Wednesday 12 Shrawn, 2073 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

टेन्सनग्रस्त काजी

(0 votes)
टेन्सनग्रस्त काजी
डा. बाबुराम भट्टराईको राजीनामा प्रकरणको करिब–करिब पटाक्षेप भएको छ। वरिष्ठ नेताको सूत्रलाई पार्टीको पूर्व स्थायी कमिटी सदस्य तथा केन्द्रीय कमिटी सदस्य तथा इन्चार्जहरूको बैठकले अनुमोदन गरेर समस्याको टालटुले समाधान निकालिएको छ।
nepali-patro-june

बाबुरामले राजीनामाको एउटै गोलीले धेरै शिकार गरेका छन्। उनको गोलीले 'ठहरै' भए नारायणकाजी श्रेष्ठ। अन्तर्राष्ट्रिय समुदायलाई देखाउने अनुहारको रूपमा रहेका बाबुरामलाई छाडेर प्रचण्डले काजी च्यापेर मात्रै हिँड्ने अवस्था थिएन। जनयुद्ध नलडी पदको स्वादमात्रै चाख्न आएको भन्दै बेलाबेलामा कार्यकर्ताबाट लोप्पा खाँदै आएका काजीलाई सबै अधिकार प्रचण्डमा केन्द्रित गर्ने कुराले भाउन्नै पारेको थियो। त्यसैले उनले चेलाचपेटाको भेलामा घोषणा गरे– 'ममाथि अन्याय गर्न खोजिँदै छ।' आफूले पद त्याग गरेपछि अरूले पनि त्यसलाई अनुसरण गर्नुपर्ने बाबुरामको तर्कले काजीलाई अझै ठूलो अप्ठेरोमा पारेको छ। 


काजी र उनका चेलाचपेटाले राजीनामाका अस्त्र फ्याँकेका बाबुराम झनै शक्तिशाली बनेर पार्टीभित्र उदाउने देखेका छन्। दुवैलाई हैसियत बराबर नभए पनि प्रचण्डले समान दूरीमा राखेर आवश्यकताअनुसार बाबुराम र काजीविरुद्ध एकले अर्कोलाई प्रयोग गर्दै आएका थिए। 
पार्टीभित्र पदका लागि सबैले दाबी गरिरहेको समयमा पद त्यागलाई महान्ता प्रदर्शन गर्ने अवसरको रूपमा प्रयोग गर्न बाबुरामा केही हदसम्म सफल पनि भएका छन्। 

डिकेन्द्रको भूतले तर्साउला 
पूर्वाञ्चलका डन भनेर चिनिने एमालेका भ्रातृ संगठन युवा संघ नेपाल पूर्वाञ्चल संयोजक पर्शुराम बस्नेत धरौटी बुझाएर छुटेका छन्। एमालेभित्र बहुदलीय 'डनवाद'का प्रणेताको रूपमा चिनिने कमरेड केपी ओलीदेखि युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतसम्म धरौटी जुटाउने काममा जोडतोडले लागेका थिए। बस्नेतलाई छुटाउन धरौटी जम्मा गर्ने भनेर युवा संघ नेपालले औपचारिक निर्णय नै गरेको थियो। 
दश दिनभित्रै छुटाउने योजना बनाएर सबै सेटिङ मिलाएर बालकोट दरबारले विशेष अदालतमा पर्शुरामलाई आत्मसमर्पण गराएको थियो। तर, धरौटी राखेको जेथाकै बारेमा समेत अदालतले स्रोत खोज्नसक्ने वकिलले सूचना दिएपछि त्यो कार्य पछि सरेको थियो। पर्शुराम करिब एक महिनामा छुटेपछि सञ्चार माध्यममा प्रतिक्रिया दिँदै एमाले नभएको भए चार वर्षसम्म जेल पर्ने थिए भनेर प्रतिक्रिया दिएका छन्। ओली निकटलाई सोध्ने हो भने पर्शुरामका लागि दुई करोड धरौटी जम्मा गर्ने कार्यलाई कार्यकर्ताको संरक्षणको रूपमा अर्थ्याउने गरेका छन्। महेश बस्नेतले नै धरौटी राख्ने जेथाको बन्दोबस्त गरेको एमाले वृत्तमा चर्चा छ। 
पर्शुराम छुटेको टेलिजिभनमा समाचार सुनिरहेका एमालेका एक युवा नेताले भने अब भने चाहिँ डिकेन्द्र राजवंशीको भूतले बल्खुमा तर्साउने भविष्यवाणी गरे। 'हाम्रा नेताहरू गुन्डालाई छुटाउन ज्यान दिएर लागेका छन्,' ती भौतिकवादी नेताको प्रक्रिया थियो, 'यस्तै हुने हो भने बल्खुमा डिकेन्द्र राजवंशीको भूतले सताउनेछ।'
झापा विद्रोहमा केपी, सिपी र आरकेसँग लडेका राजवंशीले 'जीवन धान्न कठिन भयो, छोरालाई जागिर लगाइदेऊ' भन्ने अनुनय कसैले नसुनेपछि दुई वर्षअघि पार्टी कार्यालयका अघिल्तिर रहेको रूखमा झुन्डिएर आत्महत्या गरेका थिए। 

जालेरुमालको प्रस्ताव 
चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भन्ने पुरानो उखान नेकपा एमाओवादीका नयाँ नेता रामचन्द्र झासँग मेल खान पुगेको छ। माओवादीमा ठूलै भाग खान एमाले छोडेर गएका झा यतिबेला रुनु न हाँस्नुको अवस्थामा छन्। उनलाई पार्टीमा ठूलै भाग दिने कबुल गरेका एमाओवादी अध्यक्ष प्रचण्डले अहिले वास्तै गर्न छोडेपछि उनी झोलमा डुब्न पुगेका छन्। कबुल पूरा नगरेको भन्दै पार्टी केन्द्रीय कार्य समितिको बैठकमा नगएर घुर्की देखाए पनि प्रचण्डले टेरपुच्छर लगाएका छैनन्। पार्टीको सचिव पद दिने ललिपप देखाएपछि एमालेबाट माओवादीमा हाम्फालेका झाले अहिले आफ्नो आत्मघाती निर्णयमा पछुताइरहेको बताइन्छ। एमाले अध्यक्ष झलनाथ खनाललाई फोन गरेर दुःख मनाउ गरेका झाको रोदन सुनेपछि खनालले जिस्काउँदै भने रे, 'आँशु पुछ्ने जालेरुमाल पठाउँ्क कमरेड?' 

बग्यो उल्टो गंगा 
नेपालका कुन नेता प्रधानमन्त्री वा मन्त्री हुने भनेर भारतले लबिङ गर्दै आएको समाचार हामीले बेलाबेलामा सुन्दै आएका हौँ । तर, यसपटक भने साह्रै अचम्मको कुरा देख्न पाइयो। नेपाली नेताहरूले यसपटक उल्टो गंगा बगाउने कोसिस गरेका छन्, भारतीय अधिकारीको पदावधि थप्नका लागि भारतीय पक्षसँग लबिङ गरेर। रञ्जित रे राजदूतमा नियुक्त भैसकेका छन्। उनको एग्रिमो पनि नयाँ दिल्ली पुगिसकेको छ। तर, नेपालका नेताहरू हालका भारतीय राजदूत जयन्त प्रसादको कार्यावधि थप्नका लागि जोडतोडले लागिपरेका छन्। भारत भ्रमणमा जाँदा माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेता शेरबहादुर देउवाले मंसिरसम्म जयन्तलाई राजदूतको रूपमा राख्न आग्रह गरेका थिए। भारतीय विदेशमन्त्री सलमान खुर्सिद नेपाल आएका समयमा समेत यसका लागि लबिङ भएको थियो। उनलाई भेट्न होटल द्वारिका पुगेका कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुखै फोरे, 'जयन्त अनुभवी छन्। यिनलाई संविधानसभाका निर्वाचन नहुन्जेलसम्म थमौती गरिपाउँ्क।' साउथ ब्लकको अन्तरंग थाहा पाउनेहरूलाई के थाहा छ भने प्रशासन गुटबन्दीग्रस्त छ। जयन्तलाई सथर्मन गर्ने गुट शक्तिशाली अवस्थामा छैन। त्यसैले जयन्तले उताबाट आफ्नो उपाय नलाग्ने भएपछि नेपालबाटै लबिङ गराएर समय थप गराउन लागेका हुन् भन्ने चर्चा छ। अहिले भारतीय विदेश मन्त्रालयमा शिवशंकर मेनन गुटको बोलावाला हुँदा श्यामशरणहरू मन्त्रालयमा छायामा परेका छन्। 

'सिन'मा आएका जोशी 
कुनै बेला नेपाली कांग्रेसका शक्तिशाली नेता गोविन्दराज जोशी यतिबेला रिटायर्ड कर्मचारीजस्ता भएका छन्। शक्तिमा हुँदा गरेको चलखेल र भ्रष्टाचारका कारण उनी पार्टी राजनीतिबाट ओझेलमा परेका छन्। राष्ट्रिय राजनीतिका चल्तापुर्जा जोशी अहिले धेरैको स्मरणबाट हटिसकेका छन्। पार्टीको कुनै पनि भूमिकामा नरहेका उनी आफ्ना प्रतिस्पर्धी तथा एउटै जिल्लाका रामचन्द्र पौडेल उपसभापति बनेपछि झन् विरक्तिएका छन्। जति गुमनाम भए पनि जोशी आफूलाई राजनीतिमा पुनःस्थापना गराउन भरमग्दुर प्रयास गरिरहेका छन्। अघिल्लो साता नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री सलमान खुर्सिदलाई भेट्ने कांग्रेस नेताहरूको लाइनमा उनी पनि उभिएपछि अन्य नेताले चक्मा खाएका थिए। 
खुर्सिदले कस–कसलाई भेट्ने तय साउथ ब्लकमै भएको थियो। नेपालस्थित भारतीय दूतावासको सहयोगमा साउथ ब्लकले तयार पारेको सूची लिएर नेपाल आएका खुर्सिदको औपचारिक लिस्टमा जोशीको नाम हुने कुरै भएन। वरिष्ठ नेता शेरबहादुर देउवासहित पदाधिकारी तथा सुजाता कोइराला, डा. मीनेन्द्र रिजाल र विमलेन्द्र निधि भेटघाट गर्ने सूचीमा थिए। निर्धारित समयमा भेटका लागि पुगेका नेताहरूले जब आफूभन्दा अगाडि लाइनमा जोशीलाई देखे, त्यसपछि सबै मुखामुख गर्न थाले। 
कुरो के परेछ भने जोशीका छोरा, जो अमेरिकामा बस्छन्, सँग खुर्सिदको छोराको दोस्ती रहेछ। जोशीले छोरामार्फत खुर्सिदसँग भेटघाटका लागि आग्रह गरेका रहेछन्। जोशीको छोराले खुर्सिदको छोरालाई अनुरोध गरेपछि उनले जोशीसँग भेटघाट गर्ने चाँजोपाँजो मिलाएका रहेछन्। खुर्सिद एयरपोर्टमा ओर्लिनेबित्तिकै दूतावासमा फोन गरेर जोशीको नाम भेटघाट गर्ने सूचीमा चढाउन भनेका थिए। दूतावासले उनी अहिले 'सिनमा' छैनन् भनेर टार्न खोजे पनि खुर्सिदले भेट्ने नै भनेपछि दूतावासका कर्मचारीले उनलाई कांग्रेसका अन्य नेताहरूसँगै भेटघाटका लागि समय मिलाइदिएका थिए।

Leave a comment

रिक्साले जीवन दिएको छ : यमबहादुर श्रेष्ठ

रिक्साले जीवन दिएको छ : यमबहादुर श्रेष्ठ

मेरो घर दोलखाको लाकुरीडाँडा हो। गाउँबाट एसएलसी पास गरेर उच्च शिक्षा लिऊँ भनेर राजधानी छिरियो। ११ कक्षा पढ्दापढ्दै स्कुलको फी तिर्न नसकेर स्कुलै छोड्नुपर्ने भयो। घरबाट पैसा मागेर पढ्न नसकेपछि...

'म नेपथ्यको बोस होइन'

'म नेपथ्यको बोस होइन'

बाइस वर्षदेखि नेपथ्य ब्यान्ड नेपाली संगीतमा अत्यन्त उर्बर र जीवन्त भएर टिकिराखेको छ। अमृत गुरुङ आफूलाई नेपथ्यको आमा मान्छन्। हावा तालमा संगीतमा लागेका अमृतका लागि कालान्तरमा संगीत नै जिन्दगी बन्यो।...

'लाइक' गर्नुअघि १० पटक सोचौँ

'लाइक' गर्नुअघि १० पटक सोचौँ

इन्टरनेट र सामाजिक सञ्जालको सुविधाले विश्वलाई जति साँघुरो बनाइरहेको छ, यसको दुरुपयोगले त्यति नै समस्या पैदा गरेका छन्। केही समयअघि एक प्रतिष्ठित कलाकारको फेसबुक एकाउन्टबाट ठूलो अजिंगर भएको भिडियो सेयर...

व्यङ्ग्य : नाता

प्रजातन्त्र र समाजवादप्रति प्रतिबद्ध कार्यकर्ताहरू बोहोराटारको निवासमा पुगेका थिए। कार्यकर्ताहरूको अनुहारमा प्रशस्त निराशा थियो। अझै कसैकसैमा त आक्रोशको मात्रा पनि देखिन्थ्यो।

एक तानाशाह, एक प्रेमी

एक तानाशाह, एक प्रेमी

राजनीतिमा लक्ष्यपूर्तिका लागि जस्तोसुकै हिंस्रक तौरतरिका पनि अवलम्बन गर्न संकोच नमान्ने जर्मन तानशाह हिट्लरले जीवनमा धेरै युवतीलाई मन पराए। तर, दुई युवतीसँगको उनको सम्बन्धमात्र चर्चा गर्न योग्य मानिन्छ।

अब कहाँ पढ्ने?

अब कहाँ पढ्ने?

विनाशकारी महाभूकम्पले देशभरिका थुप्रै विद्यालयलाई भग्नावशेषमा परिणत गरिदिएको छ। विद्यार्थी, अभिभावक र शिक्षक सबै त्रसित र निराश छन्। कम्पनका भयबीच अब कहाँ पढ्ने, कहिलेदेखि पढ्ने भन्ने चिन्ताले ग्रस्त छन् विद्यार्थी।...

घरसँग बार जोड्ने कहिले?

घरसँग बार जोड्ने कहिले?

चर्चित हास्यअभिनेत्री दीपाश्री निरौलाले घर जोडेकी छिन्। 'नेपालमा कलाकारितामा लागेर केही छैन' भन्नेका लागि मेहनतको फल पाइन्छ भन्ने उदाहरण पनि हो यो। लामो समय भाडाको घरमा बिताएकी उनी शुक्रवारदेखि आफ्नै...

तीजको रहर आयो बरिलै...

तीजको रहर आयो बरिलै...

निर्देशक प्रकाश थापासँग मेरो राम्रो मित्रता थियो। उहाँका फिल्मका लागि मैले गीत लेखिदिएको थिएँ। आजभन्दा करिब १५ वर्षअगाडिको कुरा गर्दैछु म। एक दिन प्रकाशजी र उहाँको छोरा विजय जावलाखेलस्थित मेरो...