11 Bhadra, 2073 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

बेवारिसे मजनु

(0 votes)
भारत–पाकिस्तान विभाजनका बेला पाकिस्तानतर्फ लखेटिएको एक मुसलमान परिवारकी युवती भारत अधिनस्थ पञ्जाबमा छुट्छिन्। एकजना सरदारसँग उनी घरजम बसाउँछिन्। विभाजनको आक्रोश साम्य हुँदै गएपछि सीमाका दुवैतिर छुटेका महिला शरणार्थीलाई आ–आफ्ना परिवारको जिम्मा लगाउने सहमति दुई देशबीच हुन्छ। तर, सरदारसँग बिहे गरेकी मुसलमान युवतीले पाकिस्तानमा रहेको परिवारको सट्टा सरदारलाई नै रोज्छिन्। उनलाई पाकिस्तान नपठाए द्विपक्षीय सहमति उल्लंघन हुने भयले भारत सरकारले अन्ततः उनलाई पाकिस्तानको जिम्मा लगाइदिन्छ।

nepali-patro-june
श्रीमतीसँगको बिछोड असह्य बन्दै गएपछि प्रेमको खोजीमा सरदार छोरो लिएर पाकिस्तान जान्छन्। पाकिस्तानमा रहेको श्रीमतीको परिवारले सरदारलाई दुत्कारेपछि अन्तिम प्रेमपत्रमा 'मेरो लाशलाई मेरी प्रेयसी बस्ने शहरमै गाड्नू' लेखेर छोरोसहित रेलको लिकमा फाल हानी सरदारले आत्महत्या गर्छन्। यो प्रेम प्रसंग पाकिस्तानी सञ्चारमाध्यममा छाएपछि पाकिस्तानमा उनी प्रेमको प्रतीक बन्न पुग्छन्। पाकिस्तानीहरूले सरदारको लाशलाई अत्यन्त सम्मानका साथ श्रीमती बस्ने शहरमै समाधिस्थ गर्छन्। त्यो समाधि पाकिस्तानी प्रेमीहरूका लागि पवित्र तीर्थस्थल बन्छ। ल्यारी कोलिन्स र डोमिनिक लापिएरेले संयुक्त रूपमा लेखेको भारत–पाकिस्तान विभाजनसम्बन्धी किताब 'फ्रिडम एट मिडनाइट'मा यो प्रेमकथाको विस्तृत चर्चा गरिएको छ। यसै कथालाई आधार बनाएर निर्माण गरिएको फिल्म 'गदर' भारतमा सुपरहिट भएको थियो। 
यही प्रेमगाथा सम्झाउने अर्को घटना पुनः घटेको छ। यसपटक सरदारको ठाउँमा एकजना पाकिस्तानी युवक छन्। श्रीमतीलाई नभई कहिल्यै भेट नभएकी प्रेमिकालाई भेट्न उनी भारत पसेका छन् र वर्षौंदेखि जेलजीवन बिताइरहेका छन्।
आजभन्दा २१ वर्षअघि बलिउड अभिनेत्री पूजा भट्टलाई भेट्ने उद्देश्यले अब्दुल सरिफ नाम गरेका पाकिस्तानी नागरिक भारत पसेका थिए। भारत छिर्नुपूर्व विदेश भ्रमणका लागि आवश्यक कुनै वैधानिक कागजात उनले तयार पारेका थिएनन्। यसै कसुरमा भारत पस्नासाथ उनी जेल परेका थिए। अझैसम्म उनी जेलमुक्त भएका छैनन्।
पूजासँग भेट्न भारत पस्दा अब्दुल २१ वर्षका थिए। अहिले उनी ४२ वर्षका भए। त्यतिबेला बलिउडमा पूजाको जगजगी थियो। सन् १९९० को दशकमा 'ड्याडी', 'दिल है कि मानता नही', 'प्रेम दिवाने', 'जनम' आदि दर्जनाँै फिल्ममा अभिनय गरेकी पूजाको 'क्रेज'ले त्यतिबेला आकाश छोएको थियो। सञ्जय दत्तसँग पूजाले अभिनय गरेको फिल्म 'सडक' हेरेपछि पूजाप्रति अब्दुलको प्रेम सम्हालिनसक्नु गरी बढ्यो। उनले संकल्प गरे– 'कुनै पनि हालतमा पूजालाई भेटेर प्रेम प्रस्ताव राखिछाड्छु।' यसका निम्ती उनी हानिए भारततिर। तर, भारत पसेपछि पूजाको न्यानो प्रेमको सट्टा जेलको चिसो भुइँ उनको भागमा पर्यो।। प्रवेशाज्ञाबिनै भारत पसेको कसुरमा उनी पक्राउ परे।
सन् १९९२ मा वाघ सिमानाबाट भारत प्रवेश गर्नसाथ अब्दुल पक्राउ परे। उनलाई दुई वर्षको जेल सजाय सुनाइयो। यो दुई वर्ष उनको जीवनको सबैभन्दा ठूलो दुर्घटना बन्यो। यसै अवधिमा उनले स्मृति गुमाए। 'सन् १९९४ मै उनको सजाय सकिएको थियो। तर, स्मृति गुमाएकाले उनले आफू कुन मुलुकको नागरिक हुँ भन्ने बताउन सकेनन्। घरी उनी आफूलाई इरानी हुँ भन्थे, घरी पाकिस्तानी। उनको राष्ट्रियता खुलाउने कुनै कागजात भारतीय अधिकारीले फेला पारेनन्। भारतस्थित इरान र पाकिस्तानका कुटनीतिक नियोगलाई यसबारे खबर गरिएको थियो, तर दुवै नियोगले अब्दुललाई अपनाउन चाहेनन्,' अमृतसार सेन्ट्रल जेलका मुख्य अधिकारी अमि्रक सिंहलाई उद्धृत गर्दै इन्डिया टुडेले लेखेको छ। त्यसयता अब्दुलको स्मृति अझै फर्किएको छैन। 'उनी अहिले दुइटा कुरा मात्रै सम्झन्छन्,' सिंह थप्छन्, 'बाबु गुलाम मोहम्मद र पूजा भट्टको नाम।' पूजालाई कहिल्यै भुल्न नसकूँ भनेर उनले आफ्नो देब्रे पाखुरामा पूजाको नामअंकित ट्याटू खोपाएका छन्। जेलका अन्य कैदी र जेल अधिकारीमाझ उनी असाध्यै प्यारा छन्।
एक्काइस वर्षको कठोर एवं अत्यासलाग्दो जेलजीवनले अब्दुलको प्रेमलाई धमिल्याउन सकेको छैन। उनी पूजाप्रति अझै उत्तिकै आशक्त छन्। यतिका वर्षपछि पनि पूजालाई भेटेर प्रेम 'इजहार' गर्ने उनको धोको मरेको छैन। 'पूजासँग भेट्ने र फिल्म खेल्ने अब्दुलको इच्छा अझै मरेको छैन,' जेलका अर्का अधिकारी आरके शर्मा भन्छन्, 'पूजालाई भेटेपछि प्रेम 'इजहार' गर्न उनले केही डायलगसमेत कण्ठ गरेका छन्।'
अब्दुलसम्बन्धी समाचारले भारतका युवा भावुक भएका छन्। उनलाई रिहा गर्नुपर्ने आशयका 'कमेन्ट'को ओइरो लागेको छ, यससम्बन्धी समाचार प्रकाशन गर्ने भारतीय अनलाइनहरूमा।

Leave a comment

खुल्लमखुल्ला देहसुख

खुल्लमखुल्ला देहसुख

चाणक्य नीति भन्छ– सद्गुणी व्यक्ति त्यो हो, जसले कागले झैँ कसैले नदेख्नेगरी संसर्ग गर्छ। सेलिब्रिटीको हकमा यो नियम अझ लागू हुन्छ, किनकि उनीहरूलाई सार्वजनिक स्थलमा मिडिया र पापाराजीले पछ्याइरहेका हुन्छन्।...

नाटकमा युवा लगाव

नाटकमा युवा लगाव

स्नातकोत्तर तहमा अध्ययनरत सुषमा लोहनी नाटककी नियमित दर्शक हुन्। गुरुकुलमा नाटक लाग्दादेखि नै टिकटका लागि लाइन बस्ने सुषमालाई अहिले नाटकघरको संख्या बढेपछि केही सहज भएको छ।

कीर्तिमान सुधार्ने लक्ष्य

कीर्तिमान सुधार्ने लक्ष्य

कीर्तिमानी धावक यामसाजन सुनार र दिलमाया कार्की चोटमुक्त हँुदै पूर्ण प्रशिक्षणमा फर्किएका छन्। अहिले दुवै जना एसियाली खेलकुदको बन्द प्रशिक्षणमा छन्। एक सय मिटरका कीर्तिमानी धावक यामसाजन जेठमा एसियाली खेलकुदको...

'कसैको गर्लफ्रेन्ड भएर स्टार बन्नु छैन'

'कसैको गर्लफ्रेन्ड भएर स्टार बन्नु छैन'

हर्षिका श्रेष्ठको परिवारलाई उनी फिल्म क्षेत्रमा जाने कुरा स्वीकार्य थिएन। परिवारले पढाइमा जोड दियो। हर्षिकालाई पनि परिवारको सल्लाहबमोजिम चल्नुथियो। पढाइ गर्दै एउटा निजी कम्पनीमा जागिर खान थालिन्। तर, त्यहाँ फिल्म...

पोस्टर नै चोरी

पोस्टर नै चोरी

नेपाली फिल्मकर्मीले बलिउडका फिल्मबाट दृश्य, ट्रेलर र गीतको कोरियोग्राफी चोर्नु कुनै नौलो कुरा होइन। यो मामिलामा निर्देशक राजु गिरी झन् अगाडि देखिन्छन्। फिल्ममा 'बेड सिन' राख्न माहिर यी निर्देशक चोरीमा...

म साहित्यको प्राइमरी विद्यार्थी : दीपशिखा

म साहित्यको प्राइमरी विद्यार्थी : दीपशिखा

दीपशिखा युवा कवि तथा उपन्यासकार हुन्। राजनीति तथा प्रतिबद्ध पत्रकारितामा समेत आफ्नो परिचय बनाइसकेका उनको हालै पहिलो उपन्यास 'रात फुलेको याम' बजारमा आएको छ। नयाँ उपन्यास र उपन्यास लेखनको सेरोफेरोमा...

रेडकर्नर 'नोटिस'मा नेता पनि

रेडकर्नर 'नोटिस'मा नेता पनि

अपराधको विश्वव्यापी सञ्जालमा नेपालीको उपस्थितिलाई सामान्य मान्न सकिन्न। हत्या, ठगी, चोरी तथा अपहरणका मुद्दामा नेपालीहरू दोषी देखिएका छन्। नेपालीहरू स्वदेश तथा विदेशमा अपराध गरी अन्तर्राष्ट्रिय कुख्यातिमा सामेल भएका छन्। 

सेतो पर्दा – पात्रको जात खोइ?

सयभन्दा बढी फिल्ममा हिरो बने होलान् राजेश हमाल। उनले खेलेका दर्जनौँ फिल्म सुपरहिट भए। धेरै दर्शकका नजरमा उनी रोल मोडल छन्। धेरैले उनको हेयर स्टाइल नक्कल गरेको पाइन्छ। तर, फिल्महरूमा...