×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

Friday 13 Falgun, 2073 |
Menu

शुक्रबार

'मौकामा छक्का हानेको हुँ'

(0 votes)
'मौकामा छक्का हानेको हुँ' उदितनारायण झा, गायक
उदितनारायण झाको स्वरको जादुले झंकृत छ, बलिउड। बाह्र वर्षपछि उनी नेपाल आए। राष्ट्रिय चलचित्र पुरस्कार कार्यक्रमका लागि नेपाल आएका उनले काठमाडौँको केही ठाउँ घुमे, पुराना साथीसँगी भेटेर सम्बन्धको नवीकरण गरे। दुई दिनको बसाइँमा उनले शुक्रवारसँग सप्तरी, काठमाडौँ हुँदै मुम्बईसम्मका सम्झनाहरू र बलिउडमा स्थापित हुन गरेका संघर्ष बाँडेका छन्। उनीसँग धनबहादुर खड्काले गरेको अन्तरंग कुराकानीः
मुम्बईमा अहिले तपाईंको दैनिकी कस्तो छ?
उही हो। गीतसंगीतमै धेरै समय बितिराखेको हुन्छ। निकै वर्षदेखिको दैनिकी खास बदलिएको छैन। 
अहिले हिन्दी फिल्ममा तपाईंको आवाज त्यति सुनिँदैन नि? 
पहिलेभन्दा कम भएकै हो। तर, हराएको छैन। केही समयअघि पनि फिल्म 'स्टुडेन्ट अफ द इयर'को मैले गाएको गाना खुब हिट भयो। 
तपाईंले बलिउड देख्नुभएको छ, भोग्नुभएको छ। खासमा के हो बलिउड? 
बलिउड महासागर हो। यहाँ उत्रिनका लागि निरन्तर पौडिरहनुपर्छ। जो अब उत्रिसकेँ भनेर पौडिन छाड्छ, त्यो डुब्छ। त्यसैले मैले गाना गाउने चान्स पाउनका लागि जति मेहनत गरेँ, यहाँ टिकिरहन त्योभन्दा बढी मेहनत गरेको छु। एउटा 'कामयाबी' पछि त्यहीँ ठाउँमा रहनु वा त्योभन्दा अघि जानुपर्छ। त्यो झन् अप्ठ्यारो काम हो। बलिउड भनेको संघर्षको ठूलो रूप हो।
तपाईंले त सफलताको शिखर उहिल्यै टेकिसक्नुभएको थियो। अहिले कुन चाहिँ प्राप्तिका लागि संघर्ष गर्दै हुनुहुन्छ?
शिखर त उहिल्यै टेकेको 'सही बात' हो। तर, बात शिखरमा पुग्नुको मात्रै छैन। त्यहाँ जो बढी समय टिक्न सक्छ, त्यो सफल 'आदमी' हो। म यसकारण संघर्ष गरिरहेको छु कि सफलताको शिखरमा अझै केही समय रहूँ, अझै राम्रा–राम्रा गीत गाउन पाउँ कि।
अब त बाउको बिँडो छोराले थामोस् भन्ने पीर पनि गर्ने बेला भयो। तपाईंले पाएको सफलता छोराले पनि पाओस् भन्ने लाग्दैन?
म आदित्यको कामबाट 'नाराज' छैन। उसले जे गरिरहेको छ, राम्रै गरिरहेको छ। गीत गायो, राम्रो गायो। टिभी प्रोग्राम गर्योत, राम्रो गर्यो । ऊ मेहनत गरिरहेको छ। पशुपतिनाथको कृपाले एक दिन मेरोजस्तै सफलता पाउला। तर, प्रत्येक व्यक्तिले संघर्ष आफ्ना लागि आफैँले गर्ने हो। मैले उसलाई संघर्ष गर्न सजिलोमात्रै बनाइदिने हो। संघर्ष उसैले गर्ने हो।
तपाईं र आदित्यको संघर्षको लेबलमा त आकाश–पातालको फरक छ नि?
समय पनि फरक छ। यदि ऊ मेरो बेलाको भएको भए, मेरा कारण पनि उसलाई सजिलो हुने थियो। तर, अहिले समय फरक छ। कोही कसैका कारण अघि बढ्दैन, आफैँले मेहनत गर्नुपर्छ। 
तपाईंका संघर्षका दिनमध्ये कुन दिन र कस्तो समय आजसम्म आँखामा झलझली नाचिरहन्छ?
आज म राष्ट्रपति भवनबाट फर्केर आइरहेको थिएँ। झमझम पानी परिरहेको थियो। बाटोमा निथ्रुक्कै भिजेर हिँडिरहेका केही केटाहरू देखेँ। म नोस्टाल्जिक भएँ। कुनै दिन मुम्बईका रोडमा म पनि यसैगरी भिजेर हिँड्थेँ। लोकल ट्रेन बन्द हुनेगरी पानी पर्थ्यो। मान्छे सडकमा निस्किन डराउँथे तर म हिँडिरहन्थेँ। संगीतकारको सिटिङ रुममा पुग्दा मेरो हालत भिजेको बिरालोको जस्तो हुन्थ्यो। घण्टौँ उभिएर बस्थेँ, तर उनीहरू मेरो गीत नसुनी बाहिरिन्थे। 
कति घण्टासम्म म्युजिक डाइरेक्टरको सिटिङ रुम कुरिएको छ?
कतिकोमा दिनौँ, कतिकोमा महिनौँ र कतिकोमा त वर्षौं कुरेको छु। एकै दिन १० घण्टासम्म कुरेको छु। संगीत सिक्नका लागि इन्डिया गएपछिका दुई वर्ष त बिहानदेखि संगीतकारको दैलो कुर्ने र बेलुका संगीतको कक्षा लिन जाने गरेर बितेको छ। त्यसपछि पनि निकै समय त्यसरी कुरियो।
त्यतिबेला तपाईंको स्वर सुनेपछि संगीतकारको प्रतिक्रिया के हुन्थ्यो?
धेरै दिन धाएपछि उनीहरू मेरैअघि आफ्नो टिमसँग सल्लाह गर्थे। 'यो केटा सधैँ आउँछ, बस्छ। स्वर पनि मिठै छ। हँसमुख छ, हाउभाउ पनि राम्रै छ। चान्स दिने हो कि?' राजेश भूषणजीले पनि यस्तै सल्लाह गर्नुभएको थियो। त्यसैले मैले फिल्म 'उन्नीस बीस'मा थोरै गाउने मौका पाएको थिएँ।
मौका पाएर पनि स्थापित हुन १० वर्ष लाग्यो है?
चान्स पाउन त्यति गाह्रो होइन। स्टाब्लिस्ड हुन गाह्रो हो। त्यसपछि पनि आरडी बर्मन, कल्याणजी आनन्द, बप्पी लहरी लगायतका गीतमा पनि दुई लाइन, चार लाइन गाउने मौका पाएँ। तर, स्थापित गर्ने गीत पाउन १० वर्ष लागेको हो। 'कयामत से कयामत तक'को 'पापा कहते है' नगाउञ्जेल म नोटिस्ड नै हुन सकिनँ।
यति लामो समयसम्म बलिउडमा संघर्ष गर्दा पनि स्थापित नभएपछि छाडेर नेपालै फर्किऊँ जस्तो लागेन?
धेरै चोटि फ्रस्ट्रटेड भएको छु। तर, मनमा झिनो आशा बाँकी रहन्थ्यो। कुनै दिन मौका पाएपछि अरूले भन्ने गरेको चौका होइन, म छक्का नै हान्छु। मैले 'पापा कहते है'मा मौका पाएपछि छक्का हानेको हुँ। त्यसैले मलाई लामो समय संघर्ष गर्ने प्रेरणा दियो। पशुपतिनाथको कृपा, यहाँहरूको आशीर्वादले मैले सफलता हासिल गरेरै छाडेँ। 
बलिउडको सपना पालेका नेपाली गायकले तपाईंकै स्थानमा पुग्न कुन बाटो जानुपर्छ? 
बलिउड ठूलो कुरा होइन। यहाँ पनि एकसे एक गायक छन्, जसले गरेको काम नै त्यस्ता क्षेत्रभन्दा माथि छ। नारायण गोपाल, प्रेमध्वज प्रधान, दीप श्रेष्ठ, तारादेवी, मीरा राणाज्यूले यहीँ बसेर एउटा उचाइ बनाएका छैनन् र? जरुरी छैन, बलिउडै जानुपर्छ। आफ्नो ठाउँमा नाम कमाउनु, राम्रो गीत गाउनु पनि कम्ता ठूलो काम हो र? त्यसैले जहाँ जान पनि मेहनत र लगनको बाटो हिँड्नुपर्छ। अवश्य पुगिन्छ। 
नेपालमा अहिले चलिरहेका गायकको स्वर सुन्नुभएको छ?
धेरै जनाको सुनेको छु। टिभीमा नेपाली गीत हेर्छु। वाह, कति मिठो स्वर भन्ने लाग्छ। पछि अरूलाई सोध्छु, फलानो भन्छन्। खुशी लाग्छ। यहाँ पनि राम्रा–राम्रा गायकगायिका छन्। 
बलिउडमा पनि राम्रो गर्न सक्छ भनेर कसैलाई नोटिस गर्नुभएको छ?
यहाँ राम्रो गाइरहेका सबै बलिउडमा पनि राम्रै गर्न सक्छन्। यो डिप्लोम्याटिक कुरा होइन। आफ्नो ठाउँमा यस्तो राम्रो काम गरिरहेका छन् भने त्यहाँ किन योग्य नहुनु? 
पुरानो याद दिलाउने काठमाडौँका कति ठाउँ घुम्नुभयो?
केही ठाउँ घुमेँ। सिंहदरबार र पुतलीसडकको बाटो हिँड्दा आँशु थाम्न सकिनँ। 
( त्यसपछि उदित भावविभोर भए, बोल्न सकेनन्। सँगै रहेकी दीपाले आफूसँग उनले त्यो बेला भनेका कुरा राखिदिइन्। उनले भनिन्, 'यही रेडियो नेपाल हो, जहाँ मैले काम मात्रै गरेको थिइनँ। डेरा नहुँदा कति रात त्यहीँ गुजारेको छु। यही पुतलीसडक हो, जहाँ हाफ प्यान्ट र चप्पल लगाएर ठूलो गायक बन्ने कल्पना गर्दै ओहोरदोहोर गर्थें। भुइँतलामा रहेको डेराकोठा सम्झेँ।')
त्यति बेला निकै समय घुमेको असनको गल्ली चहार्न पाइनँ। त्यहाँ मैले संगीत पनि सिकेको थिएँ।
काठमाडौँमा पहिलो पाइला टेकेको याद छ?
त्यस्तै २०२८/०२९ सालतिर हो। म १५/१६ वर्षको थिएँ होला। हाफ प्यान्ट र चप्पल लगाएर काठमाडौँ छिरेको थिएँ। 
त्यो बेला देखेको काठमाडौँ र अहिले एयरपोर्टबाट झर्दा देखेको काठमाडौँमा के अन्तर पाउनुभयो?
काठमाडौँ साँघुरिँदै गएछ। घरहरू त कति हो कति बढेछन्! सडकहरू चाहिँ अलिक फराकिला भएछन्। 
काठमाडौँ कसरी आउनुभएको थियो?
नेता जगदीश झाकी श्रीमती मेरो स्वरको प्रशंसक हुनुहुन्थ्यो। उहाँलाई 'यो केटाले केही गर्छ' भन्ने भरोसा थियो। उहाँले नै सय रुपैयाँ दिएर काठमाडौँ पठाउनुभयो। सप्तरीका तत्कालीन जिल्ला सभापति कृष्णदेव झा, सञ्चारमन्त्री चतुर्भुज सिंह र नेता जगदीश झाले काठमाडौँ आउनेबित्तिकै राजाको जन्मोत्सवमा गाउने अवसर मिलाइदिनुभयो। उमेर नपुगे पनि रेडियो नेपालमा जागिर लगाइदिनुभयो। 
संगीतको रस कसरी पस्यो?
आमा लोकगीत गाउनुहुन्थ्यो। गाउँमा भजनकीर्तन हुँदा उहाँ अघि सर्नुहुन्थ्यो। उहाँबाट प्रेरणा पाएँ। बुवा गरिब किसान हुनुहुन्थ्यो। मेरो घरमा रेडियो थिएन। ठूलाबडाको घरमा हुन्थ्यो, उनीहरू भित्र गीत सुन्थे। म चाहिँ दरवाजामा कान थापिरहन्थेँ। रेडियोमा सुनेका गीत गाउन थालेँ। त्यसपछि मन्दिरमा गाएँ। स्कुलमा पनि गाएँ। यसरी म यतातिर तानिएँ। 
पहिलोपटक गीत गाएर पाएको पारिश्रमिक कति थियो? याद छ?
किन नहुनु? एक जनाको बारातमा उसले बाजी लगाएको थियो, 'एउटा गीत गाएको चार आना दिन्छु, गीत गाऊ' भनेर। म पनि के कम उसको पाँच रुपैयाँ जित्नेगरी गाइदिएको थिएँ। 
त्यसपछि त 'बारात' तपाईंको पैसा कमाउने दिनका रूपमा परिणत भए होलान्? 
मेरो दाइ दिगम्वर झाले बारातमा गाउने बन्दोबस्त मिलाउनुहुन्थ्यो। मलाई बारातमा लिएरै जानुहुन्थ्यो। मेलामा गीत गाएपछि मन पराएर पैसा दिन्थे। मैले गीत गाएको बाईहरूलाई पनि मन पर्थ्याे। उनीहरू पनि पैसा दिन्थे। 
गीत गाएर पुरस्कार त निकै पाउनुभयो। सानोमा 'पढाइलेखाइ छाडेर गीत गाउन गएको' भनेर सजाय चाहिँ पाउनुभयो कि नाइँ? 
एसएलसीको समयमा हो। म बोर्डिङमा बस्थेँ। राति कुनै कार्यक्रम थियो। म सुटुक्क त्यहाँ गीत गाउन गएको थिएँ। कसैले हेडमास्टरलाई कम्प्लेन गरिदियो। भोलि बिहान सबै विद्यार्थी जम्मा गरेर मलाई बेस्सरी पिट्नुभएको थियो। 
स्कुल कहाँ पढ्नुभएको हो?
कुनौली बजार हाइस्कुलमा पढेको हुँ। पैसाको अभावले फी नबुझाउँदा कति दिन 'भोलिदेखि स्कुल नआउनू' भन्ने वचन सुनेको छु।
मुम्बईमा रहँदाबस्दाखेरि आफू हुर्केको, खेलेको ठाउँ सप्तरी, भारदहको याद कत्तिको आउँछ?
निकै याद आउँछ। त्यही ठाउँमा मैले बाल्यकालमा भोगेका दुःखहरूले अहिले पनि संघर्षका लागि ऊर्जा प्रदान गर्छन्। कोशीमा बल्छी थापेको, भारतका कुनौली बजार, फारबिसगञ्ज आदिमा गीत गाउँदै हिँडेको याद आइरहन्छ।

Leave a comment

निर्लज्ज! मतिहीन!

निर्लज्ज! मतिहीन!

पोखरा फूलबारीकी ममता अधिकारीलाई हरेक वर्ष तीज कहिले आउलाझैँ लाग्छ। दिदीबहिनी जम्मा भएर नाचगान गर्ने अवसर छोप्न उनी सधैँ उत्साहित हुन्छिन्। ममता तीजगीतकी पारखी पनि हुन्। टेलिभिजनमा बज्ने तीजगीत हेर्दै...

मुख, मुखमुख, मुखसुख र मुखामुख

एउटै शब्द दोहोरिएर अर्को नयाँ शब्द बन्ने भाषिक प्रक्रियाको कुरा गरौँ। नेपाली भाषामा यस्ता सयौँ शब्दहरू छन्। 'घरबाट घरघर, भातबाट भातसात, बानीबाट आनीबानी' बनेजस्तै गरी नयाँ शब्दहरू बनेका छन्। यसरी...

झुटले ध्वस्त दाम्पत्य

झुटले ध्वस्त दाम्पत्य

भनिन्छ– एउटा झुट लुकाउन अरू सय झुट बोल्नुपर्छ। विवाहजस्तो जीवनको महत्त्वपूर्ण घटना पनि झुटको जगमा उभियो भने दाम्पत्य जीवन कसरी सुखी हुन सक्छ ? झुट र धोकाबाट जीवनको नयाँ अध्याय...

बिग बोसः वास्तविक कि बनावटी ?

बिग बोसः वास्तविक कि बनावटी ?

एउटा घरमा केही कलाकार (प्रायः सेलिब्रिटी) हप्तौँसम्म बस्छन्। बाहिरी संसारको सम्बन्ध र संगतबाट पूर्णतः विच्छेद हुन्छन् उनीहरू। उनीहरूका हरेक गतिविधि दर्जनौँ क्यामराका निगरानीमा हुन्छन्। घरभित्र उनीहरूको काम हुन्छ, गफ गर्नु,...

मोदीसँग टेबुलमा बस्नुअघि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बहुप्रतीक्षित नेपाल भ्रमणलाई कसरी उपलब्धिमूलक बनाउने भन्नेमा मुख्य तीन दलका बीच विचारविमर्श जारी छ। भारतसँग यसपटक हुने द्विपक्षीय सम्झौतामा नेपालको हात तल नपरोस् भनेर राजनीतिक तहमा...

'पुर्जा ढिला छ'

'पुर्जा ढिला छ'

मान्छेहरू बेचैन छन्, अशान्त छन्, तनावग्रस्त छन्। आफूलाई नियन्त्रण गर्न नसकेपछि उनीहरू बर्बराउन थाल्छन्, असामान्य व्यवहार देखाउन थाल्छन्। र, उनीहरूलाई समाज बौलाहा, पागल, खुस्केड, क्य्राक, मेन्टल, साइको, आइसी उडेको आदि...

'हो, म असामाजिक प्राणी हुँ'

'हो, म असामाजिक प्राणी हुँ'

कुनै बेला नेपाली फिल्म निखिल उप्रेतीमय थियो। फिल्म 'पिँजडा' मा सात तलाबाट हाम फाल्ने साहसी 'स्टन्ट'सहितको डेब्यूपछि उनी रातारात स्टार भए। बाइक उडाउनेदेखि उडेर किक हान्नेसम्मका स्टन्ट उनले नेपाली फिल्ममा...

'रिटेक' दिन नमिल्ने 'मिस्टेक'

उनले १० वर्षदेखि धेरै दिन 'टेक' (अभिनय) दिएरै बिताइरहेकी छिन्। त्यो रंगमञ्च अर्थात् म्युजिक भिडियोको 'टेक' हो। तर, जीवनको रंगमञ्चमा दिइएका 'टेक'मा गल्ती भयो भने 'रिटेक' लिन मिल्दैन। यस्तो मिल्थ्यो...