Thursday 9 Bhadra, 2073 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

अरूका अंगसँग खेलबाड

  • बिहीबार १० श्रावण, २०७०
  • सुजित मैनाली
  • Be the first to comment!
(0 votes)
इजरायलमा फोरेन्सिक अनुसन्धानका लागि मानव अंगको अभाव खड्किएपछि उसले प्यालेस्टिनीहरूको शरीरबाट त्यो अभाव पूर्ति गर्न थालेको समाचार हालसालै प्रकाशित भयो। स्विडेनको शीर्ष पत्रिकाले यो समाचार छापेपछि इजरायलले पत्रिकालाई 'यहुदीविरोधी'को बिल्ला भिरायो। समाचारले प्यालेस्टाइनका नागरिकका घाउमा नुनचुक छर्किने काम गर्‍यो भने विश्व समुदायको पनि आङ सिरिङ्ङ भयो।
nepali-patro-june
समाचारमा भनिएको थियो– 'सन् १९९० को दशकमा इजरायलका फोरेन्सिक प्रयोगशालामा मानव शरीर र अंगको अभाव भएपछि प्यालेस्टिनीलाई उपयोग गरिएको थियो।' इजरायलको अबु कबिर फोरेन्सिक इन्स्टिच्युटका तत्कालीन प्रमुख डा. जुहुदा हिससँगको अन्तरवार्तालाई आधार बनाएर समाचार तयार पारिएको थियो। सन् २००० मा अमेरिकी अनुसन्धानकर्ताहरूसँगको अन्तरवार्तामा डा. जुहुदाले भनेका थिए, 'सुरुमा हामीले प्यालेस्टिनीहरूका कोर्निया (आँखाको श्वेत पटल) झिक्यौँ। जम्मै काम अनौपचारिक तवरमा गरिएको थियो। मृतकका घरपरिवारसँग यसको अनुमति लिने त प्रश्नै थिएन।' कोर्नियापछि छाला, मुटुको भल्भ, हड्डीलगायत झिकेको उनले बताएका थिए। 

'अंगका निम्ति हाम्रा छोराहरू लुटिन्छन्' शीर्षकमा समाचार प्रकाशित भएको थियो। यस्तो समाचार इजरायललाई जँच्ने कुरै भएन। त्यसैले उसले आफ्नो मानमर्दन गर्ने दुराशयका साथ समाचार कथेको आरोप लगायो। 

अंग प्रत्यारोपण, फोरेन्सिक अनुसन्धानलगायत कारणका लागि मानव शरीरबाट अंग झिक्ने काम पहिलोपटक भएको भने होइन। विश्वभरि 'अर्ग्यान हार्भेस्टिङ' अभ्यास गरिए पनि 'सम्पन्न'हरूको ज्यान जोगाउन मृत अथवा जीवित 'हरितन्नम'हरूको अंग झिक्ने यो कार्यको नैतिक धरातल अत्यन्त कमजोर छ। अंगदानको प्रसंग उप्काएर 'अर्ग्यान हार्भेस्टिङ'लाई जायज ठहर्‍याउने पनि छन्। तर, यस्तो कार्यले धनी र गरिबमध्ये को लाभान्वित भए त भन्ने प्रश्नको उत्तर कठिन छैन। 

मध्यपूर्वमा इजरायली राष्ट्र स्थापनालाई प्यालेस्टाइनलगायत मुस्लिम जगत्ले 'पवित्र इस्लामी भूमि कब्जा'को संज्ञा दिएका छन्। इजरायली 'पञ्जा'बाट 'पवित्र भूमि' मुक्त गराउन प्यालेस्टिानीहरू युद्ध लडिरहेका छन्, आत्मघाती हमला गरिरहेका छन्। यस्तो विषम परिस्थितिमा यस्तो समाचार आउनु प्यालेस्टाइनका लागि असह्य हुने नै भयो। 

अन्य राष्ट्रका जनताको जीवित अथवा मृत शरीर दुवैमा कुनै अमुक राष्ट्रको अधिकार रहँदैन। इजरायलले विश्व समुदायको नैतिक कठघरामा आफूलाई निर्दोष साबित गर्न 'पापड बेल्नुपर्ने' देखिन्छ। जसरी प्यालेस्टिनीहरूको शरीरलाई यहुदी राष्ट्र इजरायलले जथाभावी प्रयोग गर्‍यो, दोस्रो विश्वयुद्धताका नाजी जर्मनीले यहुदीका शरीरमा बर्बरतापूर्वक प्रयोग गरेको थियो। 

यहुदीहरूले उसबेला बेहोरेको चोट भयानक थियो। जर्मनीमा नाजी पार्टीको उदयपछि लाखौँ यहुदीलाई गेट्टो (यहुदीका लागि तयार पारिएको निम्नस्तरको बस्ती) र बन्दीगृहमा खुम्च्याइएको थियो। दोस्रो विश्वयुद्धको आरम्भमा जर्मनीले सबै मोर्चामा विजय हासिल गर्दै लगेपछि चेकोस्लोभाकिया, पोल्यान्ड, रुमानियालगायत विजित भूभागमा असंख्य गेट्टो र बन्दीगृह निर्माण गरियो। 

युद्धपछिको न्युरेम्बर्ग ट्रायलमा उभ्याइएका जर्मनका युद्ध अपराधीहरूको बयान र युद्धान्तमा कब्जा गरिएका जर्मनीका आधिकारिक दस्ताबेजमाथि आधारित रही अमेरिकी लेखक विलियम एल सिररले एउटा किताब लेखेका छन्– 'द राइज एन्ड फल अफ थर्ड राइख'। किताबमा यहुदीहरूको अंग प्रयोगबारे विशद चर्चा गरिएको छ। युद्ध सामग्री उत्पादनका निम्ति यहुदीहरूको हत्या गरेर उनीहरूको दाँत उखेलिन्थ्यो अनि दाँतमा लगाइएका सुनका गाता निकालिन्थ्यो। मानव छाला, टाउको, हड्डी, रगत, वीर्यलगायतमाथि औषधि विज्ञान तथा मानवशास्त्रीय अध्ययनका लागि यहुदीहरूको हत्या गरिन्थ्यो। ल्याबमा मानव शरीरको 'एनाटोमी' अध्ययन गर्न शिविरबाट यहुदीहरूको हुललाई शिविर बाहिर निकालिन्थ्यो र शरीरमा चोटपटक लागे 'एनाटोमी'को अध्ययनमा व्यवधान उत्पन्न हुने भएकाले होशियारीपूर्वक घाँटीमा गोली हानिन्थ्यो अथवा विशालु सुई लगाइन्थ्यो। मानिस अधिकतम अथवा न्यूनतम कति तापक्रममा कतिञ्जेल बाँच्नसक्छ भन्ने पत्ता लगाउन जिउँदा यहुदीलाई बरफ तथा बाफमा राखेर नमरुञ्जेल उनीहरूका शरीरका अंगप्रत्यंगको क्रियाशीलतामा आउने उतारचढाव अवलोकन गरिन्थ्यो। चिसोमा कठ्यांग्रिएर अथवा आगोमा रापिएर मर्न लागेको अवस्थामा कुनै जर्मन नागरिक फेला परे उसलाई बचाउने काइदा पत्ता लगाउन यहुदीहरूलाई बरफ तथा रापमा मरणासन्न पारेर 'ट्रायल' उपचार गरिन्थ्यो। 'चिसोमा कठ्यांग्रिएर मर्न लागेको पुरुष नग्न युवतीको संसर्गले तातिँदो रहेछ,' 'द राइज एन्ड फल अफ थर्ड राइख' मा समेटिएको अनुसन्धान प्रतिवेदनमा जर्मन चिकित्सक डा. सिग्मन्ड रास्चरले लेखेका छन्, 'त्यस्तो मानिसलाई दुइटी नग्न युवतीले भन्दा एउटीले नै छिटै तताउन सक्छे। पुरुष सम्भोग गर्नसक्ने अवस्थामा छ भने ऊ अझ चाँडो तातिन सक्दो रहेछ।' 

नाजी पार्टीका नेता र सैन्य अधिकारीसहित अनुसन्धानमा संलग्न चिकित्सकलाई पनि न्युरेम्बर्ग ट्रायलमा उभ्याइयो र सजाय दिइयो। यसबाट इजरायलले सन्तोषको सास फेर्‍यो। यस्तो बर्बर इतिहास बेहोरेका यहुदीहरूले प्यालेस्टिनीमाथि नाजी शैली अपनाउनु ठूलो विडम्बना हो।

Leave a comment

भूकम्पभन्दा आशंका भयानक

शनिवार नुहाउनैपर्ने नानीदेखिको बानी। यो शनिवार नुहाउने बानीले झन्डै ज्यानमा हानि पुर्याएको! नुहाउनका लागि बाथरुम छिरेर पानी मात्रै खोलेको थिएँ, पानी ज्यानमा नपरेर बाहिर उछिट्टियो। के भइरहेको छ भनेर यसो...

रंगमञ्चमा केकी

रंगमञ्चमा केकी

यसअघिका शुक्रवार अभिनेत्री केकी अधिकारी फिल्मका पर्दामा उपस्थित हुन्थिन्। काठमाडौँका दर्शकले यो हप्ताको शुक्रवार भने उनलाई आँखैअगाडि भेट्नेछन्। 

हङकङमा पूर्वेली कलाकर्मी

हङकङमा पूर्वेली कलाकर्मी

कुनै समय धनकुटे ब्यान्डका चर्चित गायक थिए, पीयूष श्रेष्ठ। पूर्वमा चिनिएका गायक पीयूष लामो समयदेखि संगीत क्षेत्रबाट हराए। तर, नेपालबाट 'गायब' भएका पीयूष गतसाता हङकङको याक एन्ड यति रेस्टुरेन्टमा आफ्नो...

दुई सफल सुन्दरी

दुई सफल सुन्दरी

आफू 'मिस इन्डिया' भएको बीसौँ वर्षगाँठ अभिनेत्री सुस्मिता सेनले धुमधामसँग मनाइन्। उनले सन् १९९४ मा 'मिस इन्डिया' को उपाधि जितेकी थिइन्। त्यतिबेला उनी मात्र १८ वर्षकी थिइन्।

कार्टुनिस्ट र कमेन्टेटर रविन

कार्टुनिस्ट र कमेन्टेटर रविन

यद्यपि पहिले पनि नेपालमा कार्टुनकला थियो तर पनि २०४६ को जनआन्दोलनताका नेपाली कार्टुनकला क्षेत्र भर्खरजसो उक्लिँदै थियो। प्रविधि मैत्री नभइसकेको र परम्परागत किसिमले ब्लक बनाइराख्नुपर्ने बेला यस विधातिर सम्पादकहरू आकर्षित...

भिडियोबाटै 'आई लभ यू'

शहरबजारलाई १४ फेबु्रअरीको रन्कोले छोइसकेको छ। जोडी सँगै भएकाले भेटेर, गुलाबको फूल वा उपहार दिएर प्रेम दिवस मनाउने तयारीमा छन् भने श्रीमान्–श्रीमती टाढा भएकाहरूले पनि केही योजना बनाएका छन्। झापा,...

विश्वकप सपना झन् झन् टाढा

विश्वकप सपना झन् झन् टाढा

एक दिवसीय विश्वकपमा छनोट हुने नेपालको महत्वाकांक्षी लक्ष्य थियो। समूह चरणका खेलसँगै नेपालको सपना भताभुंग भएको छ। न्युजिल्यान्डमा भइरहेको आईसीसी विश्वकप क्रिकेट एक दिवसीय छनोटमा नेपाल समूह चरणका सबै ४...

सेतो पर्दा: अभिनय गरेर अर्बपति बनिँदैन

नेपालमा धेरैजसो निर्माता पैसा कमाउनुपर्छ भन्दै तथाकथित कमर्सियल फिल्म बनाउने गर्छन्। कलाकारले पनि पैसा कमाउन धेरैभन्दा धेरै फिल्म खेल्नुपरेको तर्क दिन्छन्। जबकि विश्वकै फिल्म क्षेत्रको अध्ययनले देखाउँछ, फिल्मबाट पैसा कमाउन...