×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Sunday 8 Falgun, 2073 |
Menu
istl

चुनाव भाँड्न माओवादीको 'कमान्ड' टोली

  • शुक्रबार ११ श्रावण, २०७०
  • देवेन्द्र बस्नेत
  • Be the first to comment!
(0 votes)
दाङ- संविधान सभाको चुनाव भाँड्न नेकपा-माओवादीले दाङमा केन्द्रीय समिति सदस्य नेतृत्वमा प्रत्येक निर्वाचन क्षेत्रमा 'कमान्ड' टोली गठन गरेको छ। माओवादीले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा चुनाव भाँड्न केन्द्रीय सदस्यको नेतृत्वमा २०/२० जनाको कमान्ड समूह निर्माण गरेको हो। उनीहरुलाई माओवादीले लाठी प्रशिक्षण दिइरहेको छ।
nepali-patro-june

यी समूहले चुनावविरोधी प्रशिक्षणदेखि 'बुथ' कब्जासम्मको रणनीति बनाएका छन्। नेकपा-माओवादीले जिल्लाकै केन्द्रीय नेतालाई निर्वाचन क्षेत्र तोकेर चुनाव विफल बनाउने जिम्मा दिएको हो। जसअनुसार क्षेत्र नम्बर १ र ३ को नेतृत्व माओवादी केन्द्रीय सदस्य तथा पूर्वसभासद् इन्द्रजीत थारुले गरेका छन्।

यसैगरी क्षेत्र नम्बर २ मा पार्टी केन्द्रीय सदस्य तथा पूर्वसभासद् दामा शर्माले र ४ र ५ मा केन्द्रीय सदस्य हेमराज शर्माले नेतृत्व गरेका छन्। 'चुनाव भाँड्न पार्टीका केन्द्रीय नेताहरुको नेतृत्वमा कमान्ड टिम निर्माण गरेका हौं,' नेकपा-माओवादी दाङका सेक्रेटरी सितलले भने, 'यो टिमले युवा परिचालनसँगै चुनावविरोधी प्रशिक्षण तथा मतदान केन्द्र (बुथ) कब्जाको रणनीति लिएको छ।' 


गठन गरिएका कमान्ड टोलीले सुरुवाति चरणमा गाउँगाउँमा गएर चुनावविरोधी प्रशिक्षण चलाउने छ। त्यसक्रममा गाउँमा चुनावी प्रचार प्रसारका लागि जाने चुनाव पक्षीय दलका नेतालाई अवरोध गरिने माओवादीले जनाएको छ। 'हामी बहिस्कारको अभियान लिएर गाउँ पसेको बेला अरु पार्टीका नेताहरु प्रचार गर्न जाने कुरा सुहाउँदो हुन्न,' सीतलले भने, 'त्यस्तो बेलात अवरोधबाहेक अर्को विकल्पै हुन्न।'

चुनावविरोधी प्रशिक्षण चलाउन गठित टोलीहरु आगामी १५ देखि गाउँ परिचालित हुनेछन्। यसअघि पनि नेकपा-माओवादी चुनावविरोधी गतिविधि लिएर गाउँ पसेको थियो। तर केन्द्रमा वार्ता र सम्वादको वातावरण बन्ने अवस्था देखिएपछि माओवादी दाङले चुनावविरोधी गतिविधिमा सुस्त पारेको थियो। 


चुनावविरोधी गतिविधिमा सक्रिय नेकपा-माओवादीले चुनाव बिथोल्न सक्षम भइसकेको दावी गरेको छ। गाउँगाउँमा हातहतियार प्रशिक्षण चलाइरहेको माओवादीले उक्त शक्तिको प्रयोग गरेर चुनाव बिथोल्ने माओवादी दाबी छ। चुनावविरोधी प्रशिक्षणका लागि केन्द्रीय नेता नेतृतवको टोलीले भूमिका खेल्ने र बुथ कब्जाका लागि हतियार तालिम प्राप्त युवालाई परिचालन गरिने माओवादीले जनाएको छ।

प्रतिक्रिया