Tuesday 9 Ashwin, 2075 |
Menu

शुक्रबार

istl

एकताको लड्डुपछि फलामको च्यूरा

(0 votes)
एकीकृत नेकपा माओवादीले आफ्नो पुरानो स्वरूपलाई ध्वस्त गरेर नयाँ नेकपा (माओवादी केन्द्र) मा रूपान्तरण भएको घोषणा गरेको छ। एकीकृत नेकपा माओवादी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा माओवादी, क्रान्तिकारी कम्युनिस्ट केन्द्र नेपाल, वामपन्थी एकता समूह, गौरवशाली पार्टी नेपाल, नेकपा माओवादी विद्रोहीलगायत पार्टी मिलेर नेकपा (माओवादी केन्द्र) गठन गरिएको छ।
दशवटा हाँगामा विभाजित पार्टी तथा समूहलाई एकत्रित गरी माओवादी केन्द्र घोषणा गर्न आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पुरानो माओवादी ध्वस्त भइसकेको बताएका थिए। नेकपा (माओवादी केन्द्र) गठनले कम्युनिस्टहरू विभाजितमात्र हुँदैनन्, परेका बेला एक ठाउँमा एकत्रित पनि हुन सक्छन् भन्ने सकारात्मक सन्देश पनि दिएको छ। तर, केन्द्रमा एकत्रित हुन आएका कतिपय नेताको जनाधार एकदमै कमजोर भएका, पार्टीका लागि चाहिने संगठन नै नभएकाहरू पनि छन्। विभिन्न कुण्ठा र असन्तुष्टिका कारण पार्टी छोडेर त्यत्तिकै रल्लिएर हिँडिरहेकाहरू पनि केन्द्रमा सहभागी भएका छन्। नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य संख्या नै करिब सात सय पुगिसकेको छ। धेरै केन्द्रीय सदस्य हुँदैमा पार्टी ठूलो र बलियो हुने होइन। केन्द्र निर्माणमा समेटिन आएका सबैलाई भागशान्ति मिलाउन जम्बो केन्द्रीय कमिटी बनाउनुपरेको बाध्यता पछिसम्म रह्यो भने यो केन्द्र केन्द्रीय सदस्यमात्र रहेको नमुना केन्द्रका रूपमा रहने छ। केन्द्र सञ्चालनका लागि हेडक्वार्टरको व्यवस्था त गरिएको छ। तर, सबैको चित्त बुझाउने निहुँमा केन्द्रमा लाग्न चाहने सबैलाई केन्द्रीय सदस्य बनाउँदै जाने हो भने नवगठित नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्यमात्रै भएको पार्टीका रूपमा रूपान्तरण हुन बेर छैन।

दशवर्षे सशस्त्र युद्धमा काँधमा काँध मिलाएर परिवर्तनका लागि लडेका नेताहरू शान्तिप्रक्रियामा सामेल भएसँगै किन छिन्नभिन्न हुँदै गए? माओवादी केन्द्र गठन हुँदा पनि किन कतिपय नेता अहिले पनि बाहिरै छन्? यो केन्द्र एक ढिक्का भएर टिकिरहने आधार के–के छन्? केन्द्रले आगामी दिनमा लिने राजनीतिक कार्यदिशा के हुन्छ? जनताले भोगिरहेका समस्या समाधान गर्न माओवादी केन्द्रको कस्तो भूमिका हुन्छ? लगायत थुप्रै राजनीतिक प्रश्नको उत्तर नखोजेसम्म माओवादी केन्द्रको औचित्य पुष्टि हुँदैन। हिजो एकले अर्कोलाई गद्दार घोषणा गरेर सत्तोसराप गरेका नेताहरू एक ठाउँमा बसेर लड्डु खाँदै, मुख मिठ्याउँदैमा माओवादी केन्द्रले केन्द्रीय राजनीतिमा आफ्नो प्रभाव विस्तार गर्न सक्ने अवस्था छैन। एकीकृत जनक्रान्ति गर्ने भन्दै नेत्रविक्रम चन्द 'विप्लव' आफूहरूको समानान्तर सत्ता रहेको दाबी गरिरहेका छन् भने डा. बाबुराम भट्टराईले नयाँ शक्तिको च्याँखे थापेर आर्थिक क्रान्ति गर्ने बताइरहेका छन्। अध्यक्ष प्रचण्डका राजनीतिक गुरु मोहन वैद्य 'किरण' जनवादी क्रान्तिको सैद्धान्तिक व्याख्यामा नै दिन कटाइरहेका छन्। यो केन्द्रबाहिर पनि माओवादीका नाममा वा माओवादीसँग जोडिएकाहरूको विभिन्न केन्द्र रहेकाले नवगठित केन्द्रलाई अरूभन्दा फरक देखिन अहिले पनि उत्तिकै चुनौतीपूर्ण छ। त्यसैले माओवादी केन्द्रले कसरी र कुन बिन्दुबाट आफ्नो राजनीति अघि बढाउँछ, त्यही आधारमा यसको हैसियत स्थापित हुन्छ। सत्ता समीकरणमा एमालेलाई काँध थापेर हिँडिरहेको माओवादी केन्द्रले सत्तामा बस्दा आइलाग्ने अपजसको भारी बोकेर आफ्नो संगठन विस्तार गर्न सक्छ कि सक्दैन? भन्ने तर्फ पनि बेलैमा सोच्नुपर्छ। एमालेसँग टाँसिएर बसिरहँदा आफ्नो पहिचान जोखिममा पर्नेतर्फ पनि माओवादी केन्द्रले हेक्का राख्नुपर्छ।

छिन्नभिन्न भएका टुक्राहरूलाई एकत्रित गरेर अध्यक्ष प्रचण्डले २०५२ सालमा सशस्त्र विद्रोह सुरु गरेका थिए। जनयुद्ध सुरु गर्ने बेलामा पनि माओवादी सिंगो पार्टीभन्दा पनि विभिन्न समूह र पार्टी मिलेर बनेको समूह थियो। सशस्त्र क्रान्तिमा आफ्नो दक्षता प्रर्दशन गरेका अध्यक्ष प्रचण्डले शान्तिप्रक्रियासँगै पार्टीलाई एकढिक्का राख्न सकेनन्। नारायणकाजी श्रेष्ठहरूसँग एकीकरण गरेर पार्टीको नामको अगाडि एकीकृत शब्द त थपियो तर माओवादी भने निरन्तर विभाजन भइरहने अवस्थामा पुग्यो। आफ्नै कार्यकालमा पार्टीलाई सशस्त्र विद्रोह हुँदै शान्तिपूर्ण राजनीतिमा अवतरण गराउँदै निर्वाचनमा एक नम्बर दल बनाउन सफल प्रचण्डले दोस्रो संविधानसभाको निर्वाचनसम्म आइपुग्दा पार्टीको साख जोगाउन नसकेको सबैले देखेकै छन्। पार्टीको उपलब्धि र विनाश दुवै भोगेका उनका लागि नेकपा (माओवादी केन्द्र) को गठन एउटा अवसर बन्न सक्छ। तर, उनले केन्द्रलाई जनतासँग कसरी जोड्ने भन्ने बारेमा भने छिटोभन्दा छिटो आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ। जनताप्रति हदैसम्म गैरजिम्मेवार सरकारलाई काँध थापेर र प्रधानमन्त्री केपी ओली शर्माको उखानटुक्कामा रमाएर मात्र प्रचण्डले माओवादी केन्द्रलाई एक नम्बर बनाउन सक्ने छैनन्। त्यसैले प्रचण्डले वामपन्थी गठबन्धन सरकारको लोभमा जनताका पीरमर्कालाई उखानटुक्का भनेरै केवास्ता गर्ने गैरजिम्मेवार सरकारविरुद्ध नै पहिला खबरदारी गर्न जरुरी छ। हुन त केन्द्रका केही नेता यही सरकारमा मन्त्री पदको जागिरे छन्। आफैँले टिकाएको सरकारविरुद्ध जाइलाग्न सजिलो छैन। तर, जनतामा जानुपर्ने र त्यतैबाट अनुमोदन भएर एक नम्बर हुनुपर्ने दलले जनताको बेवास्ता गर्ने सरकारको काँध थापेर आफ्ना लागि धराप थाप्ने काम नगरेकै बेस हुन्छ। जबसम्म जनताका जल्दाबल्दा 'इस्यू' पार्टीका केन्द्रीय मुद्दा बन्दैनन् तबसम्म यस्ता केन्द्र जतिवटा बने पनि त्यसले जनतामा कुनै उत्साह ल्याउन सक्दैन। एकताको लड्डु खाएको माओवादी केन्द्रले अब चुनौतीका फलामका च्यूरा चपाउन तयार हुनुपर्छ।

Leave a comment

'मभित्र एउटा रुन्चे मान्छे छ'

'मभित्र एउटा रुन्चे मान्छे छ'

हरिवंश आचार्य अब्बल कलाकारमात्रै होइनन्, असल मानिस पनि हुन्। नेपालमा हास्यव्यंग्यलाई सम्मानित पेशा बनाउन उनी र मदनकृष्ण श्रेष्ठले गरेको मेहनतको जति प्रशंसा गरे पनि कम हुन्छ। कडा व्यंग्य गरेर कसैलाई...

सुनकली अर्थात् गोल्डेन गर्ल

सुनकली अर्थात् गोल्डेन गर्ल

मुगुका महिला फुटबल खेलाडीमाथि पत्रकार भोजराज भाटले बनाएको वृत्तचित्र ‘सुनकली’ विश्वकपताका खूब चर्चित भयो। यसपल्ट काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्वस (किम्फ)मा ओपनिङ फिल्मका रूपमा देखाइनुका साथै यसले नेपाल पानोरमा...

नयाँ वर्ष मुड

केही दिनमै हामी नयाँ वर्ष २०७१ मा हुनेछौँ। क्यालेन्डर फेर्ने तरखर गरिरहेका छौँ। नयाँ वर्ष भनेको अर्काे वर्षमात्र होइन, अलिकति नयाँ उत्साह पनि हो, अलिकति नयाँ ऊर्जा पनि हो, अलिकति...

ल्हारक्यालको लकर

ल्हारक्यालको लकर

माननीय सभासद् ल्हारक्याल लामाको लकरमा गोली भेटिएपछि कमरेड तरंगित भए । उनलाई असाध्यै रिस पनि उठ्यो । कमरेडको रिस माननीय सभासद्प्रति भन्दा पनि अध्यक्ष कमरेडप्रति तीव्र थियो । उतिबेला ल्हारक्याल...

'अखबारमा सम्पादकको नेतृत्व देखिँदैन'

'अखबारमा सम्पादकको नेतृत्व देखिँदैन'

प्राध्यापक पी खरेल पत्रकारिता तथा आमसञ्चार विषयको प्राध्यापनसँगै सक्रिय पत्रकारिता गर्ने वरिष्ठ पत्रकार हुन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गत पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुखसमेत रहेका खरेलले २०३० सालमा 'दी राइजिङ नेपाल'बाट पत्रकारिता सुरु...

शिवांगीको मधुमास

शिवांगीको मधुमास

केही समयअघि भारतीय टेलिभिजन एमटिभीमा प्रेम खोज्दै थिइन्, शिवांगी राना। युवा जोडीले 'प्रेमको शिकार' गर्ने प्रतिस्पर्धा 'स्प्लिट्स भिल्ला'मा उनको जोडी फाइनल राउन्डमा पराजित भयो। प्रेम शिकारी विजेता हुन नपाएकी शिवांगी...

'हिरो बन्न कम्ती धैर्य गरिएन!'

'हिरो बन्न कम्ती धैर्य गरिएन!'

हिरो बन्ने सपना देख्न थालेको झन्डै २० वर्षपछि श्याम अर्याल सफल भएका छन्। उनले हिरोका रूपमा 'हिरो'कै भूमिकामा अभिनय गरेको फिल्म 'प्रोड्युसर' अर्को हप्ता रिलिज हुँदै छ। रंगकर्मी, मोडल, आरजे...

चर्चित कथा छान्दैमा के हुन्छ?

पछिल्लो समय पत्रपत्रिकामा एउटा फिल्म छाइरहेको छ। अरुण प्रधानद्वारा निर्देशित फिल्म '१२ नेपाली एक चिहान' यसमा उठाइएको विषयवस्तुका कारण मात्रै होइन, सेन्सर प्रक्रियामा भोगेको झमेलाले पनि चर्चामा छ। सेन्सरले सुरुमा...