Friday 4 Shrawn, 2075 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

'शृंगारले आत्मविश्वास बढाउँछ'

(1 Vote)
'शृंगारले आत्मविश्वास बढाउँछ'
शृंगारमा प्रयोग हुने फेसियल प्रोडक्ट 'आस्टाबेरी'ले नेपाली बजारमा आफ्नो हिस्सा जमाउँदै आएको छ। भारतीय उत्पादन आस्टाबेरीको नेपालमा बजार प्रवर्द्धन र बिक्री वितरण हेमन्त निरौलाले गर्दै आएका छन्। डेल्टा मार्केटिङका प्रबन्ध निर्देशक निराैलासँग शुक्रवारका लागि दिलीप पौडेलले गरेको कुराकानीः

nepali-patro-june
सौन्दर्य प्रसाधनको व्यवसायमा हुनुहुन्छ। सौन्दर्य भनेको के हो?

सौन्दर्य खासमा त भित्रबाट आउनुपर्ने हो। भित्री सौन्दर्य नै महत्वपूर्ण हुन्छ। तर, बाहिरी सौन्दर्यको महत्व बेग्लै छ। सबैले हेर्ने बाहिरी रूप नै हो। यसो हेर्दा 'वाह' भन्ने प्रतिक्रिया प्राप्त हुने योग्यता नै सायद सौन्दर्य हो।

शृंगार किन आवश्यक छ?

व्यक्तिगत आत्मविश्वास विकास गर्न शृंगार चाहिन्छ। शृंगार गरेपछि मान्छे स्वःस्फूर्त रूपमा 'कन्पि्कडेन्ट' हुन्छ। जो पनि राम्रो हुन खोज्छ। सौन्दर्य पहिरन र अनुहारमा प्रतिविम्बित हुनुपर्छ। यसो हेर्दा सबैले राम्रो भनून्, अरू प्रभावित होऊन् भन्ने को चाहँदैन होला? कुनै मेकअप नगर्ने मान्छेले पनि दिनमा चारपटक ऐना हेर्छ, यसो मुख धोएर भए पनि। आजको दिनमा मान्छे पहिलाजस्तो खेतीकिसानीमा मात्र छैन। कर्पोरेट कल्चरको विकास भएको छ। कर्पोरेट अफिसमा काम गर्ने मान्छे भित्री रूपमा जतिसुकै क्षमतावान् भए पनि पहिलोपटक हेरिने भनेको उसको लुक्स नै हो। त्यसैले अफिस वा आफ्नो दैनिक जीवनमा व्यक्ति स्मार्ट र सुन्दर देखिन चाहन्छ। व्यक्तित्व देखाउनका लागि शृंगार र सौन्दर्य प्रसाधन प्रयोग गर्न सबै चाहन्छन्।

तपाईंहरूको प्रोडक्टले प्रयेागकर्तालाई सन्तुष्टि दिएको छ त?

अब ती सबै परिपूर्ति गर्न आस्टाबेरी सक्षम नहोला। तर, धेरैको रोजाइ भने बनेको छ। फेसियल किट छ। अनुहारमा टि्रटमेन्टसहित गोरोपन, साइनिङ दिने हाम्रा कस्मेटिक उत्पादन छन्। ती भारतबाट ल्याएर नेपाली उपभोक्तलाई दिएका छौँ। आस्टाबेरी मुख्य गरी महिलालक्षित छ। ब्युटी पार्लरमा जानासाथ केटीहरू आस्टाबेरी सम्भि्कहाल्छन्।

उत्पादनलाई कसरी प्रवर्द्धन गर्नुभएको छ?

पूरै उत्पादन होइन। हाम्रा(आस्टाबेरीका) पोडक्टमा हामी पायनियर हौँ। फेसियल किट्सको अवधारणा दिएको आस्टाबेरीले हो। पहिला विभिन्न क्रिम प्रयोग गर्थे। अहिले चाहिनेजति सारा एउटै किट्स बक्समा हुन्छ। ब्युटी पार्लरमा तालिम दिन्छौँ। त्यसका आधारमा प्रयोग गर्छन्।

बजारको अवस्था कस्तो छ?

प्रयोगकर्ताको रेस्पोन्स निकै राम्रो छ। नेपालजस्तो देश कस्मेटिक्समा बढ्दो बजार भएको छ। मान्छेसँग पैसा भएपछि राम्रो हुन खोज्छ। पहिला शहरीया इलाकामा भए पनि अहिले गाउँ—गाउँमा सबै ब्युटी प्रोडक्टप्रति आकर्षित छन्। यसको कारण हो– रेमिटेन्स। विदेशबाट आएको पैसा केही सौन्दर्यमा खर्च गर्ने बानीको विकास भएको छ। थुप्रै नेपाली विदेशमा छन्। त्यसले आयसँगै प्रयोगकर्ता वृद्धि गराएकाले अवसर निकै बढेको छ।

आस्टाबेरीका प्रोडक्ट कुन वर्गप्रति लक्षित छ?

अहिले सबै नेपालीको वर्ग फेरियो। निम्न वर्गीय मध्यम वर्गीयमा आए। उच्च घरानियाँको त कुरै नगरौँ। निम्न वर्गीय र मध्यम वर्गीयलाई हामीले लक्ष्य गरेका छौँ। हुनेखाने मात्र नभएर सबै मान्छे अहिले सौन्दर्यमा संवेदनशील छन्। त्यसका लागि पार्लर जान्छन्।

व्यावसायिक वातावरण र प्रतिस्पर्धा कस्तो छ?

राज्यले हामीलाई घाँटी अँठ्याएको छ । कच्चा पदार्थ आयात महँगो हुँदा कस्मेटिक उद्योगमा लाग्न खोजे पनि कठिनाइ भएको छ। विगतमा प्रतिस्पर्धा कम थियो। बजार बढेपछि प्रतिस्पर्धा बढेर गएको छ।

शृंगार सामग्रीका उत्पादन स्वदेशमै गर्ने सम्भावना छ?

प्रचुर सम्भावना छ। तर, राज्यले उपयुक्त वातावरण बनाउनुपर्छ। हामीले पनि स्वदेशमा गर्न सकिन्छ कि भनेर भक्तपुरमा फ्रेसिया ब्रान्डको उद्योग चलाएका छौँ। भारतबाट कच्चा पदार्थ ल्याउँदा महँगो पर्छ। अहिले राजस्व कम उठे पनि कच्चा पदार्थमा कम राजस्व उठाएर उद्योग चलाउने वातावरण मिलाए रोजगारीसँगै राजस्व पनि बढ्छ।

कस्तो वातावरण आवश्यक छ त?

सरकारले उद्योगमैत्री कानुन बनाउनुपर्योय। उद्योग स्थापनालाई सजिलो बनाउनुपर्योछ।

तपाईंका रुचि के–के छन्?

समाजसेवा गर्ने चाहना छ। संगीत खूब सुन्छु।

परिवारलाई कत्तिको समय दिनुहुन्छ?

आमाबुबा, श्रीमती र छोराछोरीलाई बिदामा समय दिन्छु।

जीवन सुखी कसरी हुन्छ?

तनावमुक्त भइयो भने जीवन सुखी हुन्छ। सरल पनि हुन्छ।

Leave a comment

यौनरोग कि मनोरोग?

यौनरोग कि मनोरोग?

यौनजीवन स्वस्थ भएन भने मान्छे निराश, कुण्ठित र हताश हुन्छ। जीवनमा उसले कुनै सौन्दर्य देख्दैन, कुनै मिठास भेट्दैन। शारीरिक तथा मानसिक रोग र समस्याले यौनजीवन तहसनहस बनाउन सक्छन्। भनिन्छ– करिब...

'दिनेको लभलेटर लिइदिन्छु'

'दिनेको लभलेटर लिइदिन्छु'

फिल्म क्षेत्रमा 'कान्छी हिरोइन' भनेर चिनिने नीता ढुंगाना अघिल्लो हप्तादेखि २२ वर्षमा प्रवेश गरिन्। करिअरका हिसाबले उनलाई जमेकी हिरोइनकै रूपमा लिइन्छ। 'मितिनी' फिल्ममा बालकलाकार भएर रजतपट टेकेकी उनले फिल्म 'मसान'मा...

सेतो पर्दा : महोत्सव ‘एक पाठशाला’

राजधानीको कुमारी हलमा यही बिहीवारदेखि पाँच दिनसम्म काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) हुँदैछ। 'किम्फ'को यसपालि १२ औँ संस्करण हुन लागेको हो। नेपालमा वार्षिक रूपमा नियमित हुँदै आएको सबैभन्दा पुरानो...

विदेशिने र ठगिइने अनन्त क्रम

विदेशिने र ठगिइने अनन्त क्रम

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कामको खोजीमा १ लाख २९ हजार कामदार विदेशिएका छन्। गत आव सोही अवधिमा ९७ हजार १ सय ८० कामदार विदेशिएका थिए। यो ३३ प्रतिशतले...

बीसौँ वर्षमा मिस नेपाल

बीसौँ वर्षमा मिस नेपाल

सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल' २० वर्ष पुगेको छ। सन् १९९४ देखि सुरु भएको प्रतियोगिता सन् २०१४ मा बीसौँ वर्षमा प्रवेश गरेको हो। आइतबार लाजिम्पाटको र्‍याडिसन होटलमा औपचारिक कार्यक्रम गर्दै बीसौँ...

निरन्तर गुञ्जन, अविरल प्रवाह

निरन्तर गुञ्जन, अविरल प्रवाह

सांगीतिक समूह 'सुकर्म'का सदस्य हुन्, ध्रुवेश रेग्मी। तर, यतिले मात्रै उनको परिचय खुल्दैन। उनी अधिवक्ता पनि हुन्। संगीतमा पीएचडी गर्ने नेपालका प्रथम व्यक्ति ध्रुवेशलाई नै मानिएको छ। साथै, उनी प्रोफेसर...

ढँटुवी सुमिना

ढँटुवी सुमिना

पछिल्लो समय राम्रै चम्केकी अभिनेत्री सुमिना घिमिरेको चमक आफ्नै कारणले मधुरो हुँदै गइरहेको छ। केही समयअघि मात्रै पत्रकारलाई अश्लील गाली गरेर विवादमा आएकी उनी  यतिबेला झुट बोल्ने हिरोइनका रूपमा चिनिएकी...

एकैचोटि पाँचवटा भिडियो

एकैचोटि पाँचवटा भिडियो

छोटो समयमा राम्रो आम्दानी हुने भएपछि अचेल अभिनेत्रीहरू म्युजिक भिडियोतिर तानिएका छन्। भिडियो निर्माता पनि के कम? एउटै व्यवस्थापनमा धेरै भिडियो सकाएर बजेट घटाउन थालेका छन्। अघिल्लो हप्ता अभिनेत्री खुश्बु...