×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Thursday 16 Bhadra, 2073 |
Menu

republica-headerdiscount-subscribe1

istl

न्याय माग्ने दम्पतिलाई प्रहरीले मानसिक अस्पताल पुर्‍यायो , दुई महिनापछि कुनै रोग नभएको पुष्टि

(0 votes)
ललितपुर — सशस्त्र द्वन्द्वमा नौ वर्षअघि छोराको हत्यामा संलग्नलाई कारबाहीको माग राखी प्रहरी प्रशासनमा धाइरहेका गोरखाको भूजेल गाउँका नन्दराम अधिकारी र उनकी पत्नी गङ्गामायालाई प्रहरीले मानसिक अस्पतालमा भर्ना गराएकामा उनीहरुमा मानसिक समस्या नभएको पुष्टि भएको छ।
nepali-patro-june
प्रहरी प्रशासनमा दिनहँ विवाद गरिरहनु मानसिक समस्या भएको भन्दै प्रहरीले मानसिक अस्पताल लगनखेलमा उपचारार्थ पुर्यामइएको दुई महिनापछि मात्र अस्पतालले अधिकारी दम्पतीमा मानसिक रोग नभएको जनाएको हो।

अधिकारी दम्पतीले आफूलाई मानसिक अस्पताल ल्याएर तनाव थपेका कारण अब छोराका हत्यारालाई कारबाही सुरु नहुँदासम्म अस्पतालमै अनसन बस्ने बताएका छन्। 'अस्पतालले तपाइँहरुलाई मानसिक रोग केही छैन जानुस् भनेको छ, छोराका हत्यारालाई कारबाही सुरु नगर्दासम्म अस्पताल छोड्दैनौं', नन्दराम अधिकारीले भने।

'न्याय माग्न जाँदा पागलखाना ल्याएर बेइज्जत गरिएको छ, हामी यसको क्षतिपूर्ति पनि माग्छौँ," नन्दारामकी भान्जी सुशीला तिवारीले भनिन्। मानसिक रोग नभएको व्यक्तिलाई यति लामो समयसम्म अस्पतालमा राखिनु मानव अधिकारको उल्लङ्घन भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र ललितपुरका जिल्ला प्रतिनिधि रमेशप्रसाद तिमिल्सिनाको प्रतिक्रिया छ।

गोरखाको भूजेल गाउँ वडा नं ७ का नन्दरामका छोरा कृष्णप्रसाद अधिकारीलाई २०६१ असार १८ गते एसएलसीको नतिजा बुझ्न चितवन पुगेका बेला तत्कालीन माओवादी कार्यकर्ताले नियन्त्रणमा लिई हत्या गरेका थिए।

अधिकारीको हत्यालगत्तै माओवादीले भूजेल गाउँका कृष्णप्रसाद अधिकारी नामको व्यक्ति माओवादीविरुद्ध सुराकी गरिरहेकाले जनकारबाही गर्ने भनी सूचीमा परेको तर भुलबस अर्कै कृष्णप्रसाद अधिकारी परेको भनी प्रष्टीकरण दिएको थियो।

प्रतिक्रिया