Wednesday 14 Ashad, 2074 |
Menu

अन्तर्वार्ता

republica-headerdiscount-subscribe1

istl

कांग्रेसका २८ सभासदको चेतावनी : तराईका जिल्ला पहाडमा नगाभ

(0 votes)
काठमाडाैं-  नेपाली कांग्रेसका २८ सभासदहरुले पहाड बराबर प्रदेश तराईमा पनि हुनुपर्ने माग गरेका छन्। तराइबाट संविधान सभामा प्रतिनिधित्व गर्ने उनीहरुले ६ प्रदेश बनाउँदा तराईमा तीन प्रदेश अनिवार्य हुनुपर्ने माग गरेका हुन्।
nepali-patro-june
उनीहरूले तराईका जिल्लालाई पहाडमा मिसाएर प्रदेश नबनाउनसमेत चेतावती दिएका छन्। तराईका २८ जना सभासदले मागपत्रमा हस्ताक्षर गरी शीर्ष नेतलाई बुझाएका छन्।

हस्ताक्षर गर्नेहरुमा फरमुल्लाह मंसिुर, अमरेश कुमार सिंह, तेजुलाल चौधरी, सुरेन्द्र चौधरी, चन्द्रमोहन यादव, मिनाक्षी झा, प्यारेलाल रानालगतयत छन्।

उनीहरुको मागपत्रमा जनसंख्याको आधारमा प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्ने उल्लेख छ।

त्यस्तै सप्तरीका प्रत्यक्ष निर्वाचित पाँच सभासदले पूर्व झापादेखि सिराहा र उदयपुरसम्मको जिल्लालाई मिसाएर एउटा प्रदेश बनाउनुपर्ने माग गरेका छन्। उनीहरुले प्रधानमन्त्रीलगायत सिंहदरबारमा उपस्थित शीर्ष नेताहरुलाई माग पत्र बुझाएको नेपाली कांग्रेस सप्तरी ५ का निर्वाचित सभासद तेजुलाल चौधरीले बताए।

प्रतिक्रिया