Sunday 12 Bhadra, 2073 |
Menu

republica-headerdiscount-subscribe1

istl

राष्ट्रपतिलाई सोमबार जापान लगिने

  • आइतबार २ असार, २०७०
  • बालकृष्ण अधिकारी
  • Be the first to comment!
(0 votes)
काठमाडौं- राष्ट्रपति रामवरण यादवलाई उपचारका लागि सोमबार जापान लगिने भएको छ। दिउँसो १५५ बजे थाइ एयरको विमानबाट जापान जाने उनका कानुनी सल्लाहकार सूर्य ढुंगेलले नागरिकन्युजलाई बताए। जापानमा अस्पतालको व्यवस्था जापान सरकारले नै गर्नेछ।


nepali-patro-june
राष्ट्रपति यादवसँग छोरा चन्द्रमोहन यदावछोरी अनिता यादवकानुनी सल्लाहकार सुर्य ढुंगेलनिजी चिकित्सक डाक्टर यादजव भट्टपरराष्ट्रबाट शिष्टाचारमाहापालर सुरक्षा निकायका तीन जनासहित दस जनाको टोली जापान जानेछन्।  

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामवरण यादवको उपचारका लागि जापान लैजाने निर्णय गरेको थियो। बैठकले उनको उपचारमा लाग्ने सम्पूर्ण खर्चसमेत ब्यहोर्ने निर्णय गरेको थियो। 

यसअघि मेडिकल बोर्डले राष्ट्रपति यादवलाई उपचारका लागि विदेश लैजान सिफारिस गरेको थियो। राष्ट्रपति यादवको नेपालमा गरिएको स्वास्थ्य परीक्षणको क्रममा आन्द्रामा दाग देखिएपछि थप उपचारका लागि विदेश लैजानुपर्ने चिकित्सकले सल्लाह दिएका थिए।

प्रतिक्रिया