Sunday 9 Ashwin, 2073 |
Menu

अन्तर्वार्ता

republica-headerdiscount-subscribe1

istl

बाँदर ड्राइभर बनेपछि

(0 votes)
बाँदर ड्राइभर बनेपछि

भारतीय राज्य यूपीको एउटा बाँदरले ड्राइभर बनेर सबैलाई चकित तुल्याएको छ। यूपीको बरेली शहरको एउटा पार्किङस्थलमा रोकेर राखेको गाडी कुदाएर बाँदरले सबैलाई चकित पारेको हो।

nepali-patro-june
अन्य केही बाँदरका साथ पार्किङस्थल पुगेको बाँदरले पार्क गरिराखेको एउटा बस स्टार्ट गर्योर र अलिकति अघि बढाएर अगाडि रोकिराखेका दुइटा बसलाई ठक्कर दियो। बाँदरको यस्तो हर्कत देखेर पार्किङमा रहेका सबै छक्क परे।

बाँदरले उत्तर प्रदेश राज्य परिवहन निगमको बसलाई यसरी स्टार्ट गरेर अघि बढाएको हो। बस अघि बढ्न थालेपछि बसका ड्राइभरले हतार–हतार बाँदरलाई धपाई बस रोकेका थिए।

समाचारमा जनाइएअनुसार बसका ड्राइभर बसबाट चाबी ननिकालीकनै पछाडितिरको सिटमा आराम गर्न भनी गएका थिए। आराम गर्दागर्दै उनी भुसुक्क निदाए। त्यसको मौका छोपी बाँदरले बस स्टार्ट गर्योी। ड्राइभर स्टेयरिङ समात्न आएपछि केही क्षणका लागि ड्राइभर बनेको बाँदरले सुइँकुच्चा ठोकेको थियो।

प्रतिक्रिया