Friday 14 Shrawn, 2073 |
Menu

अन्तर्वार्ता

republica-headerdiscount-subscribe1

istl

गोलबजारको सन्देश

(0 votes)
गोलबजारको सन्देश
लहान- पूर्व–पश्चिम राजमार्गको निर्माण क्रममा भारतको पटनाबाट प्राविधिक इन्जिनियरको रूपमा अशोक सिंह नेपाल आएका थिए। लहान हुँदै गोलबजार नजिकको मुसहरनिया गाउँ छिरेका उनले ०२६ सालमा सेल्टर बनाएर बसे।
nepali-patro-june
मुसहरनियामा बसेका बेला सोही ठाउँकी शशिकला चौहानसँग सिंहको देखादेख भयो। कसहाको मेलामा सिंह साथीभाइसँग गएको बेला चौहानसँग नजिकिए। सिंहले चौहानलाई मन पराएको कुरा साथीभाइलाई सुनाए। सिंहले चौहानलाई मन पराए पनि विवाह गर्न पाँच वर्ष कुर्नुपर्यो ।

त्यो बेला अन्तर्जातीय विवाहलाई समाजले पचाउन सक्दैन थियो। सिंहले साथीमार्फत चौहान परिवारलाई विवाहको प्रस्ताव पठाउन छाडेनन्। त्यसबेला चौहान परिवार यत्ति उदार देखियो कि ०३० सालमा सिंहले चौहानसँग मागी बिहे नै गरे। भारतीय मूलका सिंहसँग रैथाने पहाडी युवतीको मागी विवाहले यस क्षेत्रमा त्यो बेला हल्लीखल्ली नै मच्चिएको जानकार बताउँछन्।

'चार दशकअघि नै मधेसी समाजमा उदार र आधुनिक सोच राख्ने परिवार पनि थिए,' सिंह सम्झन्छन्। ०३० सालदेखि नै उनी गोलबजारमा बस्दै आएका छन्। यहाँका सबै जातजातिसँग उत्तिकै घनिष्ठ सम्बन्ध छ, उनको।

सिंहका दुई छोरा र एक छोरी छन्। एउटा छोराले तामाङकी छोरी बिहे गरे भने अर्काले क्षत्री बुहारी भिœयाए। छोरीले भने माझी युवासँग बिहे गरिन्। फरक जातसँगको वैवाहिक सम्बन्धले उनीहरूको नाता अझ प्रगाढ बनेको छ।

'ससुरालीको चाडपर्वमा हामी जान्छौं, हाम्रोमा उहाँहरू आउनुहुन्छ,' सिंहले भने, 'एकअर्काको संस्कृति बु‰ने अवर मिलेको छ।'

भारतीय सहर पटनाको समृद्ध परिवार छोडेर उनी किन मधेसको गोलबजार बस्दैछन् त? उनीसँग गजबको कारण छ। भन्छन्, 'त्यो बेला यहाँको शान्तिसुरक्षा र सामाजिक सद्भावले म प्रभावित थिएँ, यसैले लोभ्यायो।'

जहाँ सद्भाव र शान्ति हुन्छ त्यहाँको समाज समृृद्ध बन्छ। यसैको उदाहरण पनि हो, गोलबजार।

गोलबजारका व्यापारी रामबाबु साहले नौ वर्षअगाडि यही ठाउँकी सुजाता भट्टसँग प्रेमविवाह गरे। एक वर्षसम्म केटी पक्षले साहलाई स्वीकार गरेनन्। ०६४ मा छोरा जन्मेपछि मात्रै दुवै परिवारमा सम्बन्ध गाँसियो।

दसैंमा टीका थाप्न रामबाबु ससुराली जान्छन्। छठमा सुजाताको माइती पक्ष रामबाबुको घर आउँछन्। दुवै परिवारबीच समाजिक, सांस्कृतिक घुलन प्रगाढ बनेको छ। 'हामीले एकअर्काको सांस्कृतिक पर्वलाई स्विकारेका छांै,' साह भन्छन्, 'जातीय मिलापले समाजलाई एकअर्कासँग नजिक बनाउँछ।' एउटा समुदायले अर्को समुदायको अस्तित्व स्वीकारेमात्र समाज र देश समृद्ध बन्ने उनको बुझाइ छ।

बेलाबेला उठ्ने जातीय नाराले रामबाबुलाई दुःखी बनाउँदो रहेछ। उनी भन्छन्, 'धोती र टोपीको नाराले केही व्यक्ति र समूहको स्वार्थ पूरा होला तर समाज भँड्खालोमा पस्छ।'

मिश्रित सहरमा समृद्धि

सिरहा जिल्लाको बीचमा पर्छ, गोलबजार। गतवर्ष नगरपालिका बनेको यो बजार व्यापारिक सहरको रूपमा विस्तार हुँदैछ।

लहरै पसल रहेका यहाँ मुख्यतः कपडा र सुनचाँदी किन्न धनुषाको ढल्केबरदेखि उदयपुरको कटारी, गाईघाट र लहानसम्मका ग्राहक ओइरिन्छन्।

यहाँको अर्को विशेषता हो— बढीजसो व्यापरी मधेसी र ग्राहक भने पहाडी। व्यापारी रामबाबु भन्छन्, 'यहाँको व्यापार फस्टाउनुमा पहाडी समुदायकै कारणले हो।' पहाडीहरू सामान खरिदमा बार्गेनिङ कम गर्ने भएकाले उनीहरूको जीवनशैलीले आफूहरू प्रभावित भएको उनी बताउँछन्। 'पहाडी समुदायका ग्राहक नआउँदो हो त यहाँको व्यापारले यो उचाइ पाउँदैनथ्यो,' उनी खुसी हुँदै भन्छन्।

जातीय सद्भावको नमुना बसोबासमा मात्र होइन व्यापारमा पनि उस्तै छ यहाँ। जसका कारण यो सहर समृद्धिको उचाइतर्फ बढिरहेको छ। यहाँ तामाङ, यादव, साह, महतो, क्षेत्री, बाहुन, लामा, मगर जातिको मिश्रित बसोबास छ।

जातीय सद्भाव र मिश्रीत बसोबासले सहरको समृद्धिले कसरी गति लिन्छ भन्ने उदाहरण पनि हो लहान। सगरमाथा अञ्चलको प्रमुख व्यपारिक केन्द्रको परिचय बनाएको यो सहरमा यादव, चौधरी, साह, महतो, क्षेत्री, बाहुन, मगर, कलाल, कलवारलगायत जातिको मिश्रित बसोबास छ।

इतिहासकारका अनुसार प्रतापी राजा लोहाँग सेनले आफ्नो राज्य विस्तार गरेका बेला सिरहामै बसेर वराहक्षेत्रमाथि विजय प्राप्त गरेका थिए। राजा सेनले सिरहा बसेका बेला एउटा नगर स्थापना गरे, लहान। इतिहासकार बाबुराम आचार्यले पृथ्वीनारायण साहको संक्षिप्त जीवनी' भाग २, २०२४ मा वर्णन गरेअनुसार सन् १७७३ मा लहान क्षेत्र विजय गर्नका लागि अभिमान सिंह बस्नेत र पारथ भण्डारीलाई पठाई लहान नजिकको अम्बरपुरमा बसी युद्ध सञ्चालन गरेका थिए।

फस्टाउँदो लहानलाई सगरमाथा अञ्चलकै व्यापारिक सहर बनाउन मारवाडी समुदायको आगमनले थप ऊर्जा प्रवाह गरेको सिरहा जिल्ला उद्योग वाणिज्य संघ लहानका अध्यक्ष सुनिल कुमार महतो बताउँछन्। 'यहाँको औद्योगिक, शैक्षिक, समाजिक विकासमा उनीहरूको योगदान महŒवपूर्ण छ,' उनले भने।

मारवाडी समुदाय यहाँको थोक व्यापारीको रूपमा स्थापित भएपछि पहाडी जिल्ला ओखलढुंगा, खोटाङ, सोलु, गाईघाट, कटारी, बेल्टार लगायतका बजारमा मालसामान आपूर्तिको केन्द्र लहान बन्यो। यहाँको व्यापारले गति लिन थालेपछि पहाड र राजमार्ग दक्षिणबाट मानिसहरू बसाइँ सर्दै लहान आउन थाले। पछिल्लो समय यो सहर सबै जातिको साझा फूलबारीझैं सुन्दर बनेको समाजसेवी रवीन्द्रलाल चौधरी बताउँछन्।

लहानमा हिन्दुहरू मुस्लिमको चाडपर्वमा निम्तो मान्न पुग्छन् भने मुस्लिमहरू रमाउँदै हिन्दुको पर्वमा सामेल हुन्छन्। 'हामी छठ मनाउँछौ, उहाँहरू दसैंमा टीका थाप्नुहुन्छ,' बुद्धिजीवी सुरेन्द्र श्रेष्ठ भन्छन्, 'यो सबै आत्मीयता र जातीय मेलमिलापकै कारण सम्भव भएको हो।'

Leave a comment