Friday 24 Mangshir, 2073 |
Menu

republica-headerdiscount-subscribe1

istl

कतारमा नेपाली चढेको बस दुर्घटना, ११ घाइते, केही गम्भीर

(0 votes)
दुर्घटनाग्रस्त बस। दुर्घटनाग्रस्त बस।
दोहा- सरकार स्वामित्वको एउटा डबल डेकर बस कतारमा दुर्घटना हुँदा नेपाली सहित ११ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ। दोहान्युजका अनुसार घाइते हुनेहरु नेपाली, बंगलादेशी, र फिलिपिनी नागरिक छन्।
nepali-patro-june
अल घनमीनस्थित मोवासलात बस स्टेशन नजिकै बस दुर्घटना भएको बस अफ्रिकी नागरिकले चलाएका थिए। ड्राइभरले असावधानीबस एक्सिलेटर दबाएपछि एक्कासि बस हुत्तिएको प्रत्यक्षदर्शीले उल्लेख गरे। घटना परी घाइतेहरुलाई तत्कालै अस्पताल पुर्याछइएको छ। बस कम्पनीले दुर्घटना र घाइतेहरुका बारेमा अन्य जानकारी दिएको छैन। घाइतेहरुको नामावली पनि खुलाइएको छैन।

कतार सरकारले ८ वर्षअघि मोवासलात सुरु भए यता पहिलो पटक बस दुर्घटना भएको हो। कतारमा दैनिक कामका लागि ८० देखि १ लाख मान्छेले यस्तो यातायात प्रयोग गर्छन्।

प्रतिक्रिया