×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Friday 24 Mangshir, 2073 |
Menu

अन्तर्वार्ता

republica-headerdiscount-subscribe1

istl

१० दिनदेखिको बन्दले सर्वसाधारण मारमा

  • ५ भाद्र, २०७२
  • किरणमान बज्राचार्य
  • Be the first to comment!
(0 votes)
कपिलवस्तु –शनिबार सदरमुकाम तौलिहवाको हाट बजारमा किनमेल गर्न गरिएकी कपिलवस्तु नगरपालिका– ७ बर्धाहवाकी सृजना चापागाई प्याजको मुल्य सुनेर झसंग भइन् । दुई साता अघि त्यहीबाट ६० रुपैया किलोमा किनेको प्याजको मुल्य एक सय ६० पुगे पछि उनी आश्चर्यमा परेकी हुन्।
nepali-patro-june

दुई साता मै प्याजको मुल्य ढाई गुनाले मुल्य बृद्धि भए पछि सधैं एक किलो किन्दै आएकी चापागाईले एक पाउ मात्र प्याज किनेको बताइन । 'प्याज किन्नै नसकिने गरी एकै पटक कस्तो धेरै मुल्य बृद्धि भएको छ, ' उनले मुल्य बृद्धिप्रति चिन्ता ब्यक्त गदैृ भनिन्, ' काट्दा आसु झाथ्र्यो तर अहिले त किन्दा नै रुआएको छ ।'

उता कपिलवस्तु नगरपालिका– ४ भिक्षुचोककी प्रज्ञा मरासिनीको भान्सामा ग्यास सकिएको एक हप्ता भई सक्दा नपाएर खाना पकाउन समस्या भएको छ । बजारमा रहेका सबै ग्यास बिक्रेताको पसलमा पुग्दा पनि नपाए पछि उनी निकै चिन्तित बनेकी छिन । ' तौहिलाव बजारका सबै ग्यास बिक्रेताको पसलमा गए, सबैले ग्यास सकिएको छ बन्द पछि मात्र उपलब्ध गराउन सक्छौ भन्ने गरेको छन्,' ग्यास नपाएर छटपटाएकी उनले दुःखी हुदै भनिन । उता संचारकर्मी रमेश मिश्राले पेट्रोल नपाएर मोटरसाईल घर मै थन्काएर राखेका छन् ।

'तेल नपाए पछि गाडी घरमै थन्काएर राखेको छु, दिनहुजसो साइलमा आउने गरेको छु,' उनले भने ।  बन्दले गर्दा कोही माल किन्न नपाएर र कोही बेच्न नपाएर आत्तिएका छन् । लगातार १० दिन देखिको बन्दले बजारमा दैनिक उपभोग्य बस्तु सकिएको छ भने मुल्यसमेत आकासिएको छ ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा तथा थरुहट/थारुवान मोर्चाको अनिश्चितकालीन आमहडतालका कारण सवैसाधारणको दैनिकी र जनजीवन नराम्ररी प्रभावित भएको छ । बजार, बैंक, शैक्षिक संस्था बन्द छ, सवारी साधन चलेको छैन । ज्याला मजदुरी गरी परिवार पाल्दै आएका मजदुरहरुको रोजीरोटी खोसिएको छ । व्यापारीले व्यापार गर्न पाएका छैनन् । लगातारको बन्दले दैनिक जीवन संचालनमा समस्या सिर्जना भएको छ ।

उपभोग्य वस्तुहरुको मूल्य दिनदिनै आकासिएको छ । आन्दोलनकारीले दिनरात बन्द गरेपछि सदरमुकाम तौलिहवा, कृष्णनगर, बहादुरगंज, महाराजगंज, पकडी क्षेत्रमा कालोबजारी बढेको छ । व्यापारीहरुले दैनिक खाद्यान्न तथा तरकारी अभाव देखाउँदै दोब्बर मूल्यमा बेच्ने गरेको सर्वसाधारणको गुनासो छ । भारतीय नाका हुदै नेपाल आउने फलफुल, खाद्यान्न तथा तरकारी नआउदा अभाव देखिएको छ ।

साप्ताहिक हाटबजारमा पनि तरकारीको भाउ तेब्बर महंगो भएको बाणगंगा नगरपालिकाकी रानी भुसाल बताउँछिन । पछिल्लो हाटबजारमा २० रुपैया किलो आलु अहिले ४५ रुपैया किलोमा खरिद गर्नुपरेको उनले गुनासो गरिन् आन्दोलनले व्यापारी मोटाउने र विपन्न जनता भोकै मर्ने अवस्था आएको उनको आरोप छ । लगातारको बन्दले तौलिहवा क्षेत्रमा दाल, चामल, पिठो तथा अन्य खाद्यान्न दोब्बर महंगो भएको रीता कार्कीले गुनासो गरिन । बन्दका कारण माल आपुर्ति ठप्प बनेको छ । 

बन्दले स्थानीय मर्कामा परेकाले आन्दोलनरत पक्षलाई बेलुका ५ बजे पछि पसल तथा बजार खोल्न दिनु पर्न आग्रह गरिन् । यता उपभोक्ता हकहित संरक्षण मञ्चका अध्यक्ष हुमनाथ पाण्डेले बन्दको मौका छोपि व्यापारीहरुले कालोबजारी गरेको आरोप लगाए । त्यस तर्फ प्रशासन कार्यालयले ध्यान दिनु पर्ने उनले बताए ।

प्रतिक्रिया