Thursday 28 Mangshir, 2074 |
Menu

अन्तर्वार्ता

istl

चिकित्सककोे लापरवाहीले सुत्केरीको पेटमै सियो हरायो

  • मङ्गलबार १० कार्तिक, २०७२
  • जनक केसी
  • Be the first to comment!
(0 votes)
जाजरकोट– जिल्ला अस्पताल जाजरकोटका डाक्टर र नर्सको लापरवाहीले एक सुत्केरी महिलाको पेट भित्र सियो हराएको छ।
nepali-patro-june

कात्तिक १ गते जाजरकोट अस्पतालमा सुत्केरी भएकी नायकवाडा ६ तोलखानकी शोभा सिंह सुत्केरी भइसकेपछि सुत्केरी भएको भाग सिलाउने क्रममा डाक्टर र नर्सको लापरवाहीले पेटमै सियो हराएको हो । १० दिन अघि पेटमा सियो हराएपनि अहिले सम्म निकाल्न सकिएको छैन। सो सियो हालसम्म बाहिर निकाल्न नसक्दा शोभाको अवस्था गम्भीर बनेको छ। पेट भित्रको बच्चाको आसन अप्ठेरो भएका कारण वच्चा जन्मिने भाग केही चिर्नु परेको र सो भाग सिलाउने क्रममा डाक्टर र नर्सको लापरवाहीले पेटमै हराएको शोभाका श्रीमान भुवन शाहले बताए।

शोभाको पेटबाट बच्चा निकाल्नका लागि डाक्टर दिपक पुनले बच्चा पाउने भाग खुकुलो बनाउन चिरफार गरेपछि स्टाफ नर्स विष्णु शाहले चिरेको भाग सिलाउने क्रममा भित्रै सियो हराएको थियो । सुरुमा सिलाउदै गर्दा सियो भाँचिएको र पछि पुरै सियो भित्रै हराएको भुवनले बताए । उनले श्रीमतीको पेटमा सियो हराएपछि टाका लगाएको भाग फेरि खोलेर हेर्दा पनि नभेटिएपछि शोभाको अवस्था गम्भीर भएको बताए । एक पटक सिलाइ सकेको भाग फेरि खोलेर हेर्दा पनि सियो नभेटिएपछि विरामीलाई नेपालगन्ज लिन लागिएको उनले बताए।

जिल्ला अस्पताल जाजरकोटका डाक्टर दिपक पुनले धेरै सावधानी अपनाएपनि सुत्केरी शोभाको पेटमा सियो हराएको बताए । उनले आफूहरुले ठुलो प्रयास गरेर सफल रुपमा सुत्केरी गराएको तर केही कमजोरीका कारण सियो भित्रै अड्केको बताए।

प्रतिक्रिया