×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Sunday 19 Mangshir, 2073 |
Menu

स्वास्थ्य

republica-headerdiscount-subscribe1

istl

हेपाटाइटिस खोप निःशुल्क लगाइने

(0 votes)
काठमाडौं – विश्व हेपाटाइटिस दिवसको अवसर पारेर सेन्टर फर लिभर डिजिजले हेपाटाइटिस बीको खोप निःशुल्क लगाइने भएको छ। साउन १३ देखि १५ सम्म तीन दिन बिजुलीबजारस्थित सेन्टरबाट यस्तो खोप निःशुल्क रूपमा दिन लागिएको वरिष्ठ कलेजो रोग विशेषज्ञ डा.सुधांशु केसीले जानकारी दिए।
nepali-patro-june
खोप लगाउन नाम दर्ता खुला भइसकेको सेन्टरले जनाएको छ। खोप लिन चाहनेले प्रयोगशालाबाट शरीरमा भाइरस नभएको रिपोर्ट लिएको हुनुपर्छ। खोप रोग प्रतिरोधक क्षमता बढाउनका लागि भएकाले शरीरमा भाइरस प्रवेश गरिसकेको अवस्थामा खोपले काम नगर्ने भएकाले यस्तो रिपोर्ट भएकालाई मात्रै खोप दिइने केसीले बताए। 
समयमै शरीरमा भाइरस भए–नभएको यकीन गरी भाइरस नभएको अवस्थामा खोप लगाए हेपाटाइटिस रोग रोकथाम गर्न सकिन्छ। रोगबारे जनचेतना विस्तार र रोगथाम अभियान सुरुवातका लागि पहिलो चरणमा यस्तो योजना अगाडि सारिएको उनले बताए। विस्तारै रोगको परीक्षण र खोप कार्यक्रम रोगका बढी जोखिम भएका हिमालपारिका क्षेत्रमा पुर्या।इने उनले जानकारी दिए। केसीलगायत सेन्टरका कलेजो रोग विशेषज्ञको पहलमा निजी खर्चमा खोप निःशुल्क दिन लागिएको हो। 'सामाजिक उत्तरदायित्वस्वरुप जनचेतनाका लागि निःशुल्क खोप दिएका हौं।' केसीले भने, 'दाताहरु भेटिए भने हामी इक्रिनिङ र खोप कार्यक्रमलाई बढाउँदै लान्छौं।' 
चिकित्सकका अनुसार हेपाटाइसिटस बीको खोप तीन मात्रा लगाउनुपर्छ। सुरुमा खोप लगाएको १ महिनामा दोस्रो र ६ महिनामा तेस्रो मात्रा लगाएपछि रोगबाट बच्न सकिन्छ। सुरूमा पहिलो निःशुल्क दिएर विस्तारै अन्य मात्रा पनि निःशुल्क दिन दाताको खोजी भइरहेको सेन्टरले जनाएको छ। सहरी क्षेत्रमा कतिपय संस्थाले खोपको तापक्रम सन्तुलनबिना नै (कोल्डचेन मेन्टेन) जथाभावी खोप लगाउने गरेका छन्। तापक्रम सन्तुलन कायम नभएको खोप र शरीरमा रोगको भाइरस रहेको दुवै अवस्थामा खोप लगाउनुको अर्थ नहुने केसी बताउँछन्। थोकमा खरिद गर्दा खोपको प्रतिडोज करिब सय रुपैयाँ पर्छ।
कलेज विशेषज्ञमार्फत् ओपिडी सेवा, विभिन्न खालका कलेजोसम्बन्धी परीक्षण सेवा उपलब्ध गराउँदै आएको सेन्टरले प्रदान गर्ने खोप पूर्ण रुपमा कोल्डचेन मेन्टेनगरीको छ। चिकित्सकका अनुसार शरीरबाट निस्किने जुनसुकै तरल पदार्थबाट सजिलै सर्ने यो रोगको जोखिममा सबैभन्दा बढी नवजात, घरमा हेपाटाइसिटसका बिरामी भएका आफन्त, हेपाटाइटिस भएका आमाबाट जन्मिएका बच्चा, चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्सका चालक हुन्छन्। 
केसीका अनुसार हेपाटाइटिस बि भाइरसले गराउने कलेजो रोगलाई हेपाटाइटिस बी भनिन्छ। यो रोग संक्रमित व्यक्तिको शारीरिक रसबाट सर्छ। यसको भाइरसले ६ महिनाभन्दा लामो समयसम्म कलेजोमा असर गरेमा त्यस स्थितिलाई क्रोनिक हेपाटाइटिस हुन्छ। रगत, वीर्य, योनीश्राव, र्यानल र पसिनाबाट यो रोग सर्छ। 
खोपमार्फत् समयमा रोकथाम गर्ने वा समयमै पहिचान गरेर उपचार गर्न सकिने भए पनि यो एचआइभीभन्दा खतरनाक मानिन्छ। यो भाइरस अहिले कलेजोसम्बन्धी जटिल समस्या लिभर सिरोसिस र लिभर क्यान्सरको समेत प्रमुख कारण हो। संसारमा २ सय करोडको शरीरमा हेपाटाइटिस बीको भाइरस भएको अनुमान छ। तीमध्ये ३० करोडलाई औषधि खानुपर्ने अवस्थाको क्रोनिक हेपाटाइटिस भएको अनुमान छ। प्रत्येक वर्ष ५ देखि ७ लाख मानिस यस रोगबाट मर्छन्।

प्रतिक्रिया