Sunday 9 Ashwin, 2073 |
Menu

republica-headerdiscount-subscribe1

istl

माओवादी बैठकले चुनावी कार्यक्रम बनाउने

(0 votes)
काठमाडौं-एकीकृत नेकपा (माओवादी)को भोलि बस्ने केन्द्रीय समितिको बैठकले चुनावी कार्यक्रम बनाउने भएको छ। आज बसेको पूर्व स्थायी समिति र ब्युरो प्रमुखको बैठकले 'फिल्ड'मा गएका नेताहरुको रिपोर्टका आधारमा चुनावी कार्यक्रम बनाउने निर्णय गरेको छ
nepali-patro-june
एक महिने चुनाब केन्द्रित जनसम्बन्ध अभियान सकेर फर्केका केन्द्रीय सदस्यहरुले आफ्नो रिपोर्ट पेश गर्ने हुँदा बैठक महत्वपूर्ण भएको एमाओवादी नेता देवेन्द्र पौडेलले बताए। केन्द्रीय समितिको बैठकको तयारीको लागि आइतबार पनि एमाओवादीको बैठक बसेको थियो।

आज बसेको बैठकमा निर्वाचन केन्द्रित कार्यक्रमहरुलाई निरन्तरता दिएर जाने निर्णय भएको पौडेलले बताए। उनले भने, 'केन्द्रीय समितिको बैठकले कार्य विभाजनसहित केन्द्रीय सदस्यहरुलाई निर्वाचन क्षेत्रमा पठाउने तयारी भएको छ।'

एमाओवादीले कम्तिमा १५ दिनको चुनावी कार्यक्रम बनाएर केन्द्रीय सदस्यलाई फिल्डमा पठाउने तयारी गरेको छ। नेता तथा कार्यकर्तालाई कार्यक्षेत्रमा नपठाउँदा पार्टी कर्मचारीतन्त्र जस्तो भएको माओवादी बुझाइ रहेको एमाओवादीका एक नेताले बताए।

भोली चल्ने बैठकले उम्मेद्वार भने चयन नगर्ने एक नेताले बताए। 'जिल्ला र क्षेत्रबाट अझै नाम 'फाइनल' भइनसकेकाले यो बैठकले उम्मेद्वार तोक्दैन,' ती नेताले भने।

मेहनत गर्‍यो भने पहिले पराजित ठाउँहरुमा जित्न सकिने रिपोर्ट आएको एमाओवादी नेता लीला थापाले बताए। उनले भने, 'मधेसमा हाम्रो राम्रो बन्दै गएको छ। त्यहाँ हाम्रो सिट संख्या बढ्छ।' पहाडी जिल्लामा जनजातिको एजेन्डा एमाओवादीसँग मिलेको उनको बताए।

प्रतिक्रिया