Thursday 5 Ashwin, 2074 |
Menu

republica-headerdiscount-subscribe1

istl

उपेन्द्र भोजपुर गए, महन्थ–महेन्द्र काठमाडौं फर्के

(0 votes)
काठमाडौं– आन्दोलनरत दललाई बार्तामा ल्याउनका लागि संविधानसभाको प्रक्रिया दुई दिनका लागि स्थगितको घोषणा भएलगत्तै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलका नेताहरु काठमाडौं फर्किएका छन्।


nepali-patro-june
कपिलवस्तु, तौलिहवामा भएको बिरोध प्रदर्शन जारी रहँदै बखत अगाडी नै बोलेर संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव शुक्रबार नै काठमाडौं फर्केका थिए। काठमाडौं फर्के लगत्तै केही नेतासँग अनौपचारिक छलफलसमेत गरेका यादव शनिबार भोजपुर पुगेका छन्। 'त्यहाँ पार्टीको कार्यक्रम भएकाले भोजपुर जानु भएको हो, सो कार्यक्रम सकेर साँझसम्म फर्कने कुरा छ,' यादवका सहयोगी महेश चौरसियाले नागरिक न्यूजसँग भने।

यसैगरी, भैरहवाबाट आज बिहान ९ः३० को फ्लाइटमार्फत तराइ–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर काठमाडौंमा फर्केका छन् । साथमा तराइ–मधेस सद्भावाना पार्टीका अध्यक्ष महेन्द्रराय यादव पनि सँगसँगै काठमाडौं ओर्लेका थिए। 'आज बिहान महन्थजी र महेन्द्रजी काठमाडौं आइपुग्नु भएको छ,' ठाकुरका सहयोगी सतेन्द्र मिश्रले भने।

मोर्चाका अर्को एक घटक सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महत्तो भने काठमांडौं आएका छैनन् । उनी जनकपुरमा हिजो मारिएका पार्टी नेताको श्रद्धान्जली सभाका लागि जनकपुरतर्फ लागेका छन् । उनी सरकारसँग वार्ता मधेसमा हुनु पर्ने अडानमा पनि रहँदै आएका छन्। आफ्ना सभासद्लाई संविधानसभा सदस्यबाट राजिनामा दिन लगाएर मधेस झरेका महत्तो एक पटक पनि काठमाडौं उक्लेका छैनन्। जबकी, उपेन्द्र, महन्थ र महेन्द्र भने तीन–तीन पटक काठमाडौं आउने जाने गरिसकेका छन्।

प्रमुख तीन दलले बार्ताको आह्वान गरेलगत्तै आन्दोलनरत पक्षधरका नेताहरुसँग विभिन्न चरणमा अनौपचारिक कुराकानीले तीव्रता लिइहरेको छ। स्रोतका अनुसार वार्ताको वातावरण बनाउनका लागि आन्दोलनरत पक्ष र प्रमुख तीन दलको नेताहरुले पृष्ठभूमि तयार पारिरहेका छन्। 'संविधानसभा प्रक्रिया स्थगन गर्ने कार्यलाई स्वागतयोग्य नै मानेका छांै,' सद्भावना नेता उपेन्द्र महत्तोले भने, 'तराइमा जारी कफर््यु र सेना परिचालन गर्ने निर्णय फिर्ता गरे बार्तामा मोर्चा आउँछ।' मधेसी मोर्चाको सो सर्तपछि प्रमुख तीन दलले त्यसमा छलफल चलाइरहेको बुझिएको छ।

प्रतिक्रिया