×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Tuesday 21 Mangshir, 2073 |
Menu

republica-headerdiscount-subscribe1

istl

कोशीमा डुंगा दुर्घटनाः टिकट काटेर डुंगा नचढी फर्कने सम्पर्कमा, १४ जना अझै बेपत्ता

  • मङ्गलबार २२ श्रावण, २०७०
  • महेश्वर चामलिङ राई
  • Be the first to comment!
(0 votes)
उदयपुर— कोशीमा पल्टिएको डुंगा त्यही समय चढ्न टिकट काटेर पनि डुंगा नचढी फर्केका एक जना प्रहरी सम्पकर्मा आएका छन्। सुनसरी कालाबन्जराका स्थायी बासिन्दा अर्जुन थापा मंगलबार विहानै आफन्तमार्फत प्रहरीको सम्पर्कमा आएको घट्नास्थलबाट प्रहरी उपरीक्षक अजय भट्टराईले बताए।
आफन्तका अनुसार थापा डुंगाबाट खसेर बेपत्ता भएको नभई डुंगै चढेका थिएनन्। वारी आउने टिकट काटेको भए पनि चढ्न केही ढिला भएका कारण डुंगा भरिइसकेको थियो। भरिएको डुंगामा नचढी उनी फर्किएका थिए। पछि बेपत्ताको नाममा उनको पनि परेको सञ्चारमाध्यामबाट सुनेपछि आफू सकुशल रहेको आफन्तमार्फत प्रहरीलाई दिएको भट्टराईले बताए।

एसपी भट्टराईका अनुसार अझै बेपत्ता हुनेहरुको संख्या २ बालकसहित १४ जना छ। त्रियुगा नगरपालिका ६ भुल्केका आमाछोरा ४३ वर्षीया राधिका चापागाई र ८ वर्षीय रितेश, रामपुर ठोक्शीलाका कोपिला विष्ट, रामबहादुर राई, जुरनमान राई र उनकी श्रीमति परासरी राई, मैनामैनी ९ का टेकराज राई बेपत्ता छन् । त्यस्तै रामपुर ठोक्शीला ३ की मुना खड्का र रोषिका खड्का, ४ महिने बालक कुमार विक, धनकुडा डाँडाबजारका अमृत विक, भोजपुर काङमाङका प्रेम श्रेष्ठ, बबला बुद्धचोककी कल्पना मगर र बबला ७ का श्रीनारायण श्रेष्ठ बेपत्ताको सूचीमा छन्।

उनीहरुको खोजीमा अहिले पनि इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीला, स्थानीय सशस्त्र बेसक्याम्प, जिल्ला प्रहरी कार्यालय उदयपुरको संयुक्त टोली परिचालन गरिराखिएको भट्टराईले बताएका छन्। प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठसहितको सुरक्ष्ाँ निकाय प्रमुखहरु अझै पनि घट्नास्थलमै रहेका छन्।

डुंगा दुर्घटनामा मृतक महिला दुवैको पोष्टमार्टम भइसकेको छ। घट्नास्थलबाट केही तल मृत फेला परेका ठोक्शीला ३ की पार्वती खड्काको उदयपुर जिल्ला अस्पतालमा पोष्टमार्टमपछि जिम्मा लिएको मृतकका दाजु गणेश बुढाथोकीले बताए। अर्की मृतक सुनसरी चक्रघट्टीकी चन्द्रकुमारी राईको पनि पोष्टमार्टमका लागि सम्बन्धित जिल्ला पठाईसकिएको जनाइएको छ।

प्रतिक्रिया