×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Wednesday 8 Bhadra, 2073 |
Menu

अन्तर्वार्ता

republica-headerdiscount-subscribe1

istl

स्थानीय निकायको चुनावको तयारी सुरु: थापा

(0 votes)
विराटनगर–उप प्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय निकायको चुनावका लागि सरकारले तयारी थालिसकेको बताएका छन्। बुधबार पूर्वाञ्चलका १६ जिल्ला र ५२ नगरपालिकाको अर्ध वार्षिक प्रगति समिक्षा गोष्ठीको उद्घाटन गर्दै थापाले छिट्टै निर्वाचन सम्पन्न गर्नका लागि सरकारले तयारी थालिसकेको बताएका हुन्।
nepali-patro-june

सरकारले स्थानीय निकायको चुनावका लागि राजनीतिक परामर्श गरिरहेको बताए । सरकार र सत्तारुढ पार्टीहरू चुनावका लागि तयार भइसकेकाले प्रमुख प्रतिपक्षी र अन्य पार्टीसँग छलफल गरी निर्वाचनको मिति तोकिने थापाको भनाइ छ। उनले चाँडै स्थानीय निकायले जनप्रतिनिधि पाउने भएकाले स्थानीय निकायको जिम्मेवारी हस्तान्तरण गर्न तयार हुन पनि पूर्वाञ्चलका स्थानीय विकास अधिकारी र कार्यकारी अधिकृतहरूलाई निर्देशन दिए ।

संविधान जारी भइसकेका कारण अब देश आर्थिक विकासका लागि अघि बढीसकेको उनको भनाइ छ। उनले बललिंदो परिस्थितिमा राजनीतिक नेतृत्व र प्रशासनको सोच परिवर्तन हुनु जरुरी रहेको बताए । उनले भने, 'पुरानै सोच र प्रवृत्तीले विकास संभव छैन । राजनीतिक नेतृत्व र प्रशासनको सोच परिवर्तन हुनुपर्छ ।'

प्रतिक्रिया