Thursday 9 Bhadra, 2073 |
Menu

republica-headerdiscount-subscribe1

istl

सडकबाटै संविधान लेख्‍छौं : वैद्य

(0 votes)
काठमाडौं- नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले आफ्ना माग सुनुवाई नगरेमा आन्दोलनका बलमा सडकबाट संविधान लेखिने बताएका छन्। सहिद कृष्ण सेन 'इच्छुकको' स्मृतिमा निर्मित नाटक 'उनी मरेका छैनन्'को प्रदर्शनीको शुभारम्भ गर्दै अध्यक्ष वैद्यले २५ बुँदे बाधा–अड्काउ फुकाउ खारेज नभएसम्म देशले निकास पाउन नसक्ने बताए। 

nepali-patro-june
उनले भने, “गोलमेचसभा गरी दलहरूबीचबाटै नयाँ प्रधानमन्त्री चयन गरेर , विगतका कमी कमजोरी सच्याउँदै नयाँ संविधान लेख्ने प्रक्रियामा अगाडि बढाउनुपर्छ।” अध्यक्ष वैद्यलेले २००७ सालको क्रान्तिदेखि नेपाली जनतालाई पटक–पटक धोका दिइएको उल्लेख गर्दै फेरि पनि नेपाली जनतालाई धोका दिने षड्यन्त्र भइरहेको बताए। 
उनले नेपाली जनतालाई फेरि धोका दिइए त्यो आफूहरूलाई सह्य नहुने बताउँदै त्यसो गरिए सडकबाटै नयाँ संविधान बनाउँने र नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने जिकिर गरे। इच्छुक बहुमुखी प्रतिभाका धनी भएको चर्चा गर्दै अध्यक्ष वैद्यले उहाँको शहादतले नेपालको वामपन्थी आन्दोलन र प्रगतिशील साहित्यको क्षेत्रमा अपुरणीय क्षति पुगेको धारणा राखे।

प्रतिक्रिया