Wednesday 12 Ashwin, 2073 |
Menu

अन्तर्वार्ता

republica-headerdiscount-subscribe1

istl

नाकाबन्दीको प्रतिरोध

(0 votes)
काठमाडौंबासीको हिजोआजको दिनचर्या सडकमै बित्ने गरेको पाइन्छ। कहिल्यै देखभेट नहुने जनहरु पनि सडकमै लामबद्ध भइरहेको देखिन्छ। अनुशासित सिपाहीहरुझैं। मानौं, लाइनमा बसेर खेल जितेको पुरस्कार लिन बहादुरीको प्रमाणपत्र थाप्न उभिएझैं सिलिन्डर र जर्किनहरुसँगै उभिएका मनुवाका दृश्यले पुरै काठमाडौं ढाकिएका छन्। खाली सिलिन्डर, मट्टितेल, पेट्रोल, डिजेलका ग्यालिन ओसार्दै फुर्सद छैन उनीहरुलाई।
कृष्ण लामा

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
nepali-patro-june
वर्षभरिका खेती पाकेपछि किसानलाई घरमा भित्र्याउने हतारो भएझैं लाइनमा उभिन हतारो छ काठमाडौंबासीलाई। देशको अन्य भूगोलकोे तुलनामा सहरिया, विकसित र सौखिन काठमाडौंका जनहरु अहिले लाइन प्रतिस्पर्धामा छन्। को अगाडि पुग्ने? कसले भरी सिलिन्डर, जर्किन घरमा पुर्यामउन पहिलो हुने? लाइन बस्न बाबु–आमा, छोरा–छोरीको रुटिन कसरी मिलाउने भन्ने हतारो छ। सडकमा हुँइकिन नपाउने हो कि, चुलो निभ्ने हो कि भन्ने त्राही–त्राहीमा सबभन्दा बढी काठमाडौं जिउनुपरेको छ।

नेपाली जनताले एक युगमा एक दिन, एक चोटि आउने संविधान सभाबाट संविधान प्राप्त गर्योस त कसको के बिगार्योन? राष्ट्रियता, अखण्डता, नेपाली सार्वभौमिकता र राष्ट्रिय स्वाधीनताका लागि ९० प्रतिशतभन्दा बढी जनमत एकै ठाउँमा उभिएकोमा छिमेकीलाई किन टाउको दुख्नुपर्यो ? संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान कसैको दया र निगाहबाट प्राप्त भएको हैन। राजनीतिक आन्दोलनका धेरै चरण पार गर्दै, संघर्षका आरोह–अवरोह छिचोल्दै नेपालीले सम्झौताको दस्तावेजका रूपमा भए पनि एउटा लोकतान्त्रिक संविधान प्राप्त गरेका छन्।

केही बुँदामा असहमति रहे पनि संवैधानिक माध्यमद्वारा आगामी दिनमा संशोधनको विधिबाट बढीभन्दा बढी लोकतान्त्रिक बनाउँदै र संविधानलाई सर्वस्वीकार्य बनाउनु सबैका माग लोकतान्त्रिक विधिबाटै समावेश गर्दै लैजाने वचनबद्धताका साथ नेपालको संविधान २०७२ जारी भएको हो। संविधान जारी भएकोमा विश्व जगतले बधाई र स्यावासीका सन्देश दिए, दिइरहेका छन्। तर विडम्वना भनौं वा नेपालीको दुर्भाग्य। तीनतिरै आँगन जोडिएका छिमेकी मुलुकको भने झन् मन दुख्यो, चित्त फाट्यो।

परम्परादेखि आफ्नो 'एस म्यान' भइरहेको, बनिरहेको नेपाली छाउरा–छोउरीहरुले आफू हिँड्ने बाटो आफैं सोझ्याउँदा, आफ्नो मुलुक र नरनारीहरुको भाग्य र भविष्य आफैँ सुनिश्चित गर्ने विधि–विधान बनाउँदा असल छिमेकी मित्रले ठूलै अपमान महसुस गर्योा। अपमान पनि किन महसुस नगरुन्। मान्दै आएको, पुज्दै आएको रीतिस्थिति तोडिदिएपछि। त्यसैले रहन–सहन, भाषा–संस्कृति मिल्दा–जुल्दा रोटी–बेटीको सम्बन्ध भएका ठूल्दाइ मानिआएका भारतीय शासकको कन्सिरी तात्यो। आफ्नो खटन–पटन नस्वीकारेकामा छिमेकीलाई जङ्ग चल्यो र स्वाभिमानी बन्न खोजेकोमा लौ खा! भनेर नाकाबन्दीको थप्पड हानिदियो।

भारतीय विस्तारवादी शक्तिको हस्तक्षेप बढ्दै जाँदा नेपाली जनजीवन अत्यन्त पीडादायी बन्दै गए पनि स्वभिमानी नेपाली स्वरहरु भने झन् बढ्दै आइरहेको छ। अभाव र पीडाका बीचमा बाँच्न बाध्य भए पनि नेेताहरुलाई राष्ट्रिय स्वाधीनता र सार्वभौममाथि सम्झौता नगर्न जनताले खबरदारी गरिरहेका छन्। स्वाभिमानका पौठेजोरी खेल्न नेपाली तयार रहेको अवाज उठिरहेका छन्। आत्मनिर्भरताका उपायहरु खोज्न, इन्धन र ग्याससँग राष्ट्रियता र अखण्डता नसाट्न नेताहरुलाई खबरदारी गरिरहेका छन्। र, जनता भन्दैछन्– 'नेताहरु! स्वाभिमानी शीर ठाडो पारेर हस्तक्षेपको प्रतिरोध गर। स्वाभिमानको खातिर नेपाली जस्तोसुकै समस्याको समाधान गर्न सक्छन्। परनिर्भरता अन्त्यका लागि कठोरभन्दा कठोर कदम चाल्न पछि नहट। मुलुकको रक्षा र सार्वभौम बचाउन यस्ता नाकाबन्दी २/३ महिना हैन, वर्षौं वर्ष खेप्न तयार छौं।' वास्तवमा सही मार्ग पनि यही हो। सबै मिलेर नाकाबन्दीको प्रतिरोध गर्नुको विकल्प कुनै पनि राष्ट्रवादी नेपालीसँग छैन।

नारायणी ब्युरो सदस्य, नेकपा (माले)

प्रतिक्रिया