Sunday 9 Shrawn, 2073 |
Menu

अन्तर्वार्ता

republica-headerdiscount-subscribe1

istl

सार्वजनिक जग्गामा दलैपिच्छे भागबन्डा

  • आइतबार २७ मंसिर, २०७२
  • गोविन्द केसी
  • Be the first to comment!
(0 votes)
माओवादी, काँग्रेस एमालेले सार्वजनिक जग्गा कब्जामा लिई बनाएका घर तथा घडेरी। माओवादी, काँग्रेस एमालेले सार्वजनिक जग्गा कब्जामा लिई बनाएका घर तथा घडेरी।
दैलेख–२०६३ मा नेकपा माओवादीले जनसत्ताको नाममा तोलीजैसी र लकान्द्र गाविसको मुख्य बजार लकान्द्रस्थित सार्वजनिक जग्गा कब्जा गरी घडेरीका रुपमा बिक्री गर्यो। त्यसताका माओवादीले ८ हजारप्रति घडेरीका दरले ९३ घडेरी बिक्री गरेको थियो।
nepali-patro-june

अरु घडेरीहरु कब्जामै राखेर बिक्रीको तयारी भैरहदा फेरि २०६९ सालमा काँग्रेस र एमालेका गाविसस्तरीय नेताले माओवादीबाटै कब्जा जग्गा र घडेरीहरुमा झण्डा गाडेर कब्जामा लिए । यसरी सार्वजनिक जग्गामा दलका नेता÷कार्यकर्ताबाटै अतिक्रमण हुँदा गाविसदेखि प्रशासन बेखवर जस्तै बनिरहेको छ । त्यसयता दलहरुले घडेरीका रुपमा बिक्री वितरणलाई तिव्रता दिई पक्की घरहरु धमाधम बनिरहेका छन्। नेताहरुले आफ्ना कार्यकर्ताहरुलाई घडेरी उपहारका रुपमा मनपरी रुपमा कोशेली स्वरुप वितरण गर्ने कार्य रोकिएको छैन्। अहिले धेरैले पक्की घरसमेत बनाइ सकिएको छ।

अतिक्रमण गरिएको ठाँटीकाँधमा ३ सय बढी घडेरी बनाइएको छ । कब्जामा लिएका घडेरीमा अहिले १ सय बढी पक्की घरहरु निर्माण भइसकेका छन्। माओवादीले कब्जा गरेको घडेरी फिर्ता गर्न बारम्वार आग्रहलाई सुनुवाई नगरेर बिक्री वितरणलाई प्राथमिकता दिएकाले आफूहरुले पनि बाध्य भएर उनीहरुबाटै कब्जा गरी कार्यकर्तालाई बाँडेको काँग्रेस एमालेका गाविसका नेताहरु सर्हष स्विकारछन्।

माओवादीबाट कब्जा गरेको सार्वजनिक जग्गामा आफन्त तथा पार्टीका कार्यकर्ताहरुलाई मात्र सस्तो मुल्यमा काँग्रेस र एमालेका कार्यकर्तालाई खडेरी बाँडेको नेताहरु खुलस्त बताउँछन्। 'सार्वजनिक जग्गालाई कब्जा गरी बिक्री वितरण गर्ने माओवादीका जिम्मेवार नेताहरुलाई घडेरीका बारेमा कति पैसा उठाएको हो त्यसको सार्वजनिक गर्न अनुरोध गर्दा समेत न त सरकारले नै हटाउन पहल गर्यो त माओवादीले नै। हाम्रो माग सुनुवाई नभएपछि बाध्य भएर उनीहरुले नै कब्जामा लिएको घडेरी उल्टै कब्जामा लिनु परेको हो,' काँग्रेस जिल्ला कमिटी सदस्य तथा स्थानीय नेता रक्षबहादुर शाहीले भने।' आफूहरुले समानुपातिक रुपमा सबैको भाग पर्ने गरी घडेरीहरु वितरण गरेको शाहीको भनाइ छ। नेकपा माओवादीका भेरी–कर्णाली राज्य समितिका सदस्य योगेन्द्रराज थापाको नेतृत्वमा जनसत्ताको नाममा सार्वजनिक जग्गालाई कब्जा लिएर बिक्री गरिएको भएपनि शान्ति स्थापनापछि स्थानीय प्रशासनले खाली गराउन कुनै कदम नचालेकोले बाध्य भएर चेतावनी दिन आफूहरुले कब्जा गरेको नेता शाहीले बताए।

अवैधानिक रुपमा घडेरी बिक्री गरिएको रकम पार्टीका नाममा स्थानीय नेताले हिनामिना गरेको समेत आरोप काँग्रेस एमालेका नेताहरुले लगाएका छन्। तत्काल प्रशासनले सार्वजनिक जग्गा दलहरुबाट कब्जामा लिनुपर्ने लकान्द्रका स्थानीय अगुवा दिपेन्द्रकुमार बमले बताए। 'पार्टीका नामबाट जग्गा कब्जा गरी बजार बँसालिएको छ,' स्थानीय अगुवा बमले भने, सरकारी तवरबाट समाधान होस्।' योगेन्द्रराज थापाले तत्कालीन समयमा पार्टीकै निर्देशनमा कब्जा गरी बिक्री गरेको र पैसाको हिसाव समेत पार्टीलाई नै दिएको पटकपटक दाबी गरे। अहिले पनि घडेरी बिक्रीबाट उठेको ७ लाख रकम माओवादीले हिसावकिताव देखाउनुपर्ने काँग्रेस एमालेले माग उठाउँदै आएका छन्।

सार्वजनिक जग्गा बिक्री गरेर केही रकम जिल्ला जनसरकारलाई बुझाएको तत्कालीन माओवादीका नेताहरुले बताउने गरेका छन्। तत्कालीन गाजस प्रमुख सुनिलकुमार बमको अध्यक्षतामा बजार व्यवस्थापन समिति गठन गरी कार्यकर्तालाई संयुक्त क्रान्तिकारी जनपरिषद् लेखिएको अस्थायी लालपुर्जा समेत दिएर घडेरी बिक्री गरिएको स्थानीयहरुले बताएका छन्। सम्वन्धित निकायले रोकथाम गर्नुपर्ने नेकपा एमाले जिल्ला अध्यक्ष रविन्द शर्माले बताए। 'रोकथाम गरी ब्यवस्थित रुपमा योजना बनाएर बस्ती बसाल्नुपर्छ,' उनले भने,' गाविसले कार्ययोजनाभित्र आवश्यक पुर्वाधारसहित बजार ब्यवस्थापन गरिनुपर्छ । न्यायोचित ढंगले नयाँ बजार ब्यवस्थापन गर्नुपर्छ ।'

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक जग्गामा घर नवनाउन यसअघि पटकपटक सूचना गरेपनि सुनुवाई हुन सकेको छैन्। 'तत्काल पछिल्लो अवस्थाबारे जानकारी दिएर उनीहरुको कब्जाबाट जग्गा खाली गराइनेछ,'प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले भने, 'गाविसदेखी जिल्ला तहसम्म सर्वदलीय बैठक राखेर उनीहरुको कब्जाबाट हटाउनेछु।'

प्रतिक्रिया