Friday 4 Shrawn, 2075 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

'सामाजिक जीवनमा योगदान गर्न चाहन्छु'

(0 votes)
'सामाजिक जीवनमा योगदान गर्न चाहन्छु'
सत्कार मेसिनरी कन्सर्नबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेका भोला दुलाल व्यवसायसँगै समाज सेवामा सक्रिय छन् । पूर्वाञ्चल लुब्रिकेन्ट आयल (पीएलओ)का अध्यक्ष रहेका दुलाल २२ व्यापारिक र सामाजिक संस्थामा आबद्ध छन् । नेपाल जेसिजको अध्यक्ष भइसकेका दुलालको व्यावसायिक र सामाजिक जीवनबारे शुक्रवारका लागि दिलीप पौडेलले गरेको कुराकानीः


nepali-patro-june
अहिलेसम्म कहाँ—कहाँ घुम्नुभयो ?

नेपालका ७५ वटै जिल्ला र विश्वका ७६ देश ।

विदेश भ्रमणबाट के सिक्नुभयो ?

विश्वका अमेरिकन, युरोपियनलगायत ७६ मुलुक घुम्दा सरकार र निजी क्षेत्रको दृढ इच्छाशक्ति भएका देशमा विकास भएको छ । सबै काम गर्ने भावनामा जाग्नुपर्ने रैछ । सरकारले वातावरण बनाइदिनुपर्छ ।

विदेशको राम्रो पक्ष के लाग्यो ?

विकसित मुलुकमा सामाजिक सुरक्षा छ । कर तिरेको आधारमा सुविधा दिँदा रहेछन् । कर तिरेको मापदण्ड बनाएर राज्यले ६० वर्ष नाघेपछि सुविधा दिने व्यवस्थाका कारण सबै व्यवसायी कर तिर्न उत्प्रेरित हुँदा रहेनछन् । युवा उमेरमा काम गरेर, कमाएर, तिरेको करकै आधारमा राज्यले सुविधा दिए राम्रो हुन्थ्यो ।

आफूलाई कसरी चिनाउनुहुन्छ ?

म एउटा व्यवसायीसँगै सामाजिक अभियन्ता पनि हो । सकारात्मक सोच लिएर काम गर्नुपर्छ भन्ने मान्यता छ । सामाजिक प्राणी भएकाले सामाजिक जीवनमा योगदान दिनुपर्छ भन्ने दृढ संकल्पसाथ काम गर्नुपर्छ ।

समाज सेवामा कति खर्च गर्नुहुन्छ र के काम गर्नु भएको छ ?

आम्दानीको २५ प्रतिशत हिसाब गरेरै खर्च गर्छु । मासिक करिब तीन लाख रुपैयाँ यो क्षेत्रमा जान्छ । आर्थिक अवस्था कमजोर भएका बालबालिकाका लागि, कुलतमा फसेका युवायुवतीका लागि सचेतना अभियान, अपांग र वृद्धवृद्धाको स्वास्थ्यमा सहयोग हुन्छ ।

आफ्ना उत्तराधिकारीलाई कुन पेशामा लगाउन चाहनुहुन्छ ?

मेरो छोरा र छोरीलाई व्यवस्थापन संकाय पढाएको छु । आफ्नो क्षमता र रुचिअनुसार एमबीएस सकाएपछि काम गर्लान् । छोराल मेरो पेशालाई नै निरन्तरता दिने लक्षण देखाएको छ भने छोरीले पनि मेरै व्यवसाय गर्छु भन्छिन् ।

कुन सवारी साधन प्रयोग गर्नुहुन्छ?

टोयटाको प्राडो ल्यान्डक्रूजर ।

महिनामा कति पटक सर्भिसिङ गर्नुहुन्छ ?

पाँच हजार किलोमिटर गुड्नासाथ सर्भिसिङ गर्छु । सर्भिसिङमा पीएलओ लुब्रिकेन्ट आयलनै प्रयोग गर्छु ।

पीएलओ लुब्रिकेन्टस्का विशेषता के छन् ?

यसमा क्वालिटी भएकाले कन्फिडेन्सका साथ सबैले प्रयोग गर्ने गरेका छन् ।

कतिजनालाई रोजगारी दिनुभएको छ ?

म आबद्ध उद्योग र सोरुमहरूमा करिब छ हजारले रोजगारी पाएका छन् ।

व्यावसायिक प्रतिस्पर्धा कस्तो छ ?

विश्व बजारमा हेर्दा स्वस्थ छ । नेपालमा चाहिँ अस्वस्थ ।

जीवनको उत्तरार्ध कसरी बिताउने योजना छ ?

६० वर्षपछि व्यवसायिक र सक्रिय जीवन त्यागेर बाँचुञ्जेल समाज सेवामा सक्रिय हुन्छु ।

समय व्यवस्थापन कसरी गर्नुहुन्छ ?

बिहान दुई घण्टा जति योगा र ब्याडमिन्टन खेलमा बित्छ । व्यावसायिक काममा आठ घण्टा, सामाजिक काम र साथीभाइको काममा तीन घण्टा, परिवार, व्यक्तिगत काममा तीन घण्टा र आराममा आठ घण्टा ।

Leave a comment

विमल अर्थात् आशाको फिलिङ्गो

विमल अर्थात् आशाको फिलिङ्गो

राष्ट्रिय क्रिकेट टोलीले ट्वान्टी–२० विश्वकप खेलेर दिएको उत्साह ताजै रहँदा युवा फुटबलर विमल घर्तीमगरले नेदरल्यान्ड्समा बेल्जियन टोली एन्डरलेकका लागि सनसनीपूर्ण प्रदर्शन गरेर नेपाली खेलकुदको आशा जगाएका छन्।

जनतालाई त्रिपालमुक्त बनाऊ

वैशाख १२ गते गएको महाभैँचालो, त्यसपछि आएका पराकम्पन र वैशाख २९ गते गएको दोस्रो शक्तिशाली भैँचालोका कारण महाविपत्ति भोगिरहेका नागरिकले आफ्नै नाममा राजनीति गर्ने दलहरूको साथ र सहयोग साह्रै कम...

विवादले चर्चित अभिनेत्रीहरु

विवादले चर्चित अभिनेत्रीहरु

वीना मलिकदेखि सोफिया हयातसम्म बलिउडमा कतिपय यस्ता विदेशी अभिनेत्री छन्, जो फिल्म वा आफ्नो कामका लागि नभएर विवादका कारणले चर्चित छन्। उनीहरूको 'इन्ट्री' ले बलिउडमा खैलाबैला नै मच्चायो। बलिउडमा खासै...

लगानी गर्दै, 'हिरो' बन्दै

लगानी गर्दै, 'हिरो' बन्दै

ताप्लेजुङ आइडल जितेपछि गायकको पहिचान बनाएका पदम राईले दुई वर्षअघि 'यो जन्म' नामक एल्बम निकाले। गायकका रूपमा चर्चा कमाउन उनलाई एल्बम निकालेर मात्रै काफी भएन। म्युजिक भिडियो पनि बनाउनैपर्ने भयो।...

अधम व्यक्तिहरूले पोल खोल्छन्

यदि कुनै मानिस मोक्षको चाहना गर्छ भने उसले आफ्ना सम्पूर्ण इन्द्रिय र विषयवासनालाई विषजस्तो सम्झेर त्याग्नुपर्छ। आफूलाई मन पर्ने राम्रा–नराम्रा कुराहरू सबै निकाली फ्याँकिदिनुपर्छ। अनि, क्षमा, सरलता, दया, पवित्रता र...

सुसी बनाउने नेपाली हातहरू

सुसी बनाउने नेपाली हातहरू

समुद्रमा पाइने जालम माछा। यसलाई काँचै खानु स्वास्थ्यकर हो। मुटुलाई फाइदा गर्छ यसले। जापानी सससँग मज्जाले खान सकिन्छ। जापानी परिकार सुसी यतिबेला युरोपभरि लोकप्रिय छ।

सेतो पर्दा : हिट र फ्लप प्रतिभाका मानक होइनन्

धेरैजसो नेपाली निर्माता आफ्नो फिल्मका लागि कलाकार छान्दा एउटै फर्मुला अपनाउँछन्। 'बक्सअफिस'मा हिट फिल्म दिएकालाई खेलाउने, फ्लप फिल्मका कलाकारलाई नखेलाउने। निर्देशकले कुनै कलाकारको नाम लिँदा निर्माताले नाक खुम्चाउँदै भन्न सक्छन्,...

अनुपमाथि राम्रो 'षडयन्त्र'

अनुपमाथि राम्रो 'षडयन्त्र'

रंगमञ्चका अब्बल निर्देशक/कलाकार अनुप बरालले फिल्म निर्देशन गरेका छन्। फिल्म निर्देशक बन्ने उनको कुनै योजना थिएन। 'मलाई निर्देशक बनाउने षडयन्त्र गरियो,' बराल निर्देशित फिल्म 'फिट्किरी'को आइतवार आयोजित पत्रकार सम्मेलनमा उनले...