×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

16 Baishak, 2074 |
Menu

अन्तर्वार्ता

republica-headerdiscount-subscribe1

istl

भृकुटीमण्डपमा बंगलादेश एक्स्पो सुरु

(0 votes)

काठमाडाैं– नेपाल र बंगलादेशबीचको द्विदेशीय व्यापार बिस्तार गर्ने लक्ष्यका साथ राजधानीमा पाँच दिने बंगलादेश एक्स्पो २०१६ सुरु भएको छ।

exa.jpg

nepali-patro-june
बिहीबार एक कार्यक्रमका बीच माननीय श्रम तथा रोजगार मन्त्री दीपक बोहराले एक्स्पोको उद्घाटन गरे। उद्घाटन समारोहमा नेपालका लागि बंलादेशका राजदूत मसफि बिन्ते साम्सको पनि उपस्थिती थियो। भूकम्प र नाकाबन्दीले नेपालको अर्थ व्यवस्था तहसनहस भएका बेला नेपालका लागि बंगलादेशी राजदूतावासले बंगलादेश एक्सपो २०१६ को आयोजना गरेको हो।

सिन्थेसिस एक्जििवसन्स एण्ड इभेण्ट्स प्रालिको व्यवस्थापनमा काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा सुरु भएको एक्स्पोमा बंगलादेशका व्यवसायीहरुको उपस्थिती रहेको छ। उनीहरुले आफ्ना उत्पादनहरुको प्रदर्शन तथा बिक्रीवितरण गर्नुका साथै उत्पादनका सम्बन्धमा अवलोकनकर्तालाई जानकारी गराउने बताइएको छ।

विभिन्न विधाका उत्पादनहरु निर्माण सामग्री, तयारी पोशाक, प्लाष्टिकजन्य उत्पादन, सेरामिक्स, जुट तथा जुटजन्य उत्पादन, छालाजन्य उत्पादन, टेक्सटाइलका उत्पादन, औषधिजन्य उत्पादन, सौन्दर्य सामग्री, जुत्ताचप्पल, विद्युतीय सामग्री एक्सपोमा रहेका छन्। त्यसैगरी हस्तकलाका उत्पादन, कृषिजन्य उत्पादन तथा औजार, तयारी खाद्य सामग्री, प्रविधिजन्य सेवा सुविधा तथा पर्यटनसम्बन्धी वस्तु तथा सेवा एक्स्पोका अवलोकनकर्ताले हेर्न पाउने छन्।

एक्स्पोमा नेपालका तर्फबाट पनि व्यवसायीहरुले बंगलादेशमा आयात गर्न चाहनेहरुलाई लक्षित गर्दै आफ्ना उत्पादनहरुको प्रदर्शनी तथा बिक्रीवितरण गर्दैछन्। एक्स्पोले नेपालमा उत्पादित वस्तु तथा सेवाको पहूँच बंगलादेशसम्म पुर्याउन र नेपाली उत्पादनको निर्यात प्रवद्र्धन गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ। यसका अलावा पछिल्लो समय विकास भएका प्रविधिको नेपाल र बंगलादेशबीच साटासाट गर्न पनि एक्स्पोले महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

एक्स्पोसंगै दुताबासले समानान्तर रुपमा नेपालबंगलादेश बिजनेश फोरमको पनि आयोजना गर्दैछ । माघ २२ र २३ गते दरबारमार्गस्थित अन्नपुर्ण होटलमा आयोजना हुने उक्त गोष्ठी नेपाल बंगलादेशको व्यापारिक सम्बन्ध ः समुद्रदेखि हिमालसम्म व्यापारिक आबद्धता, बिस्तार तथा लगानी भन्ने नाराका साथआयोजना हुन लागेको हो। गोष्ठीमा दुई देशका सरकारका उच्च पदाधिकारी, नीजि क्षेत्र, व्यवशायिक संघ संगठनका प्रतिनिधि तथा विभिन्न क्षेत्रका विज्ञहरुको सहभागिता रहने छ । गोष्ठीले दुई देश बीचको व्यवशाय बिस्तारमा महत्वपुर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया