्रिक विधिमाथि औँला उठाएको छ। नेपालको हरेक राजनीतिक परिवर्तनमा आफ्नो हिस्सेदारी सुरक्षित गर्दै आएको भारतले संविधान निर्माणका क्रममा आफ्ना 'इन्ट्रेस्ट'हरूलाई सुरक्षित गर्न चाहेको छर्लंग भइसकेको छ।
nepali-patro-june
नेपाली जनताले चुनेर पठाएका प्रतिनिधिले सार्वभौमसत्तासम्पन्न निकाय संविधानसभामार्फत निर्माण गरेको संविधानलाई विश्वका धेरै लोकतान्त्रिक देशले स्वागत गरेका छन्। तर, भारतले संविधान निर्माणका क्रममा अन्तिम चरणमा पुगेर बाहिरिएका मधेशकेन्द्रित दलहरूले तराईका केही जिल्लामा जारी राखेको आन्दोलनलाई देखाउँदै तीव्र असन्तुष्टि देखायो। २४ घण्टाको बीचमा दुईवटा विज्ञप्ति निकाल्यो। संविधान निर्माण प्रक्रियामा जनताको प्रत्यक्ष सहभागिता भएकाले भारतको यो हस्तक्षेपलाई नेपाली जनताले आफूहरूको अपमानका रूपमा लिएका छन्। जनताबाट चुनिएका ९२ प्रतिशत प्रतिनिधिले अनुमोदन गरेको संविधानलाई मान्यता नदिने भारतीय रवैयाप्रति नेपाली जनता रुष्ट देखिएका छन्।

भारतले यसपटक सामान्य कुटनीतिक मर्यादाको पालनासमेत गरेको छैन। संविधान जारी गर्न केही घण्टा बाँकी रहँदा आफ्नो विशेष दूत पठाएर संविधान जारी गर्न रोक्ने प्रयास भारतले गर्योा। नेपाली नेताहरूले यसपटक जनमतको ताकत प्रयोग गर्ने साहस देखाए, जुन जनताको नजरमा प्रशंसित भएको छ। तर, भारतले यही घटनालाई आफ्नो अवमूल्यन गरेको अर्थमा बुझेको छ। १० वर्षे माओवादी सशस्त्र विद्रोहको अन्त्यका लागि आधारभूमि तयार गर्ने १२ बुँदे दिल्ली सम्झौता आफ्नो पहल र रोहबरमा गराएको भारतले त्यसपछिका सम्पूर्ण राजनीतिक विकासक्रममा आफूलाई उपल्लो दर्जामा राखेर टिट्र' होस् भन्ने चाहेको तथ्य कसैबाट छिपेको छैन। शान्तिप्रक्रियाका लागि नेपालमा संयुक्त राष्ट्रसंघीय मिसन आउँदा होस् या त्यसको छिटो बिदाइका लागि भारतले देखाएको चासो, यसमा भारतले आफ्नो अलग्गै 'पोजिसन' खोज्दै र लिँदै आएको भुल्न सकिँदैन।

भारतले नेपालमा जारी भएको संविधानप्रति असन्तुष्टि जनाउँदै जारी गरेका विज्ञप्तिका भाषा धम्कीपूर्ण लाग्छन्। संविधान निर्माणका क्रममा देखिएका 'विवादित विषयहरू हिंसारहित सर्वस्वीकार्य स्वामित्वमा संस्थागत हुनुपर्ने र यसले मात्र नेपालको एकता, समृद्धि र विकास सुनिश्चित हुने' भन्दै भारतले लोकतान्त्रिक अभ्यासमा सर्वस्वीकार्य वा शतप्रतिशत सहमति हुन सक्दैन भन्ने विषयलाई पूर्ण बेवास्ता गरेको छ। भारतमा पनि संविधानसभाबाट संविधान जारी गर्दा ६१ प्रतिशतको मात्रै सहमति थियो भन्ने सत्य संसारलाई थाहा छ। संविधान गतिशील दस्तावेज भएकाले यो निरन्तर संशोधन हुन सक्ने र कार्यान्वयनमा आएपछि यसभित्रका त्रुटिहरू सच्याउँदै जान सकिने संवैधानिक अभ्यासलाई पनि भारतले हेक्का गर्नु जरुरी छ। भारतमा संविधान जारी भएको ६५ वर्षमा एकसय पटकभन्दा बढी संशोधन भइसकेको छ। संविधानसभाबाट बाहिर गएका मधेशकेन्द्रित दलका माग सम्बोधन गर्न नेपाली नेताहरूले प्रयास सुरु गरिसकेको अवस्थामा 'मैले भनेजसरी नै हुनुपर्छ अन्यथा जे पनि हुनसक्छ' भन्ने शैलीको विज्ञप्ति जारी गर्ने र 'संविधानमा यी–यी बुँदा समेट्नुपर्छ' भन्ने प्रस्ताव भारतका तर्फबाट आउनु दुःखद हो। आफूले भनेको नमानेमा नाकाबन्दी गर्न सकिने आशयको विज्ञप्ति जारी गरेर भारतले दुई देशको बीचमा रहेको कुटनीतिक सम्बन्धको पनि अवमूल्यन गरेको छ।

नयाँ संविधानमा तराई–मधेशमा उठ्दै आएका अधिकांश माग समेटिएका तर सीमांकनका विषयमा रहेको असन्तुष्टि समाधान गर्न मुख्य तीन दल तथा सरकार तयार रहेको अवस्थामा आन्दोलनकारीले उठाउँदै आएका भन्दा थप माग समेटेर भारतका तर्फबाट राखिएको सातबुँदे प्रस्ताव सार्वजनिक हुनुलाई गम्भीर रूपमा लिनुपर्ने हुन्छ। केही मधेशकेन्द्रित दलका नेता निर्वाचनमा पराजय हुँदा आफू हारेको नभई भारत हारेको भन्दै भाषण गर्दै हिँड्ने गरेको तथ्य कसैबाट लुकेको छैन।

नेपालले जुन स्तरको लोकतान्त्रिक प्रक्रिया अवलम्बन गरेर संविधान जारी गरेको छ र यसले जे–जस्ता लोकतान्त्रिक मूल्य–मान्यता आत्मसात् गरेको छ, त्यसलाई लिएर लोकतन्त्रमा विश्वास गर्ने कसैले पनि औँला उठाउने ठाउँ छैन। मूल्य–मान्यताका हिसाबले निकै स्पष्ट संविधान बनेको भन्दै संविधानविद्हरूले यसको मुक्तकण्ठले प्रशंसा र स्वागत गरेका छन्। संरचनागत रूपमा रहेका केही त्रुटि, जुन तराई–मधेशमा जारी आन्दोलमा उठाइएको छ, लाई छिटोभन्दा छिटो सम्बोधन गर्न नेपाली नेताहरूलाई आन्तरिक दबाब परिरहेको छ। त्यसैले उनीहरूले यतिबेला भारतले यसो गर्यो, भने हामी यो उपाय निकाल्छौँ भनेर भाषणाबाजी गर्दैमा समस्याबाट पार पाउन सकिँदैन। नेपालप्रति भारतले देखाएको पछिल्लो रवैयाका विरुद्ध समाजिक सञ्जालमा विश्वव्यापी बनेको 'ब्याक अफ इन्डिया' 'ट्रेन्ड'ले उसको छविमा पर्ने असरबारे भारत पनि सजग रहनुपर्छ। विश्वमा शक्तिशाली राष्ट्र दरिन प्रयत्नरत उसले आफ्ना निकट मित्रहरूमाथि गर्ने व्यवहारलाई अन्तर्राष्ट्रिय जगतले पनि नजिकबाट नियालिरहेको हुन्छ। त्यसैले भारतले नेपालमा जारी भएको नयाँ संविधानलाई लिएर जुन अडान लिइरहेको छ, त्योबाट 'ब्याक अफ' हुनैपर्छ। आन्दोलनरत पक्षसँग भारतले अघि सारेका बुँदाका आधारमा होइन, आन्दोलनकारीका वास्तविक मागकै आधारमा संवाद प्रक्रिया सुरु गरिनुपर्छ। मुख्य तीन दलबीचको एकता कायम रहन सक्यो र उनीहरूले बलियो सरकार बनाएर अघि बढ्ने अठोट कायम राख्न सके भने तराई–मधेशमा जारी आन्दोलनको निकास सजिलै निकाल्न सक्नेछन्। सरकार बनाउँदा होस् या निर्वाचनमा उठ्दा, जतिबेला पनि भारततिरै आँखा लगाउने र उसकैे आशीर्वाद पाउँदामात्र बलियो नेता भइन्छ भन्ने भ्रमबाट मुक्त भएर नेताहरूले जनताको तागतमा विश्वास गरेर अघि बढ्नुपर्छ। त्यसैले नेताहरूले सबैभन्दा पहिला अब आफ्नो ध्यान अशान्त मधेश क्षेत्रमा केन्द्रित गर्नुपर्छ। आन्दोलनरत पक्षसँग हुने जुनसुकै संवाद तथा सहमतिमा भारतले चाहेर वा दबाब दिएर पनि मध्यस्थता गर्ने अवसर पाउनु हुँदैन। यदि यसो गर्न सकियो भनेमात्र हामी सार्वभौमसत्तासम्पन्न स्वतन्त्र राष्ट्र हुनुको अर्थ रहन्छ।

Leave a comment

निबन्ध : झेल्ला रेफ्री

निबन्ध : झेल्ला रेफ्री

ब्राजिलले हार्दा एक किशोरीले आत्महत्या गरिन्। नेमार घाइते हुँदा सयौँ नौजवानलाई नराम्ररी दुख्यो। युरोपको जर्मनी र मध्य अमेरिकी अर्जेन्टिनासँग एसियालीको कुनै नसनातो र सम्बन्ध थिएन। तैपनि, मध्यरात–बिरात जाग्यौँ। भोक र...

बाफरे, हिप!

बाफरे, हिप!

मिकेल, डेनिस, मार्लेना र क्लाउडिया। यी चार महिला आफ्ना विशाल हिपका कारण संसारभर चर्चित छन्। उनीहरूका असामान्य रूपले चौडा नितम्बहरूको संयुक्त नाप हुन्छ– २७ फिट!

सुन्दर आँखाका लागि

सुन्दर आँखाका लागि

महिलाको व्यक्तित्व झल्काउन पहिरनसँगै मेकअपले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ। मेकअप गर्दा सचेत हुनुपर्छ। त्यसमा पनि आँखाको मेकअप गर्दा त निकै ध्यान पुर्या उनुपर्छ। सुन्दर आँखाले सबैको ध्यान आफूतिर तान्छ।...

उध्रियो मनको चोली

उध्रियो मनको चोली

नेपाली सेलिब्रिटीको घरबार र तासको घर उस्तै हो। ढल्न बेरै नलाग्ने! विवाह नै नगरी एकै थलोमा गाँसबास बनाएका केटा साथीसँग सुषमा कार्कीको प्रेम टुटेको छ। अर्थात् 'उध्रेको चोली'मा नाचेर हिट...

बिरालो पति मरेपछि कुकुरसँग बिहे

हल्याण्ड– हल्याण्डकी डोमिनिक लेस्बिरेल नाम गरेकी युवतीले आठ वर्षअघि विरोलोसँग बिहे गरेकी थिइन । डोएरेक नाम गरेको सो बिरोले १९ वर्षको उमेरमा किड्नी फेल भएर मरेपछि डोमिनिक विधवा भइन् ।

एसएलसी परीक्षा : 'आइरन गेट' कि 'वेलकम गेट?'

एसएलसी परीक्षा : 'आइरन गेट' कि 'वेलकम गेट?'

विद्यार्थी भाइबहिनी हो, एसएलसी कुनै दैत्य होइन। यसबाट तर्सिनुपर्ने, डराउनुपर्ने कुनै कारण छैन। तपाईंहरूले दिनुभएका अन्य जाँचजस्तै यो पनि एउटा सामान्य जाँच हो। यसमा कम नम्बर आउँदैमा वा असफल हुँदैमा...

'योङ लिडर' जन्माउने मौका

दोस्रो संविधानसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूमा उम्मेदवार छनोट र चुनावी रणनीति निर्माणको चटारो बढेको छ। सबै दलमा निर्वाचन लड्ने आकांक्षी धेरै भएपछि कसलाई टिकट दिने, को जित्न सक्ने उम्मेदवार...

एपीएफको निरन्तर जीत

एपीएफको निरन्तर जीत

कान्छो विभागीय टोली एपीएफ नेपाली भलिबलमा स्थापित भइसकेको छ। भलिबलमा आफ्नो वर्चस्व बलियो बनाउने क्रममा एपीएफले मंगलवार दोस्रो सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय भलिबलको उपाधि रक्षा गर्‍यो।